ट्रेकिङका साहसी गाइड – Janata Live
  • Friday, February 3, 2023

ट्रेकिङका साहसी गाइड

  • जनता लाइभ
  • माघ २१, २०७५

ट्रेकिङका साहसी गाइड

सोलुखुम्बुको भकान्जेमा ०२५ सालमा जन्मेका हुन् आङ छेवाङ शेर्पा । उनको जीवनी विश्लेषण गर्दा निकै कठोर र मिहिनेतका साथ बितेको देखिन्छ । उनी मध्यमवर्गीय पारिवारिक वातावरणमा हुर्के । उनका बुबा ङिमा ग्याल्जेन शेर्पा राजनीति कर्मी हुन् । उनकी आमा ङवाङ थम्चे शेर्पा गृहिणी हुन् । आङ छेवाङलाई खान लाउन र पढ्नलाई कुनै दुःख थिएन । उनको घरनजिक विद्यालय थिएन । उनले जुनवेसीमा सानैदेखि डेरा गरेर अध्ययन गरे । सोलुखुम्बु त्यसै पनि दुर्गम । विद्यालय टाढा भएपछि उनलाई जान आउन गाह्रो भयो । उनले जुनवेशीमा डेरा लिए । त्यहीँ बसे ।

अध्ययनलाई निरन्तरता दिए । निमावि सम्मको अध्ययन त्यहीँ सके । उनी परिवारका एक मात्र छोरा हुन् । उनका साथमा एक जना दिदी र दुई जना बहिनी छन् । एक्ला छोरा भएका कारण बाबु आमाको र दिदी बहिनीको माया पाए । उनी भन्छन्, ‘रमाइलोसँग पारिवारिक वातावरण विद्यार्थी जीवन बित्यो ।’ उनले भेडी गोठ, दाउरा घाँस गर्नु परेन । त्यसैले उनीसँग त्यसको अनुभवसमेत छैन । उनका पिता राजनीतिकर्मी थिए । छोरालाई उचित शिक्षा दिएर असल मानिस बनाउने बुबाको चाहना थियो । बाबुको इच्छाअनुसार छेवाब पनि अध्ययनमा निकै तगडा थिए । उनको पढाइ निकै राम्रो थियो । उनले ०४३ सालको बैशाखमा एसएलसी परीक्षा पास गरे । उनले एलएलसी सोलुको सल्लेरीस्थित जनजागृति माध्यमिक विद्यालयबाट गरेका हुन् । एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण गरेका कारण उनलाई हिमालयन ट्रस्टबाट स्कलरसिप पनि प्राप्त भयो । उच्च शिक्षा हासिल गर्न अब उनी काठमाडौं आए ।काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा उनले अध्ययन सुरु गरे । अध्ययन खर्च हिमालयन ट्रस्टले दिन्थ्यो । स्कलरसिपबाट आएको रकम र घरबाट पठाएको खर्चबाट उनले पढ्ने र कोठा भाडा तिर्ने व्यवस्था मिलाएका थिए ।

राजनीतिक हिसाबमा जहाँ जे जस्तो भए पनि आफ्नो अनुभव र फ्याक्ट्री, पसलको कामलाई निरन्तरता दिने उनको सोचाइ रहेको छ ।

पछि उनलाई पढेर मात्र केही नहुने रहेछ भन्ने लाग्यो । उनी पैसा कमाउन चाहन्थे । उनले अब
ट्रेकिङ व्यवसाय रोजे । यस क्रममा उनले क्याम्पस अध्ययन र ट्रेकिङ व्यवसायलाई सँगै लगे ।
ट्रेकिङमा जाँदा नयाँ–नयाँ ठाउँमा जान पाइने, नयाँ–नयाँ समुदायका मानिससँग घुलमिल हुने भएका कारण ट्रेनिङ अवधिभर आफूलाई रमाइलो भएको उनी बताउँछन् । सुरुमा उनले सहायक गाइडका रूपमा ट्रेकिङ जाने गरेका थिए । यस क्रममा उनले गाइडको ट्रेकिङ पनि लिए । पछि उनले गाइडको लाइसेन्स प्राप्त गरे । गाइड बनेर पर्यटकलाई घुमाउन लाँदाको मजा झनै छुट्टै हुने आङ छेवाङ बताउँछन् ।

