सजायको अमानवीय अवतार – Janata Live
  • Friday, February 3, 2023

सजायको अमानवीय अवतार

  • एजेन्सी
  • पुष २८, २०७५

सजायको अमानवीय अवतार

बच्चाहरू अवोध हुन्छन् । उनीहरूले गल्ती पनि गर्छन् । कतिपय अवस्थामा उनीहरूलाई सुधार्नको लागि सुहाउँदो सजाय दिनुपर्ने हुन्छ । त्यो सजायले उनीहरूमा शारीरिक तथा मानसिक आघात भने पर्नुहुन्न । तर, उनीहरूलाई सजाय दिने नाममा दिइने पीडाले भने उनीहरूमा कस्तो प्रभाव प¥यो भन्ने कुरा हामीले सोचेको भन्दा पनि पर हुन सक्छ । यस्तै सजाय दिइएका छन्, विश्वमा । जसले गर्दा उनीहरूको शारीरिक तथा मानसिकरूपमा ठूलो क्षति भएको छ ।

१) घुँडाले केराउका गेडा टेक्ने

झट्ट हेर्दा कुनै रोग लागेर फोका उठेको जस्तो देखिने यो फोटो खासमा एक एसियाली स्कुले केटीलाई दिइएको सजायको उपज हो । उनलाई लामो समयसम्म घुँडाले केराउको गेडामा टेक्न लगाइएको थियो । यस प्रकारको सजाय विशेष गरी एसियाली मुलुकहरूमा दिइने गरेको छ । जसमा विद्याथीहरूलाई घण्टौँसम्म दुवै हात माथि उठाएर केराउका गेडागुडीमा उभिन लगाइन्छ ।
चीनमा एक विद्यार्थीलाई उक्त सजाय दिएको तस्वीर खिची इन्टरनेटमा हालिएको सन्दर्भमा उनलाई विद्यालयबाट निकालिएको पनि थियो । यस्त,ै अर्को घटना थियो फ्लोरिडाका एक वृद्धवृद्धाले आफ्नो नातिलाई लगातार १० दिनसम्म दिनको ९ घण्टासम्म घुँडाले टेक्न लगाएका थिए ।

२) मैनबत्तीले हात पोल्ने

एक महिनाअघि मात्र झारखन्ड चक्रधरपुरको बेरिता मेमोरियल विद्यालयका प्रधानाध्यपकले पैसा चोर को हो भनी पत्ता लगाउनका लागि उक्त सजाय दिएका थिए । यदि आफूले पैसा नचोरेको भए आगोमा हात राख्दा पनि नपोल्ने भनेर प्रधानाध्यापकले भनेपछि सबै विद्यार्थीले आगोमा हात राखेका थिए । विद्यार्थीहरूमध्ये रोसनको हात पोलेर ठूलो फोका नै उठेको थियो । उनलाई अस्पताल नै लानुपरेको थियो । उक्त घटनापछि प्रधानाध्यापक सुशान्ती हेम्ब्रमलाई पदविमुख गराएको थियो ।

३) नांगै पारेको

यो घटना मार्च सन् २०१७ मा भारतको उत्तर प्रदेशमा भएको थियो । कस्तुरबा गान्धी रेसिडेन्टल गल्र्स स्कुलमा भएको यो घटना शौचालयमा रगत देखेपछि घटेको देखिन्छ । कसलाई महिनावारी भएको हो भनेर जान्न खोज्दा कोही पनि नबोलेपछि होस्टेलकी वार्डेन तथा प्रिन्सिपलले सबै केटीहरूलाई नांगै पारी जाँच गरेका थिए । ७० जना १० वर्षीय बालिकालाई नांगै पारिएको थियो । यस प्रकारको सजायले पक्कै पनि उनीहरूमा नकारात्कताको सिर्जना गर्छ । पछि उक्त वार्डेनलाई कारबारी गरिएको थियो ।

४) हात समातेर बस्नुपर्ने

सुन्दा सरल लाग्ने यस सजायले वेष्टवुड हाइ स्कुलका दुई विद्यार्थीको झगडा भएको थियो । उनीहरूलाई स्कुलका प्रिन्सिपलले ‘कि त विद्यालय छोड्ने कि त चोकमा एकअर्काको हात समातर बस्ने’ भनेका थिए । यस्तोमा हात समातेर एकछिन बस्न सरल लागेको भए पनि उक्त सजायले उनीहरूलाई मानसिकरूपमै असर ग¥यो । उनीहरूलाई समलिंगी भनेर जिस्क्याउनेसम्म पनि गरियो । जसले गर्दा उनीहरू मानसिकरूपले बिरामी नै भएका थिए । अन्तमा उनीहरूले कहिल्यै पनि झगडा नगर्ने प्रण गरे ।

५) थेरापी ब्याग

थेरापी ब्याग । नाम सुन्दा हामीलाई थेरापी दिने आरामदायी ब्यागजस्तो लाग्न सक्छ । तर, सुन्दा जति आरामदायीजस्तो लाग्छ, त्योभन्दा पनि कष्टकर हुन पुग्छ यो सजाय । जसले भोगेको छ । कक्षा ३ मा पढ्ने क्रिस्टोफर बेकरलाई ब्यागभित्र थुनेर यातना दिइएको थियो । विद्यालयले उसलाई २० मिनेटभन्दा बढी उक्त ब्यागभित्र नथुनेकोे दाबा गरेको भए तापनि क्रिस्टोफरकी आमाका अनुसार उनी पुग्दा क्रिस्टोफर ब्यागभित्रै चिच्याउँदै ब्यागबाट निक्लन खोजिरहेका थिए । यो सजाय दिने शिक्षकलाई पनि निलम्बित गरिएको थियो । र त्यस क्षेत्रमै अहिले सजाय मुक्तक्षेत्र घोषणा गरिएको छ ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...