‘उतुपोलिटक’ सरकारको अधिप्रयोग – Janata Live
  • Sunday, February 5, 2023

‘उतुपोलिटक’ सरकारको अधिप्रयोग

  • एसटी शेर्पा
  • फागुन ०४, २०७५

‘उतुपोलिटक’ सरकारको अधिप्रयोग

दुई तिहाइको नेकपा सरकारको एक वर्षीय कार्यकालको मुल्याङ्कन प्रारम्भ भएको छ । जनताको दृष्टिमा सरकार पुरै उतुपोलिटक (उखान–तुक राजनीति) अधिप्रयोग मार्फत तानाशाही बाटोमा घिस्रिंदै विकास र समृद्धिमा शून्य प्राय छ । विकास प्रशासन १८ प्रतिशत विकास बजेट खर्च गरेर कुम्भकर्ण सुताईमा छन् । गृह प्रशासन आफैँ बलात्कारको घटनाको प्रमाण नष्ट गर्दै बलात्कारीको अवतार लिइरहेका छन् । सामान्य प्रशासन कर्मचारी समायोजनका नाममा संघीयता नै धरापमा हाल्दै छन् । परराष्ट्र सम्बन्ध र ग्लोबल गतिविधि भेनेजुएला प्रकरणसँगै कुबेला प्रारम्भ भयो ।

सरकारको मुल्याङ्कन गर्ने जनता जनार्दनको अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत व्यक्त भइरहँदा प्रतिरक्षमा उतुपोलिटक अधिप्रयोग ऐनद्वारा मौलिक हक, प्रेस स्वतन्त्रता र सूचना तथा प्रविधि माथिनै बिर्को लगाउने काम बर्खंरै मस्यौदा गरेको ऐनले प्रस्ट पारेको छ । यहीँ विषयमा पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ ‘आईएफजे’ले बिरोध जनाएको छ । ‘आईएफजे’ र ‘आईएफजे’का सदस्य नेपाल प्रेस युनियनका अनुसार सरकारले लोकतन्त्र माथिनै आक्रमण गरेको छ ।

जनताको आक्रोसलाई सुन्न र देख्न नचाहने र आफ्नो उतुपोलिटक मार्फत अतिवादको देशना गर्ने बाहेक अधिप्रयोग देखिँदैन । लोकतन्त्रमा अधीन विरूद्ध स्वाधीन, प्रेस स्वतन्त्रता, मौलिक हक र सूचना तथा सञ्चार प्रविधिमा राज्यको अधिप्रयोग हुँदैन । जनताको मौलिक हक, सूचना तथा सञ्चार प्रविधिमा सुनिश्चिता र प्रेस स्वतन्त्रतामा राज्यले लोकतन्त्र र अन्तर्राष्ट्रिय मुल्य मान्यताको उलंघन नहुने गरी बनाएको संविधानले व्यवस्था गरे बमोजिम बाहेक अन्य प्रयोग वा अधिप्रयोग गर्न पाइँदैन ।

तानाशाह ज्ञानेन्द्रको शासनकालमा मोबाइल सेवा अवरूद्ध गरेका थिए । अहिले उतुपोलिटक सरकारको अधिप्रयोगमा असंवैधानिक काम र नयाँ व्यवस्थाले जनताको मौलिक हक माथि नियन्त्रण गर्दैछन् ।

दुई तिहाइको सरकारले असम्भव सपना चिनियाँ रेल र पानी जहाजको सपना उतुपोलिटक मार्फत जनतामा छर्ने काम गर्ने तर नतिजा नआउने विषयमा जनताको अभिव्यक्त मतविरुद्ध सामाजिक सञ्जाल बन्द गर्ने कि उतुपोलिटक बन्द गर्ने ? राज्यकोष दोहन गरेर उतुपोलिटक अधिप्रयोग गर्नेलाई कारबाही गर्ने व्यवस्था किन नबनाउने ? जनता जनार्दनको अभिव्यक्तिको माध्यम सामाजिक सञ्जाल दर्ताका नाममा बन्द गरिनु अन्याय हुन्छ । सरकारको संघीयता कार्यन्वयनमा अनिच्छा देखिन्छ । देश प्रतिगमनतिर गइराखेको छ । सरकार होलिवाइनमा चैइन गर्दा धार्मिक अतिवादीहरु सापेक्षताको पक्षमा निरपेक्षताको विरुद्धमा असंवैधानिक आह्वान गर्न तम्सिए ।

हाम्रो सामान्य प्रशासन किन निकम्म ? गृह प्रशासन किन आफैँ अपराधि ? विकास प्रशासन किन आफैँ घुस्याह ? जवाफ उतुपोलिटक सरकारले दिनुपर्दैन ? सामाजिकआर्थिक समृद्धिका मोडल प्रस्तुत गर्नुपर्दैन ? भारतीय सेनाले कमव्याटमा जानकी मन्दिरमा नरेन्द्र मोदीसँगै मार्चपास गर्दा उतुपोलिटक सरकारको राष्ट्रवाद कहाँ हरायो ? वामपन्थीहरुको राष्ट्रवाद हराउनु स्वभाविकै थियो । देश भक्तिनै चाहिँ कसरी हरायो ? कुनै पनि मूलुकको प्रधानमन्त्री छिमेकी देशको भ्रमणमा हुँदा आफ्नै अंगरक्षक हुन्छन् । तर कमव्याट र हतियार हुँदैनन् । जनकपुर जानकी मन्दिरमा भारतीय सेनालाई कमव्याट र हतियार सहित मार्चपास गर्न किन दियो उतुपोलिटक सरकारले ? राष्ट्रवादको गफ गर्न नथाक्ने तर देश भक्ति विर्सने नियत के हो ? आदि सवालमा उतुपोलिटक सरकार जवाफ देही हुनै पर्छ । इतिहासमा तानाशाह महेन्द्रले दोलखाको उत्तरी सिमामा नेपालको भूमि फलाक चीनलाई बेचेका थिए । के उतुपोलिटक सरकारले जनकपुर बेचिएका हुन् ? दुनियाँ जान्न चाहन्छन्।

Loading...
Loading...
Loading...