मातृत्वले भरिएकी पुष्पा – Janata Live
  • Saturday, February 4, 2023

मातृत्वले भरिएकी पुष्पा

  • फागुन ०३, २०७५

मातृत्वले भरिएकी पुष्पा

काठमाडौं सहरका खानदानी परिवारमा जन्मिएका सन्तान कस्ता होलान् ? झट्ट परिकल्पना गर्दा सोचिन्छ ‘रवाफले भरिएका, आफूलाई जतिसक्दो सहरीया देखाउन खोज्ने । यस्तै…यस्तै । पछिल्लो समयमा युवा पुस्तामा भरिँदै गएको सहरियापनले यो परिकल्पनालाई असत्य पनि बनाउँदैन । तर, सबै युवा यस्ता हुँदैनन् । घरानियाँ परिवारले मात्रै उनीहरूको जीवनको कर्म निर्धारण गर्दैन । काठमाडौं सहरमा जन्मिएकी त्यस्तै छोरी हुन् पुष्पा बस्नेत, जो कर्मले उज्यालिएकी छिन् । न कि उनका परिवारमा भएका धनका वैभवले ।

काठमाडौंकी राम्रा व्यवसायीका परिवारमा जन्मिएकी २८ वर्षकी तरुण वयमा जीवनप्रति रसरंगको मोह पटक्कै छैन । बरु, अभिभावकत्वबाट एक्लिएका बालबालिकाको संरक्षणमा जुटेर युवा अवस्थामा मातृत्वको स्नेहले बालबालिकालाई भविष्यको सुनौलो बाटोतर्फ डो¥याउन व्यस्त छिन् । प्रारम्भिक बालविकास केन्द्रकी अध्यक्ष हुन् उनी । जहाँ उनको समाजप्रतिको इमानदारी अनि स–साना बालबालिकाप्रतिको ममता फक्रिएको छ ।

उनको यही समाजप्रतिको इमानदारीले सिएनएन हिरोको उत्कृष्ट दशमा उचालेको छ । विश्वका समाजसेवीबीचमा दह्रिएकी छन् पुष्पा । सिएनएन हिरो २०१२ को टपटेनमा उनको नाम परेको छ ‘हर्षले विभोर भएँ । हुन त चार महिना लामो रिसर्चपछि म सिएनएन हिरोमा मनोनयन भएको औपचारिक पत्र पाएको थिएँ । यद्यपि, सिएनएन हिरोको छनोटमा विश्वका धेरै व्यक्तिको प्रस्ताव गएकोमा आफ्नो नाम उत्कृष्ट दशमा पर्दा साँच्चिकै मन उत्साहले भरियो ।’ आफ्नो कर्म विश्वमाझ दह्रिएकोमा उनको मनमा उठेको खुसीको लहर सुनाइन् ।

पुष्पा सम्झिन्छिन्, ‘मैले यो अभियान नथालेको भए, आमा कारागारमा बसिरहेकी छोरी अभिभावकत्वको अभावमा कतै बेचिइसकेकी हुन्थी । छोरा सडक बालकको रूपमा समाजको नजरमा ‘बिग्रिएकोे’ उपमा पाउन बाध्य हुने थिए ।

आफ्नो कामले अन्तर्राष्ट्रिय स्तरमा पाएको यो प्रोत्साहन युवाले थालिएको काम अन्तर्राष्ट्रिय स्तरमा उँचो भएको महसुस पुष्पाले गरेकी छन् । पुष्पा अनुरोध गर्छिन्, ‘मैले गरेको समाज सेवालाई प्रोत्साहन गर्न अझै धेरै भोटको खाँचो छ ।’ विश्वका विभिन्न मुलुकमा रहेर समाज सेवामा उत्कृष्ट काम गरेका व्यक्तित्वहरूको नाममा पुष्पा पनि जोडिएकी हुन् । डिसेम्बर २ मा घोषणा हुने सिएनएन हिरोको नाममा पुष्पाको नाम लेखिए त्यो आम नेपालीको सफलता हुनेछ । दुई वर्षअघि अनाहकमा बेचिन बाध्य नेपाली चेलीहरूलाई जोगाउन अहोरात्र खटिएकी नेपाली चेली अनुराधा कोइराला सिएनएन ‘हिरो’ बनेर विश्वमाझ उचालिएकी थिइन् । त्यही सम्भावनाको सूचीमा पुष्पा बस्नेत पनि अग्रपंक्तिमा छिन् । आफू सिएनएन हिरो बने आफूजस्तै युवालाई आºनै देशमा बसेर गर्न सकिने सम्भावनाको सन्देश हुने पुष्पाको ठम्याइ छ ।

