पुरस्कार थाप्न खुट्टामा ब्यान्डेज लगाएँ – Janata Live
  • Friday, February 3, 2023

पुरस्कार थाप्न खुट्टामा ब्यान्डेज लगाएँ

  • जनता लाइभ
  • माघ १२, २०७५

पुरस्कार थाप्न खुट्टामा ब्यान्डेज लगाएँ

एकजना दाइको बिहेमा किनेको दौरा–सुरुवाल र कोट रहेछ । अनुनय गरेर मागें एक छिनको लागि । जुत्ता भने उहाँले दिनुभएन । के गर्ने भनेर सोचें, दिमागमा आइडिया फु¥यो । एउटा खुट्टामा ब्यान्डेज बाँधें, खुट्टामा चोट लागेर जुत्ता लगाएनछ भन्ने सोच्ने पार्नको लागि । अनि मागेको दौरा–सुरुवाल लगाएर पुरस्कार थाप्न गएँ ।

रेडियो नेपालमा फर्माइस आएको गीतलाई हेर्दा त्यतिबेला नारायण गोपाल, भक्तराज आचार्य र मेरो गीतमा फस्र्ट, सेकेन्ड र थर्ड हुने प्रतिस्पर्धाजस्तै चलिरहन्थ्यो ।

कक्षा आठमा पढ्दै गरेको एक किशोर साथीहरूसँग कक्षामा लय हालेर गीत गाइरहेको छ । उसका साथीहरूले डेक्समा हातले ठोक्दै उसको स्वरमा ताल दिइरहेका छन् । दिउँसो कक्षामा पढाउने शिक्षक नआएका बेला पारेर चर्को स्वरमा गीत गाइरहेका थिए किशोरहरू । उनीहरूको सांगीतिक माहोलले आडैमा रहेको प्रिन्सिपलको कोठालाई समेत प्रभावित पा¥यो । कारण थियो, अभिभावक आइपुग्दा विद्यालयमा पाठ कण्ठस्थ पारेको आवाजको सट्टा गीतको चर्को ध्वनि । तत्काललै प्रिन्सिपल कक्षा आठमा छिरे । ड्याम ड्याम डेक्स ठोक्दै गरेका सबै विद्यार्थी प्रिन्सिपलको फन्दामा परे । तर, गायक बच्यो । किनकि, म्युजिकको स्टेपको बेला प्रिन्सिपल कक्षामा प्रवेश गरेका थिए । एकैछिनको लागि बचे पनि साथीहरूले उनको पोल खोलिदिए ।

विद्यालयको पढाइ समय चोरेर कक्षामै गाउने ती बालक लाक्पा शेर्पा थिए । जो अहिले हरेक नेपाली गीत संगीतप्रेमीको वृत्तमा परिचित छन् । झस्केर दुख्छ यो मुटु मेरो, उनैको यादमा… यो गीतको मुखडा आउनेबित्तिकै ती गायकलाई सबैले सम्झिहाल्छन् । उनै लाक्पा शेर्पा कतिपय सांगीतिक क्षेत्रमा लाग्न चाहने नेपालीका आदर्श अनि प्रेरणाको स्रोत पनि बनेका छन् । उनी भने प्रधानाध्यापकले कक्षामा गीत गाएको कारबाहीस्वरूप विद्यालयको वार्षिकोत्सवमा गीत गाउन बाध्य पारिएर गायन क्षेत्रमा तानिएका थिए ।

सम्झन्छन्, ‘कक्षामा गीत गाउँदा प्रिन्सिपललाई स्वर मन परेछ । उहाँले तिमीले स्कुलको वार्षिकोत्सवमा गीत गाउनुपर्छ भन्नुभयो । म कहिल्यै स्टेजमा नचढेको मान्छे । त्यसमाथि स्कुलभरिका शिक्षक विद्यार्थी । अझ त मलाई स्टेजअगाडिका केटीहरूको अगाडि गीत गाउन कम्ती सकस परेन । तैपनि रहर थियो । हातमा गीत लेखेको कापी हेरेर ५ मिनेट गीत गाइसक्दा मलाई कैयौं माइल यात्रा गरेझैं गाह्रो भयो ।’

मेरो मन्दिरमा ईश्वर खोज्नेहरू, हत्या कहिल्यै नगरिदेउ…. बोलको गीत आठ कक्षा पढ्दा पहिलोपटक स्टेजमा गाएका थिए लाक्पा शेर्पाले । त्यही दिनको पहिलो खुड्किलाले उनलाई गायनको अनन्त यात्राको फराकिलो बाटोमा यात्रा गरायो । अन्ततः सफल गायक बनेर दर्शक श्रोताका ढुकढुकीमा बस्न सफल भए । सांगीतिक क्षेत्रभन्दा फरक पारिवारिक पृष्ठभूमिमा हुर्किए पनि साथीभाइको संगतले उनलाई गायक बनायो । पहिलोपटकको गायकीबाट पाएको स्याबासीले उनी स्वर र सुरलाई तिखार्न अझ हौसिए ।

