गोन्पामा नवनिर्मित बुद्धमुर्तिको प्राणप्रतिष्ठा – Janata Live
  • Sunday, February 5, 2023

गोन्पामा नवनिर्मित बुद्धमुर्तिको प्राणप्रतिष्ठा

  • जनता लाइभ
  • फागुन ०३, २०७५

गोन्पामा नवनिर्मित बुद्धमुर्तिको प्राणप्रतिष्ठा

काठमाडौं । महयान बौद्ध धर्म ङिङ्मापा सम्प्रदायअनुसार शेर्पा सेवा केन्द्र उग्येन पालरी पद्य छयोलिङ गोन्पाको पूरानो हलमा छयोकु, लुङकु, टुल्कु (काय, वाक र चित) मुर्तिको रब्ने (प्राण प्रतिष्ठा) बिहीबार सम्पन्न भएको छ । गोन्पाका संस्थापक सदस्य स्व.टवा गोम्बु शेर्पाको स्मृतिमा उनकी धर्मपत्नी डोमा शेर्पाले ३२ लाख रुपैयाँको लागतमा मुर्तिको निर्माण गराएकी हुन् । यसैगरी छिरिङ ओङमु शेर्पाले स्वा. आमाको स्मृतिमा गोन्पाको थाम (कज्यु) र सिलिङ लेखनका लागि करिब १२ लाख रुपैयाँ सहयोग गरेकी छिन् ।

विशेषगरी गोन्पामा प्रतिस्थापन गर्ने बुद्धका मुर्तिहरुमा चित्तको रुपमा क्रमशः आर्य अवलोकेश्वर (फक्पा चेरेन्सिँग), अमिताभ बुद्ध (साङ्गे अमिदेव) र गुरु पद्य सम्भव (गुरु रिम्पोछे)को मुर्ती रहेको छ । गोन्पामा शेर्पा समुदायका व्यक्तीहरुको मृत्युपश्चात काजक्रिया गरिन्छ । व्यक्तीको मृत्युवरण हुने वित्तिकै गरिने विशेष धार्मिक साधना विधी ‘फोवा’ आत्म स्थानान्तरण गरिने समयमा स्मरण गरिने देवताहरु करुणमय लोकेश्वर (चेरेन्सिँग) र बज्रपानी छयग्ना दोर्जेको पनि प्रतिस्थापना गरिएको छ ।

मुर्तिको गोन्पामा महयान बौद्ध धर्मको ङिङ्मापा सम्प्रदायको विशिष्ट धर्म गुरु क्याब्जे तागलुङ च्येठुल रिम्पोछेले रब्ने प्राण प्रतिष्ठान समपान गरेका थिए । गोम्पाको तीनतिरका भित्ताहरुमा छयोकु, लुङकु र टुल्कुको क्रमशः अवलोकेश्वर, अमिताभ बुद्ध र गुरु रिम्पोछेको एक फिट तामाको मुर्ती ‘जुङ’ सहित ४ हजार ५ सय वटा मुर्ती क्रमशः प्रतिस्थापन गरिने शेर्पा सेवा केन्द्रको अध्यक्ष क्या.आङदेन्डी शेर्पाले जानकारी दिए । जसमध्ये ३ हजार ८ सय मुर्तिको देश विदेशमा रहेका शेर्पा समुदायबाट सहयोग प्राप्त भएको पनि उनले बताए । ‘बा“की मुर्तीहरुका लागि सहयोग दाताको खोजी भएको छ,’ उनले भने ।

महायान बौद्ध परम्परा बुद्ध मुर्तिहरु स्तुपा र मानेहरुको निर्माण गरेपश्चात भित्रबाट भगवान बुद्धको काय, वाक र चित्तको रुपमा धार्मिक विधी अनुसार विभिन्न बुद्ध मन्त्र धार्मिक सामग्रीको संकलन गरी मुर्ति स्तुपाभित्र जुङ राख्ने गरिन्छ । प्राण प्रतिष्ठान गरेपश्चात मुर्ति वा स्तुपाहरुमा साक्षात भगवान शाक्यमुनी बुद्ध बिराजमान हुन्छन् भन्ने विश्वास लिइन्छ । त्यसपछि मुर्तिहरुलाई नियमित विधी अनुसार पुजा पनि गर्ने गरिन्छ ।