बेसहारा बालबालिकाप्रति समर्पित भएर लागिपरेको लगभग पाँच वर्ष पुगेको छ । उनको संरक्षणमा ८० जना बालबालिका छन् । आमाबाबु कारागारमा कैदी जीवन बिताइरहेका बालबालिकाका आमा भएर बसेकी छु । अभिभावकले गरेका अपराधमा ती बालक हृदयले पनि अपराधबोध गर्दै कारागारको चार घेराभित्र उनीहरूको जीवन गुम्सिरहेको हुन्थ्यो सायद । तर, पुष्पाको संरक्षण पहलले जीवनको उज्यालो किरण खोज्दै छन् । पुष्पा सम्झिन्छिन्, ‘मैले यो अभियान नथालेको भए, आमा कारागारमा बसिरहेकी छोरी वा छोरा अभिभावकत्वको अभावमा कतै बेचिइसकेकी हुन्थी वा छोरा सडक बालकको रूपमा समाजको नजरमा ‘बिग्रिएकोे’ उपमा पाउन बाध्य हुने थिए ।

यिनै बालबालिकाले ‘आमा’ भन्दा म भाग्यमानी रहेछु भन्ने सोच्छिन् उनी । ‘सायद सिएनएन हिरो बनें भने मैले थालेको अभियानमा देशका विभिन्न कारागारमा रहेका बालबालिका समेटिन सक्ने छन्,’ आशाको पोको पुष्पाले खुलाइन् । त्यस्ता बालबालिकालाई बाटो देखाउन दीर्घकालीन गृह स्थापित गर्ने उनको योजना छ । उनीहरूका लागि खाने÷लगाउने व्यवस्था गर्न पिरलो हुँदैन भन्ने अपेक्षा छ । अहिले पुष्पाकोे अगुवाइमा सञ्चालन भएको प्रारम्भिक बालविकास केन्द्रमा ४७ र सातजना मात्रै डे केएरमा राख्नुपर्ने बाध्यता छ ।

पुष्पा टप टेनमा परेको खबर सार्वजनिक भएपछि फेसबुक फ्यान पेजबाट भोट दिने क्रम बढिरहेको छ । ‘मैले थालेको अभियानलाई सहयोग गर्न शुभेच्छुकहरूको भोटबाट पाएको प्रोत्साहन नै मेरो सिएनएन हिरो बन्ने आधार हो ।’ सिएनएन हिरो बन्ने आधार खोलिदिन शुभेच्छुकलाई अनुरोध गर्दै थप्छिन्, ‘त्यही आधारले नै मेरा छोराछोरीका साथ मैले बस्ने माया–ममताको घरमा दीर्घकालीन व्यवस्थापनको बाटो खुल्नेछ । जहाँ हामी परिवार जसरी खुसीसाथ रमाइरहेछौं । मेरो संसारै यही हो ।’ मातृत्वले भरिएर मैले पनि थुप्रै सपना बुनिसकेकी छन् । उनले हुकाएकी १७ वर्षकी किशारीदेखि ६ वर्षका नाबालकसम्मका छन् ।

तर, उनले अभिभावकत्व चुँडिएका बालबालिकालाई दिएको साहराले आफ्नो सिएनएन हिरोको प्रतिस्पर्धामा साइनो जोडिएला भन्ने सोचेको भने थिइनन् । न त आफ्नो कामले अन्तर्राष्ट्रिय रूपमै पहिचान पाउँछ भन्ने उनको स्वार्थ थियो । ‘मेरो साथी सविन सिंहले सिएनएन हिरोका लागि प्रस्ताव पठाएको रहेछ । एकैचोटि मनोनयनमा पारिएको चिठी आउँदा अचम्म लागेको थियो । मबारेको डकुमेन्ट्री बनाएर पेस गरेछन्, जुन कुरा मेरो जानकारीमा थिएन । सिएनएन बोर्ड बैठकबाट अनुमोदन भएपछि मात्र मनोनयनमा परेको थाहा पाए ।’ पुष्पाले आफू सिएनएन हिरोको मनोनयनमा परेको प्रकृया सुनाइन् ।

उपाधिका लागि काम नगरेको भए पनि उत्कृष्ट दशमा पुगिसकेपछि सिएनएनमा परिणाम के होला ? उत्सुकता त पक्कै छ । तैपनि उनको लक्ष्य स्पष्ट छ ‘आफ्नो संरक्षणमा रहेका बालबालिकालाई उज्ज्वल भविष्यको बाटो कोरिदिनु ।’ पुष्पा थप्छिन् –‘मेरा सन्तानलाई पनि भविष्यको जिम्मेवार अभिभावक बनाउने अभिभारा पूरा गर्न सिएनएनको उत्कृष्ठ दशमा पुग्दा उझ उचालिएको महसुस गरेको छु ।’ (प्रकाशितः २०६९ असोज १५ सोमबार)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...