इलाममा २०२० सालमा जन्मिएका लाक्पा शेर्पा पढ्नको लागि दार्जिलिङ बस्थे बाल्यकालदेखि नै । उनले आफ्नो सांगीतिक यात्रा पनि त्यही गोर्खालीहरूको साथमा अघि बढाए । पहिलोपटकको प्रस्तुतिपछि अल इन्डिया रेडियोले गरेको अडिसनमा सहभागी भए, एकैपटकमा छानिए पनि । त्यसपछि उनी लगातार अल इन्डिया रेडियोमा गीत रेकर्ड गराउन थाले । गोर्खा दुःख निवारण संघले गरेको कार्यक्रममा गाएकोे गीत देखेर अल इन्डिया रेडियोले बोलाएपछि उनले भ्वाइस टेस्ट पास गरेका थिए । त्यसपछि करिब ६० वटा गीत दार्जिलिङ बसाइका क्रममा अल इन्डिया रेडियोमा गाएको बताउँछन् शेर्पा ।

बीकमसम्मको पढाइ सकाउने क्रममा नै उनी एक प्रकारले दार्जिलिङमा ‘हिट’ भइसकेका थिए । दार्जिलिङको सांगीतिक माहोलको उत्साह लिएर नेपाल आएका उनलाई नेपालमा अझ उत्साह थपियो । रत्न रेकर्डिङ संस्थानले २०४२ सालमा अधिराज्यव्यापी गायन प्रतिस्पर्धा गराएको थियो ।

त्यतिबेला लाक्पा शेर्पा नेपाल आएको एक साता मात्रै भएको थियो । ‘पकेटमा ५० रुपैयाँ दाम र एक जोर लुगाबाहेक मसँग केही थिएन त्यतिबेला ।’ आफ्नो अवस्था सम्झिए लाक्पाले, ‘साथीको डेरामा बस्ने गर्थें ।’ त्यही बेलामा भएको गायन प्रतिस्पर्धामा दोस्रो भए लाक्पा । शम्भु राई पहिलो र सपनाश्रीले तेस्रो स्थान पाएका थिए त्यतिबेलाको गायन प्रतिभाको छनोटमा । लाक्पालाई ठूलो पुरस्कार थाप्न कायम गर्नुपर्ने स्ट्यान्डर्डले सतायो त्यतिबेला ।

‘पुरस्कार जितेपछि राजाको हातबाट ट्रफी लिनुपथ्र्यो । तर, मलाई भने दोस्रो भएको उत्साहभन्दा पनि पुरस्कार थाप्न जोहो गर्नुपर्ने पोसाक महँगो साबित भयो । एक जोर सर्ट पाइन्टमा काठमाडौं भित्रिएको मैले त्यतिबेला कसरी दौरा, सुरुवाल कोट, जुत्ताको व्यवस्था गर्नु ।’ प्रतिभाको कदरपत्र थाप्न बन्नुपरेको औपचारिकता पूरा गर्न आफूले गरेको उपाय सुनाउँदै लाक्पाले थपे, ‘एकजना दाइको बिहेमा किनेको दौरा, सुरुवाल र कोट रहेछ । अनुनय गरेर मागें एकछिनको लागि । जुत्ता भने उहाँले दिनुभएन ।

के गर्ने भनेर सोचें, दिमागमा आइडिया फु¥यो । एउटा खुट्टामा ब्यान्डेज बाँधें, खुट्टामा चोट लागेर जुत्ता लगाएनछ भन्ने सोच्ने पार्नको लागि । अनि मागेको दौरा–सुरुवाल लगाएर पुरस्कार थाप्न गएँ । पुरस्कार लिएपछि स्टेजमा गएर गीत पनि गाउनुप¥यो । गीत गाएँ । एकजना मित्रले पछिसम्म पनि मलाई भन्नुहुन्थ्यो, त्यो दिन तपाईंले निकै राम्रो गीत गाउनुभएको थियो । तर, खुट्टामा जुत्ताचाहिँ किन नलगाउनुभएको ?’

