फरक सालमोन – Janata Live
  • Friday, February 3, 2023

फरक सालमोन

  • एजेन्सी
  • माघ १९, २०७५

फरक सालमोन

बेलायतको दक्षिण पूर्वमा रहेको चल्क नदीमा पाइने ‘सालमोन’ प्रजातिको माछा त्यस नदीकै वरपर रहेका अन्य माछाभन्दा फरक प्रजातिको रहेको पाइएको छ । माछा सम्बन्धी अध्ययन गर्ने संस्था ‘द जर्नल अफ फिस बायोलिजी’ले यसबारे सार्वजनिक गरेको हो । जर्नलका अनुसार यो प्रजातिको माछा अटलान्टिक माछा प्रजातिभित्र पर्ने बताएको छ । जुन चल्क नदीमा दुलर्भ मानिन्छ । विशेषत: चल्क नदी वैज्ञानिक अध्ययनको लागि छुट्याइएको क्षेत्र हो ।

अध्ययनमा संलग्न जीव वैज्ञानिकहरूले यस प्रजातिको सालमोन यूरोपको अन्य भेगमा कहीँ पनि नपाइने हुनाले यसको संरक्षणमा विशेष जोड दिनुपर्ने बताएका छन् । चल्क क्षेत्रमा भेटिएका सालमोन माछाहरू नजिकैको नन्न चल्क नदीका माछा वशांणुगत रूपमा भन्दा फरक रहेको जनाएका छन् । डोर्सट र हैम्पशायरजस्ता पाँच नदीमा सालमोनहरू पुनः अण्डा पार्न हजारौं वर्षपछि फर्किएका हुनाले यसको प्रजातिका माछा अरु प्रजातिमा माछाभन्दा भिन्न भएको वैज्ञानिकहरूले बताएका छन् । उक्त नदीहरूमा पाइने अन्य प्रजातिका माछामा फोर्म, पिड्डल, एभोन र इचेन हुन् ।

यस प्रजातिका माछाहरू एक नदीबाट अर्को नदीमा सयौं माइल यात्रा गर्ने भए पनि पुनः आफ्नै बासस्थानमा फर्कने गर्दछन् । विश्वभरका चल्क नदीहरू यूरोपमै पाइने गरेका भए पनि अहिलेको सहरीकरण र खेतीको लागि प्रयोग हुने जमिनले यस्ता नदीहरू खतरामा परेका छन् । योसँगै सालमोन माछाका प्रजाति पनि समस्यामा परेको पाइएको छ । यसैकारण सालमोन माछाको संख्या पनि कमी आइएको बताइएको छ ।

Loading...
Loading...
Loading...

जापानी चट्टानमा नेपालीले बनाए बुद्ध मूर्ति

कुमामोतोको चट्टानी पहरामा ६० फिटको बुद्ध मूर्ति निर्माणमा मञ्जुल मितेरीको समूह, चिनियाँ शैलीको सिको गर्दै जापानी काठमाडौँ — उनका हातहरू...

खुट्टा गन्हाउँछ ? मोजाभित्र कागती हालेर सुत्नुहोस्

गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ ।...