आफन्त कात्रो किन्न गइसकेका थिए – Janata Live
  • Sunday, February 5, 2023

आफन्त कात्रो किन्न गइसकेका थिए

  • पुष ३०, २०७५

आफन्त कात्रो किन्न गइसकेका थिए

पाउलो कोएलोले कतै लेखेका छन्, ‘प्रेम एउटा यस्तो पिँजडा हो, जुन पिँजडाभित्र अँध्यारो कहिल्यै हुँदैन ।’ सायद कोएलोले लेखेको यो अंश कामे मगरको जीवनसँग पूरापूर मेल खान्छ । कामे प्रेम बाँडिरहेछन् र त आफ्नो जीवन र जगत्को केवल उज्यालो पाटो मात्रै हेरिरहेछन् ।

आफूलाई सुकुम्बासी बताउँछन् कामे । भन्छन्, ‘मेरो आफ्नो भन्ने एक आना जमिन पनि छैन । मेरो बुवाआमा भाडाकै घरमा बस्नुभयो । म त्यहीं जन्मिएँ । कामे साइँलो छोरो, दुई दाजुभाइ बितिहाले ।’

आफ्नो लागि सम्पत्ति जोड्नेहरूको भीडमा कामे नितान्त फरक छन् । आफ्ना लागि होइन अरूका लागि बाँचिरहेका छन् । यो सहरमा अरूका लागि बाँच्ने फुर्सद सबैलाई कहाँ हुन्छ र ? तर कामे सानले बाँचिरहेछन्, अरूलाई प्रेम दिएर । निस्वार्थ प्रेममा कत्रो शक्ति छ ? जालझेल, स्वार्थ, तिकडम रच्ने यो बस्तीमा कामे एउटा यस्तो पात्र हुन् जो बिनाकारण असहाय र टुहुरा बच्चाहरूको हेरचाह, रेखदेख गरिरहेछन् ।

काठमाडौं खाल्डोको जोरपाटीमा रहेको सोलु चाइल्ड वेयलफेयर अरफान एसोसिएसनमा अहिले १२ ससना टुहुरा नानी बाबुहरू छन् । जसको रेखदेख, हेरचाह र पालन पोषण गर्ने खर्चचाहिँ कामे पर्यटकका भारी बोकेर जुटाउँछन् । उनको मासिक खर्च करिब सत्तरी हजारको हाराहारीमा छ ।
आफ्ना बालबच्चा नभएर उनले यी बालबच्चा लालन पालन र स्याहार गर्न थालेका पनि होइनन् । आजभन्दा १६ वर्षअगाडि नै कामे मगरले अन्तरजातीय विवाह गरे शेर्पाको छोरीसँग । उनका चार छोरीहरू छन् । ती सन्तानको शिक्षादीक्षाको व्यवस्था फ्रान्सका नागरिक माक फुयल एन्ड मार्टिन एन्ड म्यारीले गरिरहेका छन् ।

उनको मन टुहुरा बच्चाको लालनपालनमा लाग्नुका पछाडि केही कारण छन् । जब उनका बच्चाको शिक्षादीक्षाको चाँजोपाँजो फ्रान्सको नागरिकले गरे तब उनको मनमा एउटा विचार आयो, यी बच्चाका त बाबुआमा छन्, जसका शिक्षादीक्षाको लागि विदेशीले सहयोग गरेका छन् भने अभिभावकविहीन बालबच्चा जो असहाय र टुहुरा छन्, यिनको हेरचाहचाहिँ मैले गर्नुपर्दछ ।

यसअघि करिब दस वर्ष उनले विदेशीहरूको भारी बोकेर जीवन निर्वाह गरे । फिस्स हाँस्दै भन्छन्, ‘अहिले त एक स्टेप प्रमोसन भयो । दस वर्ष भयो कुक भएर काम गर्न थालेको ।’ आफूले पहिलो दिन भारी बोकेको सम्झन्छन्, ‘डुम्रेदेखि पोखरा हुँदै २८ दिनको अन्नपूर्ण राउन्ड गर्दा मेरो उमेर १५ वर्षको हाराहारीमा थियो । चालीस केजीको भारी बोक्नुपथ्र्यो आफ्नो सरसामानबाहेक ।’

साधारण लेखपढ र हस्ताक्षरसम्म गर्न आउने उनले सुनाए । ‘बाल्यकालदेखि नै मेरो स्वभाव अलि अनौठो थियो । भारी बोकेर आएको एक पैसा पनि मैले आफ्नो लागि राखिनँ, बाल्यकालदेखि नै बच्चाप्रति अगाध प्रेम थियो,’ २०२९ सालमा सोलुखुम्बु गार्मा ९ मा जन्मिएका मगरले सुनाए ।

