मुखको स्वास्थ्यमा सचेत छैनन् – Janata Live
  • Friday, February 3, 2023

मुखको स्वास्थ्यमा सचेत छैनन्

  • डा. पदम नेपाली
  • माघ २२, २०७५

मुखको स्वास्थ्यमा सचेत छैनन्

हाम्रा लागि गरिबी सबैभन्दा ठूलो रोग हो । त्योभन्दा ठूलो रोग अशिक्षा, सचेतनाको कमी र जागरूकताको अभाव हो । नेपालमा मुख तथा दन्त सेवा पनि यिनै अन्योलबीच संक्रमणकालीन अवस्थामै छ । हुन त नेपालमा समग्र स्वास्थ्य सेवाको वितरण र सर्वसाधारणको पहुँच पनि असमान तथा असहज नै छ ।

झाडापखाला, रुघाखोकी लगायतका महामारी र संक्रमणबाट धेरै नेपालीहरूले ज्यान गुमाउनु त सामान्य जस्तै भइसकेको छ । यही देशमा ग्रान्डी जस्ता अस्पतालमा मात्र नभएर उपाचार गर्न भारत,थाइल्यान्डदेखि जापान, अमेरिकासम्म पुग्नेको संख्या पनि उलेख्य छ । नेपालका राम्रा भनिएको अस्पतालमा पनि पहुँच र पैसावालाकै वर्चश्व छ । यसको अर्को पाटोमा हेर्ने हो भने ग्रामीण भेगमा सजिलै निको हुने रोगको पनि स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनेको संख्या त कति छ कति । उपचारविना निको नहुने जटिल रोग लाग्नु त धेरैका लागि मृत्यु नै हो । गाउँ घरका धेरैजसो मानिसलाई अलि जटिल खालको उपचार गराउन राजधानीसम्म धाउन धेरै कठिन छ । ऋण धन गरेर राजधानीसम्म आइहाले पनि पहुँच अभावमा गुणस्तरीय उपचार प्राय असम्भव छ । त्यसैले आजका दिनमा नेपालमा सबै कुरा आकाश छुने गरी महँगो भएको छ । नेपालीको जीवन खाडीमा गएर न्यून पारिश्रमिकमा काम गर्दा गर्दै जीवन दान दिने पनि हामी, उपचार नपाएर जीवन गुमाउने पनि हामी, ब्रिटेन अनि भारतको लडाइँमा बलिदान दिने पनि हामी, उपलब्धिहीन विभिन्न आन्दोलनमा सहिदको नाममा जीवन अर्पण गराउने पनि हामी, वास्तवमा मूल्यहीन भएको छ ।

हामी नेपालीको जीवन यस्तो परिस्थितिका बाबजुद मुख स्वास्थ्यको विषय चर्चा गर्नको लागि प्रमुख विषय त नहोला तर महत्वपूर्ण भने अवश्य छ । मुख स्वास्थ्यसम्बन्धी चेतनामा कमी छ, भन्ने कुरा दन्त चिकित्सकका रूपमा दैनिक हरेक बिरामीसँग परामर्श र उपचार गर्दा राम्रैसँग महसुस हुन्छ । प्रथम कुरा केही व्यक्तिबाहेक सबै बिरामी दाँत बचाउने हैन निकाल्ने मनसायले हस्पिटल आउँछन् । आरसिटी (दाँत बचाउने उपचार) पनि गर्न मिल्छ भनेर निकै मेहनतका साथ सम्झाउँदा पनि केही व्यक्ति मात्र उक्त कुरामा सहमत हुन्छन् ।

अनुहारको लागि मात्र ३–५ हजार खर्च गर्ने, ब्रान्डेड कपडा लाउने, हावाले छुँदा पनि मैलो लाग्ला झैं देखिनेका मुखभित्र फोहोरका पत्र र दाँत सडेर हेर्नै नसकिने अवस्था छ ।

दाँत बचाउने, सफा गर्ने लगायतको कुरा सम्झाउनु भनेको कबाडी समान बेच्दै हिँड्नु जस्तो बेकार लाग्छ । कहिलेकाहीँ त बिरामीको जोड फेरि पनि दाँत निकालेर फालिदिनेतिर हुन्छ । भएको दाँत नबचाउनेले कति सजिलै अहिलेलाई फालिदिनुस् पछि नयाँ दाँत राखौला भन्छन् । अनि दाँत सफा गर्दा दाँत नै खिइन्छ । दाँत सिरिब–सिरिब हुन्छ भन्ने भ्रमपूर्ण गुनासो हुन्छन् बिरामीहरूको । अनि अर्को भनेको नदुखेसम्म दाँत किराले खाएको छैन भनेर जिद्दी गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । यो आम मानिसको रहरले भएको त हुँदै हैन । प्रस्ट रूपमा यी अवस्थाहरू अज्ञानता, अभाव अनि विवशता जोडिएर आउँछ । ज्ञान हुन्थ्यो भने महिनामा कपाल र अनुहारका लागि मात्र ३–५ हजार खर्च गर्ने, चिटिक्क मिलाएर ब्रान्डेड कपडा लाउने अनि हावाले छुँदा पनि मैलो लाग्छ कि जस्तो देखिनेहरूको मुखभित्र फोहोरको पत्रै–पत्र अनि दाँत सडेर हेर्ने र बचाउनै नसकिने अवस्था हुने थिएन ।

