‘महापुरूषमा हुनुपर्ने चार गुणहरू’ – Janata Live
  • Friday, February 3, 2023

‘महापुरूषमा हुनुपर्ने चार गुणहरू’

  • जनता लाइभ
  • फागुन ०९, २०७५

‘महापुरूषमा हुनुपर्ने चार गुणहरू’

भगवान बुद्धले त्यो समयमा ब्रह्मविहार अर्थात् उत्तम जीविकाको बारेमा उपदेश दिने गर्नुहुन्थ्यो । यी गुणहरु हुन् –मैत्री, करुणा, मुदिता र उपेक्षा । यी चार गुण जुन व्यक्तिमा हुन्छ ऊ ब्रह्मा नै हो भनि गौतम बुद्धले भन्नु भएको छ ।

१) मैत्री –अर्थात् प्रेम, दया, सदइच्छा र परोपकार शब्दहरुबाट व्यक्त हुन्छ यसलाई मित्रता र प्रेम पनि भनिन्छ तर मैत्री र मित्रता तथा प्रेममा धेरै भेद छ । कुनै बखत व्यक्ति व्यक्तिबीच भेटघाटहुनासाथ चिनजान र परिचय हुन्छ अनि मित्रता हुन्छ । यो मित्रता जस्तो शुद्ध र बलियो हुँदैन । उदाहरणका लागि कांग्रेस राप्रपाको समीकरण अथवा नेकपा एमाले , कांग्रेस समीकरण एकथरी मित्रता हो । तर यो शुद्ध मित्र भने होइन । मैत्री भनेको हृदय नरम, स्वच्छ विश्वास, स्वच्छ सहयोग र दयापूर्ण गुण हो ।देखावटी गुण होइन् । मित्रता देखावटी गुण हो । शुद्ध हृदय को चिन्ह होइन । स्वार्थको चिन्ह हो ।

परोपकारको शुद्ध रुप होइन । आफ्नो मतलब पुरा भएन भने मित्रता असहयोगमा परिणत हुन्छ ।साधारणतया शान्तमयजीवन यापनको लागि मैत्री गुण मानिसमा हुनुपर्छ । यो मानवीय गुण हो । मैत्री हराएमा मानिसमा क्रोध उत्पन्न भएर दानवरूप लिन सक्छ । तसर्थ मैत्री महा पुरुषको गुण हो ।

२) करुणा –दुःखी अनाथप्रति सहानुभूति, दया र माया पूर्ण भावना जाग्ने स्वभाव हो । अरुको दुःख पिडा देखेर मनमा दुस्खको अनुभव हुने सहानुभूति हुने लक्ष्यलाई करुणा भनिन्छ । यो ब्रहमविहारको दोस्रो गुण हो । अर्काको दुःख आपत विपत देख्नासाथै उसलाई कसरी दुस्ख मुक्त गर्न सकिन्छ भन्ने चिन्तन मनमा आउने भावना नै करुणा हो । हामी अखबारमा समय समयमा छापिएका समाचार पढ्छौं । खोलामा बगिरहेको मानिसलाई उद्दार गर्दा कतिपयको ज्यान गुम्छ । कसैको घरमा आगो लागेको बेलामा आगो निभाउने र सामान बचाउने प्रयास गर्दा ज्यान गुमाउनेहरु पनि छन् ।

यो करुणा भएको ब्यक्तिको उदाहरण हो । करुणा र मैत्री दुवै पवित्र हृदयको चिन्ह हो । यहाँ प्रजातन्त्र र साम्यवादको भेदभाव हुँदैन । भोकमरीले पिडित राष्ट्रका लागि अन्तर्राष्ट्रिय खाद्द सहयोग दिनु करुणा हो । कुनै कुनै राष्ट्रले मानवताको नाताले आर्थिक सहयोग दिने गर्दछ । यो शुद्ध मैत्री र करुणा भावले दिएको ठहरिँदैन । यहाँ एउटा स्मरणीय कुरा के छ भने आफ्ना खराब बानी भएका छोराछोरीहरुलाई आमाबुवाले केटाकेटीको भलो चिताएर नै गाली र सुझाव दिन्छन् । रचनात्मक सुझाब मैत्री करुणा गुण समावेस भएको छ । ध्वंसात्मक र आक्रोशमा गरेको गतिविधिमा मैत्री करुणा हुँदैन ।