तर, सहायक गाइड बनेर ट्रेकिङ जाँदाको मजा भने गाइड भएर जाँदा नहुने छेवाङ बताउँछन् । उनका अनुसार गाइड भएर जाँदा जिम्मेवारी धेरै हुन्छ तर, सहायक गाइडमा त्यस्तो हुँदैन । त्यसैले सहायकभन्दा फुल गाइड भएर जाँदा यात्रा सहज नहुने बताउँछन् । पहिलो त पोर्टर नपाइने, पाइए पनि बाटोमा बिरामी हुने समस्याले गाइडलाई निकै जिम्मेवारी हुने गरेको र त्यो अवस्थामा निकै गाह्रो हुने उनी बताउँछन् । गाइड भएर ब्रिटिस आर्मीलाई तातोपानी जाँदा पोर्टर नगइदिँदा समस्या भएको घटना उनी सम्झन्छन् ।

कहिलेकाहीँ जाने ठाउँको बारेमा जानकारी हुँदैन । त्यस्तोबेला गाइड गर्न गाह्रो हुने उनको भनाइ छ । त्यसबेला प्लान बुक र म्यापको सहयताले काम गर्नुपर्ने उनी बताउँछन् । उनका अनुसार अहिलेको जस्तो गुगलम्याप हेर्ने चलन थिएन । नेटको पहुँच थिएन । खाली म्याप र प्लान बुकको सहायता लिनुपर्ने बाध्यता थियो । उनी आफ्नो पूर्वतयारी आफैंले गर्थे लोन्ली प्लान बुक, म्याप र फ्रस्ट एडका सामग्री अनिवार्य उनको साथमा हुने गरेको थियो । यसरी, काम पनि गर्दै पढ्दै गर्न उनलाई गाह्रो भयो । जसका कारण उनको अध्ययन अगाडि बढ्न सकेन । त्यसपछि उनी पढाइ छाडेर राजनीति र व्यवसायमा संलग्न भए ।

राजनीतिमा उनी क्रियाशील भएर पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै गए । त्यसका साथै उनले मिचुमाताको उत्पादन गर्ने फ्याक्ट्री पनि सोलुखुम्बुमा सञ्चालन गर्दै एउटा नेपाली कागज कारखाना खोले । सोलुमा पहिलो पटक उनले नै कागज कारखाना खोलेका थिए । त्यससँगै उनले स्नोकर डिस्को बार खोलेका थिए । जसका कारण उनी जिल्लाका उदाहरणीय पात्रका रूपमा चिनिएका थिए । उनको प्रशंसा सबैतिर थियो । जुनबेला माओवादी सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो ।

जिल्लामा कारखाना खोलेपछि उनीमाथि सबैको नजर पुग्यो । आर्थिक सहयोग र चन्दा माग्नेजस्ता काम सुरु भए । काम गर्नेलाई पनि असहज वातावरण बन्यो । जसका कारण उनले कागज कारखाना बन्द गर्नुपरेको तीतो यथार्थ उनी बताउँछन् । त्यसका साथै स्नुकर तथा डिस्को बार पनि बन्द गराइयो अब उनलाई जिल्लामा बसेर काम गर्ने वातावरण भएन । उनले सोचे विदेश जान्छु र विदेशमा नै केही कमाउन पर्छ भनेर उनी जापान गए । जापान जाँदा उनलाई जापानिज भाषाको ज्ञान थिएन । अंग्रेजी भाषामा उनी दख्खल भए पनि जापानमा अंग्रेजी भाषा लागू हुँदैन । अब उनलाई ठूलो कष्ट आइलाग्यो । उनले मोटो रकम तिरेर जापान त पुगे तर, त्यहाँ उनले एक वर्षमा १२ -१५ दिन जति मात्र काम गरे त्यहाँ उनको भाषा कसैले नबुझ्ने र जापानिज भाषा आपूmले नबुझ्ने भएका कारण निकै गाह्रो भयो ।

