अमेरिकी सेनाका फायर फाइटर गेल्बु – Janata Live
  • Friday, February 3, 2023

अमेरिकी सेनाका फायर फाइटर गेल्बु

  • जनता लाइभ
  • माघ १४, २०७५

अमेरिकी सेनाका फायर फाइटर गेल्बु

आदिवासी जनजाति शेर्पा समुदायका पहिलो नेपाली अमेरिकी
सेनाका फायर फाइटर

सोलुखुम्बुको बित्ताखर्क गार्मा–९ मा जन्मिएका हुन्, गेल्बु शेर्पा । हालैको एक साँझ गार्माको चौरी गोठालोदेखि अमेरिकी सेनाको फायर फाइटरसम्मको जीवन डायरी खोल्दा ३९ वर्षीय गेल्बु नोस्टाल्जिक बने । ‘बाल्यकाल कहिलेसम्मको सम्झनुहुन्छ ?’ हामीले सोधेको यो प्रश्न पनि त्यस्तै प्रकृतिको थियो । क्रिसमस इभमा डुबिरहेको साँझ बौद्धको एक क्याफेमा हाम्रो प्रश्नको जवाफ दिनुपूर्व उनी आकाशतिर फर्किए । केही समय गमे । अनि भने, ‘६ वर्षदेखिको याद छ ?’

उनी आफ्नो बाल्यकाल सम्झनाको डायरीबाट हामीलाई सुनाउँन थाले । ‘म सोझो थिए । सबैले भनेको मान्ने झगडा नगर्ने । चौरी र भेडाहरू चराउन जान्थे । हामीहरू ६ जना दाजुभाइ र १ दिदी थिइन । अरू सबै स्कुल जान्थे । मैले चौरीहरू चराउन जानुपथ्र्यो ।’ समय त्यस्तै रहेन । गेल्बु जब ८ वर्षका भए । उनलाई पनि स्कुल जानुपर्छ भन्ने लाग्न थाल्यो । ‘८ वर्षको उमेर भागेर स्कुलमा भर्ना गरे । सबै स्कुल गएको देख्दा मलाई पनि पढ्न मन लाग्यो,’ उनले आफ्नो बेसिक शैक्षिक कहानीको आरम्भ सुनाए, ‘बुबाआमाले स्कुल पठाउनै नमान्ने । दाजुहरूको स्कुल गएको देखेर त्यसै बस्नै सकिन ।’ उनी घरबाट ४५ मिनेट समय लाग्ने मेराङ्दिङको स्कुलमा ३ कक्षासम्म पढे । आर्थिक अभाव, विपन्नताजस्ता कारणले उनले थप शिक्षा लिन सकेनन् । त्यसपछि १२ वर्षको हुँदा उनी सानीआमाको छोरा डेन्डीसँग काठमाडौं आए । ‘डेन्डीले काठमाडौं जाउ भनेपछि काठमाडौं आए,’ उनले भने, ‘२०४२-४३ सालतिरको कुरा हो । उनले एउटा ट्राभल एजेन्सीका प्रबन्ध निर्देशकसँग परिचय गराइदिए ।’ जसले गेल्बुलाई ट्रेकिङ क्षेत्रमा तान्यो, लाजिम्पाटमा रहेको माउन्टेन ट्राभलमा उनले काम पाए ।

एकदिन गेल्बुलाई थाहा भयो अमेरिकी सेनाले फायर फाइटर (अग्नि नियन्त्रक) मागेको छ । उनले त्यसमा अप्लाइ गर्ने निश्चित गरे । उनलाई अन्तर्वार्ताका लागि बोलाइयो । अग्नी नियन्त्रकमा छनोट हुनुपूर्वको कथा सुनाए, ‘जम्मा २१ जना मागेको थियो । तर, १५ सय नेपालीले अन्तर्वार्ता दियौं ।’ ती २१ जनामा गेल्बु शेर्पा पनि परे । उनीमा खुशीको सिमा रहेन । किनभने, अमेरिकी सेनाको फायर फाइटर आकर्षक जागिर र पहिलो नेपाली पनि थियो । आगो लाग्यो भने निभाउने, झगडा भयो भने साम्य पार्ने, आगलागीबाट घाइते भएका मानिसहरूलाई दुर्घटनास्थलमै उपचार गर्ने, आगलागीमा फसेकालाई उद्धार गर्ने जिम्मेवारी हुन्थ्यो, फायर फाइटरको ।

