श्रीमानको वीर्य चोरेर गर्भवती – Janata Live
  • Saturday, February 4, 2023

श्रीमानको वीर्य चोरेर गर्भवती

  • एजेन्सी
  • माघ ०५, २०७५

श्रीमानको वीर्य चोरेर गर्भवती

गाजा । महुन्नद जिबेन जन्मिएको केही सेकेन्ड मात्र भएको छ, तर एक शिशुका रूपमा उनको आवाज बुलन्द छ । त्यसबीचमा एक झड्कामा उनको नाल काटियो र अस्पतालको कोठामा खुसियालीको माहोल बन्यो ।

जिबेनको जन्म पछिल्लो अगस्तमा नब्लुस अल–अरेयिबा अस्पतालमा भएको हो । जन्मेको केही घन्टापछि आफ्नो आमा दल्लालको हातमा पुगेपछि जिबेनको अवस्था स्थिर भयो । तर, उनको बाबुको कुनै पत्तो छैन । जिबेनका बाबु अम्मर जिबेन हुन् र सन् १९९७ मा जेरुसेलममा भएको बम विस्फोटको आरोपमा इजरायली जेलमा ३२ वर्ष सजाय भोगिरहेका छन् । दल्लाल भन्छिन्, ‘जेलबाट श्रीमान्को शुक्रकीट चोरर ल्याएकै कारण गर्भवती हुन पाएँ ।’

कुराकानीमा उनले भनिन्, ‘मुहन्नद ईश्वरको उपहार हो । तर, यो सत्य हो कि मेरो श्रीमान् जबसम्म मसँग हुँदैनन्, तबसम्म खुसी अधुरो नै रहनेछ ।’

गाजापट्टीमा रहेको दुई गर्भाधान केन्द्रका अनुसार अहिलेसम्म १० भन्दा बढी प्यालेस्टाइनी महिलाले तस्करीको माध्यमबाट जेलमा रहेका श्रीमान्को शुक्रकीटले गर्भवती भएका छन् । डा. सालेम अबु भन्छन्, ‘सत्य भन्नुपर्दा मानिसहरू कसरी यस्तो तस्करी गर्छन् थाहा छैन र जान्न पनि चाहन्नँ । म यो सबै मानवताका नाताले गरिरहेको छु । कैदीहरूमाथि सबैको नजर रहन्छ र यी महिलाहरूको दुःखबारे कसैले सोच्दैनन् ।’

डाक्टरहरूका अनुसार महिलाहरू प्लास्टिक र सिसाको बोतलदेखि काँचको कपमा आफ्नो पतिको वीर्य लिएर जाने गर्छन् । डाक्टर अबुका अनुसार आईबीएफ प्रविधिको माध्यमबाट गर्भाधानका लागि वीर्य २८ घन्टासम्म सुरक्षित राख्न सकिन्छ ।

थुप्रैपटक यस्तो पनि हुन्छ कि वीर्य डाक्टरको क्लिनिकमा पुग्नुअगावै बिग्रिसकेको हुन्छ र महिलाहरूले फेरि वीर्य ल्याउन कोसिस गर्नुपर्ने हुन्छ । आमरूपमा यसअघि नै दुई वा सोभन्दा बढी बच्चा भएका महिलाहरूलाई क्लिनिकमा प्राथमिकता दिइँदैन । उसो त आईबीएफभन्दा पहिले महिलाले केही यस्तो प्रमाण जुटाउनुपर्छ, जसले उक्त वीर्य उनकै श्रीमान्को हो भन्ने पुष्टि गरोस् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...