लामालाई राज्यले छुट्टै परिचय पत्र दिनुपर्छ- खेन्पो डा. ङिमा दोर्जे – Janata Live
  • Friday, February 3, 2023

लामालाई राज्यले छुट्टै परिचय पत्र दिनुपर्छ- खेन्पो डा. ङिमा दोर्जे

  • जनता लाइभ
  • पुष २८, २०७५

लामालाई राज्यले छुट्टै परिचय पत्र दिनुपर्छ- खेन्पो डा. ङिमा दोर्जे

खेन्पो डा. ङिमा दोर्जे ( नेमा लामा)
अध्यक्ष, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति

गौतम बुद्धले भनेका छन्, हत्या हिंसा, चोर्नु, ढाँट्नु र पाप गर्नु अधर्म हो । बुद्धको यही भनाइ विश्वभर छरिएका छन् । यहीँ सिद्धान्तलाई पछ्याइरहेका छन् खेम्पो ङिमा दोर्जे लामाले । उनको शाखा सन्तान सबै लामा हुन् । बाल्यकालदेखि बुवा गिन्छेन लामासँगै पूजापाठ गर्न सँगै जाने गर्थे । बेला–बेलामा बुद्धले दिएको सन्देशले उनको मन चस्किन्छ । त्यसपछि उनको मनमा सधैं आफ्नो धर्मप्रति आस्था थियो । बुवाले पूजापाठ गर्न बेलामा सधैं सहयोगीको रूपमा जाने गर्थे ।

‘सानो छँदा मलाई गाउँका बूढाबूढीले ढोग्न आउँथे । मलाई भने अप्ठ्यारो लाग्थ्यो । त्यसैले बूढाबूढीहरू देख्नेबित्तिकै भाग्ने गर्र्थें । प्रायः जंगलभित्र लुक्न जान्थेँ । किन मलाई ढोग्न आउँछन् जस्तो लाग्थ्यो । लाजले भुुतुक्कै हुन्थेँ । म सानै थिएँ त्यसैले होला,’ उनी भन्छन् ।

२०२८ सालमा रामेछाप जिल्ला हिलेदेवीमा जन्मेका हुन् ङिमा दोर्जे लामा । औपचारिक शिक्षा गाउँको श्रीकृष्ण माध्यमिक विद्यालयमा सुरु गरे । कक्षा ७ सम्म पढेपछि बुवा लामा भएकाले उनलाई पनि लामा नै हुने रहर जाग्यो । पढ्दा पढ्दै सोलुखुम्बु जूनबेसीमा लामा शिक्षा पढाउने स्कुल खुलेको खबर पाए । तर आफ्नो समस्याले त्यस स्कुलमा पढ्न पाएनन् । यद्यपि उनले आफ्नो बुवाबाट लामाका ज्ञानगुनका कुराहरू सिकिसकेका थिए ।

‘सबै नेपालीहरूले साथमा नागरिता बोकेर हिँडेका हुँदैनन् । त्यसैले नेपालका लामाहरूलाई एउटा परिचयपत्र दिने व्यवस्ता गर्नुपर्छ । नेपाली लामाहरू विदेश जाँदा पनि नेपालको पहिचान दिन सक्ने वातावरण बनाउन राज्यले कदम चाल्नुपर्छ ।’

रामेछापका भूपूमन्त्री आङछिरिङ लामाले उनलाई लामा शिक्षा अध्ययनका लागि भारतका महेश्वर नाम्डो लिङ गुम्बामा जाने मौका दिलाइदिए । ‘मन्त्री लामाको आग्रह थियो र मेरो इच्छा पनि थियो,’ उनले भने । त्यसपछि उनी २०४६ को आन्दोलनका बेला भारतका गुम्बामा पढ्न गए । गुम्बामा अध्ययन गर्नका लागि आफूलाई सहोदर दाइ छिरिङले धेरै सहयोग गरेको ङिमा सम्झिन्छन् ।

