ह्याप्पी भ्यालेनटाइन डे – Janata Live
  • Sunday, February 5, 2023

ह्याप्पी भ्यालेनटाइन डे

  • फागुन ०२, २०७५

ह्याप्पी भ्यालेनटाइन डे

८० वर्षीय वृद्धले आफ्नै ९० वर्षीया श्रीमतीको कपाल बाटिदिँदै गरेको फोटो फेसबुकमा एकाएक भाइरल भयो । यस्तो दुर्लभ प्रेम पनि देख्न पाइन्छ यदाकदा । धेरैले प्रेम प्रस्ताव राख्ने दिन नजिकिँदै छ । ‘विश्व परिक्रमा’ गरिसकेर नेपाल भित्रिएको भ्यालेन्टाइन डेलाई भव्य स्वागत गर्ने तयारीमा छन्– प्रेमिल मन । यस वर्षका लागि पनि प्रतीक्षाको समय घर्किसक्यो र हरेक प्रेमी–प्रेमिकाको मनमा उमंगको बहार फर्किसक्यो । धेरै यही प्रेमिल मौसममा लगनगाँठो कस्ने ध्याउन्नमा होलान् ।

साहुजीहरू गुलाफ किन्ने प्रेमिल मनहरूलाई पर्खिरहेका भेटिन्छन्, ‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा । ‘गिफ्ट सप’मा राता फूलको बजार फस्टाएको छ । ‘रोज डे’को सुरुवातसँगै शहरमा युवा–प्रेम सुवासिलो हुँदै छ । प्रपोज हान्ने स्पशेल डे, त्यो हो ‘प्रणय दिवस’ यानि कि ‘भ्यालेन्टाइन डे’ ।
ईशाको तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको हो ‘प्रेम दिवश’ । इतिहासमा पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानको किस्सासँग जोडिन्छ यो दिन । रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । भ्यालेन्टाइन भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे ।

सम्राटको आदेशविपरीत लुकीछिपी प्रेमिल जोडीहरूलाई बिहे गराइदिन थाले । उक्त कुरा स्रमाटले सुनेर भ्यालेन्टाइनलाई जेलमा थुनिदियो । जेलरको छोरी उनलाई भेट्न आइरहन्थिन् । फाँसीमा चढनुअघि ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनी एउटा नोटमा लेखेर महिलालार्इं दिए । फेब्रअरी १४ का दिनमा उनलाई फासी दिइयो । उक्त दिनदेखि नै भ्यालेन्टाइन डे मनाउन थालियो, तिनै पादरीको नाममा । हाल विश्वभरि भ्यालेन्टाइन दिवस मनाइन्छ । र, प्रेमिल मनहरूका लागि यो चाड दशैजस्तो भइसक्यो अब नेपालमा पनि । नेपाली युवा मनहरूले पनि यसलाई उत्सवको रूपमा मनाउँदै आइरहेका छन् । यसले विश्वव्यापी मान्यता पाएको छ । शहरदेखि गाउँसम्मका युवा–युवतीहरू यस दिनको तीव्र प्रतीक्षामा रहन्छन् । मन पर्ने उपहार, फूल, कार्डजस्ता चिजहरू आदनप्रदान गरेर प्रेम साँट्छन् । धेरै युवायुवतीहरूले यसै दिनको छेको पारेर प्रेम प्रस्ताव पनि राख्ने गरेका छन् । सन् २०१८ को भ्यालेन्टाइन डेलाई कसरी मनाइरहेका छन् त, हाम्रो वरिपरिका युवाहरू ?

भ्यालेन्टाइन डेको तीव्र प्रतीक्षामा छन्, चाबहिलका राजेश गुरुङ्ग । आफूले मन पराएको साथीलाई प्रपोज गर्न विगत दश महिनादेखि पर्खिरहेका छन् उनी । दुवै इन्टर पढ्छन् । उनी भ्यालेन्टाइन डेलाई स्पेशल बनाउन चाहिरहेका छन् । आफ्नो प्रेम प्रस्ताव खेर नजाने उनको दृढविश्वास पनि छ ।
२० वर्षीय ममता श्रेष्ठ भ्यालेन्टाइनलाई खुब मिस गर्छिन् । अघिल्लो वर्ष उनलाई यही भ्यालेन्टाइन डेको दिन प्रपोज गरेको थियो, उनको साथीले । हाल ऊ दुबईमा छ । पुनः भ्यालेन्टाइन डे आइसकेकोमा उनी उत्साही पनि छिन् । बितेका पल र आउँदो भ्यालेन्टाइनलाई सँगै मनाउने सोचमा छिन् उनी ।

अहिलेका तन्नेरीहरू खुलेर प्रेम गर्छन् । गल्लीका पेटीहरूमा । पार्कका बुट्यानहरूमा । सार्वजनिक सवारीको अन्तिम सिटमा होस् या फिल्म हलहरूमा । प्रेमिल जोडीहरू हातमा हात समाएर डुलिरहेका हुन्छन् । कुममाथि शिर राखेर झुलिइरहेका हुन्छन् । आजका तन्नेरीको प्रेमलाई कवि मोमिला ‘पोस्ट मोर्डन फेसन’ भन्छिन् ।

