ह्योल्मो समुदायको आस्था केन्द्र – Janata Live
  • Sunday, February 5, 2023

ह्योल्मो समुदायको आस्था केन्द्र

  • जनता लाइभ
  • माघ १०, २०७५

ह्योल्मो समुदायको आस्था केन्द्र

बौद्ध धर्ममा अटल आस्था र विश्वास राख्ने धार्मिक स्वभावका आदिवासी ह्योल्मो जनजातिहरूको धर्म, संस्कृति, परम्परा तथा संस्कारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले हृयोल्मो समाज सेवा केन्द्र २०५० सालमा स्थापना भएको हो । बौद्ध धर्मको माध्यमबाट यो संसारमा रहेका सम्पूर्ण प्राणी जगत्को उद्धारका लागि आवश्यक धार्मिक तथा सामाजिक क्रियाकलापहरू सञ्चालन गर्न एउटा धार्मिक संस्थाको आवश्यकता थियो । त्यसैलाई सम्बोधन गर्न केन्द्रकोस्थापना भएको हो । हृयोल्मो समाज सेवा केन्द्र एक गैरसरकारी संस्था हो ।

यस संस्थाबाट आदिवासी जनजाति हृयोल्मोको विकासको निम्ति कार्यहरूको साथै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न पूजा पाठहरू ‘ह्योल्मो जब्साङ देक्षेन होसाल छ्योलिङ’ गोन्पाबाट नियममित रूपमा सञ्चालित हुँदै आएको छ । यो केन्द्र ह्योल्मो समुदायको एक चिनारी, इतिहास र भविष्यको केन्द्रविन्दु हुने निश्चित छ ।

त्यसैले यसलाई जोगाइराख्न र क्रियाशील बनाउन सधैं तत्पर रहनु हाम्रो कर्तव्य र दायित्व हुन आउँछ । ह्योल्मो जब्साङ देछेन होसाल गुम्बाको नाम धर्म गुरु श्रद्धेय पेनोर रिम्बोछेज्यूले न्वारन गर्नुभएको हो ।

ह्योल्मो जातिको परिचय

बौद्धमार्गी ह्योल्मो जातिको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा यस ठाउँको ‘ह्योल्मो’ नामकरण यहाँको भौगोलिक स्वरूप तथा यस क्षेत्रको मुख्य संरक्षक देवीको नामबाट राखिएको थियो ।

इसाको ११ औं शताब्दीताका नेपालको लाङटाङ हिमशृंखलाका हिमाली उपत्यकाहरूमा, ह्योल्मो सभ्यताको उदय र विकास भएको थियो । लगभग रसुवाको सम्पूर्ण भूभागदेखि लिएर सिन्धुपाल्चोकको उत्तर पश्चिमका अधिकांश भूभाग र नुवाकोट जिल्लाको उत्तरी उच्च पहाडी भूभागहरू ह्योल्मो क्षेत्रअन्तर्गत पर्दछ ।

बौद्घमार्गी ह्योल्मो जातिको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा यस ठाउँको ‘ह्योल्मो’ नामकरण यहाँको भौगोलिक स्वरूप तथा यस क्षेत्रको मुख्य संरक्षक देवीको नामबाट राखिएको थियो । ‘ह्योल्मो’ शब्द धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार ‘ह्योल’ र ‘मो’ मिली बनेको छ ।

जसअनुरूप ‘ह्योल’ को अर्थ ज्योवो छ्यती, दोर्जे लेक्पा, छिरिङ् चेङा, गेन्येन लेरुजस्ता ह्योल्मो जातिले मान्ने गरेका अति पवित्र हिमशृंखलाहरूले आमा ज्योमो याङ्री देवी विराजमान पर्वतलाई बीचमा पर्दा जसरी घेरिएको र ‘मो’ को अर्थ शक्ति सम्पन्न संरक्षक आमा ज्योमो याङ्री देवीलाई बुझिन्छ । अर्थात्, यी पवित्र हिमशृंखलाहरूले ह्योल्मो भूमिको संरक्षकको रूपमा रहेका करुणामयी आमा ज्योमो याङ्री देवीलाई पर्दा जसरी घेरिएको भूमि भएकोले उहाँको सम्मानसाथ यस क्षेत्रको ‘ह्योल्मो’ नामकरण भएको पाइन्छ ।

