घुम्नु त पर्छ है ! – Janata Live
  • Friday, February 3, 2023

घुम्नु त पर्छ है !

  • आकृती उप्रेती
  • पुष २८, २०७५

घुम्नु त पर्छ है !

जीवन एउटा यात्रा हो । जीवनयात्रामा थुप्रै उकाली र ओरालीहरू आउँछन् । अनगिन्ती भञ्ज्याङ र चौतारीहरू आउँछन् । अनि आउँछन् ठूला–ठूला जँघार, खोला र नालाहरू पनि । जीवनभोगाइका क्रममा मानिसले अनेकौँ यात्रा गर्नुपर्ने हुँदो रहेछ । कुनै रहरले त कुनै कहरले । कुनै मनोरञ्जन त कुनै व्यापारिक अभिलाषाले ।

जीवनमा धेरै यात्रा वा भ्रमण गरिन्छ तर ती सबै सम्झनलायक हुँदैनन् । २०७४ पुस २६ गतेदेखि २०७४पुस ३० गतेसम्म मेरो विद्यालय मेरिडियन इन्टरनेसनल स्कुलले नेपालको रमणीय स्थल पोखरा र चितवनको शैक्षिक भ्रमणको आयोजना गरेको थियो । विद्यालयद्वारा आयोजित यो शैक्षिक भ्रमण नै मेरो आजसम्मको सबैभन्दा रमाइलो यात्रा हुन पुग्यो । यात्रा वा भ्रमण भनेको विभिन्न ठाउँहरूको अवलोकन भ्रमण गर्दै इन्द्रियजन्य ज्ञान प्राप्त गर्नु हो । हामी सबै साथी र गुरु १३५ जनाको टोली, विद्यालयका प्रधानाध्यापक प्रभुलाल शाह सरको नेतृत्वमा भ्रमणमा निस्किएका थियौँ । बिहान ६ बजे नै विद्यालयमा जम्मा भएर हामी पृथ्वी राजमार्ग हुँदै मलेखुमा खाना खाएर त्रिशुली नदीको किनारमा तस्वीर खिचाएर अगाडि बढ्यौँ ।

पृथ्वी राजमार्ग वरपरको खेतबारी, वन, पहाड, नदी र रमणीय प्राकृतिक दृश्य नियाल्दै घाँसी कुवामा भानुले प्रेरणा पाएको ठाउँ हेरी हामी वेगनास पुग्यौँ । ताल ठूलो र सफा रहेछ । साँच्चै पोखरा त प्रकृतिको रमणीय स्थल नै लाग्यो । त्यस दिन बेलुका फेवातालको किनारी बजार घुमफिर गर्दै होटलको सभाहलमा मनोरञ्जनात्मक कार्यक्रम गरी होटलमा विश्राम लियौँ । दोस्रो दिन हाम्रो योजनाअनुसार बिहान चाँडै नै बौद्धशान्ति स्तुपा हेर्नको लागि एक घण्टाको बाटो उकालो चढेपछि शिखरमा पुग्यौँ । त्यहाँबाट पोखराको दृश्य हेर्दा धेरै नै राम्रो लाग्यो । माछापुच्छे« र अन्नपूर्ण हिमालको काख प्रकृतिको मनोरम नगरी पोखरा ज्यादै सुन्दर लाग्यो । कतै लुकेकी कतै देखिएकी सेती नदी, चिप्लेढुंगा, महेन्द्रपुल बजार, विभिन्न ताल र त्यहाँबाट हेर्दाको दृश्य बिर्सिनसक्नु लाग्यो । हामीले त्यसै दिन बिन्ध्यवासिनी, ताल–वाराही, गुप्तेश्वरी गुफा, पाताले छाँगो (डेविज फल्स), महेन्द्र गुफा, चमेरे गुफा आदिको अवलोकन भ्रमण ग¥यौँ ।