३) मुदिता –यो ब्रह्मविहारको तेस्रो हो । मनको प्रा फुल्लता, प्रसन्नता, शुद्ध आनन्दको अवस्था मुदिता गुण हो । संकीर्ण र संकुचित तथा इर्ष्या भावनारहित चित्तको अवस्थामा मुदिता गुण हुन्छ । अरुको र विजय तथा राम्रो काम देखेर मनमा आउने आनन्द र हर्ष हुने अवस्थालाइ मुदिता चित्त भनिन्छ ।
अपवाद स्वरूप मानिसहरुले अनैतिक ढंगमा झेल काम गरेर उन्नति र विजय गर्ने पनि छन् । त्यस्तो अवस्था देखेर मुदिता अर्थात् आनन्दको अनुभव हुन गाह्रो छ । मुदिता चित्तको उल्टो गुण हो ।उपयुक्त उत्तम तीन गुण महा पुरुषमा हुने र हुनुपर्ने गुणहरु हुन् । शान्त वातावरणको उपयोगी गुणहरु हुन् । साधारण मानिसहरुलाई मैत्रीगुण हुने आशा गर्नु राम्रो कुरा भए पनि ब्यबहारमा देख्ने दुर्लभै छ ।

साधारणतय मानिसहरु अर्काको हानी अवनति देखेर खुसि र सन्तुष्ट अनुभव गर्दछन् । कसैले नराम्रो काम गरे पतन हुने त्यो अर्कै कुरा हो । निर्दोष व्यक्तिमाथि कुभलो चिताउने राम्रो गुण होइन । मैत्री चित्त र मुदिता चित्त उत्पन्न गरिरहनेलाई अप्ठ्यारो के छ भने सधै आफु मात्र सुखी हुने, आफु मात्र सज्जन बनी अधार्मिक काम गर्ने मानिसहरुबीच बस्नुपर्दा, अटेरी र मिचाहा प्रवृतिसँग बस्नुपर्दा मैत्री, करुणा तथा मुदिता चित्त हराएर जान्छ । त्येसैले बुद्धले उपेक्षा गुणको उपदेश दिनु भएको छ ।

४) उपेक्षा –यो ब्रह्मविहारको चौथो गुण हो । यसलाई व्यवहारमा अपनाउनु गाह्रो भए पनि अति नै उपयोगी र काम लाग्ने चिज हो तर साधारण व्यवहारमा नराम्रो भएको मानिसको व्यवहारमा सुधार ल्याउन लागि तिरस्कार, अनादर, बहिस्कार गरेर दण्ड दिनुपर्ने रहेछ । भगवान बुद्धले पनि आफ्नै साथी छान्न सारथी भिक्षु बनिसकेपछि उसको अहंकारपन हटाउनको लागि बहिस्कार गर्ने ब्रह्मदण्ड (ठूलो दण्ड) दिनु भएको थियो । कमलको फूल हिलोमा उत्पन्न भएर हिलोबाट अलग्गै फुलेजस्तै अशिष्ट र मिचाहा स्वभावका मानिसहरुसँग अलिप्त र अनाश्क्त भई बस्नु बेश छ । यहि उपेक्षा गुण हो । उपयुक्त चार गुण ब्रह्मविहार (उत्तम व्यवहार) गुण धर्म अर्थात् उत्तम जीवन बिताउनलाई आवश्यक गुण हुन् । हार–जीतबाट केहि असर नपर्ने अवस्थालाई उपेक्षा भनिन्छ । –भिक्षु अश्वघोष महास्थविर

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...