यसरी मनाइन्छ लोसार – Janata Live
  • Saturday, February 4, 2023

यसरी मनाइन्छ लोसार

  • माघ १६, २०७५

यसरी मनाइन्छ लोसार

बिहान तारा नअस्ताउँदै पानीको मुहानमा गएर हातको कुन औंलाबाट प्रकाश छिर्छ त्यहीअनुसार सगुन हेर्ने चलन छ । धारा वा पँधेरोबाट जसले पानी ल्याउँछ, त्यहाँ सके करसुर नामक पूजा गर्ने र नभए धुप पूजा गर्ने छेमार र सेडो चढाउने प्रचलन छ ।

प्रथम दिन : ‘ङिश्यू गु’ अथवा गुथुक शेर्पा खाना थुक्पाको अर्थ भेट्नु भन्ने हुन्छ । पछि भेट्ने सगुनको रूपमा थुक्पा खाने गरिन्छ । यही क्रममा ‘ङिश्यू गु’ को दिन वा औंसीको अघिल्लो साँझ घर सफा गरिसकेपछि नौ प्रकारका विभिन्न खाद्यान्न मिलाएर गुथुक पकाइन्छ । ती ९ प्रकारका खाद्यन्नहरू चामल, दाल, मटर, फिङ, मुला, आलु, छुर्पी, हरियो सागपात, पिठोको ऐरी मिसाएर बनाएको हुन्छ । यसरी गुथुक तयार गरेपछि आफ्नो भाग्य र स्वभाव संकेत गर्ने विभिन्न वस्तुहरू आटा मुछेर बनाइएको मसिनो डल्लोभित्र राखी पकाउनुपर्दछ । गुथुक हाल्दा प्रत्येक परिवारका सदस्यहरूलाई एक एक डल्लो पारी हाल्नुपर्दछ । त्यसपछि परिवारका सबै सदस्यहरूले अघिल्लो वर्षको नराम्रो कुरा फालेर नयाँ वर्षको शुभमंगल टासी देलेक आयोस् भनेर थुक्पा पिउने गर्दछन् । आटाको डल्लोभित्र राखिने विभिन्न वस्तुहरूले आगामी वर्षका लागि अलग अलग लक्षणको संकेत दिने विश्वास छ जो यसप्रकारको छ ।

लक्षण : १) कागज पायो भने गुणवान हुने । २) नुन पायो भने प्रसिद्ध हुने । ३) बोसो पायो भने धन सम्पत्ति बढ्ने । ४) खुर्सानी पायो भने छोरो भए छुच्चा र छोरी भए छुच्ची हुने । ५) तारा प¥यो भने वर्षभरि नै सुख शान्त हुने । ६) सूर्य पायो भने उसको परिवारमा आनन्द हुने । ७) चन्द्र पायो भने उसले वा उसको छोरी बुहारीले बच्चा पाए छोरी पाउने । ८) पुस्तकको ठेली पायो भने धर्म ब्यापार र खेतीपाती उत्तम हुने ।

भाग लगाएको गुथुक आ–आफ्नो अगाडि आइसकेपछि कसको भागमा के परेको छ अर्थात् कसले के पायो भन्ने कौतूहलले एक प्रकारको रमाइलो वातावरण सिर्जना हुन्छ । जस्तै : कागज पाउनेलाई यो गुणवान र बुद्धिमानी हुने रहिछ । राम्रो पढ्नु बिहान चाँडै उठ्नु कुम्भकर्णजस्तो धेरै नसुत्नु भने हस्यौली गरिन्छ । एवंरीतले अरूलाई परेको डल्लोभित्रको लक्षणअनुसार आफ्नो बुद्धिले भ्याएसम्म हँसाउने काम गरिन्छ । हाँस्दै, हसाउँदै गुथुुक खाइसकेपछि लु (लुइ) फ्याँक्नुपर्दछ । जो गुथुक खानुअगाडि नै बनाएर राखेएको हुन्छ । यसरी तयार परेको लु (लुइ) आफ्नो शरीरको प्रतीक हो । फ्याँक्ने क्रममा सबैले गुथुक खाइसकेपछि सबैको भाँडामा नौ नौ थोपा गुथुक लु (लुई)को भाँडामा हालिन्छ । एक एकवटा छाङवु (मुछेको चम्पाको डल्लोलाई आफ्नो पाँचैवटा औलाको छाप लगाई आफ्नो पूरै जीउमा छुवाउँदै (ठिल्लो ठिल्लो) भनेर फ्याँकिने लुले कष्ट, संकट, आपत विपत र बिघ्न बाधा, जीउको रोग, मनको पीर, नगरेको काममा आरोप लगाउने, नबिगारेकोमा बिगारेको दोष लगाउने चिप्लो घसेको र मुटु बिझ्ने कुरा गरेको सबै बोकेर लैजाऊ भन्दै डल्लो (छाङवु) लाई आफ्नो जीउ वरिपरि दाहिनेतिरबाट तीनपल्ट घुमाउनुपर्दछ ।