त्यसपछि गेल्बु शेर्पा ट्रेकिङमा अभ्यस्त बन्न थाले । उनी कुइरेहरूसँगै हिमाल आरोहरणमा पनि सक्रिय हुन थाले । १५ वर्षको उमेरमा उनी मनास्लु हिमाल आरोहणका लागि लागे । ‘अष्ट्रेलियन आरोहीसँग म किचन ब्वाइका रूपमा मनास्लु गए,’ उनले भने, ‘तर, मौसम बदलाव आएपछि मनास्लु चढ्न सकिएन । हामी फर्कियौ ।’ त्यसपछि उनको हिमाल चढ्ने चाहना अझै रोकिएको थिएन् । त्यही टोलीले दब्लाम हिमाल आरोहण थाल्यो । गेल्बु किचन ब्वाईकै रूपमा उनीसँगै हिमाल चढ्न तम्सिए । तर, मौसम खराबीकै कारण त्यहाँ पनि उनलाई सफलता मिलेन । त्यसपछि त्यही ट्रेकिङ कम्पनीका लागि सोलुखुम्बुमा बसेर उनले केही वर्ष काम गरे । त्यहाँ रहँदा दैनिक १ सय ५० रूपैया जति कमाउथे, उनी । ‘त्यसमा टिप्स थप्यो भने ४-५ सय दैनिक कमाइ हुन्थ्यो,’ उनले आफ्नो प्रारम्भिक कमाइबारे भने, ‘तर, साथीभाइसँग रमाइलोमै सबै रकम खर्च हुने ।’ उनले थप अवसरहरूको खोजीमा काठमाडौं आउने निश्चय गरे ।

‘तर, मलाई खुम्बु बसेर केही हुँदैन भन्ने लाग्यो । त्यसपछि काठमाडौं फर्किए,’ उनले भने । उनलाई गाइड बन्न मन लाग्यो । त्यसका लागि अंग्रेजी भाषा राम्रो बनाउनु आवश्यक थियो । ‘अंग्रेजी राम्रो बनाउनका लागि तीन महिना चाबहिलमा ल्याङ्वेज पढे,’ उनी आफ्नो अंग्रेजी पढाइबारे सुनाए, ‘गाइडहरूको राम्रो अंग्रेजी थिएन । त्यसैले म पढेपछि राम्रो गाइड बन्न सक्छु भनेर नै अंग्रेजी पढे ।’ अंग्रेजी राम्रो बनाइसकेपछि गेल्बु पुनः त्यही ट्राभल कम्पनीमा गए, जहाँबाट उनले काम सुरू गरेका थिए । ‘मैले पहिले काम गरेको त्यही ट्राभलको प्रबन्ध निर्देशक लाक्पाछिरी शेर्पालाई भेटे र गाइडका लागि अवसर दिन आग्रह गरे,’ उनले भने, ‘१९९३ तिरको कुरा हो । मलाई विश्वास गरेर तीन वटा ग्रुपको जिम्मेवारी दिए । उनी युवालाई प्रमोट गर्नुपर्छ भन्ने मान्छे थिए । त्यसैले मैले यो अवसर पाएको थिए ।’ त्यसपछि गेल्बु शेर्पा पर्यटकहरूको समूह लिएर पोखरा, घोरेपानी, पुनहिल, मुस्ताङ, मनाङदेखि सोलुखुम्बुसम्म धाउन थाले । ‘१९९८ सम्म गाइडको काम गरे,’ उनले सुनाए, ‘धेरै अनुभव सँगाल्ने अवसर बन्यो मेरा लागि यो समय ।’ विदेशीहरूसँगको संगत र एउटा समूहको सिंगो जिम्मेवारीले उनलाई म्याच्योर बनायो । उनले ५ वर्ष गाइड भएर बिताए ।

