सोनाम लोसार : उहिले र अहिले – Janata Live
  • Wednesday, February 8, 2023

सोनाम लोसार : उहिले र अहिले

  • जनता लाइभ
  • माघ ०१, २०७५

सोनाम लोसार : उहिले र अहिले

किन्जो ओमु ह्योल्मो

नयाँ वर्षको पहिलो दिन (छेबा च्यी) को बिहान चरा नकराउँदै आधा घन्टाको जङ्गलको बाटो हुँदै चोखो पानी (छयुबी) लिन पानीको मूलसम्म जान्थ्यौं । जो पहिले पुग्यो र पानी थाप्न सक्यो उसले अमृत जल पाएको हुन्छ भन्ने कथन थियो । पानी लिन जाँदा म्हार, श्युक्पा, मेन्डल् आदि पनि साथै लगी जल देवतालाई पूजा अर्चना गरेर जल मागेको विश्वास गर्दै पानी भरेर लाने चलन थियो ।

हेलम्बु नुवाकोट थोदोङमा जन्मिएर हुर्किएकी ६० वर्षीया ह्योल्मो आमा सानो छँदाको सोनाम ल्होसारबारेमा यसरी स्मरण गर्नुहुन्छ ।

हामी सानो छँदा सबैभन्दा ठूलो र रमाइलो चाड नै वर्ष दिनमा आउने सोनाम लोसार हुन्थ्यो । गाउँघरमा त्यो बेला न हाम्रो खुट्टामा चप्पल नै हुन्थ्यो न त राम्रो लत्ताकपडा नै लगाउन पाइन्थ्यो । स्कुल त टाढाको कुरा, हाम्रो काम नै भेडा बाख्रा र गाई चराउनु हुन्थ्यो । नाङ्गै खुट्टा दौडने बानी परेको खस्रे खुट्टामा पहिलोचोटि त्यो पनि सोनाम ल्होसारको बेला बाले काठमान्डु नुन–तेल किन्न जाँदा रबरको रातो चप्पल ल्याइदिनुभएको थियो ।

त्यो चप्पल लगाएर गाउँ पूरै उफ्री उफ्री ‘लु हेर मेरो नयाँ चप्पल’ भन्दै घुम्दै साथीहरूलाई देखाउँदै हिँडेँ । त्यही दिन लोसार पनि नआउँदै त्यो मेरो नयाँ चप्पल च्यातियो । अहिले पनि सम्झना आउँछ ।

अहिलेका केटाकेटीहरूलाई यस्तो अनुभव पनि छैन होला । तर हाम्रो पालामा नयाँ जुत्ता वा लुगाको लागि वर्ष दिन कुर्नुपथ्र्यो । वर्षभरि त्यसलाई नै टालेर सिलाएर टार्नुपथ्र्यो ।

नयाँ लगाउन पाइने, मिठो चामलको भात, गहुँको पिठो बाटा तेलमा बनाएको झेरो, चिउरा अनि चामलको पिठोबाट बनाइने एक प्रकारको रोटी ‘भाबर’ खान पाइने आदिले गर्दा ल्होसार गाउँका मजस्तै केटाकेटीहरूको लागि विशेष हुने गथ्र्यो । ल्होसार मनाउँदा र खानेकुरा खाँदाखेरि जति रमाइलो अनुभव हुन्थ्यो त्योभन्दा बेसी हामीले काम पनि गर्नुपथ्र्यो । अहिलेजस्तो पैसाले सबै थोक आउने कहाँ थ्यो र हाम्रो पालामा ।

त्यो पनि हेलम्बुजस्तो विकट गाउँमा ? चिउरा ल्होसारताका मात्रै बनाइन्थ्यो । चिउरा आफ्नै घरको आँगनको ढिक्की (किन्दिङ्) मा कुट्नुपथ्र्यो । ५ जना मान्छे चाहिन्थ्यो । २ जनाले ढिकी कुट्ने, १ जनाले चिउरा मिलाउने, १ जनाले धान पकाउने अनि १ जनाले चैं पाकेको धान ढिकीसम्म ओसार्ने ।
बिहान सबेरै उठेर यो सब काम गर्नुपथ्र्यो, किनकि दिनभरि त सधैंजस्तो घाँस दाउरा अनि भेडी गोठालो गर्नुपर्ने हुन्थ्यो । ल्होसार गुथुक खाने दिनदेखि सुरु भएको जस्तो लाग्थ्यो ।

औंसीको अघिल्लो दिन् गुथुक (९ वटा गेडागुडी मिसाएको क्वाँटी) खाने दिनमा हामी पहिले गुथुक फ्याँक्न जाने भनेर हौसिन्थ्यो । कुह्थुकसँगै धेरै थोकको खाने कुराहरू राखेर बत्ती र धुप पनि राखेर अनि त्योसँगै घर सफा गरेर घरको कुना काप्चाबाट निस्केको फोहोर पनि केही मात्रामा राखेर घरको सबै ग्रहदशा जाओस् भनेर गुथुकलाई दोबाटोमा फ्याँक्न जाने बेला हामीलाई एकदमै रमाइलो लाग्थ्यो ।

