नेपालकै ठूलो गोन्पाको समुद्घाटन – Janata Live
  • Friday, February 3, 2023

नेपालकै ठूलो गोन्पाको समुद्घाटन

  • जनता लाइभ
  • माघ २४, २०७५

नेपालकै ठूलो गोन्पाको समुद्घाटन

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ज्योबो कद्याम्पा गोन्पाको एक औपचारिक कार्यक्रमबीच गत मंगलबार समुद्घाटन भएको छ । सन् २००८ बाट निर्माण सुरु गरिएको गोन्पाको अंग्रेजी नयाँ वर्ष २०१३ को अवसरमा पारेर उद्घाटन गरिएको हो ।

गोन्पाको समुद्घाटन प्रमुख अथिति विज्ञान तथा वातावरणमन्त्री डा.केशवमान शाक्यद्वारा गरिएको थियो । कार्यक्रममा विशेष अथिति तेङ्बोचे चई लामा रिम्पोछे, गोन्पाको प्रमुख सहयोगदाता देक्षेन वाङ्मो, नेपाल सरकार स्थानीय विकास मन्त्रालय गोन्पा विकासका निर्देशक खेन्पो निमादोर्जे, ताइवनका डङ्गठेल रिम्पोछे र गोन्पाका अध्यक्ष कधाम् येछ्योज्ये रिम्पोछे येस्ये दुललगायतको उपस्थिति रहेको थियो । त्यसैगरी थेरावाद बौद्ध परम्पराका धर्मगरु भिक्षु, भन्ते गुरुमाहरू पनि अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै विज्ञान तथा वातावरणमन्त्री केशवमान शाक्यले गोन्पाको उद्घाटनमा समावेश हुन पाएकोमा गोन्पाको कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए । नेपाल विश्वमा सगरमाथा र बुद्धको देश भनेर चिनिनुका साथै तिब्बत महायान नेवारको सम्प्रदाय भनेर चिनिने पनि बताए । ज्योबो कद्याम्पा बंगालको गुरु भएपछि राजाको छोरा पनि यस गोन्पाको लामा भएको उनले जानकारी दिए ।

‘हाल विश्वमै बौद्ध शिक्षाको महत्व बढेको छ,’ मन्त्री शाक्यले भने, ‘विश्व अशान्त हुन पुगेको अवस्थामा शान्ति पुनस्र्थापनामा गोन्पा र बिहारहरूले महत्वपूर्ण योगदान पु¥याउन सक्नेछन् ।’

यस गोन्पामा ५ सयजना भिक्षुभिक्षुणीहरू रहने र उनीहरूका लागि आवासको सुविधा सम्पन्न भएको गोन्पा अध्यक्ष कधाम् येछ्योज्ये रिम्पोछ्ये येस्ये दुलले जानकारी दिए । गोन्पा करिब १० रोपनी जग्गामा निर्माण भएको उल्लेख गर्दै उनले गोन्पाले सामाजिक कार्यहरू पनि गर्दै आएको बताए ।

महायान बौद्ध धर्म परम्परामा चारवटा सम्प्रदायमध्ये एक गेलुग सम्प्रदायमा पनि कतम्बा गुलुग सम्प्रदाय प्रमुख गोन्पाको रूपमा चिनिने गर्दछ । हरित तारादेवी (डोल्ज्याङ्ग) को जन्म १०औं शताब्दीमा बंगलादेशमा भएको थियो । त्यसैकारण हरित तारादेवी (डोल्ज्याङ्ग)को पूजापाठ गर्ने गरेको पाइन्छ । बंगलादेशका राजकुमार दिपंकार अतिस्या बौद्ध भिक्षुमा परिवर्तन भई श्रीज्ञानले ११ औं शताब्दीमा बौद्ध धर्मको भारत र बंगाल खाडीमा प्रचार–प्रसार गरेको थियो । दिपंकार अतिस्याले ११ औं शताब्दीमा नेपालको हिमाली भेगलगायत विशेषगरी पश्चिम तिब्बतमा बौद्ध धर्मको व्यापक प्रचार–प्रसार गरेका थिए । उनले बौद्ध परम्परानुसार तिब्बतमा प्रतिपादन गरी ‘ज्योबो कद्याम्पा गेलुग’ भन्ने नामकरण गरेका थिए । तिब्बतलगायत विभिन्न देशहरूमा यी गोन्पाहरू रहेका छन् । कार्यक्रममा मन्त्री शाक्यलाई ताइवनको देक्षेन वङ्मोले शाक्यमुनि बुद्धको मूर्ति मायाको चिनोस्वरूप प्रदान गरे ।

गोन्पा उद्घाटनपछि अथितिहरूबाट सामूहिक क्षोमेन बाली गोन्पाको पाठपूजा गरिएको थियो । हंकङबाटा ल्याएको दिपंकर अतिस्याको श्रीजनको अस्तु (रिगसिल)गोन्पामा रहेकोले केही दिनपछि पुनः वृहत उद्घाटन भएपछि सर्वसाधारणहरूले दर्शन गर्न पाइने व्यवस्था गरिने गोन्पाले जनाएको छ । राष्ट्रपति डा. रामवरण यादवबाट पनि केही दिनपछि गोन्पा समुद्घाटन हुने कार्यक्रम रहेको छ ।

प्रकाशितः २०६९ पुस

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...