यो पेशाप्रति पनि क्रमसः उनको लगाव टुट्दैं थियो । यतिकैमा एउटा खैरेसँग उनको भेट भयो । थोमस लेयर । ‘थोमस लेयर एसिया वीकको पत्रकार थिए, मैले उनलाई एभरेष्टमा ट्रेकिङमा गएको बेला भेटे,’ गेल्बु सुनाउँछन्, ‘त्यसपछि हामीबीच गार्मेन्ट उद्योग खोल्ने सहमति भयो ।’ जसमा थोमसले लगानी ग¥यो । गेल्बु त्यसका व्यवस्थापक बने । ठमेलमा उद्योग खुल्यो, ‘वेस्ट अमेरिकन ह्याम्प ।’ भाङका कपडा, कागज, जुत्ता, ब्याग लगायतका सामान बनाउने र अमेरिका सप्लाई गर्ने । यसका लागि भाङ खोज्न गेल्बु पश्चिम नेपालका बझाङ, बाजुरा, दार्चुला, अछामलगायतका जिल्लाहरूमा पुग्थे । कच्चा पदार्थ ल्याउथे । त्यसलाई ठमेलको उनको कारखानाका प्रशोधन गरिन्थ्यो र अमेरिकी पठाइन्थ्यो । क्रमसः माओवादी युद्ध बढ्दै गएपछि उनीहरुले चन्दा माग्न थाले । गाउ“ जान समेत असहज परिस्थिती बन्यो । सन् २००३ मा माओवादी युद्धकै कारण थोमस र गेल्बुको गार्मेन्ट उत्पादनमा पनि ब्रेक लाग्यो । त्यसपछि गेल्बु ६ महिना फुर्संदै बसे । फुर्संदै बसेर कति दिन टिक्न सकिन्थ्यो । उनले नयाँ उपायहरूको खोजी थाले ।

त्यसपछि उनी विदेश जाने तयारी गर्न थाले । ‘युकेका लागि जाने तयारी गरे । तर, सक्सेस भइन्,’ उनी मिश्रित लवजमा भने, ‘कुबेत जाने हो । सेक्युरिटीमा एकजना साथीले भने ?’ एकछिन साथीको प्रश्नको उनले उत्तर दिन सकेनन् । साँझ श्रीमतीले पनि उनलाई जान आग्रह गरेपछि उनले कुबेत जान कम्मर कसे । ‘सन् २००३ मार्चको अन्तिममा कुबेत पुगे,’ उनले भने, ‘त्यहाँ एउटा कम्पनीको सुरक्षा गार्डका रूपमा काम गरे तीन महिना ।’ एकदिन गेल्बुलाई थाहा भयो अमेरिकी सेनाले फायर फाइटर (अग्नि नियन्त्रक) मागेको छ । उनले त्यसमा अप्लाइ गर्ने निश्चित गरे । उनलाई अन्तर्वार्ताका लागि बोलाइयो । उनले अग्नी नियन्त्रकमा छनोट हुनुपूर्वको कथा सुनाए, ‘जम्मा २१ जना मागेको थियो । तर, १५ सय नेपालीले अन्तर्वार्ता दियौं ।’ ती २१ जनामा गेल्बु शेर्पा पनि परे । उनीमा खुशीको सिमा रहेन । किनभने, अमेरिकी सेनाको फायर फाइटर आकर्षक जागिर र पहिलो नेपाली पनि थियो । आगो लाग्यो भने निभाउने, झगडा भयो भने साम्य पार्ने, आगलागीबाट घाइते भएका मानिसहरूलाई दुर्घटनास्थलमै उपचार गर्ने, आगलागीमा फसेकालाई उद्धार गर्ने जिम्मेवारी हुन्थ्यो, फायर फाइटरको ।

क्याम्पमा पनि यसैका बारेमा स्टडी गर्ने अवसर उनलाई मिल्यो । अंग्रेजी राम्रो भएको फाइदा पनि उनलाई भयो । अधिकांश नेपालीहरूलाई उनले नै अंग्रेजी सिकाए । ‘३ वर्ष अमेरिकी फायर फाइटर्सको लेफिटिनेन्ट भएर कुबेत बसे,’ उनले भने, ‘यो युएसएको नम्बर वान जब पथ्र्यो । केटीहरू पछाडि पर्ने ।’ फायर फाइटर्समा उनको मासिक तलब ७ सय ५० डलर थियो । अरू पनि आकर्षक अवसरहरूको खोजी उनले जारी राखे । तर, यो भन्दा अरू आकर्षक जागिर भेटिएन् । त्यसपछि उनले युएसको एयर फोर्समा अप्लाइ गरे । त्यसमा उनी सेलेक्ट भए । ‘प्लेन बनाउने, प्लेनबाटै बम हान्नेलगायतका जिम्मेवारी हुन्थ्यो एयर फोर्सको,’ उनले भने, ‘त्यसका लागि तालिम गर्न जर्मनी पठाइयो ।’ उनी जर्मनी गए । उनी जर्मनीबाट फर्केर उनी फेरि कुबेत गए, फायर फाइटर नै बनेर । उनको स्यालरीमा बढोत्तरी भयो, अब मासिक ३५ सय डलर । यसबीचमा उनी ६ महिना स्टडीका लागि युएस बसे भने त्यसपछि इष्ट अफ्रिकन कन्ट्री जेबुडी बसे ।’ सन् २०१० मा अमेरिकी सेनासँगै उनको पोष्टिङ अफगानिस्तानको कान्दाहारमा भयो । ‘सन् २०१० डिसेम्बरदेखि सन् २०१३ को अक्टोबरसम्म म अफगानिस्तान बसे,’ उनले अफगानिस्तानको बसाइँ अवधिबारे भने, ‘अफगानिस्तानमा रकेट र बमहरू पडकिरहने । तर, हामीलाई भने त्यति गाह्रो भएन ।’ अफगानिस्तानमा उनको स्यालरी झन बढ्यो । अब उनी ७ हजार तीन सय अमेरिकी डलर कमाउन थाले । यसले उनको आर्थिक अवस्थामा पनि ब्यापक सुधार आयो । उनी अहिले केही समयको बिदामा नेपालमा छन् । अब उनलाई फायर फाइटर्सकै रूपमा इराक जानुपर्ने अमेरिकी रक्षा मन्त्रालयको उर्दी छ ।