तीनताक उनी पर्यटकको भारी बोकेर रुकुम गएका थिए । ‘साल त बिर्सिएँ । एउटा अनाथ बच्चामा उनको आँखा प¥यो । मेरो कोमल मन कुँडियो । त्यो पल त्यसै भयो । पाँच वर्षपछि जाँदा पनि सो बच्चाको हालत उस्तै थियो । मैले रुकुमबाट मनोज सुनुवारलाई उठाएर ल्याएँ । साथीसंगीले भने यो बौलायो ।’

अरूको कुरा काटेर आफ्नो मानो खाने समाज न हो । यही समाजले कोपर्निकस, न्युटन, आइन्सटाइनलगायतका विज्ञानका मसिहाहरूलाई बहुला र पागलको उपमा दिएको थिएन र ? उनको मनले हारेन । बाहिरका साथीहरूको कुरा सुनेनन् । आफ्नै अन्तरआत्माको आवाज सुने । र, आफ्नै यात्रामा कटिबद्ध र सक्रिय रहे ।

ब्लड क्यान्सर भएर उनले त्यस समय करिब पाँच लाख सकाइसकेका थिए र आफू मृत्युसँग जुध्दै थिए । बौद्धस्थित स्तुपा हस्पिटलबाट मेडिकल कलेज हुँदै बीएन्डबीसम्म पु¥याएका कामेलाई १२ घन्टा मात्रै बाँच्ने डाक्टरले नै सुनाएका थिए । र, आफन्त भने कामे अब बाँच्छ भन्ने आस नै मारेर कात्रो किन्न गएका थिए । आफ्नो गोजीमा एक रुपैयाँ थिएन । आफ्नो विगत सम्झँदै गर्दा कामेका आँखा केही रसाए । तैपनि सास छन्जेल आस भन्छन् । उनको जीवनमा भगवान्को रूपमा ग्यालसियर सफारीका धु्रव केसी उदाए । बाँकी खर्चको जोहो उनैले गरिदिए । र, त कामे तङ्ग्रिए । त्यसैले कामे धु्रव केसीलाई आफ्नो बाबु बराबर मान्छन् । यी यस्तै कारणले हो उनको मनमा पनि असहाय बालबच्चाको लालन पालन गर्ने र तिनको अभिभावक बनेर उनीहरूको मुहारमा खुसी भरिदिने सानैदेखिको रहर गाढा बन्दै गयो ।

कामे भन्छन्, ‘अरूलाई दुःख दिनाले आफूलाई पनि दुःख मिल्छ, अरूलाई खुसी दिनाले आफूलाई पनि खुसी मिल्छ, यो प्रकृतिको र जगत्को नियम हो ।’ रहर मात्रै गरेर हुँदैन । काम गर्नका लागि उनले अघिल्लो वर्ष मात्रै सोलु चाइल्ड वेलफेयर अरफान एसोसिएसन दर्ता गराए । र, अनाथ बालबालिका खोज्न थाले । अनाथ बालबालिकाको खोजीचाहिँ उनी समाचारका आधारमा गर्दछन् । हाल यो संस्थामा सोलुखुम्बु, नेपालगन्ज, ओखलढुंगा, सिन्धुपाल्चोक, रुकुमलगायत जिल्लाबाट गरी १२ जना पाँचदेखि बाह्र वर्षका टुहुरा र अनाथ बालबालिका छन् । नौवटा कोठा लिएर उनीहरूलाई राखेका छन् कामले, जसको भाडा मात्रै मासिक १६ हजार तिर्नुपर्दछ ।

यिनको पालनपोषण र शिक्षादीक्षाको लागि मासिक ७० हजार खर्च हुन्छ । त्यो कुनै दाताबाट आउँदैन । सबै खर्चको व्यवस्था उनी एक्लैले गरिरहेका छन् । ट्रेकिङ काम गर्दछन् । आएको पैसाले यी बच्चाहरूको लालनपालन र शिक्षादीक्षामा खर्च गर्छन् । हाल यी बच्चाहरू नर्सरीदेखि चार कक्षासम्ममा मिडिल लाइन्स बोर्डिङ स्कुल नयाँ बस्तीमा अध्ययनरत छन् ।

हिजो तिमीले घटिया काम ग¥यौ भन्नेहरू नै आज संस्थाको सदस्यता माग्न आइरहेका छन् । संस्थालाई सहयोग गर्नेहरूभन्दा पनि अहिले पीडित बच्चा पालिदिन प¥यो भन्दै दैनिक रूपमा उनको संस्थामा आउनेहरूको बाहुल्य छ । कुराकानीको बिट मार्ने क्रममा उनले सुनाए, ‘प्रधानमन्त्रीलाई देश चलाउन सजिलो होला बरु, किनकि त्यहँ त सरकारले नै बजेट छुट्याएको हुन्छ । तर एउटा संस्था जसलाई कहीं कतैबाट कुनै सहयोग छैन यस्तो संस्था चलाउन साह्रै गाह्रो हुँदोरहेछ ।’ यस्तो संस्थामा कुनै सरकारी गैरसरकारी दाताको नजर कहिल्यै पर्ला ???

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...