ग्याल्पो लोसार मनाइँदै – Janata Live
  • Friday, February 3, 2023

ग्याल्पो लोसार मनाइँदै

  • माघ २२, २०७५

ग्याल्पो लोसार मनाइँदै

प्रदेश ३ मा सार्वजनिक विदा

काठमाडौं २२ माघ । शेर्पा र तामाङ समुदायले आज ग्याल्पा लोसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।

केही वर्ष अगाडिदेखि बोधिसत्व महा मन्जु श्री को जन्म दिनलाई सोनाम लोसारको सम्बत भनेर मानिरहेको पनि देखिन्छ । चीनको रिवो चे ङ भन्ने पर्बतमा महा मन्जू श्री को जन्म भएर २८५५ वर्ष भयो भनेर तिब्बतको ज्योतिषी विद्वान फुग्पाले बताउनु भएको कुरा २१४६ औं ग्याल्पो लोसारको पात्रो भित्र उल्लेख गरिएको आयोजक समितिले जनाएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी ग्याल्पो पर्व मनाइन्छ । लोसारका अवसमा शेर्पा समुदायले ह्यात तारागाउँको चौरमा र नेपाल तामाङ घेदुङले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । लोसारका अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...