यसरी नै बौद्घ धर्मका एक प्रमुख देव गुरु रिम्पोचेले हिमाली गुफाहरूमा ध्यान, तपस्या गर्नुका साथै भविष्यका निम्ति भनेर आफ्ना धार्मिक महत्वका महत्वपूर्ण पवित्र तथा अमूल्य पुस्तकहरूका साथै अमूल्य सिद्घि युक्त निधि (तेर) हरू ह्योल्मो क्षेत्रमा लुकाएर राखेको हुनाले यस क्षेत्रलाई ‘हिमाली शृंखलाको पवित्र तीर्थ उपत्यका’ अर्थात् ‘नेछ्येन बेयुल ह्योल्मो गङ्गा’ को रूपमा पनि विविध धर्म ग्रन्थहरूमा नामकरण भएको पाइन्छ । ह्योल्मो जातिको उत्पत्ति, सभ्यताको विकास र विस्तारको सम्बन्धमा यसै आमा ज्योमो याङ्रीसग ऐतिहासिक सम्बन्ध रहेको छ । ह्योल्मो क्षेत्र, आफ्नै मौलिक संस्कार, संस्कृति र सभ्यतामा हुर्केका ह्योल्मोली आदिवासीहरूको मूल बसोबासको थलो हो । जसलाई स्थानीय रूपमा ह्योल्मो जाति मात्रै भनेर पनि सम्बोधन गरिन्छ ।

 गोन्पामा के छ ?

७०४ घरधुरी ह्योल्मोहरू १५० वटा जति गाउँबाट एकीकृत भएका छन् ।

कुनै बाहिरी सहयोगमा नअल्झी आफ्नै आन्तरिक स्रोतबाट बनेको नमुना गोन्पा-सामुदायिक भवनको रूपमा रहेको छ । सामाजिक कार्यहरू जस्तै विवाह, मृत्यु र ह्योल्मो समुदायको चाडपर्वमा समुदायका सबैले यसको उपयोग गर्न पाउँछन् ।

गोन्पाको छुट्टै भव्य भवन छ भने व्यवस्थित चर्पीको साथै ढल व्यवस्थापनको पनि व्यवस्था छ । अरू ह्योल्मो तथा बौद्ध धर्मसँग सम्बन्धित संघ संस्थासँग यसकोराम्रो सम्बन्ध रहेको छ ।

गाउँमा मानिने चाडपर्व तथा पूजाआजालाई यसले निरन्तरता दिँदै आएको छ । यसले युवा देखि वृद्ध वृद्धा सम्मलाई ओग्टन सफल भएको छ । यहाँ विभिन्न सामाजिक कार्य हुनुका साथै अरूलाई रक्तदान कायक्रमका लागि निःशुल्क हल उपलब्ध गराइन्छ । विभिन्न ठाउँ छरिएर बसेका ह्याल्मोहरूलाई यसले ठाउँमा एकीकृत गरेको छ । हाल कम्तीमा ७०४ घरधुरी ह्याल्मोहरू १५० वटा जति गाउँबाट एकीकृत भएका छन् । ह्याल्मो जातिको परम्परागत, सांस्कृतिक, जातीय, ऐतिहासिक पहिचानलाई सोधखोज र संरक्षण गन कार्य गरेको छ ।

ह्योल्मो गोन्पाको निर्माण

‘ह्योल्मो जब्साङ देक्षेन होसल छोलिङ’ गोन्पाको निर्माण सम्पन्न गरी ‘श्रद्धेय गुरुहरू क्याप्चे ढुक्पा रिम्पोचे’ र ‘क्याप्चे ङावाङ तेन्जेन रिम्पोचे’ ज्यूबाट समुद्घाटन सम्पन्न गरिएको थियो ।

