तपाईं दीर्घ जीवन चाहनुहुन्छ ? अस्पतालमा खर्च गर्ने लाखौं पैसा बचाउन चाहनुहुन्छ ? – Janata Live
  • Saturday, February 4, 2023

तपाईं दीर्घ जीवन चाहनुहुन्छ ? अस्पतालमा खर्च गर्ने लाखौं पैसा बचाउन चाहनुहुन्छ ?

  • जनता लाइभ
  • फागुन ०२, २०७५

तपाईं दीर्घ जीवन चाहनुहुन्छ ? अस्पतालमा खर्च गर्ने लाखौं पैसा बचाउन चाहनुहुन्छ ?

हेर्नुहोस्, अर्गानिक हेल्थ कन्डिस्नर रसायन र विषादीविरुद्ध एसटीएस ग्रीन टी

यो पनि पढ्नुस्
कस्तो भूगोलमा चिया खेती हुन्छ

विश्व बजारको आवश्यकता बमोजिम नेपाली चिया उद्योगीले अर्थोडग्स ह्वाइट गोल्ड र ग्रीन गोल्ड चियाहरु अर्गानिक लक्ष्यसहित उत्पादन प्रारम्भ गरेको गौरवशाली इतिहास आज हिमालयन एसटी शेर्पा ग्रीन टी स्टेटको बनेको छ । इतिहासमा परम्परागत गैरअर्गानिक चिया उत्पादन थियो । तर, बढ्दो शहरीकरणसँगै रसायन र विषादीको सहयोगमा लामो समयसम्म टिक्ने प्याकेजिङ गरिएको एन्टीडोटेट फुड टेक्नोलोजीमा आधारित खाद्यबस्तुले स्वस्थ्यलाई खराव बनाउँदै लगेकै कारण रसायन र विषादी रहित खाद्यपदार्थका लागि अर्गानिक साइन्सको विकासमा अध्यायन तथा अनुसन्धान समेत प्रारम्भ भएको छ चियालाई केन्द्रमा राखेर ।

एकजना मानिस स्वस्थ र दीर्घ जीवन जीउन सके उनको बौद्धिक शक्ति र सामाजिकआर्थिक हैशियत समेत उच्च हुने हुँदा कम्तिमा पेयापदार्थ अर्गानिक हुन जरुरी छ । विश्वमा अतिथि सत्कारदेखि विहानी प्रारम्भमा चियालाई मानिसले प्रथम सेवन पदार्थको रूपमा लिने गरेकै कारण चिया अर्गानिक हुन जरुरी छ । अहिले स्वस्थ्य विज्ञान तथा प्रतिस्ठानलगायत विश्वविद्यालयको अनुसन्धानमा दूधमा रहेको कोलिफर्म र चिनीको प्रयोग गरिने सिटिसी प्रविधिका काला चियाले खानामा रुची घटाई ग्यास्ट्रिक हुँदै अल्सर टु क्यान्सरको यात्रासम्म गराउने खतरा रहेको पुष्टी भइसकेको वर्तमान अवस्थामा ग्रीन टी सेवन अनिवार्य बनेको छ । हाते बनौटका गुन्द्रुक जस्तै देखिने ह्वाइट गोल्ड र ग्रीन गोल्ड चिया हाम्रो उत्पादन हो । अधिकांश नेपालीहरूलाई ग्रीन टी प्रयोगमा साक्षरता समेत छैन । मानिसलाई स्वस्थ रहन विषादी र रसायन रहित खाद्यपदार्थ सेवन जरुरी छ । आज आधुनिक मलको प्रयोग र कीरा मार्न कीटनासक औषधीको प्रयोगको कारण क्षणिक आम्दानी बढेतापनि विषादी र रसायनसहितको खानाले लाखौं खर्च लाग्ने रोग लागेर अस्पताल चलाउन योगदान गरेका छन् नेपाली जनताले ।

लुकाएर खाने र देखाएर शौच गर्ने युगबाट देखाएर खाने र लुकाएर शौच गर्ने भविष्य चाहिँ प्रतिष्ठा
मानिस स्वस्थ रहन अर्गानिक आन्दोलन अगाडि बढाउनुको विकल्प छैन आज । तीन दशक अघिको नेपाली लुकाएर खाने र देखाएर शौच गर्ने परम्परामा थियो । तर, आज बदलिँदो नेपाली समाज सामाजिक आर्थिक क्षमतामा परिवर्तन भई देखाएर खाने र लुुकाएर शौच गर्ने युगमा प्रवेश गरेको देखिन्छ । खुला दिसा मुक्तक्षेत्र घोषणा कार्यक्रम चाहिँ यसको स्पष्टीकरण हो । तर, आज नेपाली बाँच्नका लागि खाँदैनन् । अघाउनका लागि खान्छन् खाना । भविष्यको नेपाली बाँच्नका लागि खानेछन्, अघाउनका लागि होइन । रसायन र विषादी भएको खतरापूर्ण खाद्य टोकरी र अर्गानिक विज्ञानको फ्रेमको खतरारहित खाद्य टोकरीमा विभाजन गरी प्रयोग गर्ने क्षमता सहितको नेपाली हाम्रो यात्रा र भविष्य हो । खतरारहित खाद्य टोकरीले अस्पताल जान र ठूलो धनसम्पति खर्च गर्नबाट बचाउने छ । जसले स्वस्थ रहन र दीर्घ जीवनमा योगदान दिनेछन् ।