गुम्बामा भर्ना गर्दा उनलाई निकै कठिनाइ भयो । आफू लामा भए पनि लामा भाषामा अनभिज्ञ थिए । दुईवटा भाषामा सिक्नुपर्ने हुन्थ्यो, ओमेन र ओछेनका कखरा । यद्यपि लामा भाषा सामान्य लेख्न र पढन जान्दथे, बुवाले घरैमा अलिअलि सिकाएको हुनाले । त्यो घरको आनौपचारिक शिक्षा मात्र थियो । त्यही सामान्य सिकाइका आधारमा उनले आफ्नो अध्ययन अगाडि बढाए ।

‘पहिलो वर्षको अध्ययनपछि नै गुरुले क्लास जम्प गर्ने मौका दिनुभयो । मलाई झन् त्यसले हौसला मिलेको थियो,’ उनी भन्छन् । लोपेन ४ वर्षमा सिध्याए । त्यतिबेला ३ प्रकारको शीलको बारेमा अध्ययान गर्नुपर्ने हुन्थ्यो । लोपेनको ३ वर्षपछि लामाको डाक्टर खेन्पोको शिक्षा हासिल गरे । खेन्पो भएपछि २ वर्षसम्म भारतका गुम्बामा प्रोफेसरको रूपमा काम पनि गरे । गुम्बाका म्यानेजरसमेत भएर उनले काम गर्ने मौका पाएका थिए । गुम्बाको काम गर्दा गर्दै गाउँमा बुवाको बिरामीको खबर आयो । उनी १ महिनाको बिदा लिएर बुवालाई भेट्न आए । बुवालाई हस्पिटलमा ५-६ महिनासम्म राख्नुप¥यो । उपचार गर्दा गर्दै ७४ वर्षको उमेरमा बुवा बित्नुभयो । त्यसपछि ङिमा नेपालबाट फर्किन सकेनन् । किनकि गाउ“मा आमा एक्लै हुनुहुन्थ्यो । उनी भन्छन्, ‘आमा र आफू जन्मेको ठाउँले छोडेन मलाई । मैले आफ्नै ठाउँमा नजानेका र नभुझेकालाई धर्मको शिक्षा दिई समाजको संस्कृतिलाइ परिवर्तन गर्नु थियो ।’

ङिमा अगाडि थप्छन्, ‘गौतम बुद्धको सन्देशलाई अगालेर आफ्नो समाजलाई अघि बढाउने सोच लिएँ । आफ्नो गुरुले पढ्ने बेलामा भनेका थिए । तिमीहरूले पढाइ सिध्याएपछि आफ्नै गाउँ ठाउँमा गएर समाजलाई अगाडि बढाउने काम गर्नु । मैले गुरुको भनाइलाई सम्झेर केही समय नेपाल फर्केपछि काठमाडौंको तीनचुलीस्थित बौद्ध जागरणमा केही समय निःशुल्क शिक्षा दिएँ । ८-९ महिनासम्म आमा समूहलाई पाठपूजा गर्ने कार्य निःशुल्क सिकाइदिएँ ।’

खेन्पो भएपछि स्वतन्त्र रूपमा काम गर्न पाइन्थ्यो । त्यसैले उनले आफ्नो समाजका पिँढीहरूलाई सिकाइदिने अवसर मिल्यो । उनी बेला बेलामा भावुक हुन्छन्, सानै उमेरमा नेपालबाट भारतमा पढ्न गएको बेला सम्झेर । ‘सञ्चारको ठूलो अभाव थियो । घरमा चिठी पठायो भने ६ महिनामा पुग्थ्यो । हामी सबै चेलाहरूको उस्तै कन्डिसन थियो । खुट्टामा चप्पल थिएन, लुगा सबै फाटिसकेको हुन्थ्यो । गुम्बाबाट बहिरा निस्केर जहाँजहाँ फोहोरको डस्टबिन छ त्यहाँ गएर हामी अरूले फालेको थोत्रो चप्पल खोजेर लगाउने गथ्र्योँ । घर परिवारलाई भेट्न नपाउँदा धेरै दुःख लाग्थ्यो । गुम्बाले १ सय ५० वटा गाई पालेको थियो । हामी सबैले पालैपालो गाईको दूध दुहुने र स्याहारसुसार गर्नुपर्ने हुन्थ्यो । हामी सबै मिलेर काम गथ्र्यौं । हामीलाई गुम्बाले मनोरञ्जन लिने सबै काममा प्रतिबन्ध गरेको थियो ।