यस ह्योल्मो जब्साङ देक्षेन होसल छ्योलिङ गोन्पा सम्पूर्ण ह्योल्मोहरूको एकता र मिलनको केन्द्रका रूपमा रहेको छ । जसलाई ह्योल्मो किदुक छोक्पा अर्थात् ह्योल्मो समाज सेवा केन्द्र नामकरण गरिएको छ । २०५१ सालमा स्थापित यो गोन्पाको निर्माण सम्पन्न भएको छ । सम्पूर्ण ह्योल्मो समुदायको आफ्नै पहल र सहयोगबाट नै यस गोन्पाको निर्माण सफल भएको हो । यस गोन्पामा ह्योल्मो समुदायका वार्षिक चाड पर्व र पूजा पाठहरू छेच्यु, ङयुङ्ने, बुद्ध जयन्ती, मणिदुङग्युर, काँग्युर वाचन मनाइँदै आएको छ । वार्षिक रूपमा हुने प्रत्येक कार्यक्रमको छुट्टाछुट्टै उपसमितिले व्यवस्थापन गरिँदै आइरहेको छ ।

‘ह्योल्मो जब्साङ देक्षेन होसल छोलिङ’ गोन्पाको निर्माण सम्पन्न गरी ‘श्रद्धेय गुरुहरू क्याप्चे ढुक्पा रिम्पोचे’ र ‘क्याप्चे ङावाङ तेन्जेन रिम्पोचे’ ज्यूबाट समुद्घाटन सम्पन्न गरिएको थियो । ह्योल्मो समुदायद्वारा स्थापित ह्योल्मो समाज सेवा केन्द्रको मातहतमा गोन्पाको निर्माण सम्पन्न भएको हो ।
हाल गोन्पामा साधारण र आजीवान सदस्य गरी जम्मा ६४५ जना सदस्यहरू आबद्ध रहिसकेका छन् । हाल यस गोन्पाको कार्यसमिति अध्यक्षको रूपमा ग्याम्जोस्याङबा ह्योल्मो हुनुहुन्छ भने कार्यसमितिका पदाधिकारी र विभिन्न उपसमितिहरू गरी १५० जनाले केन्द्रको सञ्चालनमा सहयोग पु¥याइरहेका छन् ।

के छन् त भावी योजना ?

१) सुव्यवस्थित पाहुना घर निर्माण गर्ने २) राम्रो÷फराकिलो पार्किङस्थल बनाउने ३) शिक्षा क्षेत्रमा (जस्तै : छात्रवृत्ति) लगानी गर्ने ४) बौद्ध धर्मको पुस्तकालय र संग्रहालयकोस्थापना गर्ने ५) ह्योल्मो भाषामा पुस्तक प्रकाशन, धार्मिक विद्यालय स्थापना गर्ने ६) बुद्ध तपस्या (ल्होसुम, दासुम, स्यासुम) गर्न जानेलाई सहयोग गर्ने ७) स्वास्थ्य चौकी निर्माण गर्ने ह्योल्मो क्षेत्र बौद्ध धर्म ग्रन्थहरूमा उल्लेख भएअनुसार अत्यन्त पवित्र र महत्वपूर्ण क्षेत्रको रूपमा लिइन्छ । बौद्ध ग्रन्थहरूमा यसलाई नेछ्येन बेयुल ह्योल्मो गाङग्रा अर्थात् हिमाली शृंखलाहरूको उपत्यका भनी सम्बोधन गरिएको पाइन्छ । विशुद्ध बौद्धमार्गी रहेको ह्योल्मो समुदायले महायाना बौद्ध परम्परालाई अनुशरण गर्दछन् ।

बुद्ध धर्मकोरीतिरिवाजअनुसार संस्कृति र सभ्यताको संरक्षण संवद्र्धन गर्दै सामाजिक तथा परोपकार कार्यहरू गर्ने यस विधानअनुरूप केन्द्रलाई सञ्चालन गरिने भएको छ ।

(क) असहाय पीडित, कमजोर, असमर्थ, बुद्ध धर्मावलम्बीहरूलाई सहयोग गर्ने । (ख) बुद्ध धर्ममा आस्था राख्ने जो कोही परलोक भएका व्यक्तिहरूको धार्मिक प्रक्रियाअनुसार लास सदगत तथा काजकिरिया गर्ने गराउने व्यवस्था मिलाउने र वैवाहिक सम्बन्धका कार्यहरू गर्ने गराउने । (ग) बुद्ध धर्मावलम्बीहरूको जन्म, व्रतबन्ध, विवाहजस्ता सामाजिक कार्यका लागि आवश्यक व्यवस्था गरिदिने ।