नेपाली उत्पादनविरूद्ध विदेशी मुद्रा
नेपाली उत्पादनविरूद्ध विदेशी मुद्रा आर्जन गर्ने अभियान सञ्चालन गर्न हिमालयको रत्नबाट सफलता पाइएको छ । हिमालयको जडिबुटीको इतिहास धार्मिक साहित्यसँगै अध्यायन तथा अनुसन्धानबाट स्पष्टीकरण प्राप्त भएकै छन् इतिहास र वर्तमानमा यसको महत्वपूर्ण भूमिका मानव स्वस्थ्यको सवालमा । यार्चा गुन्बु नेपालीको सामाजिकआर्थिक क्षमताले सेवन गर्न सक्ने अवस्था छैन । अधिकांश नेपाली यार्चा गुन्बुबारे अनविज्ञ छन् । मानव स्वस्थ्यलाई स्वस्थ बनाई दीर्घ जीवन दिएर जवानी समेत महशुस गराउने जडिबुटीबारे बहस र साक्षरता कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

ग्रीन टी ईनर्जी ड्रिङ्ग्सको रूपमा प्रयोग
ग्रीन टीलाई स्वाद र रंगका आधारमा वर्गीकरण गरिन्छ । ग्रीन टीको सेवन शक्तिवद्र्धक हुन्छ । साधारणतय कडा कालो रंगको प्रयोगमा चियालाई बुझेका सर्वसाधरणलाई ग्रीन टीबारे सामन्य जानकारी समेत पाइन्न । बजारमा पाइने ग्रीन टीको वर्गीकरण ह्वाइट टी, गोल्ड टी, सिल्भर टी, ग्रीन टी, अर्थोडग्स ब्ल्याक टी समेत चार किसिमका चिया उत्पादन गरेको पाइन्छ । तर यो परम्परागत कपी टु पेस्ट ज्ञानमा हिमालयन एसटी शेर्पा ग्रीन टी स्टेटले अनुसन्धान मार्फत संशोधन गरेर दुई किसिममा वर्गीकरण मात्रै गरिएको छ । जसलाई एसटीएस वर्गीकरण नाम दिएका छौं ।

एसटीएस वर्गीकरण
१. एसटीएस ह्वाइट गोल्ड
२. एसटीएस ग्रीन गोल्ड

एसटीएस वर्गीकरणका स्पष्टीकरण
सामन्यतया चियालाई तातोपानी वा चिसो पानीमा भिजाएपछि आउने रंग भनेको गोल्डेन र ग्रीन मात्रै हुन्छन् । गोल्ड कलर र ग्रीन कलर कुन चियाबाट प्राप्त हुन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । ह्वाइट गोल्ड चियाबाट गोल्डेन कलर पाइन्छ । त्यस्तै ग्रीन गोल्डबाट ग्रीन कलर पाइन्छ । मौसम र सक्रियताले सिल्भर ग्रीन टी पनि बनाउन सकिन्छ ।

कसरी ह्वाइट गोल्ड र ग्रीन गोल्ड बन्छ रु
चिया बगानमा धेरै थरी चियाको बोट पाइन्छ । सबै चियाको बोटबाट ह्वाइट गोल्ड र ग्रीन गोल्ड चिया बन्दैन । घुम्ती प्रजातिको चियाको बोटबाट ह्वाइट गोल्ड चिया बनाउन सकिन्छ । त्यस्तै तकदा प्रजातिलगायत अन्य चियाबाट ग्रीन गोल्ड चिया बनाउन सकिन्छ । तकदा चियाबाट ह्वाइट गोल्ड चिया बन्दैन । ह्वाइट गोल्ड चिया स्वादिलो र अधिक सेवन गर्न सकिन्छ । तर, ग्रीन गोल्ड चिया तीतो टर्रो स्वादमा हुन्छन् । धेरै पिउने बानी लगाउन सकिँदैन । परम्परागत कालो सिटिसी चिया जस्तै तीतो टर्रो चाहिँ हुँदैन ।