फेसन भइदियो प्रेम गर्नु पनि । हात समाएर पर्खालको छेउमा प्रेम गर्नु सामान्य भइदियो । अहिलेका युवायुवतीहरू जे पनि ‘नर्मल्ली’ लिइदिन्छन् । ती दुवैले ‘माइन्ड’ गर्दैनन् । हुन त ‘प्यार किया तो डरना क्या ?’ भन्छन् । सहरिया युवायुवती पनि यही ‘डरना क्या ?’ को मार्ग कुदिरहेका छन् । खैर त्यसले कस्तो गन्तव्य भेटिन्छ भन्ने हो ।

पछिल्लो जेनेरेशनका युवायुवतीहरू खुलेयाम प्रेम जताइरहेका छन् । एउटैसँग आधा दर्जन प्रेमी तथा प्रेमिका छन् । जसलाई पालैपालो समय खर्चिन्छन् । कवि मोमिला भन्छिन्– ‘प्रेम नितान्त वैयक्तिक अनुभूति हो । र अनुभूतिलाई विज्ञापन गरिरहनु पर्दैन ।’

तर, पछिल्लो पुस्ता प्रेमलाई विज्ञापन गरिरहेको छ । धेरै गर्लफ्रेण्ड बनाउनुमा पुरुषार्थ देख्छन् केटाहरू भने केटीहरू धेरै पुरुष साथी बनाउँदा सुन्दरी भइटोपलिन्छन् । सुन्दरताका परिभाषा पनि शहरका तन्नेरी प्रेमिल मनले ‘डिभाइड’ गर्दै गइरहेका छन् ।

केही तन्नेरीहरू प्रेम गर्नु भनेकै सेक्स गर्नुजस्तो ठानिरहेका छन् । सार्वजनिक पर्खालमा अडेसिएर ‘हग गर्नु’, सुनसान गल्लीमा उभिएर किस गर्नु र प्रेमको नाममा लिभिङ्ग टुगेदर बस्नु नर्मल भइदिएको छ । कवि मोमिला भन्छिन्, ‘प्रेममा अहिले फिजिकल अट्र्याक्सन मात्रै छ ।’

प्रेमको मामलामा अहिले युवापुस्ता खुल्दै आइरहेको छ । पछिल्लो समय सामन्तीवादी युगबाट पुँजीवादी युगमा प्रवेश गरेसँगै हाम्रो देश विकासको चरणमा छ । जब विकासको चरणमा देश उक्लिन थाल्छ, हरेक चिजहरू व्यावसायिक बन्दै जान्छन् । व्यापारीहरूले बजारमा लेनदेन बढी गर्छन् । आख्यानकार अश्विनी कोइराला भन्छन्, ‘बजारिया लेनदेनमा भासिएका अहिलेका युवायुवतीहरू ‘ओपन लभ’ जताइरहेका छन् ।’

हिजोको दिनमा लेखकले लेखेर, संगीतकारले धुन दिएर, कलाकारले कला देखाएर, व्यापारीले किनमेल गरेर प्रेम देखाइरहेका थिए । समय बदलिएको छ । आजको दिन अलिकति बढी खुलेको छ । जुन पार्कमा स्पष्ट देख्न सकिन्छ । अश्विनी अगाडि भन्छन्, ‘नयाँ पुस्ताका युवायुवती युनीभर्सल पनि भए । हिजोको सफ्टनेस उदाङ्गो हुँदै गयो ।’

भावनालाई बजारले चिन्न थाल्यो । मान्छेहरू प्रेमलाई सहजै स्वीकार्न थाले । प्रेम गर्नु अपराध गरेझैं थियो हिजोको दिनमा । तर, आजभोलिका युवायुवतीहरूले प्रेमलाई सहज रूपले बुझेका छन् र स्वीकार्छन् पनि । हरेक बन्धन र कडा अनुशासनबाट बाहिर ल्याएका छन्, प्रेमलाई । आख्यानकार अश्विनी पुनः भन्छन्, ‘आजका युवायुवतीले प्रेमको गहिराइ भेट्टाउन सकेका छैनन् । त्यसैले ‘भ्यालेन्टाइन’ बजारमा पाइने फूलको लेनदेनमा भेटिन्छ । व्यापारीहरूले भावनालाई फूलसँग किनमेल गरिरहेका छन् ।’

भ्यालेन्टाइन डे विदेशी संस्कृति भए तापनि नेपालका लागि खासै नराम्रो मानिँदैन । प्रेम दिवसलाई प्रेमी र प्रेमिकाले आपसमा माया साटासाट गर्ने दिनको रूपमा पनि लिइन्छ । यो दिनलाई खुलेरै माया गर्ने अनि नयाँ ठाउँमा घुम्न जाने गर्छन् । कलाकर यशकुमार प्रणय दिवसलाई हृदयबाट स्वीकार्छन् । उनी भन्छन्, ‘युवायुवतीहरूले प्रेम दिवसजस्तो दिनलाई मौकाको रूपमा खोजी गरिरहेका हुन्छन् ।’