(घ) बिरामी तथा असक्षम व्यक्तिहरूको स्वास्थ्य सुविधा तथा रेखदेखको व्यवस्था गरिदिने । (ङ) धर्मगुरु, अवतारी तथा अन्य लामाहरूबाट पूजा पाठ र प्रवचन गर्ने व्यवस्था मिलाउने । (च) यस्तै उद्देश्यले गठन भएका अन्य संस्थाहरूको सहयोग लिने दिने । (छ) सम्बन्धित निकायको स्वीकृति लिई गुम्बाहरूको निर्माण तथा मर्मत गर्ने । (ज) शान्ति सहिष्णुताजस्ता बुद्ध धर्मका उपदेशहरू पालन गर्ने गराउने । (झ) बुद्ध धर्मको शिक्षा दीक्षा दिलाउने व्यवस्था गर्ने ।

युवा पिँढीलाई जिम्मा दिनुपर्छ

दावा लामा ह्योल्मो
संस्थापक अध्यक्ष, ह्योल्मो समाज सेवा केन्द

२०५० सालतिरको कुरा हो । ह्योल्मो समुदायले चाबहिलस्थित शेर्पा समुदायको गोन्पामा बुद्ध जयन्ती मान्ने गथ्र्यो । त्यसपछि हामी आफ्नै धार्मिक संगठन बनाउनेतिर लाग्यौं । गोन्पा निर्माण गर्नका लागि तदर्थ समिति गठन गरी सहयोग उठायौं । हामीले पहिलो दिनमै ह्योल्मो समुदायबाट १७ लाखसम्म सहयोग पैसा उठाएका थियौं ।

सहयोग रकम उठेपछि हामी केही समयमै जग्गा किनी गोन्पा निर्माणतिर लाग्यौं । ०५१ साल वैशाखमा दुई रोपनी जग्गा किनियो । संस्था दर्ता थिएन त्यसैले अध्यक्षको हैसियतले पदादिकारीहरूको सल्लाहमा मेरो व्यक्तिगत नाममा जग्गा किनेका थियौं । संस्था दर्ता भएपछि केही समयमा ह्योल्मो सेवा समाज केन्द्रको नाममा दर्ता गराएर हामी पुनः जग्गा थप्ने काम भयो । गोन्पा निर्माणका लागि सहयोग र साथ पनि भरपुर पाइयो । २०५२ सालमा पूर्ण रूपमा संस्था दर्ता भयो । पर्खालका लागि मेरो बुबाले र अन्य व्यक्तिहरू इँटा दिने काम गरे ।

१ वर्षको कार्यकालपछि साधारणसभा गरी हामीले एउटा कटेरो बनाई गोन्पाको निर्माण गरेका हौं । निर्माणको सुरुवातमा धेरै ठाउँबाट भौतिक सहयोगहरू आए । हामीलाई यी भौतिक सामग्रीले थप हौसला प्रदान ग¥यो । मलाई गर्व थियो गोन्पा निर्माण सफल बनाउन सकेकोमा । अहिले यही नै ठूलो धर्म गरेको जस्तो लाग्छ । अझै सल्लाहकारका नाताले गोन्पा निर्माणका निम्ति सल्लाह–सुझाव दिई सफल बनाउने योजना रहेको छ ।

२०५४ पछि मैले केसाङ लामा ह्योल्मोलाई नेतृत्व हस्तान्तरण गरेको थिएँ । उहाँले पनि सफलतापूर्वक गोन्पाको निर्माण कार्य अगाडि बढाउनुभयो । मलाई अहिले पनि ह्योल्मो समुदायले सम्मान गर्ने गरेको छ । यो नै मेरो सेवा हो र धर्म पनि हो । अब गोन्पा निर्माण पूर्ण रूपमा सम्पन्न भएपछि नयाँ पिँढीका शिक्षित युवा भाइबहिनीलाई जिम्मा लगाउने योजना छ । यो नै ह्योल्मो समुदायको पहिचान हुनेछ भन्ने बुझून् अहिलेको पुस्ताले ।

ठूला चुनौती पार गरेर आइयो

केसाङ लामा ह्योल्मो अध्यक्ष
(दोस्रो, तेस्रो र चौथो कार्यकाल)