ह्वाइट गोल्ड र ग्रीन गोल्ड चिया उद्योगमा उत्पादनको वातावरण
यो चिया बनाउन सूर्यको प्रकाश मुक्त सफा घरमा सफा टेबुल सहित प्लास्टिकको झोला र नाङलो भए तमाम काम सम्पन्न हुन्छ । रसायन र विषादी मुक्त औद्योगिक क्षेत्रको चिया बगानबाट ग्रीन बेवी लिफ अर्थात टुसाएको मुना संकलन गरेर सूर्यको प्रकाश नछिर्ने घरमा चियालाई ओइलाउने काम गरिन्छ । राम्ररी ओइली सकेको चियाको मुनालाई सफा हातले सफा चिल्ला टेबुलमा हातले विस्तारै रोल्ड गरेर चियालाई डल्लो बनाइन्छ । यसरी रोल्ड गर्दा मुनालाई टुक्रन दिनु हुँदैन । रोल्ड गर्ने क्रममा हातमा चियाबाट अलिअलि तरल पदार्थ आउन थालेपछि चियालाई सफा प्लास्टिकको थैलोमा पोको पारेर न्यानो वातावरणमा राखिन्छ । त्यो पनि सूर्यको प्रकाश मुक्त क्षेत्रमा नै । यसरी पोको बनाइएको चियामा तीन(चार घण्टमा गोल्ड कलर देखिन्छ । रोल्ड गर्ने क्रममै चियामा सुगन्ध आउन थाल्छ । सबै मुना गोल्ड बनेपछि सफा नाङ्लोमा सूूर्यको प्रकाश मुक्त घरमा सुकाउनुपर्छ ।

चिया कुन समयमा टिपिन्छ ?
सामन्यतया चिया भौगोलिक अवस्था अनुसार फरक–फरक मौसममा टिप्न शुरुआत हुन्छ । हिमालयन एसटी शेर्पा ग्रीन टी स्टेटको चिया बगान ९ हजार फिटदेखि ६ हजार ५ सय फिट सम्म छरिएका बगानहरुमा छन् । चैतको पहिलो हप्ताबाट चिया टिप्न शुरुआत हुन्छ । महिनामा न्यूनतम तीनपटक चिया टिप्न सकिन्छ । कार्तिक महिनासम्म चिया टिप्न योग्य हुन्छ ।

चिया कस्तो भूगोलमा हुन्छ ?
अहिलेसम्म कुनैपनि विश्वविद्यालय र अनुसन्धाताले चिया र माटोलाई जोडेर अध्यायन तथा अनुसन्धान गरेको पाइएको छैन । भारतीय विश्वविद्यालयमा चिया खेती तथा उद्योगबारे पढाइ भइरहेको पाइन्छ । नेपालमा झापा क्याम्पसमा चिया खेती र उद्योगबारे पढाइ भइरहेका छन् । तर, चियालाई यही मौसम, भूगोल र हावापानी भनेर विशिष्टिकरण नगरेको अहिलेको अवस्थामा हिमालयन एसटी शेर्पा ग्रीन टी स्टेटको अनुसन्धान कार्यलाई वैज्ञानिक ठहर गरिएको छ । जंगलमा चियासँग मिल्ने उस्तै बनौट, स्वाद र रंगको बनस्पति झिङगेनी र हिब्बुवा पाइन्छ । हिब्बुवाको डाँठ, पात र फलको विशेषता चियासँग मिल्छ । तर, अन्य विशेषता भने ल्याव टेस्ट गरेर भन्न सकिन्छ । त्यस्तै चियासँग झिङ्गेनीका अधिकांश पाटो मिल्छ । फूल र फल मिल्दैन । यही दुईवटा बनस्पतिलाई चिया जस्तै प्रजाति मानेर चियाका लागि उपयोगी भूगोलको छनौट गर्न सकिन्छ । हिब्बुवा र झिङ्गेनीको लेबलसम्म चिया खेती राम्रो हुन्छ भन्ने सफल अनुसन्धान हो ।

चियाको मुना टुसाउँदा झिङगेनी बनस्पतिका मुना पनि टुसाइएको पाइन्छ । चियाको मुना र झिङ्गेनीको मुनामा सतप्रतिशत एउटै देखिन्छ । एउटै भूगोलमा एउटै समयमा मुना आउने विशेषता मिल्छन् । त्यस्तै हिब्बुवाको फूल र फल चियासँग सतप्रतिशत मिल्छ । झिङ्गेनी, खस्रु, ठिङ्रे सल्लो एउटै लेबलमा पाइन्छ । तर, गोब्रे सल्लो र झिङ्गेनी भने कम मात्रामा पाइन्छ । त्यसकारण गोब्रे सल्लो र चिमाल भएको जंगलको उचाइमा चिया नहुन सक्छन् । तर, यही २०७६ सालमा नयाँ अनुसन्धानका लागि गोब्रे सल्लो र चिमाल युक्त जंगली लेबलमा चिया परीक्षण रोपाईं गर्ने कार्यक्रम बनाइएको पनि छ । हिमाली तथा पहाडी क्षेत्रको सिद्धान्त हो यो । तर तराईमा झापामा समेत चिया छ । त्यसकारण चिन्ता छैन ।