सबै हैन तर, धेरै बिरामी यस्तै पाउँछु मैले । अस्ति भर्खर बिहे गरेकी एक जना श्रीमतीले आफ्नो श्रीमान्को दाँतको नाजुक अवस्था देखेर, ‘मान्छे मात्र राम्रो हुनुहुँदो रैछ, दाँत त खतम रहेछ भनेको कुराले हामी मुख स्वास्थ्यलाई लापरबाही रूपमा लिन्छौं भन्ने कुरालाई झल्काउँछ । बाहिरी आवरणसँगै मुख स्वास्थ्य पनि निकै महत्वपूर्ण छ भन्ने बुझ्नु आवश्यक छ । खान, बोल्न र सामाजिक रूपमा आकर्षक र आत्मविश्वासी देखिन मुख अनि दाँत स्वस्थ हुन आवश्यक छ । मुख स्वास्थ्य समग्र स्वास्थ्यको अभिन्न अंग हो । मुखको संक्रमण फैलिएर शरीरको अरू भाइटल भागहरूमा पुगेर प्राण घातकसम्म हुन सक्छ भन्ने कुरामा सबै सचेत बनौं, अर्को कुरा किरा लागेको, चोटपटक लागेको लगायतका दाँत नदुख्ने बनाएर जोगाउने आरसिटी जस्ता उपचारहरू उपलब्ध छन् भन्ने कुरामा पनि हामी सबैलाई जानकारी हुनु आवश्यक छ । आर्थिक विवशता पनि त्यतिकै ठूलो चुनौती हो, दुखका साथ भन्नुपर्दा म आफैंले दिने पनि दाँत निकाल्ने बाहेकका अन्य कुनै उपचार पद्धति निम्न आय भएका सर्वसाधारणले ग्रहण गर्न सक्दैनन् दन्त सेवा साच्चिकै गरिब नेपालीका लागि महँगो नै छ । यसमा दाँत मुख स्वास्थ्यसम्बन्धी आवश्यक विषयवस्तु समेट्न नसकेको शिक्षा प्रणाली, चेतानमुखी कार्यक्रमलाई प्रभावकारी बनाउन चुकेको सरकार, जनतामा चेतना जगाउन यथष्ट भूमिका खेल्न नसकेका हामी स्वस्थ तथा दन्त सेवाका पेसाकर्मी तथा खालि रमाइला र रोचक कुरा मात्र पढ्ने तर जीवन उपयोगी दाँत स्वास्थ्यबारे जानकारी नराख्ने आममानिस सबै उत्तिकै जिम्मेवार छौं ।

दाँतमा लाग्ने मुख्य रोगहरूमा दाँत किराले खाने, गिजाको हर्स (जिन्जिभाइटिस) र दाँत लाई मजबुद राख्ने हड्डी लगायतका सापोर्ट गर्ने भागको समस्या (पेरिओडोन्टाइटिस) हुनु, मुखमा घाउ खटिरा आउनु, दाँत झन्झनाहट हुनु, मुखको क्यान्सर आदि मुख्य समस्या हुन्, किरा लागेको सुरुको अवस्थामा दाँतमा सानो खाडल बन्ने, कालो फुस्रो दाग बस्ने आदि हुन्छ, यो अवस्थामा दाँत दुख्दैन, र सिरिब सिरिब पनि हुँदैन यो अवस्थालाई सजिलै स्वयं पहिचान गरेर दन्त चिकित्सककोमा जान सकियो भने उक्त समस्यालाई सजिलै अनि सस्तो खर्चमा साधारण रूपमा भरेर हल गर्न सकिन्छ, त्यसैले आफ्नो दाँतमा कालो दागहरू अनि मसिना खाडल परेको छ कि भनेर आफैं अथवा आफ्नो आफन्तलाई निरीक्षण गराई चाँडै उपचार गराउँदा दाँतलाई धेरै मात्रामा बचाउन सकिन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...