[स्वास्थ्य टिप्स] छाला रोगबारे जानकारी – Janata Live
  • Sunday, February 5, 2023

[स्वास्थ्य टिप्स] छाला रोगबारे जानकारी

  • डा. भास्कर मोहन कायस्थ
  • माघ ०३, २०७५

[स्वास्थ्य टिप्स] छाला रोगबारे जानकारी

पछिल्लो समय मानिसमा विभिन्न छालाका समस्या देखिने गरेका छन् । यसमा मुख्य ५ कारण देखिन्छन् ।

छाला रोगका कारण धुलो–धुवाँका कारण वायुमण्डलीय ओजन तहका कारण (वायु मण्डलमा ग्याँसको ओजन तह कम भई सूर्यको किरण सिधै मानिसको छालामा पर्नु) प्रदुषित पानी पिउनाले विभिन्न औषधिको जथाभावी प्रयोग कस्मेटिक सामानको उच्च प्रयोग

उल्लेखित विभिन्न कारणले छाला रोगीहरू बढेका छन् । यस्ता विभिन्न कारणले मानिसहरू थाहा पाएर वा नपाएर आफ्नो छाला बिगारिरहेका छन् । छालामा रोग लागिहालेमा कतिपय मानिसहरू छिटो निको हुने लोभले र कतिपय अवस्थामा लाजले अवैज्ञानिक उपचार गराइरहेका हुन्छन् । पछिल्लो समय छाला रोगमा गरिएको लापरवाहीपूर्ण उपचारले ठूलै दुःखसमेत पाइरहेका छन् ।

लापरवाहीको असर छालाको क्यान्सर थाइराइड कलेजोको क्यान्सर कुरुप

छाला रोगको लापरवाहीले उल्लेखित समस्या देखिने गर्छन् । छालारोग सामान्यतया मानिस आफैँलाई थाहा हुने भएकाले यस्तो रोगको समयमै उपचार गराउन सकिन्छ ।

लक्षणहरू चिलाउने तिलकोठी धेरै आउने छाला खस्रो हुने र फुट्ने घाउ खटिरा आउने कपाल झर्ने दागहरू निस्कने चायाँपोतो आउने मखिया आउने(देख्दा तिलकोठीजस्तै देखिने तर कोठी नभइ कालो दाग हुने)

यस्ता लक्षण देखिएमा छाला रोग लागेको अनुमान गर्न सकिन्छ । समस्या समाधान गर्न चिलाउन कम गर्ने औषधि वा छिट्टै निको हुने कस्मेटिक औषधिको प्रयोग गर्नु हुँदैन । यसले पछि थप समस्या निम्त्याउँछ ।

रोकथाम घाममा कम हिँड्ने –बिहान १० बजेदेखि २ बजेको घाममा कम निस्कने) युवा अवस्थामा गुलियो कम खाने (गुलियोले डन्डिफोर बढी आउँछ) छालाअनुसारको सनब्लक क्रिम लगाउने घाममा निस्किएर फर्किएपछि सफा पानीले मुख धुने कपाल दिनकै नुहाउन नसके पनि पानीले पुछ्ने बाहिर हिँड्दा सनब्लक क्रिम लगाउने स्वच्छ पानी पिउने जुनपायो त्यही कस्मेटिक सामान प्रयोग नगर्ने जथाभावी औषधिको प्रयोग नगर्ने

यस्ता विभिन्न कारणले मानिसहरू दिनप्रतिदिन छाला रोगबाट पीडित भइरहेका छन् । यस्तो समस्याको समयमै उपचार गरे छाला रोगबाट लाग्ने अन्य रोगबाट पनि जोगिन सकिन्छ ।(लेखक छाला तथा चर्मरोग विशेषज्ञ हुन्)

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...