स्वास्थ्य
एन्टीडोट फुड टेक्नोलजिकै कारण अल्पआयु र अस्पतालमा सिजरिङ अनिबार्य बन्दै गएको छ आम जनताको स्वस्थ्य उपचारमा । रसायन र विषादी रहित खानाको प्रयोगबाट मात्रै यो समस्याबाट मुक्ति पाइन्छ । त्यसैले अब अर्गानिक आन्दोलनलाई खेतीयोग्य जमिनदेखि चुल्होसम्म अनिबार्य बनाउन जरुरी छ ।

चियाको प्रयोगको इतिहास तत्कालीन चिनियाँ राजा सेन नुङको समय इपू २७३७ बाट शुरुआत भएको थियो । इतिहासकालको प्रारम्भमै चियाको प्रयोग औषधीय गुण भएको पेयपदार्थको रूपमा प्रचलनमा आएको पाइन्छ । समयको परिवर्तन सँगसँगै मनोरञ्जनात्मक पेय पदार्थको रूपमा लिइयो । चियाको बारे सन् १६५६ मा बेलायतमा प्रकाशित पहिलो विज्ञापन अनुसार चियाको प्रयोगबाट धेरै किसिमको रोगहरु निदान गर्ने जनाइएका थिए । डच र पर्तुगीस व्यापारीहरुका अनुसार चियाले पेटको समस्या, ट्युमर, टाउको दुख्ने रोगको निदान हुने सन्देश उपभोक्तलाई दिइएको पाइन्छ । करीब तीन हजार वर्षपछि आज अर्गानिक चियाले हेल्थ कण्डिस्नरकै काम गर्न थालेको विज्ञानले माणित गरेका छन् । चियाको मुनामा पाइने पोलिफेनोल्समा एन्टी कारसिन्जेनिक तत्व, फ्लेभोनाइडस् जस्ता एन्टीअक्सिडेन्टस् हुने हुनाले धेरै रोग लाग्नबाट बच्न सकिन्छ । चियामा पाइने इसीजीसी तत्व अन्य कुनै बनस्पतिमा पाइँदैन । चियामा पाइने प्राकृतिक एन्टीअक्सिडेन्टस्लाई रोग निरोधक मानिन्छ ।

नयाँ अनुभव
कपालको ट्रिटमेन्ट पनि ग्रीन टीबाटै गर्ने स्वस्थ्य उपचारको थालनी भएको छ । भिजाएको ग्रीन टीले कपाल मसाज गर्नाले कपाल नझ्र्ने, चायाँ कम हुने र टाउको दुख्ने रोग कम हुने गरेकै कारण विभिन्न छालाजन्य तथा सौन्दर्यतामुखी उत्पादनहरुमा ग्रीन टी फ्लेभरमा बनाउन थालको छन् । ग्रीन टी अर्गानिक साइन्सको मेरुदण्ड बनेका छन् ।

तौल तथा मोटाई कम गर्न ग्रीन टी
चिल्लो तथा एन्टीडोटेट फुडका कारण अनआवश्यक रूपमा बढेको तौल कम गर्न अर्गानिक हेल्थ कण्डिस्नरको रूपमा ग्रीन टीको प्रयोग गरिन्छ । अर्गानिक ग्रीन टीको प्रयोगबाट चिल्लो पदार्थ पसिनासँगै तत्काल रिजेक्सन त्याग गरेर स्वस्थ रहन सहयोगी भूमिका खेल्छ भने पुराना तथा नयाँ बोसो पगाल्ने काम गर्छ । बोसेदार अवस्थाकै कारण लाग्ने रोगहरुबाट बच्न पनि यो चियाको भूमिका वैज्ञानिक छ ।

नो मर्निङ वाल्क नो टेन्सन
सहरी जीवनमा मर्निङ वाल्क महत्वपूर्ण हुन्छ । त्यस्तै शारीरिक अभ्यास पनि जरुरत छ । तर, काठमाडौं धूलोमाडौं भनेझैं संसारमा सहरमा उस्तै खराब मौसम हुने हुँदा अझ रोगी हुन्छन् । त्यसकारण यो समस्याको विकल्पमा ग्रीन टी प्रयोग गरेर मानिसले आफूलाई निरोगी राख्न सकिन्छ । (लेखकः हिमालयन एसटी शेर्पा ग्रीन टी स्टेट प्रा.लि.का अध्यक्ष हुन्)

Loading...
Loading...
Loading...