गुरुले दिएको पाठले नै अहिले यो ठाउँसम्म पुगेको उनलाई विश्वास छ । ‘अब मैले धर्मलाई नै अगालेर देशका सबै बौद्ध धर्मावलम्बीको सेवा गर्नुपर्छ,’ उनी भन्छन् । ब्याच्लर डिग्री सिध्याएपछि आफ्नो खाली समयलाई सदुपयोग गर्न उनले राति ९ः३० देखि १०ः३० सम्म नेपाली भाइबहिनीलाई सिकाउने काम गरे । फर्पिङमा रहेको खेन्पो साङ्ग रङ्ज्युङको गुम्बामा ३ सयजना विद्यार्थीलाई उनले १ वर्ष पढाए । अरूको सेवा गर्न पाउँदा नै आत्मसन्तुष्टि मिल्ने उनको अनुभव छ । नेपाल सरकारअन्तर्गत रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा समितिमा अध्यक्ष पदको लागि आवेदन दिएका थिए । आफ्नो बायोडाटा लिएर अध्यक्ष पदको लागि आवेदन पेस गरे । जम्मा १८ जनाको प्रतिस्पर्धामा अन्तर्वार्ता दिएर उनी छनोट पनि भए । बुद्धको आशीर्वादले आफू गुम्बाको अध्यक्षमा नियुक्त भएको सुनाउँछन् । ‘मैले मन्त्रीहरूलाई प्रवचन दिएको थिएँ । मैले दिएको प्रवचनले मन्त्रीहरू लठ्ठिएजस्ता हुन्थे । त्यही भएर पनि म अध्यक्षमा नियुक्त हुन पाएको हुँ,’ ङिमाले भने । आफ्नो कार्यकालको सुरुमै उनले नयाँ नयाँ योजनाहरू पेस गरे । ती योजनाहरूलाई गाउँसम्म पु¥याउने काम गरे । १ वर्षभित्र सामान्य उपचार गर्ने योजना अघि सारे । गाउँघरका सामान्य जडिबुटीहरू संकलनको काम पनि गरे ।

विकट गाउँमा गएर बौद्ध धर्मको विषयमा शिक्षा दिने काम भयो । गुम्बाहरूको व्यवस्थापन गर्न सफल भए । भारतमा २ पटक बौद्ध धर्मका विषयमा विभिन्न प्रशिक्षण दिने काम पनि गरेका थिए । विदेशमा तान्त्रिक विधिअनुसार नेपालको हेलम्बु केमारुङ, गोरखा नुभरीमा, पेमा क्ये र भारतका पदम चाल प्रदेशमा महागुप्ता क्षेत्र पर्ने उनी बताउँछन् । उनले गुम्बा विकास समितिमा रहँदा १ करोड रुपैयाँ बजेट थियो । त्यसबाट विभिन्न दुर्गम जिल्लाका गुम्बाहरू सुधार गर्नका तथा नयाँ गुम्बाहरूलाई अध्ययन गरी अनुदान दिन थालियो । गुम्बालाई ३० देखि ३५ लाखसम्म अनुदान दिने र प्रशासनिक खर्च ६० लाखसम्म हुन्थ्यो । उनको कार्यकालमा १ करोडदेखि ४ करोड ८० लाखसम्म पु¥याउन सफल भए । विभिन्न ठाउँका २ सय गुम्बाहरूलाई अनुदान दिइसकेका छन् ।

१ वर्षको अन्तरालमा सरकार परिवर्तन भयो । उनको कार्यकाल ५ वर्षको थियो । स्थानीय मन्त्रालयमा नेपाली कांग्रेसका मन्त्री पूर्णकुमार शेर्माले उनलाई अवकाश दिई आफ्नो मान्छेलाई नियुक्त गरे । २०३४ देखिको स्थापनाकालदेखि बौद्ध धर्मको लामालाई मात्र राख्ने प्रावधान थियो । विज्ञ लामाहरूबाहेक अरूलाई राख्ने चलन थिएन । गुम्बा व्यवस्थापन समितिमा खेन्पो शिक्षा हासिल गरेको व्यक्ति चाहिन्थ्यो । नयाँ नियुक्त भएका व्यक्तिले खेन्पो शिक्षा हासिल गरेका थिएनन् । त्यसैले उनी केही समयपछि अवकाश भए । त्यसपछि बौद्ध धर्मावलम्बीहरूले गुम्बा व्यवस्थापन समितिमा ताला लगाएर आन्दोलनमा उत्री पुनः ङिमालाई नियुक्त गर्न माग राखेका थिए । तर ललितपुर गाविसका मेयरलाई अध्यक्षमा नियुक्त गरियो । त्यो बेला मन्त्रीले ठूलो गल्ती गरेको बताउँछन् ङिमा । बौद्ध धर्मावलम्बीहरूले त्यसलाई अस्वीकार गरे । नियमविपरीत भयो भन्दै नारा जुलुस लिएर ताल्चा नै लगाएका थिए ।