एक वर्षसम्म काम पाएनन् । उनले नेपाल फर्कौं सशस्त्र आन्दोलन, नफर्कौं खान बस्न आधार छैन । तर, पनि हिम्मत भने हारेनन् । उनले अंग्रेजी भाषा पनि बोल्न मिल्ने एउटा कम्पनीमा काम गर्न पुगे । त्यहाँ २५ जना जति नेपाली काम गर्थे । ती नेपालीलाई आङ छेवाङको माध्यमबाट परिचय गरी कम्पनीमा जागिर लगाइएको थियो । त्यहाँ काम गर्दै गर्दा जापानिज भाषा सिक्दै गए । उनलाई जापानिज भाषा आउन थालेपछि उनले नेपालको परिचय भन्ने कार्यक्रम सञ्चालन गरे । उक्त कार्यक्रममार्फत नेपालमा बोलिने भाषा, जातजाति, नेपालका प्रसिद्ध स्थानलगायत बारेमा जापानिजहरूलाई जानकारी दिन थाले । जसका कारण उनले नेपालीको पहिचान जापानमा बनाए । अधिकांश जापानिजलाई बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम थियो त्यो भ्रमलाई उनले चिर्ने प्रयास गरेका थिए । त्यसबेला उनले बुद्ध नेपालमा जन्मेका हुन्, बुद्धत्व चाहिँ भारतमा प्राप्त गरेका हुन् भन्ने सन्देश प्रवाह गरे ।

नेपालमा १० वर्षे सशस्त्र आन्दोलन सकिएर शान्ति प्रक्रियामा आइसकेको थियो । यो अवस्थामा अब नेपाल आउनुपर्छ नेपालमा व्यापार विजनेस गर्ने वातावरण बनेको छ भनेर उनी नेपाल फर्किए नेपाल आएर उनले जापानिज भाषा सिकाउने सोच राखेर विश्वभाषा क्याम्पसमा अझै थप जापानिज भाषा पढ्न सुरु गरे तर, परिवारलाई पनि इन्केज गर्नलाई कुनै व्यवसाय गर्नुपर्छ आफू राजनीति गर्ने भएकाले इन्स्ट्रिच्युटलाई समय दिन नसकिने देखेपछि उनले एउटा पसलबाट व्यावसायिक यात्रा सुरु गर्दै नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा सक्रिय बने । उनले काठमाडौंको बौद्धमा एउटा धूप फ्याक्ट्रीसमेत सञ्चालन गरेका छन् । उनले यतिबेला ११-१२ जनालाई रोजगारीसमेत दिलाएका छन् । त्यसका साथै शेर्पा सेवा केन्द्रको हाताभित्र सुविधा पसल खोलेर उनले सेवा प्रदान गरिरहेका छन् । यस पसलबाट आपूmले फाइदा नलिए पनि संस्थाका लागि फाइदा होस् भन्ने हिसाबले पसल सञ्चालन गरेको उनी बताउँछन् । साथै उनको मुनलाइट ह्यान्डी क्राफ्टसमेत सञ्चालनमा छ । उनी अहिले पनि स्थानीय विकास मन्त्रालयअन्तर्गत दुर्गम क्षेत्र विकास समितिको सदस्य (विशिष्ट श्रेणी) को हैसियतमा काम गरिरहेका छन् ।

उक्त समितिको अध्यक्षमा स्थानीय विकास मन्त्री रहने प्रावधान छ । त्यसैगरी, उनी घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्यमा रहेर घरेलु उद्योगलाई प्रोत्साहन गर्ने, समस्या समाधान र बिजनेस बढाउने विषयमा सहयोगी बनेर काम गरिरहेका छन् । राजनीतिक हिसाबमा जहा जे जस्तो भएपनि आफ्नो अनुभव र प्mयाक्ट्री, पसलको कामलाई निरन्तरता दिने उनको सोचाइ रहेको छ । उनी राजनीतिलाई चटक्कै छोडन पनि चाहदैन । काम गरेर पनि बजार नपाउँदा उत्पादनलाई बजार व्यवस्थापन गर्ने तर्फ उनी आफु घरेलुमा रहदा यसको विकल्प सोच्ने बताउँछन् ।-आङ छेवाङ शेर्पा

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...