लोसार एक, नाम अनेक – Janata Live
  • Sunday, February 5, 2023

लोसार एक, नाम अनेक

  • दावा तेन्जी शेर्पा (गोले )
  • माघ १४, २०७५

लोसार एक, नाम अनेक

नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यीनै संस्कृतिहरूमध्ये सिङगो हिमाली तथा पहाडी भू–भागको आदिवासी समुदायको ऐतिहासिक र सबैभन्दा ठूलो पर्व या चाड ‘लोसार’ हो ।

लोसार, लो भनेको वर्ष हो र सार भनेको नयाँ हो अर्थात लोसारको शाब्दिक अर्थ हो एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु । बौद्धमार्गीहरूको समाजमा जान लागेको पुरानो वर्र्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २ र ३ दिन पहिलेदेखि लामाहरु आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको लोसार (नयाँ वर्ष ) को स्वागत्को लागि ठूलो जमर्को गर्नुपर्छ । ऐतिहासिक रुपमा हेर्दा विभिन्न जनावरहरुको प्रतिनिधित्व गराई वर्ष गणना गर्ने नाग्चीको ज्योतिष परम्परालाई विश्वमै पुरानो मानिने हुँदा यसको खास महत्व रहेको छ ।

नाग्ची पात्रोअनुसार, १२ वर्र्षको एक, लोखोर अर्थात चक्र, र ५ लोखोरको अवधिलाई राब् लो ‘च्यिग’ अर्थात एक संबतसर मानिन्छ । यसै पात्रोबमोजिम हाल विभिन्न समयमा विभिन्न समुदायहरुले भिन्नभिन्न नामबाट लोसार मनाउने गरेको पाईन्छ । विभिन्न समुदायले भिन्न समयमा विभिन्न नामबाट लोसार मनाएपनि यसको अर्थ र महत्वमा कुनै भिन्नता रहेको पाईदैन, सबैले लोसारलाई नयाँ वर्र्षको रुपमा धुमधामकासाथ मनाउँछन् । विशेषगरी तीन प्रकारका लोसारहरू तमु लोसार, सोनाम लोसार र ग्याल्पो लोसारको नामबाट प्रचलनमा रहेको पाईन्छ । यी लोसारहरु एक एक महिनाको अन्तरमा पर्छन, तर तिथिमा हुने गडबढको कारणले कहिलेकही सोनाम र ग्याल्पो लोसार एकैसाथ पनि पर्ने गर्छन् ।

तोला लोसार तिब्बतका मन्जुश्री भाषिक खगोलशास्त्रको समाज, नेपालको गुरुङ समाज, हुम्ला, जुम्ला, सिक्किम, भुटान र तिब्बतको उतरी प्रान्तमा परम्परागत रुपमा पुष महिनामा धुमधामकासाथ मनाईन्छ । सोनाम लोसारलाई किसानहरुको लोसार पनि भन्ने गरिन्छ । यो हरेक माघ शुक्ल प्रतिपदाको दिनबाट शुरु हुन्छ । यो लोसार विशेष गरी नेपालको तामाङ, ह्योल्मो, मुगुम्बा, खुम्बु क्षेत्रको माथिल्लो भेगका शेर्पा, भारतका लद्धाख, तिब्बतका केहि प्रान्त, चीन, हङकङ, ताईवान, मलेशियाका मंगोल समाजमा धुमधामकासाथ मनाईन्छ ।

त्यसैगरी ग्याल्पो लोसार फागुन शुक्ला प्रतिपदाको दिनदेखि शुरु हुन्छ र विशेषगरी शेर्पा, भोटे, तिब्बतीलगायत समुदायले यो लोसार मान्छन । ऐतिहासिक रुपमा यो लोसारलाई किन ग्याल्पो लोसार भनिएको हो भन्ने स्पष्ट नभएपनि यो लोसारलाई शासक वर्गले मान्ने लोसार भएकोले ग्याल्पो लोसार भनिएको हो । यसको अलवा ग्याल्पो लोसारको छुट्टै धामिर्क महत्व पनि रहेको छ । बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले आङ्खनो ऋद्धि शाक्ति प्रदर्शन गरि ६ जना अबौद्ध साधुहरुलाई पराजित गरेको दिनहरु फागुनशुक्ल प्रतिपदादेखि फागुनपुर्णिमा सम्म पर्नेभएकोले यस अवधिलाई विजय उत्सवको रुपमा धुमधामकासाथ मनाईन्छ ।

