‘मोडलिङ त पार्टटाइम मात्रै हो’ – Janata Live
  • Wednesday, February 8, 2023

‘मोडलिङ त पार्टटाइम मात्रै हो’

  • जनता लाइभ
  • फागुन ०९, २०७५

‘मोडलिङ त पार्टटाइम मात्रै हो’

विज्ञानले भन्दछ जिनहरू जति टाढाको भयो, जन्मने बच्चा उति नै टाठो र चतुर हुन्छ । ठ्याक्कै लागु हुन्छ छिरिङ दिकी लामाको जीवनलाई नजिकबाट चियाउँदा । आफ्नै ट्रेकिङ अफिस छ बुवाको र आमा हाउस वाइफ । सन् १९९२ मा जन्मेकी छिरिङका बुवा लामा र आमा शेर्पा । यिनै चतुर सुन्दरीले पहिरिन् मिस टिन तामाङको ताज आजभन्दा तीन वर्षअगाडि ।

आईएसटी कलेजमा बीएचएम पढ्दै गरेकी उनको रुचि हो मोडलिङ । दुई वर्ष पार हुँदै छ मोडलिङ गरेको । सानोमा पत्रिकामा देखिएको विज्ञापनका आधारमा उनले मोडलिङतिर मोडिने सोच बनाइन्, तर आमाले मान्नुभएन । लामो प्रयासपछि आमालाई मनाउन सफल भइन् । मोडलिङतिर तानिनुको पछाडि उनको आफ्नै तर्क छ, ‘हरेक मान्छेको सोच हुन्छ नि, जीवनमा असल मार्गमा लागेर नाम कमाउन सकियोस् । ए फलानोको छोरी त भनेर सबैले गर्वका साथ नाम लिओस् ।’

बाल्यकालको सपना थियो इन्जिनियर बन्ने । आमाबुवाको चाहना पनि त्यही थियो । तर त्यतिबेला वास्तवमा इन्जिनियर भनेको के हो भन्ने नै थाहा थिएन । जीवनलाई आफैंले छामेर, बुझेर अनुभव गरिसकेपछि छिरिङको इन्जिनियर बन्ने सपना बदलियो । केही क्रियटिभ काम गर्ने चाहना बढ्यो । सेफ बन्ने रहर पलायो ।

यही नामको घिडघिडोले उनलाई पनि मोडलिङ पेसाप्रति आकर्षित ग¥यो । कम्पिटिसन छँदैछ, अर्काेतर्फ ललाइफकाइ दुव्र्यवहार गर्नेहरू पनि छँदैछन् । उनी सुनाउँछिन्, ‘तर आफूअनुसार हुन्छ ।’ मोडलिङ उनको ‘हवी’ मात्रै हो । खाली समय किन खेर फाल्नु भनेर उनी यो क्षेत्रमा आएकी हुन् । आफ्नै केही व्यवसाय गर्ने भावी लक्ष्य छ । बाल्यकालमा चकचके स्वभावकी उनी घरमा कहिल्यै बस्दिनथिइन् । बुवाआमाकी एक्ली छोरी, एक वर्ष होस्टल, एक वर्ष घर गर्दै उनले स्कुले जीवनको पढाइ सकाइन् । सम्वोटा हाइस्कुलबाट एसएलसी गरेपश्चात् उनको साइनो जोडियो ट्रिनिटी कलेजसँग । प्लस टु सकाएपछि अहिले उनी होटल म्यानेजमेन्टको विद्यार्थी बनेकी छन् (बीएचएम गर्दैछिन् चौथो सेमिस्टारमा) । आधा दिन कलेजमा आधा दिन मोडलिङमा । जीवनको रथ यसरी नै गुडिरहेको छ ।

बाल्यकालको सपना इन्जिनियर बन्ने । आमबुवाको चाहना पनि त्यही थियो । तर त्यो त्यस्तो समय थियो, इन्जिनियर भनेको के हो भन्ने नै थाहा छैन । जीवनलाई आफैंले छामेर, बुझेर अनुभव गरिसकेपछि छिरिङको इन्जिनियर बन्ने सपना बदलियो । केही क्रियटिभ काम गर्ने चाहना बढ्यो । फ्रन्ट डेस्क अफिसर बन्ने रहर पलायो ।

मिस तामाङ सुन्दरीको क्राउन जित्दाको पल सम्झिन्छिन् उनी । सबैले फोटो खिचिरहेका थिए । मनमा चाहिँ अनौठो तरंग उत्पन्न भइरहेको थियो । टिन तामाङको उपाधि पाउँदा उनले आफूलाई संसारको रानी नै ठानिन् । ‘म यो गर्छु भनेर कहिले हेरिन् । एक बारको जुनी हो चान्स पाइयो भने गरिहालौं न त भनेर हात हालेकी हुँ ।’ त्यसैले त भन्छिन् जीवन प्रयोग हो । यसलाई जसरी प्रयोग ग¥यो उस्तै हुन्छ । त्यही सोचले उनले यो क्षेत्रमा हात हालेकी हुन् ।

अनुभव बटुल्न भनेर हात हालेको प्रतियोगिताले टिन तामाङको ताज दियो । यसबाट उनको केही पहिचान र केही जिम्मेवारी थपियो । मै जित्छु भन्ने घमण्ड गर्नेहरू चिप्लिए । कन्फिडेन्स त हुनुपर्दछ तर ओभर कन्फिडेन्स भएकाहरूको पर्पmर्मेन्स बिग्रियो र उनको पोल्टामा ताज प¥यो । आफूलाई फ्र्यांक स्वभावको बताउने यी सुन्दरीलाई रिसचाहिँ चाँडो उठ्छ । उनी आफैंलाई मन नपर्ने स्वभाव त्यही त छ । सानैदेखि सेफ हुने लक्ष्यका कारण मोडलिङलाई साइड वर्क मात्रै बनाउने सोचमा छिन् । बास्केटबलको खेलाडी पनि हुन् यी सुन्दरी । ट्रिनिटी कलेजमा अध्ययनरत छँदा यिनले इन्टरकलेज बास्केटबल प्रतियोगिताको माध्यमबाट केही पदकसमेत जितेकी छन् ।

साथीभाइहरू उनलाई जिस्काउँछन् अनि भन्छन् ए नजिस्काऊ, ऊ त तामाङ सुन्दरी हो । यो त सेलिब्रेटी टाइपको केटी हो । पहिलोको छिरिङ होइन । ‘साथीहरूले त्यसरी जिस्काउँदा एकसाथ रमाइलो र ननिको लाग्छ । ननिको यसर्थमा कि कतै म साथीहरूसँग टाढिएको त छैन भन्ने भान हुन्छ ।’ उनी भन्छिन् । मास्र्टस पढ्नका लागि अस्ट्रेलिया जाने सोच बनाएकी सुन्दरी सायद अध्ययन सकाएर स्वदेश फर्किएपछि उनको आफ्नै क्याफेमा भेटिनेछिन् । उनको योजना त्यस्तै छ । म देशमै रहूँ, आफ्नो संस्कृति, भाषाको संरक्षणका लागि केही गरौं । एक बारको जिन्दगी खुलेर, हाँसेर जिऊँ ।

छिरिङ दिकी लामा
– पूर्व मिस टिन तामाङ
प्रकाशितः २०७० जेठ १३ सोमबार

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...