डोमालाई जिरीमा न्यानो स्वागत – Janata Live
  • Friday, February 3, 2023

डोमालाई जिरीमा न्यानो स्वागत

  • जनता लाइभ
  • फागुन ०५, २०७५

डोमालाई जिरीमा न्यानो स्वागत

जिरी । आदिवासी कलाकार डोमा ह्योल्मोलाई गत साता सम्मान गरिएको छ । रामेछाप पुगेकी डोल्मा बज्रगुरु पूजा सिध्याएपछि फर्किने क्रममा जिरीमा नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिले एक औपचाचिक कार्यक्रम गरी सम्मान गरेको हो ।

कलाकारले आफ्नो समुदायको पहिचान राखेर राष्ट्रिय ख्याति प्राप्त गरेको भन्दै उनलाई दोलखाको जिरीबासीले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्षले आफ्नो समुदायको भाषा र संस्कृति जोगाइराख्ने राष्ट्रिय आदिवासी कलाकारको रूपमा डोल्मा चिनिएको बताए । सम्मान पाउँदा डोल्मा ह्योल्मोको मुहारमा खुसीको चमक छाएको थियो ।

डोल्माले विभिन्न ठाउँहरू घुमिसकेकी छन् । विभिन्न ठाउँको घुमाइमा फरक फरक तरिकाले स्वागत पाएकी डोल्मालाई सबैभन्दा बढी मन लोभ्याउने तरिकाले जिरीवासीले स्वागत गरिदिए । कार्यक्रममा आएका दर्शकहरू सबैले कलाकार डोल्माको ‘फ्यान’ भएको भन्दै उनलाई खादा लगाइदिएका थिए । स्वागतपछि उनलाई गीत सुनाउन आग्रह गरिएको थियो । उनले कार्यक्रमका दर्शकलाई गीत गाएर नचाइन् । जिरीमा जस्तो अर्को ठाउँमा स्वागत नपाएको र जिरीवासीबाट धेरै माया पाएको डोल्माले सुनाइन् । (प्रकाशितः २०७० वैशाख ९ सोमबार)

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...