कार्यक्रममा ङिङ्मापा विधी अनुसार रिग्जेन डुवा (अध्यात्मिक विधी अनुसार कलशमा सन्चय गर्ने अमृतको रुप) को पुजापाठ गरी (बज्र किलाय) फुर्वी रब्ने क्याब्जे रिम्पोछेबाट पूजा भएको हो । यस अबसरमा सेङड्रग टुल्कु रिम्पोछे खेनरिम्पोछे, खेन्पो साङ्गे राङज्युङ रिम्पोछे, खेन्पो ङवाङ लोड्रोग लगायत अन्य लामा गुरुको अगुवाईमा रब्ने भएको हो । यसैगरी गोन्पाको कार्यसमितिहरुबाट पनि रिम्पोछेलाई मन्डल कुसुम (काय,वाक र चित्तको रुपमा विशेष मन्डल) चडाइएको थियो ।

धार्मिक कार्यपश्चात रिम्पोछेज्यूबाट मुर्ति निर्माणमा सहयोग गर्ने दाताहरुलाई खादा ओढाई रिम्पोछेले आशिर्वाद दिनुभएको थियो । स्मरणीय रहोस, राजधानीको बौद्धस्थित टुसालमा रहेको हिमाली आदिवासी जनजाति समुदायभित्रको सबैभन्दा अग्रस्थानमा रहेको गोन्पा शेर्पा सेवा केन्द्र अरबौं रुपैयाँमा लगानी भएको सामाजिक संस्था हो । संस्थाको करिब १० रोपनी क्षेत्रफलमा हाल सुविधासम्पन्न ७ तल्ले भवन निर्माणधिन अवस्थामा रहेको छ । ङिङ्मापा सम्प्रदायका विशिष्ट महान धार्मिक गुरु वयोवृद्ध क्याब्जे तागलुङ चेठुल रिम्पोछेज्यू भारतको हिमालचाल प्रदेशको सिमलामा बस्दै आइरहेका छन् ।

कार्यक्रममा च्योमोलोङमो मिडियाका अध्यक्ष आङदेण्डी शेर्पा, नेपाली कांग्रेसका पूर्व सभास्द तथा समाजसेवी जिपछिरिङ लामा शेर्पा र बौद्ध धर्म संरक्षण समन्वय नेपालका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा लगायत केही विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो भने गोन्पाको कार्यसमितिका सदस्यहरुलाई मात्र आमन्त्रण गरिएको थियो ।

मुर्ति निर्माण गर्ने डोमा शेर्पाले यसबाट आफ्नो मनलाई शान्ति भएको तथा घाम झुल्किएको जस्तो छ्याङ्ग भएको अनुभव सुनाइन् । उनले श्रीमानका नाममा ‘चि’ हेराउदा मुर्ति निर्माण गर्नु पर्ने सल्लाह दिनुभएकोले मुर्ति निर्माण गरेको बताइन् । त्यसै गरि शेर्पा सेवा केन्द्रका सचिव पासाङ दोर्जी शेर्पाले गुम्बामा ५ ओटा मुर्ति निर्माण भएकोमा खुसी व्यक्त गरेका छन् । ३५ बर्षदेखि गुम्बा निर्माण समितिमा रहेका स्वर्गिय गोम्बु शेर्पाको स्मृतिमा यो मुर्ति निमार्ण गरिएको उनले बताए । उनले सहयोगी सबैप्रति धन्यवादसमेत दिएका थिए । (प्रकाशितः २०६९ पुस ९ सोमबार)

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...