त्यस्तै माडिल्लो, माडिल्लो भनेर आयु, पुण्य शक्ति ख्याति श्री सम्पत्ति सबै नै सम्झी तीनपल्ट देब्रेतर्फबाट घुमाउनुपर्दछ । यस बेलामा सबै रोग बाधाहरू शुद्ध भएको सम्झनुपर्छ । निधारमा चाहिँ दल्नु हुँदैन । दलेमा पुण्य नाश भएर जान्छ भन्ने मानिन्छ । डल्लो (छेङवु) दलिसकेपछि मोजाजस्तो खुट्टातिर लगाइने कपडाको टुप्पा अलिकति च्यातेर त्यसमा मिसाई लुईसँगै राखी घर सफा गरेको फोहोरसँगै थोत्रो नाङ्लोभित्र राखी दोबाटोमा फ्याँक्नुपर्दछ ।

नामखाङ (औसी) : अघिल्लो दिनहरूमा बनाएको खब्से, देरखा, चखलेट र बिस्कुटहरूलाई औंसीको दिनमा पूजा कोठा वा छोश्यमा र पाहुनाहरूको लागि सजाएर राखिन्छ ।

चाहिने सामग्रीहरू : १) देरखा सेट २) छिमर (करसुम मरसुम) ३) छ्याङफुई ४) भेडाको शिर र मणि ५) ङेयारछु (अध्यम, मुख धुने पानी, पाद्याम (गोडा धुने जल, पुष्पे (फूल) धुपे (धुप) आलोके (बत्ती) गन्धे (केशर जल) नैवेद्य (भोजन) शब्ध (संगीत) (पानी, पानी, फूल, धुप, बत्ती, केसरजल, खाना, संगीत ६) जमरा ७) चमगेन

१) देरखा (शेडोचांङ) : यो साइतको सूचक हो यसमा चाङ लगाउँदा अनन्त आकारको बनाइन्छ जसले लामो आयुलाई संकेत गर्छ । धार्मिक रूपमा यसले अष्ट मंगल चिन्हभित्रको श्रीवत्स (पाल्वेक) जनाउँछ । शिरको कछुवाले भावचक्र (सिपा खोलो) जनाउँछ ।

२) छिमर : टासी छिमार : धर्मराज स्रोङचेन गम्पोको पालामा प्रचलनमा आएको हो । छिमर बनाउँदा करसुम (तीन प्रकारको सेतो पदार्थ) १) दूध, २) दही, ३) घिउ र ङरसुम तीन प्रकारको मिठो पदार्थ १) चिनी २) मह ३) सक्खर चम्पामा मिसाएर बनाउनुपर्दछ । त्यसको माथि चेप्टामा चन्द्र, सूर्य र दीर्घायुको चिन्ह (मिछिरिङ च्याछिरिङ, ठकछिरिङ, छुछिरिङ, सिङछिरिङ, श्यवाछिरिङ) चारभित्र, हात्ती, बाँदर, खरायो, चरा वा अष्टमंगलको चिन्ह लगाइन्छ, यो देरखाको दाहिनेतर्फ राखिन्छ । छ्याङ–फिई गुरु रिम्पोछेको दीर्घायुको प्रतिक हो, डाकिनीहरूले चढाउने छोछ्याङ र विज्ञ बैधाको लुङ (वयु) निमुल पर्ने विधि र विवाह उत्सवमा चाहिने छ्याङजस्ता उच्च दर्जाको पेय पदार्थ हो । (छ्याङ हिमालयन पर्वतको आफ्नो उपाज हो । र चिया चीनको उपज हो । चिया र छ्याङको विवाद नामक पुस्तकअनुसार चियालाई छ्याङले जितेको हुनाले छ्याङमा नौनी वा पिठोको टीका (गेन) लगाइन्छ । तर चिया हारेको हुनाले चियालाई टीका वा गेन लगाइन्न । त्यसैले आफ्नो घरमा पकाएको छ्याङको पहिलो भाग सबैभन्दा पहिले भगवान्लाई चढाउने हुनाले यसलाई छ्याङ–फिई भनिएको हो । यो अमृत (धुइच्ची) र अरोग्यको प्रतीक मानिन्छ ।