ह्योल्मो समाजको परम्पराअनुसार मृत्यु संस्कार गर्नलाई नभई नहुने भएकाले समुदायका सबै जना मिलेर गोन्पा निर्माणको पहल भएको हो । २०५० सालअघि हाम्रो समुदायको कुनै धार्मिक संस्था थिएन । गोन्पा नहुँदा ह्योल्मो समुदायको मान्छे मरिसकेपछि ठूलो समस्या पथ्र्यो ।

हामीले शेर्पा गोन्पातिर लिएर जाने गथ्र्यौं । तर, त्यहाँ पनि ठाउँ नपाउने समस्याले गर्दा हामी बाध्यतावश आफ्नो समुदायको गोन्पा निर्माणतिर लागेका हौं । सुरुवातमा आर्थिक संकलन गर्ने काम त्यति सजिलो थिएन । विभिन्न चुनौतीको सामना गर्दै हामीले काम गर्दै आयौं । सदस्य संख्या पनि थोरै थियो । काम गर्न कठिनाइ रहेको थियो । हाम्रो समुदायले नै मुस्किलले पत्याउने गर्थे । विश्वासका आधार कमै मात्र थिए ।

हामी सबै गोन्पाका पदाधिकारीहरूले आत्मबल दह्रो बनाएर यो गोन्पा निर्माणमा सफलता पाएका छौं । गोन्पा निर्माण गर्न हामीले जहाँ–जहाँ ह्योल्मो समुदाय छरिएर बसेका छन्, त्यहा“ संस्थाबाट शुभकामना कार्ड छापेर पठाई सहयोग जुटाउने कामहरू ग¥यौं । मेरो कार्यकालको नौ वर्षको दौरानमा २८ लाखसम्म जुटाइयो । अहिले धेरै काम सम्पन्न भइसकेको छ । म त्यसैमा खुसी छु ।

संस्थापक पदाधिकारीहरूले गोन्पाको जग बसालिदिनुभएको थियो । मेरो कार्यकालमा संस्थामा पैसा थिएन । काम गर्न धेरै गाह्रो थियो । मैले पैसा भएका व्यक्तिहरूसँग सापटी गरेरसमेत गोन्पा निर्माण कार्य रोक्न नदिई अघि बढाएँ । मैले यो संस्था तीन कार्यकालसम्म चलाएँ । मैले ह्योल्मो समाजको १२ वर्ष सेवा गरें । हाम्रो समाज अशिक्षित र रुढीवादी थियो । त्यसैले पनि मेरो पालामा यो गोन्पाको निर्माण गर्न धेरै दुःख भयो । गोन्पाको निर्माण कार्य लगभग ४० प्रतिशत सकिएको थियो । आफ्नो कार्यकालपछि नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेर म पूर्ण रूपमा धर्मकर्ममा लागेको छु ।

गोन्पाको प्रतिष्ठापन गर्ने अवसर पाएँ

दावा दोर्जे लामा ह्योल्मो
अध्यक्ष (पाँचौं र छैटौं कार्यकाल)

म काठमाडौं प्रवेश गर्ने सिलसिलामा एक जना भतिजको मृत्यु भएको थियो । हामीले दाहसंस्कार गर्नुभन्दा अगाडि ३ दिनदेखि ११ दिनसम्म राख्ने प्रचलनअनुसार पूजापाठ तथा काजकिरिया गर्नुपर्ने हुन्थ्यो । हाम्रो जाति शेर्पा जातिसँग मिल्ने भएकाले पहिला शेर्पा गुम्बामा लगेर पूजापाठ र काजकिरिया गरी दाहसंस्कार गर्ने चलन थियो । केही समयमा शेर्पा गुम्बाले हामीलाई लास र बिहेवारीजस्ता कार्य गर्न दिएन । नदिनुको कारण थियो, शेर्पा जातिकै तीन/चार जनाको हुन्थ्यो । नदिएपश्चात् हामी अर्को विकल्प सोच्न बाध्य भएका थियौं । त्यसपछि हामीले केही समयमै गुम्बा बनाउने काम सुरु ग¥यौं ।

