केही ऐतिहासिक तस्वीरहरू – Janata Live
  • Sunday, February 5, 2023

केही ऐतिहासिक तस्वीरहरू

  • एजेन्सी
  • माघ १९, २०७५

केही ऐतिहासिक तस्वीरहरू

हामीले इतिहासबारे धेरै पढ्दै र सुन्दै आएका छौँ । तर, आज भने हामी इतिहासलाई छर्लंग पार्ने केही तस्वीरबारे लेख्न गइरहेका छौँ ।

१) ग्यालिपोलीको यृद्धमा आपसमा ठोकिएका गोली

ग्यालिपोलीमा सन् १९१५ मा सुरु भएको उक्त युद्ध सन् १९१६ मा अन्त्य भएको थियो । उक्त तस्वीरमा कोही व्यक्ति वा स्थानतिर निशाना गरेको जस्तो देखिएका यी दुई गोली एक आपसमा ठोकिएका थिए । यसलाइ अहिले संग्रहालयमा राखिएको छ ।

२) हाइड्रोजन बम टेस्ट

यस तस्वीरमा हेर्दा कुनै ठूलो आँधी आएजस्तो देखिए पनि यो आँधी भने होइन । यो त हाइड्रोजन बमको परीक्षण गरेको तस्वीर हो । सन् १९४६ देखि १९५८ सम्म यस प्रकारका परीक्षण तीव्र गतिमा गरिएको थियो । विकिनी टापुमा गरिएको परीक्षणले यस प्रकारको अवस्था सिर्जना गरेको थियो । यस टापुमा अझै पनि परीक्षण गरिएको रेडियो एक्टिभले गर्दा अझै पनि बसोबासको लागि योग्य छैन ।

३) पहिलो एटम बम

अहिले विशाल सामानको आकार पनि सानो अणु जतिमा परिणत भएका छन् । त्यस्तै विश्वको सबैभन्दा पहिलो बम विशाल आकारको थियो । ‘द ग्याजेट’ नाम दिइएको उक्त बम संसारकै पहिलो एटम बम हो । उक्त बमको कोड भने ‘ट्रिनिटी’ थियो । हिरोसिमामा आक्रमण गरेको बम ‘फ्याट म्यान’ र ‘द ग्याजेट’ दुवैको डिजाइन एकै प्रकारको थियो ।

४) रक्सी फालिएको

रक्सी निषेध गरेको बेला रक्सीको व्यापारमा ठूलो घाटा भएको थियो । उक्त समयमा व्यापारीहरू लुकीलकी रक्सीको कारोबार गर्थे । यसै क्रममा प्रहरीले खानतलासी गर्दा यसरी रक्सी फाल्ने गर्थे ।

५) ग्यास मास्क

कतिपय वातावरण प्रदूषणको कारण मास्क लगाउनु सास फेर्नुसरह भएको छ । उक्त तस्वीरमा स–साना बच्चालाई अन्तरिक्षमा पठाउन लागेजस्तो ‘टाउका’ मा ठूलो मास्क देखिएको छ । सन् १९४२ मा लन्डनमा भएको बम बिस्फोटले यस्तो परिस्थितिको सिर्जना गरेको थियो । लन्डनमा बच्चाहरूलाई मात्र नभई वयस्कलाई पनि यस प्रकारको मास्क लगाउन आह्वान गरेको थियो । उक्त मास्कले विस्फोटपछि हुने विकिरणबाट बचाउँथ्यो ।

६) खुट्टाका आइरन जंजिर काटिँदै

प्रस्तुत तस्वीर १९ औँ शताब्दीको हो । उक्त तस्वीरमा अफ्रिकी दासहरूका खुट्टामा बाँधिएका फलामका जंजिर दासत्वको समाप्तिसँगै छुटाउने क्रममा खिचिएको तस्वीर । त्यस समय साढे तीन मिलियन अफ्रिकीलाई छुट्कारा दिइएको थियो ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...