जीवनमा यी ६ कुरा अपनाउनुहोस्, तपाइँको व्यापारमा १ रुपैयाँ पनि घाटा हुन्न – Janata Live
  • Sunday, February 5, 2023

जीवनमा यी ६ कुरा अपनाउनुहोस्, तपाइँको व्यापारमा १ रुपैयाँ पनि घाटा हुन्न

  • जनता लाइभ
  • माघ १९, २०७५

जीवनमा यी ६ कुरा अपनाउनुहोस्, तपाइँको व्यापारमा १ रुपैयाँ पनि घाटा हुन्न

चाणक्यका ६ नीति

आचार्य चाणक्य अर्थशास्त्रका महान ज्ञाता त थिए नै । उनी कूटनैतिक तवरबाट दिमाग चलाउन उत्तिकै सिपालू थिए । उनले अर्थशास्त्र देखि राजनीति,कुटनिति र जनजीविका बारे धेरै नीति बनाएका छन् । जुन आजसम्म पनि व्यावहारिक रूपमा उत्तिकै लागु हुने गर्छ । आज पनि संसारले उनलाई उनका कूटनीतिका कारण सम्झन्छन् । उनका केही नीतिहरू अहिलेको समयमा असान्दर्भिक भए पनि त्यतिबेलाको समयमा सान्दर्भिक थियो । सयौं वर्ष अगाडि उनले लेखेका र प्रयोगमा ल्याएका नीतिहरू जस्ताकोतस्तै उपयोगी त नहोला तर एउटा दिशानिर्देश भने गर्छ ।

सफलता वा असफलता, लाभ वा हानी, सुख वा दुःख त जीवनको एउटा सुन्दर आयाम हो । हामीले गर्ने हर क्रियाकलापमा निर्भर रहन्छ असफलता, लाभ र सुख । आचार्य चाणक्यले केही दार्शनिक तर्कहरू दिएका छन् जसले मान्छेले हानी या नोक्सानको सामना कम गर्नुपर्छ ।
यसका लागि आचार्य चाणक्यले ६ कुरा सुझाएका छन्

१– समयको पहिचान

जोसुकै समझदार मानिसले जान्दछ हाल कस्तो समय चलिरहेको छ । सुखका दिन छन् कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नु पर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडि बढ्नु र सुखमा बेलामा लापरवाही गर्नु हुँदैन ।

२–मित्र र शत्रुको पहिचान

मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नु पर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन् । यिनीहरूबाट बच्न पर्छ । शुत्रलाइ चिनेर उनीहरूबाट सधैं बच्नुमा भलाइ छ ।

३–स्थानको पहिचान

मानिसलाई आफू बसेको स्थानका बारेमा जानकारी हुनु पर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन् ।

यदि खराब मानिस बस्दछन् भने सावधान रहनु पर्छ भने वातावरण स्वास्थ अनकूल छैन भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नु पर्छ ।

४–आय र व्ययको जानकारी

मानिसलाइ आफ्नो आय व्यय अर्थात् कमाइ र खर्चको जानकारी हुनु पर्छ । आफ्नै कमाइअनुसार खर्च गर्ने हो ।

आफ्नो आर्थिक तागत बमोजित योजना गर्नु पर्छ ।

५–आफ्नै पहिचान

मानिसलाई आफ्नो योग्यता र कुशलता थाहा हुनु पर्छ । योग्यताले नभ्याउने काम गर्नु हुन्न ।
आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

६–गुरु वा स्वामी के चाहन्छन् ?

मानिसलाई आफ्नो गुरु वा स्वामी के चाहन्छन्, थाहा हुनु पर्छ । उनी जे काम गराउन चाहन्छन् त्यही गर्नु पर्छ । यसो गर्दा केही अप्ठ्यारोको सामना त गर्नु पर्ला तर यही सहि नीति हो । (आजकल गुरु वा स्वामीका कुरा असान्दर्भिक भएकाले यसलाई विशेषज्ञका रुपमा बुझ्दा राम्रो होला ।)

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...