धेरै लामो समयसम्म मैले नै गोन्पाको पहल गरेको हुँ । दुई कार्यकालका साथीहरूले जग्गा किन्ने र जग बसाल्ने काम गरे । त्यस क्रममा रंग रोगन अधुरै थियो । हामीले ऋण गरेर त्यस कार्यलाई पनि निरन्तर दिँदै गयौं । गोन्पा निर्माण सफल पा¥यौं । गोन्पाको आसपासमा मैले चारघरे टोलमा दसफिटे बाटो बनाइदिएको छु । टोल सुधारका लागि अहिले हामीले गोन्पाको बैंकमा रहेको रकमको ब्याजले ज्याला दिई सफाइ गर्ने गरेका छौं । ह्योल्मोको पहिचानका निम्ति पनि मैले यो गोन्पा सफल पारेको हुँ । गोन्पाको रब्ने मेरै पालमा गरेको हो ।

१८ देखि २० लाखसम्म ऋण काढेर काम सुरु गरेको थिएँ । मलाई लाग्थ्यो यो काम सजिलैस“ग सफल बन्नेछ भन्ने । मलाई सम्पूर्ण ह्योल्मोले साथ पनि दियो । त्यसैले पनि गोन्पा निर्माण सफल बनाउन सकियो ।

काम सम्पन्न भयो तर, भूकम्पले भत्कायो

ग्याम्जो लामा ह्योल्मो
निवर्तमान अध्यक्ष (सातौं कार्यसमिति)

विगतमा झैं मेरो कार्यकालमा पनि ह्योल्मो समाजसेवा केन्द्रको निरन्तर रूपमा काम अघि बढ्यो । हामीले ह्योल्मो गोन्पामा लगभग ९५ प्रतिशत काम गरी सकेका थियौं । मेरै कार्यकालको अन्तिम चरणमा महाविनाशकारी भूकम्पले पूर्ण भइसकेको कामलाई पहिलेकै अवस्थामा पु¥यायो ।
अझ गोन्पामा कसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्योल्मो समुदायलाई समेट्ने र ह्योल्मो समुदायलाई एकै रथका पांग्रा बनाउने भन्नेतिर लागे । पहिलाको तुलनामा अहिले गोन्पामा ह्योल्मो सदस्यहरू बढ्दै छन् ।

काम गर्नलाई अलिक सहज भइरहेको छ । विगतका दुःख सुख बाँड्ने ठाउँ पनि भएकाले यो केन्द्रको निर्माण भई काम सफल भएकोमा खुसी छौं । आफ्नो पहिचान जोगाउनका लागि पनि धेरै ठाउँबाट अवसर मिलिरहेको छ । विगतका भन्दा अहिले ह्योल्मो समुदाय विभिन्न क्षेत्रमा समावेश भई आफ्नो पहिचान दिलाउने ठाउँसम्म पुगेको छ ।

समाजमा केही अप्ठ्यारा काम तथा समाजप्रति सेवा गर्नुपर्ने अवस्था आइपरे सहयोग गर्नेछु । साथीहरूको कार्यकालमा जसरी कामलाई निरन्तरता दिएँ त्यसैगरी मैले पनि कामलाई निरन्तरता नै दिएका थिए ।

मेरो कार्यकाल चुनौतीपूर्ण छ

ढापा दोर्जे ह्योल्मो, गुम्बा अध्यक्ष

नेपालको संविधान जारी भएको दिन असोज ३ गते नयाँ कार्यसमिति चयन भयो । कार्यकालमा निकै चुनौतीपूर्ण काम गर्नुपर्ने थियो । कारण अरू केही नभएर गत वर्षको भूकम्पका कारण गुम्बामा असर पुग्यो । गुम्बा चर्कने फुट्ने काम भयो ।

भूकम्पका कारण गुम्बा चर्कियो टुट्यो फुट्यो जसका कारण गुम्बालाई कसरी बलियो बनाउने भन्ने ठूलो चिन्ताको विषय बन्यो । त्यहीअनुसार हामीले काम ग¥यौं । सम्पूर्ण सदस्यको सहयोगका कारण अहिले गुम्बा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गुम्बा पुनर्निर्माणमा सरकारको तर्फबाट कुनै सहयोग भएन । सबै सदस्यहरूबाट प्राप्त सहयोगबाट पुनर्निर्माण भइरहेको छ । गुम्बाको पुनर्निर्माणका लागि करिब एक करोडको लागत लाग्ने भए पनि सबै पैसा उठ्न सकेको छैन । हामीले सदस्य तथा ह्योल्मो समुदायमा बितेका आफन्तले गरेको स्वैच्छिक सहयोगबाट भएको आर्थिक संकलनबाट गुम्बाको पुनर्निर्माण कार्य गर्दै आएका छौं ।

