च्याङछयूप छर्योतेनको प्राण प्रतिष्ठा – Janata Live
  • Sunday, February 5, 2023

च्याङछयूप छर्योतेनको प्राण प्रतिष्ठा

  • छिरिङ तेन्जिङ शेर्पा
  • माघ २८, २०७५

च्याङछयूप छर्योतेनको प्राण प्रतिष्ठा

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लोखिम गाविस–९ मा पर्ने कुरिमा परमा रि डाँडामा हालै एक विशाल र सुन्दर स्तुपा च्याङछयूप छर्योतेन (करुणामय स्तुपा) को निर्माण सम्पन्न भएको छ । भगवान गौतम बुद्धको जीवनकालमा घटेका विविध घटनाहरूलाई समेटेर निर्माण भएका आठवटा महत्वपूर्ण स्तुपाहरू (देवर स्याक्पा छर्योतेन ग्या) मध्ये एक करुणामय स्तुपा च्याङछयूप छर्योतेन हो ।

सोलुखुम्बु जिल्लाको ज्यल्सा गोन्पाको तत्कालीन प्रमुख लामा स्व. ङवाङ स्यरप रिन्पोछेज्यूले वि.सं. २०२० सालमा यस रमणीय स्थलमा पहिलोपटक त्यस भेगको अधिकांश बौद्ध धर्मावलम्बीहरूलाई करिब ६ महिनासम्म धर्म, दर्शन, योग, कर्मकाण्ड इत्यादिको महत्वपूर्ण शिक्षा र दीक्षा दिनुभएको थियो । जसलाई हिमाली भाषाको छोटकारीमा ‘क’ ‘ठी’ भनिन्छ ।

त्यस समयमा सोलुखुम्बुको अधिकांश र खोटाङ, भोजपूर, संखुवासभा, तेह्रथुम, इलाम र ताप्लेजुङ जिल्लाबाट समेत बौद्ध धर्मप्रति आस्था र विश्वास राख्ने श्रद्धालुहरूले निरन्तर ६ महिनासम्म वाङ् (अभिषेक), लुङ (अगम) र ठी (व्याख्यान) प्राप्त गरेका थिए ।

यस ऐतिहासिक धार्मिकस्थलको महत्वलाई मध्यनजर गर्दै ज्याल्सा गुम्बाको वर्तमान प्रमुख लामा निमा साङ्वो रिन्पोछेले तीन वर्षअघि त्यस क्षेत्रमा क्रियाशील एक सामाजिक संस्था धर्म डाँडा शेर्पा समाजको प्रथम अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै त्यस स्थलमा एक स्तुपा निर्माण गर्नुेपर्ने सुझाव दिनुभएको थियो । त्यस महत्वपूर्ण सुझावलाई मध्यनजर गर्दै तत्काल क्रियाशील संस्थाले आकस्मिक बैठक बसी एक स्तुपा, एक गुम्बा र एक गेस्ट हाउस निर्माण गर्ने उद्देश्यले समाजसेवी दावा गेल्जेन शेर्पाको अध्यक्षतामा एक निर्माण कमिटी गठन गरी कार्य अघि बढाइएको थियो ।

ज्याल्सा गोन्पासँग सम्बन्धित देश विदेशमा रहेका शेर्पा दाजु भाइहरूको सहयोगमा करिब तीस लाख रुपैयाँको लागतमा आठ कोठाको सुविधा सम्पन्न गेस्टहाउससँगैं करिब ४५ फिट अग्लो स्तुपाको निर्माण हालै सम्पन्न भएको छ । सो स्तुपा र गेस्टहाउस निर्माणका लागि करिब चार रोपनी जग्गा पासाङ नुरु शेर्पा (गोपरमा) ले दान गर्नुभएको थियो ।

नपुग जग्गा निर्माण कमिटीमार्फत खरिद गरिएको थियो । लामा ङिमा साङ्वो रिन्पोछेले क्याब्जे ठूल्सिक रिन्पोछेसँग पटक पटक दर्शन भेट गर्नुभई स्तुपा गुम्बा निर्माणसम्बन्धी महत्वपूर्ण सुझाव लिनुभएअनुसार वर्तमान समय र विश्वकै परिस्थितिलाई मध्यनजर गर्दै च्याङछयूप छर्योतेन नै निर्माण गर्नुेपर्ने सुझाव दिनुभयो ।

स्तुपा निर्माणपछि विलम्ब नगरी प्राण प्रतिष्ठा गर्नुपर्ने भएकोले हालै स्व. ङवाङ स्यरेप रिन्पोछेज्यूको निर्माणकार्य अवतारी टुल्कु ज्येम्फेल वाङपो रिन्पोछेज्यू र निमा साङपो रिन्पोछेद्वारा ‘रव्ने’ प्राणप्रतिष्ठा सम्पन्न भएको हो । रव्ने कार्यलाई सफल बनाउन काठमाडौंबाट समेत श्रद्धालुहरू आइपुगेका थिए । तीन दिनसम्म भएको यस धार्मिक कार्यक्रमको पहिलो दिन पूजा, दोस्रो दिन स्तुपामा प्राणप्रतिष्ठा र तेस्रो दिन सर्वसाधारणको दीर्घायुको लागि अभिषेक ‘क्षेवङ’ दिने कार्य भएको थियो । सो क्रममा ४ सयजनाले अभिषेक लिनुभएको थियो ।

यस क्रममा रिन्पोछेलाई १० भन्दा बढी मण्डल कुसुम चढाइएको थियो । बौद्ध धर्ममा भगवान् बुद्धसँग सम्बन्धित मूर्ति, स्तुपा, माने र गोन्पाहरूको भित्र ‘सुङ’ हालेपछि धार्मिक विधिअनुसार रब्ने अर्थात् प्राण प्रतिष्ठा गर्नै पर्दछ । रब्ने गरेपछि त्यह“ा साक्षात भगवान् बुद्ध बिराजमान भएको ठानी नियमित पूजापाठ गर्नुपर्ने हुन्छ । देशविदेशबाट आर्थिक, भौतिक र वैचारिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई रिम्पोछेद्वयबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो । (सोलुखुम्बु कुरिमाबाट फर्केर)

प्रकाशितः २०६९ चैत

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...