बाम्ती भन्डारको करिब ३५० वर्ष पुरानो चैत्य

रामेछाप जिल्लाको सुन्दर र रमणीय स्थल बाम्ती भन्डार–३ (च्याङ्मा) काठमाडौंबाट करिब ३४० किलोमिटर दूरीमा रहेको छ । अरणीको राजमार्ग हुँदै सगरमाथाको दृष्य अवलोकन तथा आरोहण गर्न जाने पर्यटकहरूको लागि यस स्थान मूलद्वारको रुपमा रहँदै आएको छ । सुन्दर र रमणीय वातावरण भएकोले पर्यटकहरू एक दिन बिताउने गर्दछ । सडकमार्ग पुगी सकेकाले पहिले भन्दा धेरै सुविध रहेको छ ।
प्राचीनकालदेखि बौद्ध धर्ममा आस्था र विश्वस राख्ने शेर्पा समुदायहरू रहँदै आएको यहाँ रहेका बौद्ध चैत्य, गोन्पा, मणिहरूबाट स्पष्ट हुन्छ । गाउँको गर्भमा रहेको करिव ३५० वर्ष पुरानो मानिन्ने चैत्य स्थानीयबासीहरूका अनुसार लामा गोम्दोर्जी शेर्पाले एउटा चैत्य निर्माण गर्ने मूल उद्देश्यले ध्यान गर्दा यस स्थान उचित देखेकोले मेघ वर्ष (डुग् लो)मा लामा स्वयंले निर्माण गर्नु भएको भनाइ रहेको छ ।
हालसम्म सात पुस्ता भएको यस चैत्य सानो आकारको भए पनि निर्माण शैली काठमाडौं बौद्ध चैत्यको जस्तै रहेको छ । चैत्य निर्माण गर्दा अवश्यक सबै ढुङ्ग, चैत्य रहेको ठाउँमै खानीको रुपमा निस्केको अग्रज स्थानीयबासीहरूको भनाइ रहेको छ ।
ढुङ्ग र माटोले भनेको यस चैत्यलाई केहि वर्ष पूर्व स्थानीयबासी तेन्जी जाङबु शेर्पाको सहयोगमा सिमेन्ट पलस्तर गरिएको छ । हरेक वर्ष ल्हावप दुछेन अर्थात् देवलोक आवतरणकोे पुनित दिनमा स्थानीयबासीको सक्रियतमा चैत्य वरिपरि सरसफाई तथा चैत्यलाई रङ्ग रोगन गरी पाठ–पूजा गर्दै आएका छन् ।
चैत्यका छेउमा स्वयंभू चैत्यको शैलीमा निर्माण गरेको चैत्य र नव निर्मित् गोन्पा पनि रहेका छन् । यस चैत्य मूल मार्गको किनारमा रहेकोले स्थानीयबासीहरूको लागि मात्र नभई बटुवाहरूको लागि पनि आस्थाको केन्द्र भनेको छ ।
यस्ता प्राचीन चैत्य, मणि, गोन्पा आदि आस्थाका केन्द्रहरूलाई हामी सबैले संरक्षण तथा संवद्र्धन गर्नु अति आवश्यकता छ किन भने यो भनेको हाम्रा पुर्खहरूले हाम्रा लागि छाडेको सम्पति हो ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...