तेस्रो दिन पोखराबाट हामी चितवन, सौराहातिर रमाइलो गर्दै चारओटा हरियो प्लेट नम्बरका पर्यटक बसमा सुन्तला खाँदै गयौँ । त्यही दिन खाना खाएर थारु गाउँ र सङ्ग्रहालयको अवलोकन गर्दै सूर्यास्तका दृश्य क्यामरामा कैद ग¥यौँ । बेलुका होटलमा थारू नाच र संस्कृतिमा रम्यौँ र रमायौँ । चौथो दिन जङ्गल सफारीअन्तर्गत हात्ती चढेर जंगल घुम्दा गैँडा, बँदेल, जरायो, हरिण, मयूर आदि जीवजनावर हे¥यौँ । त्यतिबेला ३५ वटा हात्तीमा सम्पूर्ण मेरिडियन परिवार जंगल घुम्दा साह्रै रमाइलो लाग्यो । त्यस दिन दिउँसो हामीले हात्ती प्रजनन केन्द्र र प्रकृतिसम्बन्धी संरक्षण सङ्ग्रहालयको पनि दृश्य अवलोकन गरी जानकारी लियौँ । बेलुका सौराहा बजार घुम्दै किनमेल गरी खाजा खाएर फर्कियौँ । अन्तिम अर्थात् पाँचौ दिन हामी नुहाइधुवाइ गरी बिहान ८ बजेतिर काठमाडौँको लागि प्रस्थान ग¥यौँ र बाटोमा रमाइलो गर्दै बेलुका १० बजेमात्र बालुवाटार, काठमाडौँस्थित विद्यालयमा आइपुग्यौँ अनि आ–आफ्ना घर प्रस्थान ग¥यौँ । यस भ्रमणले मेरा साथीहरूबीचको सामीप्यता र घनिष्ठता ज्यादै बढायो । विद्यालयमा कडा अनुशासनमा प्रस्तुत हुने गुरुहरूले भ्रमणमा देखाउनुभएको उदार व्यवहारले हामीलाई झन् खुसी बनायो ।

निष्कर्षमा यो यात्रा निकै रोमाञ्चक र अविस्मरणीय रह्यो । भ्रमण अवधिको पाँच दिन हामीलाई एकैछिनमा गएको जस्तो लाग्यो । म फर्किँदै गर्दा मनभित्र अनेक भावहरू उथलपुथल गरिरहे । एउटा कुरा के लाग्यो भने मैले पोखरा र सौराहाको बारेमा जे सुनेकी थिएँ, जे पढेकी थिएँ, त्यसभन्दा दसौँ गुना सुन्दर रहेछ । सौन्दर्य भन्ने कुरो वर्णनातीत भएरै होला – पोखरा, सौराहाको रमणीयतालाई उपयुक्त शब्दमा बाँध्न नसकिएको । यी ठाउँहरूलाई पढेर होइन, सुनेर होइन, हेरेर र भोगेर आनन्द लिनुपर्दो रहेछ । हो, सौन्दर्य भन्ने कुराले आँखाको बाटो हुँदै गएर हृदयलाई छुँदो रहेछ । त्यसरी छोइएको सुन्दरताले नै मान्छेलाई अभिभूत बनाउँदो रहेछ । लठ्याउँदो रहेछ । झन् हामी नयाँ कुराको अध्ययनमा रुचि राख्ने विद्यार्थीका लागि यस्तो शैक्षिक भ्रमण अति नै प्रभावकारी हुन्छ । हामीले रमाइलोसँगै धेरै कुराहरू सिक्ने मौका पाउँछौँ । अहिलेसम्मको मेरो जीवनको सबैभन्दा रमाइलो यात्रा बनेको ती भ्रमणका क्षणहरू सम्झँदा अहिले पनि मनमा ज्यादै आनन्द लाग्छ ।

(आकृति उप्रेती मेरिडियन इन्टरनेसनल स्कुल, बालुवाटार, काठमाडौँका विद्यार्थी हुन् ।)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...