उनलाई बौद्ध धर्मका ठूलो व्यक्तिबाट सल्लाह सुझाव आयो सर्वोच्चमा रिट हाल्नुस् भनेर । उनले पनि ती सल्लाहलाई मनन गर्दै आफ्नो पदमा पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दर्ता गरे । सर्वोच्चले पनि उनको पक्षमा निर्णय ग¥यो । २ वर्षपछि उनी पुनः नियुक्त भए । एक वर्षको अवधिमा विभिन्न कार्ययोजनाहरू तयार गरे । विभिन्न ठाउँमा जीर्ण अवस्थामा रहेका गुम्बाहरूलाई अनुदान दिई सुधारका काम थाले । ‘हामी बौद्धमार्गीहरूलाई सरकारले बेवास्ता गर्ने गरेको छ,’ ङिमा भन्छन्, ‘बिनाकसुर नेपाली लामाहरूले दुःख पाइराखेका छन् । राज्यले एउटा संयन्त्र बनाएर सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ । नागरिकता नहुँदा बाहिर हुने विभिन्न किसिमका गतिविधि लामाहरूले गरेका भन्ने आरोप लाग्छ । बेला बेलामा नेपाली लामाहरूलाई प्रशासनले विदेश जानबाट रोक्ने गरेको छ, तिब्बती शरणार्थी भनेर ।’

नेपालको गृह प्रशासनले यसका लागि समन्वय गर्नुपर्ने बताउँछन् ङिमा । आफूहरूले राज्यबाट नेपाली परिचयपत्र बनाइदिने पहल गर्दै आइरहेको उनी सुनाउँछन् । ‘सबै नेपालीहरूले साथमा नागरिकता बोकेर हिँडेको हुँदैन । त्यसैले नेपालका लामाहरूलाई एउटा परिचयपत्र दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘नेपाली लामाहरू विदेश जाँदा पनि नेपालको पहिचान दिन सक्ने वातावरण बनाउने राज्यले कदम चाल्नुपर्छ,’ उनी भन्छन् । उनी अध्यक्ष रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले ६ महिना जति अघि एउटा फाइल पेस गरेको छ, लामाहरूले पनि स्वतन्त्र रूपमा नागरिकताबिना हिँड्न पाउने वातावरण प्रदान गर्नका लागि । राज्यले नेपाली लामाहरूलाई कुनै सेवा–सुविधा दिन सकेको छैन । अब राज्यले नेपाली लामाहरूलाई कम्तीमा परिचयपत्र दिने काम गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी नेपाली लामालाई प्रशासनले तिब्बती शरणार्थीको आशंकामा दुःख दिने काम भइरहेको छ । त्यसैले हाम्रो गुम्बा व्यवस्थापन समितिले परिचयपत्रको माग गरेको हो,’ उनले भने । नेपाल सरकार स्थानीय विकास मन्त्रालयअन्तर्गत भएकाले गुम्बा व्यवस्थापन समितिबाट पहल भएको बताउँछन् लामा । बौद्ध धर्मावलम्बीहरूले समाजमा विज्ञ गुरुहरूलाई लिएर आफ्नो धर्मको प्रचार प्रसार गर्नु आवश्यक रहेको उनको ठम्याइ छ । ठाउँ–ठाउँमा जन्मेका गैरसरकारी संस्थाहरूले पनि बौद्ध धर्मको प्रचार–प्रसार गर्नुपर्ने उनी बताउँछन् ।-प्रकाशितः २०७० वैशाख

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...