लोसार शुरुहुनु पुर्व एक डेढ महिना अगाडि नै शुभ साईत हेरि लोसारको सगुनको लागि चाहिने क्षाङ अर्थात जाँड पकाईन्छ । त्यसैगरी १५ दिन अगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिऊ राखेर च्याङमा अर्थात जमरा उमारिन्छ । यसका साथै घर गुम्बा, तिर्थस्थल र चौताराहरु सफासुग्घर गरी लिपपोत गरेर रङरोगन गर्ने र विशेष प्रकारको रोटी खप्से बनाउने र परिवारका प्रत्येक सदस्यका लागि नयाँलुगा खरिद गर्ने कार्यहरु गर्दछन् । लोसार शुरु हुनुभन्दा दुई दिन अगाडि ङिश्यु गु अर्थात कृष्णपक्षको चतुर्दशीका दिन आङ्खनो घर भित्र र वारिपारि सफा सुग्घर गरि निस्केको फोहोर, पुरानो लुगा, सिक्का, नुन, खोर्सानी आदि पुरानो नाङलोमा राखी तीनवटा बाटोको संगम भएको स्थानमा फालिएमा ग्रहदशा जाने र घरमा लक्षिण भित्रिन्छ भन्ने जनविश्वास रहेको पाईन्छ । त्यसैदिन गुम्बाहरुमा लामाहरुद्वारा पूजापाठ पनि गरिन्छ । उक्तदिन विशेष परिकार, गुथुक खाने चलन छ, जुन ९ थरी भन्दाबढी अन्न र गेडागुडी मिसाएर पकाएको हुन्छ ।

शेर्पा भाषामा, ‘गु’ भनेको ९ र ‘थुक’ भनेको मिश्रण हो । गुथुकभित्र नयाँ वर्षको भाग्य परिक्षण गर्न घिउ, नुन, खोर्सानी, कोईला आदि राखेर बनाएको आँटाको डल्ला पनि राखिन्छ र गुथुक खाँदा परिवारका हरेकलाई १-१ वटा भागमा हालिदिन्छन र सबैले आ–आफ्ना भागमा परको आँटाको डल्ला खोलेर आङ्खनो भाग्य र स्वाभाव कस्तो रहेछ भनेर हेर्दै ख्यालठट्टा गरेर रमाईलो गर्छन । त्यसपछि औसीको दिन छयोसम अर्थात पूजाकोठामा पहिला पकाएको जाँड (याङछाङ), छिमार, जमरा, खप्से, बिस्कुट, मिठाई, फलफुलहरु मिलाएर सजाउछन् । खप्से भन्नाले मैदामा चिनी, नुन, दुध र घिउ मिसाएर विभिन्न आकारमा बनाएको रोटी हो भने छिमार भनेको सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाएको प्रसाद भने याङछाङ भनेको अमृतको रुपमा बितरण गरिने जाँड हो ।

लोसारको पहिलो दिन बिहानै उठेर नुहाईधुवाई गरी नयाँ लुगा लगाएर धारा वा कुवामा गई नागको पूजा गरी धारामा घिउको टिका लगाई खप्से, खादा, फलफुल, धुपबत्ती चढाई ढोगेर नाग देउताबाट पानी मागेर ल्याई घरको पूजाकोठा अर्थात छयोसममा भएको बुद्ध भगवान र कुल देउताहरुलाई शुद्ध पानी, खप्से लगायात चढाई टासी मोन्लम मंगलबाचन र साङसेरक्यिम गर्दै नयाँ वर्र्ष शान्तिमय वातावरण्ँमा बितोस भनी मंगलमय पूजाआराधाना गर्दछन ।

पूजापाठ सकिएपाछि चिया, खप्से, छयाङखुल, छिमार र डेसिल खाँदै शुभकामना अदानप्रदान गर्दै आफुभन्दा ठुला मान्यजनहरुबाट आशिर्बाद लिने गर्छन । लोसारको पहिलो दिन घरपरिवारमै रमाईलो गरी मनाउछन् र दोस्रोदिनदेखि मात्र आङ्खना दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र र छरछिमेकमा गई रमाईलो वातावरणमा लोसारको शुभकामना आदानप्रदान गर्ने र भोजभतेर गर्ने चलन छ । यो क्रम १५ दिन अर्थात पुर्णिर्मासम्म जारी रहन्छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार वर्र्ष फिर्ने हुँदा लोसार मान्ने गरेको हो ।

वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुन बुद्धले धामिर्क शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेकाछन् । लोसार हामी आदिभाशि हरु को महान चाडमा मात्र एक दिन को बिदा दिने सरकारको नियमले हामी हरु आङ्खनो आफन्त, गाऊ, घर मा बेटगाट को मौका अलि नमिलेको दुखेसो हामी सबैमा लागेको छ ।

जात नै आनुसार अ–आङ्खनो लोसार पर्व भएको कारण ति सबै लाई एकै पटकमा ३ र४ दिन बिदा दिइएमा राम्रो हुने थियो कि ? अ–आफ्नो तिथि र मितिलाई यथावत राखेर मात्र लोसारको सरकारी बिदा एकै पटक ३ र ४ दिन दिएमा देशै बरी लोसारको रौनक सबै नेपाली ले अनुभब गर्न पाउने छन् । यस तर्फ पनि हामी सम्पूर्ण लोसार प्रमि महानुभाब र सरकारको ध्यान जानु जरुरी छ । यसो गरिएमा सम्पूर्ण लोसार प्रेमी नेपाली हरुमा एकजुट हुने माध्यम भन्न सक्दछ ।

लोसार पर्ब एक जाति विशेष जातिको मात्र पर्ब नभएर सम्पूर्ण नेपालीको पर्ब हो । लोसार पर्बलाई सबैले बिधिपूर्व कढंगबाट मनाऔ । हाम्रो संस्कृति र परम्परा नै हाम्रो चिनारी हो तेस्लाई जोगाउनु हाम्रो कर्तब्बे हो ।

Loading...
Loading...
Loading...