भेडाको शिर (ल्हुगो) धार्मिक पूजामा शान्तिको पूजा सामग्रीमा पाँचवटा सामग्री चाहिन्छ । रौद्र पूजामा पञ्चन्द्रिय चढाउने गरिन्छ । भेडाको शिरले पञ्चन्द्रियको फूल जनाउने कुरा परम्परागत पूजामा पर्दछ । यहाँ भेडाको टाउको चढाउनु पनि अरू दुई कारणहरू पनि छन् ।

भनाइअनुसार हिमालयन प्रदेशमा ल्हुग (भेडा वर्ष) मे खामदेखि ल्होसार मनाउन थालिएकोले भेडाको टाउको राख्ने प्रथा चलेको हो । दोस्रो कारण प्राचीनकालमा हिमालयन प्रदेशको तिब्बतमा ल्होसार मनाउँदा बढी काटमार भई हिंसाले उग्ररूप लिएको हुँदा सातौं दलाई लामाले हामी बौद्ध हौं, बौद्ध भएको कारणले हामीले काटमार गर्न सुहाउँदैन भनी हिंसाको कार्य (काटमार) गर्न रोक्नुभइ प्रतीकको रूपमा मात्र भेडाको टाउको बनाएर चढाउनु भनी आज्ञा हुँदा घिउ र पिठोमा भेडाको टाउको बनाएर चढाउने प्रथा चलेको हो । भेडाको शिरमा (नुर्वु) मणि राखिन्छ ।

जमरा : उम्रिएको बाली चढाउनुको अर्थ आफ्नो इष्टदेव खुसी परी उत्तम उपज पाउनु हो । गहुँको बाली एक महिनाअगाडि नै फूल रोप्ने गमलामा छर्नुपर्दछ । जो ल्होसारमा उम्रिएर हरियो देखिन्छ । गहुँ छर्ने दिनलाई सोनाम लोसार भनिन्छ । आगामी वर्ष खेतीपाती राम्रो होस् भनी प्रतीकको रूपमा रोपिने जमरा नयाँ वर्षको सुरुवात मानिन्छ ।

चमगेन : चमगेन पिठोले, खाना पकाउने किचन, डोक, पिलरअघि ठाउँमा लगाइन्छ । यो लगाउँदा मनपरि (जति पायो त्यति नै) लगाउनु हुँदैन । यो खब्सेको देरखामा पनि लगाइन्छ यसको मुख्य कारण दुःख बिर्सिएर सुख र आनन्द निम्त्याइने उपायको प्रतीक हो । चमगेन लगाउँदा लगाएको चमगेनको गन्ती तलबाट माथितिर गनेर लगाउनुपर्दछ । लगाउँदा खेरी धे–किप–धुग भनेरा गन्नु हुँदैन । अर्थात् एक चमगेनलाई धे दुई चमगेनलाई किप र तीन चमगेनलाई धुग भनेर गन्ती गर्न हुँदैन । किन भने धेको अर्थ धेवा अवथा सुख हो । किपको अर्थ किपो अर्थात् आनन्द हो । र धुगको अर्थ धुग्ङेल अथवा दुःख हो । यस क्रमअनुसार चमगेन लगाउँदा तीन, नौ, बाह्र, पन्ध्र पारेर लगाउनु हुँदैन । चमगेन लगाउँदा धे–किप–धुग अथवा दुःख शिरमा पर्न जान्छ । र, जीवन प्रायः दुःख मात्र हुन्छ भन्ने विश्वास छ । र, चमगेन लगाउँदा धे–किप–धुग–धे (चार गेन) को गणनामा सुख शिरमा पर्ने गरी वा धे–किप–धुग–धे–किप (पाँच गेन) को गणनामा अनन्द शिरमा पर्ने गरी लगाउनुपर्दछ । यो चमगेन औंसीको राति वा छेचिकको बिहान लगाउने चलन छ । र, लोसारको पूर्वतयारी भएको मानिन्छ ।