भोलिपल्ट औंसीको रातभरि चामलको भाबर रोटी र गहुँको पिठोबाट तेलमा पोलिएर बनाइने झेरो भनिने विशेष किसिमको रोटी बनाइन्थ्यो । रातभरि एउटा टुकीको सहारामा बिहान उज्यालो नहुन्जेलसम्ममा सबै रोटीहरू पोलिसक्नुपथ्र्यो ।

हामी सानो छँदा गाउँ घरमा औंसीकै दिन अथवा रातभरिमा रोटी पोलिसक्नुपर्ने हुन्थ्यो । तर आज भोलि यो चलन हटिसकेको रहेछ । जुन दिनमा पोल्दा नि हुने आफूलाई पायक परेको खण्डमा । रातभरिको थकान त छँदैछ, औंसीको भोलिपल्टको बिहानीले नयाँ वर्षलाई निम्त्याएको हुन्थ्यो ।
नयाँ वर्षको पहिलो दिन (छेबा च्यी) को बिहान चरा नकराउँदै आधा घन्टाको जङ्गलको बाटो हुँदै चोखो पानी (छयुबी) लिन पानीको मूलसम्म जान्थ्यौं । जो पहिले पुग्यो र पानी थाप्न सक्यो उसले अमृत जल पाएको हुन्छ भन्ने कथन थियो ।

पानी लिन जाँदा म्हार, श्युक्पा, मेन्डल् आदि पनि साथै लगी जल देवतालाई पूजा अर्चना गरेर जल मागेको विश्वास गर्दै पानी भरेर लाने चलन थियो । यसरी पानी लिन जाँदा हामी छिमेकी साथीसाथीबीचमा को पहिले पँधेरो वा पानीको मूलमा पुग्ने भनी होड नै चल्थ्यो जो एकदमै रमाइलो पनि हुन्थ्यो । तर आज भोलि सबैको घर आँगनमा धारा पुगेकाले अब यस्तो प्रतिस्पर्धाचैं नहुने रहेछ.।

झन् सहरमा त घरभित्रै धारा हुने भएकोले यस्तो चलन पनि हटिसकेको हो कि जस्तो लाग्दैछ । त्यसरी ल्याएको छुबी नै भगवान्लाई चढाउनेदेखि लिएर चिया पकाउने, आलुको श्योक्पा, थोङसे बनाउने आदिमा प्रयोग गरिने भएकाले आफूले पानी ल्याएर ठुलै काम् गरेको पनि महसुस हुन्थ्यो । ल्होसारको बिहान सबेरै घरको आँगनमा सेतो धाच्र्यो (ध्वज) उठाइन्थ्यो । श्याल्गर सगुन राखी श्युक्पा बाली स्तुति मोन्लम गरी धच्र्यो उठाइसकेपछि श्याल्गर छयेपा गरी अन्त्यमा ल्हार् ग्याल्लो भन्दै पटका पड्काइन्थ्यो । बिहान गाउँ पूरै सेतो धच्र्योले सेत्याम्मे हुन्थ्यो जो देखेर मनै फुरुङ्ग हुने गथ्र्यो ।

घरमा बिहानै बाबाआमाले भगावान्को छयेटी सजाउने र ल्होसारको लागि बनाएको खाने कुराहरू भगवान्लाई चढाई पूजा गर्ने काम सकाउनुभएपछि मात्रै बिहानीको ल्होसारको चिया धेर्का खान्थ्यौं । ल्होसार्को पहिलो दिन आफ्नै घरको ठूलोबडाबाट घिउको टिक (ह्यार्का) लगाई आशीर्वाद लिइसकेपछि मात्रै गाउँको ठूलाबडा आदिबाट आशीर्वाद र ह्यारका लिने चलन थियो र अहिलेसम्म नै छ । त्यस बेला जसको घरमा जम्मा भयो त्यहीं सबैजनाले छयाङ् लु (छयाङ् गीत्) गाउनुहुन्थ्यो भने एकजना केटा मान्छेचाहिँ त्यही गीतको ताल र भावसँगै खुट्टा खुम्च्याउँदै खुट्टा हान्दै श्याब्रु गर्ने गरेको अनि गीत् गाउनेहरू कोही कोहीले आँसुसमेत झार्ने गरेको अहिले पनि मलाई याद आइरहन्छ ।

त्यस्तै गरेर एक अर्काको घरमा जाने, भोज खाने, गीत गाउने, नाच्ने, शुभकामना साटासाट गर्दै पूर्णेको दिनसम्म १५ दिन सोनाम लोसार मनाउने गरेको हामी सानो छँदा पनि थियो । अहिले पनि त्यसैगरी मनाइरहेको पाएको छु । केवल केही छिटफुट परिवर्तनहरूचैं अवश्य नै भएको छ हिजो र आजको सोनाम ल्होसारमा । तर परापूर्वकाल, बाजे बराजुदेखि नै ल्होसारलाई मुख्य चाडको रूपमा मान्दै आएको र अहिलेसम्म पनि निरन्तर् मुख्य चाडकै रूपमा ह्योल्मो समुदायहरूले लिँदै आएकोमा भने मलाइ एकदमै खुसी लागेको छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...