सांसद अम्बिका बस्नेतले पहिले ३ लाख सहयोग गर्नुभएको थियो । अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

स्वरूपसमेत परिवर्तन गर्नेछु

कार्पु लामा, द्वितीय उपाध्यक्ष

गुम्बा निर्माण गर्ने क्रममा मैले स्वयंसेवकका रूपमा काम गरेको थिएँ । जब आठांै महाधिवेशन भयो । त्यस महाधिवेशनबाट म एकै चोटी उपाध्यक्ष बन्न पुगें । पहिले कार्यसमितिभन्दा बाहिर बसेर बोल्दा अहिले आफू स्वयं कार्यसमितिमा बसेर काम गर्दा धेरै फरक पाएँ ।

गुम्बा निर्माणमा अनुभव भएका कारण कार्य समितिमा आउन सजिलो भएको मैले महसुस गरेको छु । मैले आर्किटेक्चर तथा डिजाइनहरूको काम गर्ने गर्छु । अहिलेसम्म ५० भन्दा बढी गुम्बाको डिजाइन कोर्ने काम गरिसकेको छु् । त्यसैले ह्योल्मो गुम्बामा मेरो अनुभव र मेरो नयाँ कन्सेप्ट लगाएर स्वरूपसमेत परिवर्तन गर्ने सोच बनाएको छु ।

नेपालको मनाङ, मुस्ताङ, भोजपुरदेखि युरोप साउथ एसिया, मकाउ, फिलिपिन्स लगायतका ठाउँमा गुम्बा तथा स्तूपामा आर्ट गरिसकेको छु । ह्योल्मो गुम्बालाई पुरानो डिजाइनलाई नयाँ स्वरूप दिन गजुर लगायतका ठाउँमा पुनर्निर्माण गर्नुपर्ने देखेको छु ।

संस्कृति र पहिचान जोगाउनुपर्छ

कामी लामा ह्योल्मो, द्वितीय उपाध्यक्ष

अघिल्लो कार्यसमितिमा म सदस्य थिएँ । अहिले आठौं अधिवेशनपछि म द्वितीय उपाध्यक्ष भएँ । ह्योल्मो गुम्बा निर्माण भएपछि हामीले ह्योल्मो जातिको संस्कृति र पहिचानबारे सबैलाई जनचेतना जगाउने अवसर पायौं ।

ह्योल्मो जातिको आफ्नै प्रकारको संस्कार छ । कतिपय ह्योल्मो जातिले पहिले नजानेर अरूको सिको गरिरहेका थिए । जब गुम्बा बनायौं त्यसबाट आफ्नो भाषा, कला, संस्कृति एवं रीतिरिवाज लागायतका विषयमा जानकारी गराउने अवसर मैले पाएको छु ।

मैले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै गएको छु । बालबालिका तथा आजका युवा पुस्तालाई हाम्रो संस्कृतिबारे जानकारी दिन सक्यौं भने भोलि हाम्रो संस्कार निरन्तर चलिरहनेछ भनेर विशेष गरेर सांगीतिक माध्यमबाट मैले उनीहरूलाई सिकाउने काम गरिरहेको छु ।

आर्थिक सहयोग जुटाउने काम हुँदैछ

छिरिङ लामा ह्योल्मो, कोषाध्यक्ष

म यसभन्दा पहिले सहकोषाध्यमा थिए । त्यसवेला भूकम्प गएको थिएन । कोषाध्यक्षमा निर्वाचित भएपछि भूकम्प आयो गुम्बामा धेरै क्षति भयो । हाम्रो समुदायको आस्थाको धरोहर ह्योल्मो गुम्बाको पुनर्निर्माणका लागि सम्पूर्ण सदस्यहरूबाट आर्थिक सहयोग संकलनमार्पmत गुम्बाको पुनर्निर्माण गरिरहेका छौं ।

त्यसै पनि यो कार्य समितिलाई प्रकृतिले नै चुनौती दिएको छ । आहिले पनि गुम्बाको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने काम भइरहेको छ । भूकम्पपछि पुनर्निर्माण र पहिलेकै अवस्थामा ल्याउनका लागि हामीले धेरै आर्थिक सहयोग जुटाउनुपर्ने हुन्छ पूर्ण रूपमा निर्माण गर्न १ करोड जति आवश्यक भए पनि त्यसलाई मेन्टेन गर्नु परेको छ ।