धन्य नेपाली कलाकार ! एक जोर कपडा गतिलो लगाउन नसक्ने अवस्थामा मस्तिष्कमा प्रवाहित भएर सिर्जनाको फोहोरा कसरी फुट्छ ? लाक्पा विगत सम्झँदै भन्छन्, ‘राज्यले कलाकारलाई गहनाको रूपमा सजाउने तर, त्यसको स्याहार गर्ने परम्परा नबसेको कारण अहिले पनि मेरो सिकारु समयझैैं नयाँ कलाकार पीडामा परिरहेका छन् ।’

प्रतियोगितामा जितेपछि लाक्पा शेर्पाले नेपाली सांगीतिक क्षेत्रमा फड्को मार्ने क्रम थाले । रेडियो नेपालमा गीत गाउन थाले । अरुणा लामा, नारायण गोपाल, भक्तराज आचार्यलगायतका नेपाली सांगीतिक क्षेत्रका हस्तीहरूसँग पनि गीत गाए उनले । त्यसपछि २०४६ सालमा झस्केर दुख्छ यो मुटु मेरो…. बोलको गीतले उनलाई चर्चामा पु¥यो । सम्झन्छन्, रेडियो नेपालमा फर्माइस आएको गीतलाई हेर्दा त्यतिबेला नारायण गोपाल, भक्तराज आचार्य र मेरो गीतमा फस्र्ट, सेकेन्ड र थर्ड हुने प्रतिस्पर्धाजस्तै चलिरहन्थ्यो ।

करिब साढे दुई सय गीत रेकर्ड गराइसकेका गायक लाक्पा शेर्पा गीत संगीतलाई जिउने बाटो देखाउने माध्यम सम्झन्छन् । गायन र संगीतमा बढी सक्रिय उनी गाउनको लागि आफूलाई वेदनाले भराउँछन् । गीत शब्द कण्ठस्थ गरेर हुँदैन । शब्दको पीडा हृदयभरि छर्नुपर्छ । पीडाले आफू छपक्कै भिज्नुपर्छ । तबमात्रै भाव खुल्छ । अनि पूर्ण मूच्र्छनासहितको ध्वनि प्रवाहित हुन्छ लयमा ।

लाक्पा शेर्पाले अनुभूति गरेको मृत्युबोधले पनि संगीतलाई महसुस गर्ने बाटो देखायो । होटल सोल्टीमा लामो समय गजलगायक बनेका उनलाई ६ वर्षअघि जन्डिसले मृत्युबोधको अवस्थासम्म पु¥यायो । लाग्थ्यो, जीवनमा केही नगरी देह मेटिने भयो, मृत्युको मुखमै पुगेर फर्किँदाको क्षण अनुभूति गर्दै छन्, लाक्पा । ‘जीवनलाई के के न हो भनेर निकै अमूल्य ठानियो । धन सम्पत्ति कमाएँ । तर, अर्काको सहारामा बाँच्नुपर्दा साँच्चिकै जीवनको अन्तिम क्षणमा पुगेको महसुस हुने रहेछ । ओछ्यानमा पल्टियो, पत्नी लाक्पा फुटीले गरेको स्याहार देख्दा आत्मा भरिएर आउँथ्यो । साथीभाइ आएर, मन बहलाइदिने भनेर गीत गाइदिँदा भित्रभित्रै चिरिन्थें म । सोच्थें, केही राम्रो काम नगरी जीवन जाने भो । सायद, जीवनलाई भोग्ने यात्रा टुङ्गिएको रहेनछ । जीवन नाफामा पाएँ । त्यसपछि भने जीवनबोधको महत्वले मलाई थिच्यो ।’

मृत्यु चेतनाबाट ब्युँतिएपछि गायनबाट समाज सेवा गर्ने बाटोतर्फ पनि पाइला बढाए उनले । बिरामी हुनुभन्दा अघि थालिएको एल्बमको गीत रेकर्ड पूरा गरे । मुड्स अफ लाक्पा एल्बमबाट कमाई भएको पाँच लाख रुपैयाँ मृगौला रोगका पीडित सूर्यबहादुर कुमालको उपचारका लागि सहयोग गरेर उनले एक व्यक्तिको जीवन बचाउन मद्दत गरे । हालसम्म पाँचवटा एल्बम बजारमा आइसकेका छन् उनका । शेर्पा कलाकार समाजको अध्यक्षसमेत रहेका लाक्पा शेर्पा अहिले भने स्रष्टाहरूको संरक्षणतर्फ लागिरहेका छन् । लाक्पा शेर्पा संगीत कोष नाम गरेर उनको नाममा स्थापना भएको कोषको समेत संरक्षक रहेका लाक्पा शेर्पा कलाकारहरूलाई प्रोत्साहन तथा संरक्षणका लागि कोषमार्फत सहयोग गर्ने बताउँछन् ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...