लोसारमा गुथुक खाइने र त्यसको अर्थ – Janata Live
  • Friday, February 3, 2023

लोसारमा गुथुक खाइने र त्यसको अर्थ

  • माघ १५, २०७५

लोसारमा गुथुक खाइने र त्यसको अर्थ

गुथुकमा नौ प्रकारका खाद्यान्न मिसाइन्छ । ती खाद्यान्न चामल, दाल, मटर, फिङ, मुला, आलु, छुर्पी, हरियो सागपात, पिठोको ऐरी हुन् । मिसाइएका यी खाद्यान्नको आफ्नै प्रकारको मूल्य, मान्यता र सांस्कृतिक अर्थ छ ।

शेर्पा खाना ‘थुक्पा’ नेपाली समाजमा परिचित खानाको एक परिकार हो यो । यसलाई ङिस्यू घू अर्थात् गुथुक पनि भनिन्छ । यसको अर्थ हुन्छ, ‘फेरि भेट्ने’ । पुनः भेट्ने वाचाका साथ खाइने सगुन नै थुक्पा हो । औंसीको अघिल्लो साँझ गुथुक खाइने भएकाले यस दिनलाई ङिस्यू भनिन्छ ।

यस दिन घर सफा गरिन्छ र फोहोर जम्मा गरिन्छ । उक्त फोहोरलाई ग्रहदशाको प्रतीकका रूपमा लिइन्छ । बेलुका त्यसलाई विधिपूर्वक दोबाटोमा लगेर दहन गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्न मिसाइएको खानाको विशेष प्रकार खाइन्छ । यसैलाई भनिन्छ ‘गुथुक खाने’ ।

गुथुकमा नौ प्रकारका खाद्यान्न मिसाइन्छ । ती खाद्यान्न चामल, दाल, मटर, फिङ, मुला, आलु, छुर्पी, हरियो सागपात, पिठोको ऐरी हुन् । मिसाइएका यी खाद्यान्नको आफ्नै प्रकारको मूल्य, मान्यता र सांस्कृतिक अर्थ छ । तयार घुथुकमा भाग्य र स्वभाव संकेत गर्ने विभिन्न वस्तुहरू आँटा मुछेर बनाइएको मसिनो डल्लोभित्र राखी पकाइन्छ । परिवारका प्रत्येक सदस्यलाई पुग्ने गरी उक्त डल्ला तयार गरिन्छ र परिवारका सबै सदस्यलाई आँटाको डल्लोसहितको गुथुक बाँडिन्छ ।

बाँडिएका प्रत्येक डल्लाको आ–आफ्नै सांस्कृतिक मूल्य छ । गुथुकसँग बाँडिने आँटाका डल्लाले भविष्यको संकेत गर्छ । यसलाई नयाँ वर्षको शुभमंगल टासी देले आयोस भन्दै थुक्पा पिउने गर्दछन् । आँटाको डल्लोभित्र राखिने विभिन्न वस्तुहरूले आगामी वर्षका लागि अलग अलग लक्षणको संकेत गर्ने विश्वास छ ।

भागमा कागज प¥यो भने गुणवान हुने संकेत हो । नुन प¥यो भने प्रसिद्ध हुने संकेत हो । त्यस्तै बोसो प¥यो भने धन सम्पत्ति बढ्ने, खुर्सानी प¥यो भने छोरो भए छुच्चा र छोरी भए छुच्ची हुने विश्वास लिइन्छ । त्यसैगरी तारा प¥यो भने वर्र्षभरि नै सुख शान्ति हुने संकेत गर्छ भने सूर्य प¥यो भने उसको परिवारमा आनन्द हुने मान्यता हुन्छ । चन्द्र प¥यो भने उसले वा उसको छोरी बुहारीले बच्चा पाएमा छोरी पाउने संकेत गर्छ । पुस्तकको ठेली प¥यो भने धर्म व्यापार र खेतीपाती उत्तम हुनेछ ।

निकै रमाइलो वातावरणमा घुतुक खाने कार्यक्रम सकिन्छ । त्यसपछिलु (लुइ) फ्याँक्ने कार्यक्रम हुन्छ । जनु घुथुक खानुअगाडि नै बनाएर राखेएको हुन्छ । यसरी तयार परेको लु (लुई) शरीरको प्रतीक मानिन्छ र यसलाई विधिपूर्वक दोबाटोमा लगेर फालिन्छ ।

यस अवसरमा तयार गरिने खानाका अन्य प्रकार

देरखा (शेडोचाङ) : शुभसाइतको सूचकको रूपमा यसलाई लिइन्छ । यसले लामो आयुको संकेत गर्छ । धार्मिक रूपमा यसले अष्ट मङ्गल चिन्हभित्रको श्ररीवत्स (पाल्वेक) जनाउँछ ।

छिमर : तिब्बती सम्राट श्रोङचोङ गम्पोको पालामा प्रचलनमा आएको हो । छिमर बनाउँदा दूध, दही, घिउ, चिनी, मह, सक्खर चम्पामा मिसाउनुपर्छ । यसमा चन्द्र र सूर्य चिन्ह अंकित गरिन्छ ।

भेडाको शिर (ल्हुगो) : धार्मिक पूजामा यसको प्रयोग गरिन्छ । यसलाई शान्तिको पूजा पनि भनिन्छ । यसका लागि पा“च सामग्री चाहिन्छ । भेडाको शिरले पञ्चन्द्रिय फूल जनाउँछ । यस पूजामा भेडाको टाउको चढाउनुको पछाडि विशिष्ट अर्थ छ ।

जमरा : इष्टदेवलाई खुसी पार्न उमारिएको जमरा चढाइन्छ । इष्टदेवसँग अन्न उत्पादन वृद्धिहोस् भन्ने आशीर्वाद माग्न यसको पूजा गरिन्छ । यसको लागि एक महिनाअघि नै गहुँ गमलामा उमार्नुपर्छ ।
लोसार आउने बेलामा यो हुर्किएर हरियो भइसक्छ । गहुँ छर्ने दिनलाई सोनाम लोसार भनिन्छ ।

चमगेन : चमगेन पिठोबाट बनाइएको एक परिकार हो । यसलाई खाना पकाउने किचन, डोक, पिलर आदि ठाउँमा लगाइन्छ । यो लगाउने विशिष्ट तरिका छ । यसलाई खब्सेको देरखामा पनि लगाइन्छ । यसो गरिनुको कारण दुःख बिर्सने र सुखलाई स्वागत गर्ने हो । यसलाई लगाउँदा गन्ती गर्नुपर्छ । तर सुल्टोबाट नभई उल्टोबाट गन्ती गरिन्छ ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...