छेचिक : लोसार मनाउनको निम्ति औंसीकै बेलुका ठीक पारिन्छ । लोसारको दिन अर्थात् छेचिकको बिहान करिब साढे चार बजे नै उठेर हातमुख धोइसकेपछि छयु–फिई (पानी) लिन नजिकको पानीको मुहानमा जाने प्रचलन छ । बिहान तारा नअस्ताउँदै पानीको मुहानमा गएर हातको कुन औंलाबाट प्रकाश छिर्छ त्यहीअनुसार सगुन हेर्ने चलन छ । धारा वा पँधेरोबाट जसले पानी ल्याउँछ, त्यहाँ सके करसुर नामक पूजा गर्ने र नभए धुप पूजा गर्ने छेमार र सेडो चढाउने प्रचलन छ । पानी ल्याएपछि छ्याङ तताएर दिनुपर्दछ । उठ्नेबित्तिकै परिवारका सबै सदस्यहरूले राम्रो लुगा लगाएर सुरुमा पूजा कोठामा सगुनस्वरूप पूजा गरिन्छ ।

त्यसपछि छोराछोरीले छिमार उठाएपछि बुवाआमा वा घरको मुख्यले टासी देलेक फुन्सुम छोग । आमा भागडो कुन्खामसाङ । तेन्दु देवा थोपार श्योग (सबैजनालाई स्वस्तिक मंगल होस् सधैं सुस्वास्थ्य र सुख शान्ति प्राप्त होस्) भनी मान्यजनबाट स्वास्थ्य दीर्घायु र समृद्धिको आशिष थापिन्छ । त्यसपछि सबैले छिमार चढाएर रमाइलो सग खप्से, डेसिल खाने चलन छ । सुरुमा घरको मुख्यले खानको पहिलो उत्तम भाग चढाएर आफूले लिनुभएपछि परिवारका अन्य सदस्यले क्रमैस“ग खप्से र डेसिल, लिन्छ । आफ्नो इच्छाअनुसारको खानाको परिकार वा छ्याङ तताएर पिउँदै परिवारका सबै सदस्यले छिमर छर्कंदै टासी देलेक भन्दै पहिलो दिन र दोस्रो दिन रमाइलो गरी मनाउँदछ ।

तेस्रो दिन बिहानै थारछोयोक टाँगिने भएकोले धर्मापाल (छोक्योेङ) लोसार पनी भन्निछ । उत्तम स्थानीय देवता (युलल्हा) र जन्मा देवता ९क्येल्हाहरूको पूजा गर्दै धुप हल्दै थारछोयोक टाग्ने गर्दै देवको जय होस् (ल्हाग्याल्लो) भन्ने गरिन्छ । पिठोमाथि चढाउँदा हावाले उडाउने हुँदा आयु र पुण्यमा त्यस्तै उन्नति होस् भनेर प्रार्थना गरिन्छ । छेवासुममा (छेथार) गर्ने उपयुक्त दिन पनि मानिन्छ । उक्त दिन खैरो रङको भेडालाई देउता, कालो रङको याकलाई धर्मपाल, टाटेपाटे नकलाई धनदेव, कालो नकलाई नागिन र खैरो याकलाई (कुल देवता) चेनको याक मानेर सबैको कानमा पाँच रंगको धागोले बनेको जन्तर बाँधेर जीउ र सिङमा रातो माटो दलेर आयु मोक्ष (छेथार) गरेर छोड्ने चलन छ । पाँचरंगी धागोको धारणीमा भएको पाँच रंगले पञ्च बुद्ध र पाँच वर्गको डाकिनीलाई जनाउँछ । हरेक साल लोसारको पाँचौं दिन वा छेवा–ङ्को दिन कपन शेर्पा किदुकले कपन गाविसभित्र रहनुभएका प्रमुख गुरुहरूलाई (धेन्ज्यङ) निमन्त्रणा दिई ल्हप्साङ पूजा गरी कपनवासीको सुःख शान्ति र प्रगतिको कामना गर्दै दिनभरि सबै जम्मा भएर सांस्कृतिक कार्यक्रमसहित भोज खाइन्छ । लोसारको १३ औं दिनमा ल्होप्सो गरिन्छ । यो शुभकार्य गर्न देवताहरूलाई पूजा गरेको हो ।

(लेख सौजन्य : कपन शेर्पा किदुक)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...