शीतयुद्द ब्लकको प्रचण्ड अभिव्यक्ति बेला न कुबेला भेनेजुयला

दोस्रो विश्वयुद्दपछि विकास भएको परराष्ट्र विज्ञानको दार्शनिक सिद्धान्त अमेरिकी नेतृत्वको डेमोक्रेटिक ब्लक र तत्कालीन सोभितायज्ड कम्युनिस्ट ब्लक हो । यी दुवै ब्लकको पक्षमा नखुलेका देशहरूले असंलग्न परराष्ट्र नीतिगत ब्लक बनाए । नेपाल दोस्रो विश्वयुद्दमा सहभागी थिएन । तर, त्रिभुवनले बेलायतलाई बेचेका नेपाली भने बेलायती सेनामा संलग्न भएर जापन विरुद्ध दोस्रो विश्वयुद्दमा थिए । सन् १९३९ मा जर्मन तानाशाहले पोल्याण्डमाथि आक्रमण गरेपछि यूरोपमा दोस्रो विश्वयुद्द शुरुआत हुन्छ ।
जापनले चीनको दुईतिहाइ भूभागमा जापन समर्थित सरकार निर्माण गरेका थिए । अमेरिका, बेलायत र सोभियत संघका संयुक्त फौजले जापनलाई तहसनहस बनाएर चीन स्वतन्त्र हुन्छन् । यसैलाई एसियाली विश्वयुद्द भनेका थिए । तर, सोभितायज्ड ब्लकमा चीन खुम्चिन पुग्छन् । आज सम्म चीनले यो ब्लकको दासताबाट मुक्ति लिएको छैन । जर्मन तानाशाह हिटलरले सडक नभएको देशको राजा त्रिभुवनलाई दिएको उपहार बेन्च कारको फोटो पाटन म्युजियममा राखेझैँ नेपालका कम्युनिस्टले आफ्ना विश्वमत चीन ब्लकमा दासताकै रूपमा राखेका छन् । प्रचण्ड–ओली अभिव्यक्ति यसैको उपज हो । यो राष्ट्रहितमा छैन । कुनै पनि मुलुकले राष्ट्रिय हितको स्वार्थमा बाहेक अन्य किसिमको सम्बन्ध र नीतिगत अभिव्यक्ति दिनु अर्को शीतयुद्दको निरन्तरता मात्रै हो । यस्तो निरन्तरतामा, रुस, क्यूवा, भियतनाम, लाओश, भेनेजुयला र चीनको ब्लकपथमा नेपालले उभिनु जरुरी छैन । चीन अमेरिका प्रति आक्रमक नभएको समयमा प्रचण्डको अभिव्यक्ति अन्धाले हात्ती छाम्नुझैँ भएको छ ।
बेलायती सेनामा नेपालीको सहभागिता रोक्न तत्कालीन तानाशाह हिटलरले कार उपहारस्वरूप पठाएका थिए । अहिले नेपालले भेनेजुयलामा उभिएर विश्व दृष्टिकोण बनाउने समय पर्खनु पर्छ । नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको नेपाली धारणालाई लिएर नेपालको विकासमा प्रथम पन्चवर्षीय योजनादेखि आज सम्म निरन्तर दाता सहयोगी छिमेकी राष्ट्रको रुपमा चिरपरिचित अमेरिकाको विरुद्धमा अभिव्यक्ति दिनु नेपालको लागि घातक सिद्ध हुनेछन् । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विषयमा आपति जनाएका छन् । सामाजिक सञ्जालहरुमा जनताको ठूलो आक्रोस सिर्जना भएको देखिन्छ । अपरिपक्व शासकका कारण राष्ट्रिय हितमा हानी पुगेको छ । विश्वमा केही मुलुकमा कम्युनिस्ट शासक भएकै नाताले बेला न कुबेला भेनेजुयला विश्व दृष्टिकोणको अभिव्यक्ति राष्ट्रिय हित विपरित बन्न गएको छ । भरखरै मात्रै अस्ट्रेलियाका लागि नेपाली राजदूतले मानव तस्करीको अभियोगमा राजीनाम दिनु परेको छ । अहिलेको सरकार राजदूत पदहरु बिक्री गर्ने र राजदूतले मानव तस्करी मात्र गर्ने हो भने नेपालको परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा शून्य हुनेछ ।