‘जीवनदेखि सन्तुष्ट हुनुहुन्छ ?’ कफीको दोस्रो कप टेबलमा आएपछि उनलाई सोधियो । ‘सन्तुष्ट छु । मानिसहरूस“ग चीनजान भयो । देशविदेश जान पाए । पैसा कमाए ।’ उनी यतिमा मात्र सन्तुष्ट बनेनन् । आफ्नो जीवनको अर्को पक्षले पनि उनलाई घोचेको रहेछ । ‘पैसामात्र सबै कुरा रहेनछ,’ उनले केही कुरालाई मिस गरेकोजस्तो गरी भने, ‘फ्यामिलीसँग ६-७ महिनामा एकपटक मात्र भेटन पाइने ।’ धेरै पढ्न नसकेको भएको अभाव पनि उनले झेलेका रहेछन् । भने, ‘अहिले अलि बढी पढेको भए हुन्थ्यो जस्तो लाग्छ । एसएलसी पढेको भए अझैँ माथि जान्थे जस्तो लाग्छ ।’ गेल्बु जर्मनी, कुबेत, युएसए, भारत, जेबुडी र अफगानिस्तान घुमेका छन् । यसले उनको संसारलाई बुझ्ने दायरा पनि फराकिलो बनाइदिएको छ । त्यसो भए उनलाई सबैभन्दा मन परेको देश कुन होला त ? ‘युएसए’ सबैले झै उनले भने, ‘अफ्रिकन कन्ट्री जेबुडी पनि राम्रो लाग्यो ।’ तर, युएसएले लिएको आफ्नो मात्र फाइदाको कुटनीति भने उनलाई मन परेको छैन् ।

जीवनको अर्को पक्षबारे कुरामा पनि उनी खुलेर प्रस्तुत भए । ‘कुबेत जानुपूर्व नै उनले विहे गरिसकेको थिए । जीवन गोरेटोमा कालोपुलमा बस्दा उनले एउटा युवती भेटे । दुई जनाबीच परिचय भयो । भेटघाट, गफगाफ हुन थाल्यो । भित्रभित्रै दुवै जनाले मन पराउन थाल्यौ । डेढ वर्षमा हामी दुवै जना नजिकियौं ।’ हेराहेरीमै दुई वर्ष बित्यो । गेल्बुलाई लाग्यो अब जिस्केर मात्र भए । त्यसपछि दुवै जनाले लिभिङ टुगेदर बस्ने योजना बनाए । ‘लिभिङ टुगेदर ग¥यौ भन्ने सहमति भयो,’ उनले भने, ‘त्यसपछि ७-८ वर्षसँगै बस्यौं ।’ यो उनकी श्रीमती टिचर हुनुको एडभान्स थियो । त्यसपछि उनीहरूले विवाह गरे । अहिले ११ वर्षको एकजना छोरी छ, गेल्बुको । ‘जीवनमा विवाहको महत्व छ,’ उनी भन्छन्, ‘जिम्मेवार र उत्तरदायी भइन्छ । यसलाई पोजेटिभ रूपमा लिनुपर्छ ।’ अबको लक्ष्य ? अन्ततिर हामीले प्रश्न राख्यौं । ‘अब लक्ष्य २ वर्ष युएसए बस्छु । इराक जाने मुड छैन् । यसपछि नेपाल फर्कने र अपाङ बालवालिकाहरूका लागि काम गर्ने योजना छ,’ उनले भने । युएसएमा रह“दा उनी फायर फाइटर्सकै पेशामा संलग्न रहनेछन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...