सकेसम्म सुनको गजुर लगाउनुपर्ने हो तर, त्यो सम्भव नहुँदा जलप लगाउनुपर्छ खर्च धेरै छ । आम्दानी कमै छ । आर्थिक अवस्था नाजुक छ । गुम्बाको मासिक खर्च ६० हजार जति पानी, बत्ती, पूजाआजा र सदस्यहरूबाट आउने सहयोग मात्र हो ।

पहिलो कार्यकालमा जग बलियो बन्यो

निमा लामा, अध्यक्ष
गुम्बा पुनर्निमाण उपसमिति

आजभन्दा करिब २० वर्ष अगाडिको कुरा हो । सुरुमा गुम्बा निर्माण हुनुभन्दा अगाडि एउटा तदर्थ समिति निर्माण गरिएको थियो ।

अचानक कोषाध्यक्ष पद दिइयो । त्यस समितिको अध्यक्षमा केशा स्याङवा थिए । त्यसवेला गुम्बा बनेको थिएन । एउटा टहरा मात्र थियो । त्यही टहराबाट ह्योल्मो समुदायका विभिन्न संस्कार संस्कृतिका काम हुने गर्दथे । प्रत्येक बैठकमा गुम्बा निर्माण गर्ने कुरा उठे पनि पैसा थिएन ।

पहिलो कार्यकाल त्यतिकै बित्यो । प्रत्येक कार्यसमितिबाट २५ हजारका दरले पैसा उठाउने प्रस्ताव राखे तर, कसैले पनि पैसा निकाल्न सकेनन् । मैले ५ लाख बैंकबाट ल्याउने तर, फिर्ता हुनुपर्ने प्रस्ताव राखेपछि सबै जना मञ्जुर भए । मामा पासाङ ग्याल्जेनले ब्याजमा दिए । त्यही पैसाले गुम्बाको संरचना निर्माण सुरु भयो । निर्माण सुरु भएपछि आर्थिक संकलन पनि भएको र अहिले ह्योल्मो गुम्बा बन्न सफल भएको हो । त्यसवेला गुम्बा निर्माणका लागि ७ लाख आर्थिक संकलन भएको थियो ।

गुम्बाको संरक्षण सबैले गर्नुपर्छ

मिङमर ओमु ह्योल्मो, महासचिव

गुम्बा निर्माण गर्दा पहिलेका संस्थापकज्यूहरूले धेरै दुःख गर्नुभयो । त्यसवेला उहाँहरूभन्दा हामी अलि सानै थियौं । तै पनि हामीले स्वयंसेवक भएर काम गरेका थियौं । उहाँहरूले दुःख गर्नुभयो तर, अहिलेको कार्यसमितिलाई पनि त्यत्तिकै दुःख र चुनौती देखा परेको छ । हुन त ह्योल्मो समुदायभित्र सबै सदस्यहरू सहयोगी भावना भएकाले सबैले भूकम्पले ध्वस्त बनाएको गुम्बाको पुनर्निर्माणका लागि सदस्यहरूले राम्रै सहयोग गर्नुभएको छ ।

सदस्यहरूको सहयोगका कारण हामीलाई पनि काम गर्न सहज भएको छ । तर, कार्यसमितिलाई अलि बढी जिम्मेवारी हुँदो रहेछ । भूकम्प पछिको पुनर्निर्माणमा जुटनुपर्ने अनि आर्थिक संकलन तथा विभिन्न सहयोग संकलन गर्नुपर्ने हुँदा यो कार्यसमितिलाई बढी जिम्मेवारी हुनुपर्ने भएको छ । ह्योल्मो गुम्बा निर्माण नभएको भए यो समुदायका सदस्य तथा एक अर्काको परिवारलाई चिन्ने अवसर पनि पाइने थिएन ।

ह्योल्मो गुम्बा निर्माणका कारण आज हामीले एक अर्को जिल्लाका हाम्रा समुदायका मानिसलाई चिन्ने अवसर पाएका छौं । जसका कारण ह्योल्मो गुम्बा हामी सबैको ढुकढुकी बनेको छ । यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...