आफूले मन परेको मान्छेलाई प्रेम प्रस्ताव ग¥यो भने कतिले सहजै स्वीकार्छन् त कतिले हाँसेरै रिजेक्ट गर्ने पनि गर्छन् । रिसाउन पाइन्न । अरु बेला चप्पल हान्छन् तर यो दिनमा चाहिँ हान्न पाइँदैन रे । यसकुमार फोनबाट वा फेसबुकबाट शुभकामना आदानप्रदान गर्नेे सोचमा छन् । भ्यालेन्टाइन डेका दिन उनी दैलेख जाँदै रहेछन् । त्यसको भोलिपल्ट कार्यक्रमबाट फर्केपछि सपरिवार घुम्न जाने सोच बनाएका छन् उनले ।

समाज बिस्तारै ग्लोबाइजेसन हुँदै आएको छ । सम्बन्धहरू नजिकै भएका छन् । विश्व साँघुरिँदै गयो । नाट्यकर्मी घिमिरे युवराज भन्छन्, ‘मन परेको साथी सेलिब्रेसन गर्नका लागि भ्यालेन्टाइन डे ‘टिनएज’हरूलाई एउटा अवसर हो । यसलाई आममान्छेले सकारात्मक लिइदिनुपर्छ । ’

समाजको संकुचित सोच बिस्तारै हट्दै छ । पश्चिमा समाज पनि नेपाली समाजसँग घुलमेल हुँदै आइसक्यो । यस्तोमा भ्यालेन्टाइन नेपाली युवा पुस्ताका लागि ठूलो अवसर भइदिएको छ । यसपाली भ्यालेन्टाइनलाई स्पेशल बनाउन शिल्पी थिएटर ‘म अर्थात् रोज’ नामक नाटक लिएर आउँदै छ । कमल खतिवडाको लेखन तथा निर्देशन रहेको नाटक मञ्चन गरेर भ्यालेन्टाइन स्पेशसल विइशेस गर्नेछन् घिमिरे युवराज । साथै उनी सपरिवार घुम्न जाने सोच पनि बनाइरहेका छन् ।

नेपाली संस्कार नै ‘अतिथि देवो भवः’ भन्छ । हरेक आगन्तुकलाई स्वागत गर्न जहिले नेपाली संस्कार अग्र नै रह्यो । यस्तै एउटा उत्सव भ्यालेन्टाइनलाई पनि नेपाली समाजले स्वागत ग¥यो । मदन पुरस्कार विजेता अमर न्यौपाने भन्छन्, ‘भ्यालेन्टाइन अतिथि चाड हो । अतिथि दिवसलाई हामीले सम्मान गर्नुपर्छ । अपमान गर्न हाम्रो संस्कारले नै दिँदैन ।’

नेपाली समाजमा पहिले पनि उस्तै प्रेम थियो । भ्यालेन्टाइन नेपालमा भित्रिनुअघि पनि नेपालमा प्रेम गरिन्थ्यो । भ्यालेन्टाइनको रौनक छाएको नै एक दशक भइसकेको न्यौपाने बताउँछन् । भ्यालेन्टाइन डे थाहा नपाएको पुस्ताले पनि प्रेम गरेका थिए । उनी भन्छन्, ‘प्रेम गर्नेहरूका लागि जहिले पनि भ्यालेन्टाइन डे हुन्छ । दिवसको रूपमा मनाइरहनु पर्दैन ।’

पूर्वीय परम्परा होइन यो । तर, विरोध पनि गरिँदैन । किनकि प्रेम विश्वव्यापी हुन्छ तर दिवस मनाएर मात्रै यो गरिँदैन । उनै न्यौपाने भन्छन्, ‘भ्यालेन्टाइन डेको नाममा प्रेमको दुरूपयोग गरिएको छ । अहिलेको पुस्ताले सदुपयोग गर्न जान्नुप¥यो ।’

भ्यालेन्टाइन डेको भोलिपल्ट अनेक ‘हात्सा’ सुनिन्छ । मिडियामा छाउँछ । यस्ता घटनाहरू सुन्नमा नआए हुन्थ्यो भन्ने अपेक्षा गर्छन् न्यौपाने ।

प्रेमको आशय तपाईं हाँस्दा तपाईंलाई चाहनेलाई आनन्द आउनुपर्छ भन्ने हो । तर प्रेमको नाममा खेलबाड गर्नु भनेको धोका दिनु हो । आकर्षणले सेक्स मात्रै हुने हो । र, आकर्षण खिइँदै जान्छ । त्यो आशक्तिसिवाय केही होइन । र, सकिने प्रेम, प्रेम नै होइन । रिलेशन राखेर छुटिन्छ भने त्यो छुट्टिएको नै हो । रिलेशन भएर मात्रै प्रेम हुँदैन । प्रेम हृदयबाट फुर्दछ । यस्तै साँचो र अजर प्रेम यसपालीको भ्यालेन्टाइन डेमा आम युवायवतीको मनमा फुरोस् । सबैको हृदयले शुद्ध प्रेमको आदानप्रदान गरोस्, ह्याप्पी भ्यालेन्टाइन डे !

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...