पहिले बेसहारा अहिले बेसहाराका सहारा – Janata Live
  • Friday, February 3, 2023

पहिले बेसहारा अहिले बेसहाराका सहारा

  • जनता लाइभ
  • पुष २७, २०७५

पहिले बेसहारा अहिले बेसहाराका सहारा

मेरो औपचारिक शिक्षा नभए पनि मैले पढ्न जानेको थिएँ । नेपाली लेखक कर्ण शाक्यको किताब किनेर पढ्ने गर्थेँ । उहाँको किताबको शिक्षाबाट समाजसेवा गर्नुपर्छ भन्ने भावना जाग्यो मभित्र । त्यसैले त अहिले म समाजमा उत्पीडनमा परेका बच्चा, अनाथ, अपाङ्ग, असहायजस्ता बच्चाहरूको बावु बन्न पुगेको हुँ ।

अनकण्टार जंगलमा एक्लै हिँडिरहेको हुन्छु । चारैतिर घना जंगल मात्रै देख्छु । कहीं कतै केही पनि देखिँदैन । सुन्छु चराको आवाज मात्र । चराचुरुङ्गीको चिरबिर अवाजले मनलाई ढुल्मुल्याउँछ । अनि मनले अनेकन सोच्छ, गर्छ ।

न त मेरो बाबु नै छ, न त आमा नै यो बालकको । गाउँमा कोही पनि छैन । गाउँमा काम खोजी जीवन जिउनलाई नै कामको खोजी गर्छु । जिन्दगी खै के खै । केही बेर मनमा गुनगुनाउँछु । मनमा तहनहस पीडाले तड्पिन्छु । गाउँमा काम नपाएपछि चौरी गोठमा काम खोज्न पुग्छु । हिमाली भेगका मान्छेहरूको पेसा चौरीपालन हुन्थ्यो ।

हिँडाइको रहस्य थियो, नौ महिनामै बुवाले आमालाई छोडेर अर्कै केटी लिएर हिँडे । आमाले केही समय स्याहारिन् । त्यसपछि आमाले पनि १८ महिनाको मलाई हजुरआमाकहाँ छाडेर अर्कै केटासँग विवाह गरिन् । म हजुरआमासँगै बसेँ । मलाई हजुरआमाको सहाराले नै पुग्थ्यो आमा र बावुको माया । ३ वर्षमा हजुरआमा पनि विरामी हुनुभयो । उहाँ बिरामीबाट फुत्किन सक्नुभएन । उहाँले त्यही बेर संसारलाई माया मार्नुभयो र मलाई पनि सधैंका लागि एक्लो बनाएर छाडेर जानुभयो । मलाई उहाँले पनि छोडेर गएपछि केही बेर भक्कानो फुटाएर रोएँ ।

यो थियो देण्डी शेर्पाको बाल्यकालको कहानी । उनी सम्झिन्छन्, ‘त्यसपछि मेरो जीवन गुजारा गर्ने सहारा केही पनि थिएन । म बेसहारा भएँ । मेरो गाउँमा कोही पनि आफन्त थिएनन् । तैपनि बाँच्नु त प¥यो । बाँच्नका लागि गाउँमा ज जसले खाना दिन्छन् म उसैको पछि लाग्ने गर्थेँ । आखिर म बेसहारा न थिएँ । गाउँका मान्छेहरू सबैलाई थाहा थियो म टुहरो बच्चा भन्ने । त्यसैले मलाई गाउँका केही व्यक्तिले खाना खुवाउने गर्थे । केही समय यसैगरी जीवन गुजारा भयो । गाउँकै मान्छेको चौरीपालन गोठ थियो । ३ वर्षसम्म स्याङमा चौरीखर्कमा चौरीको गोठालो बनें । खाना लगाउन दिन्थे । वर्षमा एक सय ज्याला दिने कुरा भएको थियो । ३ वर्षसम्म चौरी गोठालो भएर काम गरें । चौरी गोठबाट हरेक हप्ता ४–५ वटा झ्योपक्याकमा घिउ र सेरकाम लिएर लुक्ला र नाम्चेको सहरमा बेच्न लान्थेँ । तर चौरीपालन गर्ने साहुले मलाई नोकरी गरेको तलब दिएन । त्यसैले मैले चौरी गोठको काम छाडेँ ।’

जीवनलाई सामान्य रूपमा लिन्छन् देण्डी शेर्पा । जीवन संघर्षका लागि नै त हो । संघर्ष नै नहुने भए जीवनको अर्थ के भयो र ! मान्छेले जीवनलाई गलत रूपमा पनि प्रयोग गर्छन् । तर जो मान्छे बुझ्छ त्यसले कहिलै जीवनलाई यसै गुम्न दिँदैन भन्ने उनको ठम्याइ छ । गरिब, अनाथ र अपाङ्गलाई सहयोग गरी उनीहरूको जीवनलाई परिवर्तन गरिदिन सके त्यो नै जीवनको सार्थकता हुने बुझाइ छ देण्डीको ।

उनी अगाडि सम्झिन्छन्, ‘सोलुखुम्बु पर्यटकीय स्थल मार्ग थियो । विभिन्न देशबाट पर्यटकहरू सगरमाथा हिमाल चढ्नलाई जान्थे । गाउँका मान्छेहरू पनि ट्रेकिङ व्यवसायमा संलग्न थिए । चौरी गोठ छाडेपछि मैले पर्यटकहरूको कुल्लीको रूपमा काम गर्न पाएँ । ७ वर्ष पर्यटकको भारी बोक्न सघाएँ । दिनको सात रुपियाँ थियो ज्याला । ट्रेकिङ पेसामा काम गर्दागर्दै केही समय पैसा कमाउनलाई साथीहरूसँग भारतको सिक्किम गएँ । ३ वर्ष बसें । केही समयपछि धरान फर्केँ । धरान आएपछि रिक्सा चलाउने काम पाएँ । रिक्सा चलाएँ । गाडीको खलासी बन्ने काम पनि गरें । फेरि नेपालमै फर्केँ र ट्रेकिङ पेसामा नै हात हालें । नेपालमा एक सिजन मात्र ट्रेकिङ चल्ने गथ्र्यो ।

ट्रेकिङको सिजनमा ट्रेकिङको काम गरेँ र अफ सिजनमा गाउँमा दाउरा काटेर बेच्ने काम पनि गरें । त्यो बेला ट्रेकिङ गर्न आउने फ्रान्सेली र स्विस पर्यटक बढी थिए । मकालु हिमालमा मकालु एक्स्पिडिसन संस्थाबाट कुल्लीको रूपमा गएको थिएँ । त्यही बेलामा पर्यटकले ‘क्लाइमिङ शेर्पा’ लाई फर्काए । मलाई चाहिँ त्यहीँ राखे । फ्री गाइड एसोसिएसन स्योमोनिकले ट्रेनिङ गर्न लगाए । त्यो ट्रेनिङ विश्वमा जो–जो व्यक्तिले हिमाल चढ्छ त्यो व्यक्तिलाई मात्र दिने प्रावधान रहेछ । मैले पनि संयोगले हिमालमा चढ्न जाने ट्रेनिङ सिक्ने अवसर पाएको थिएँ । र, यहीबाट फ्रान्स जाने अबसर मिल्यो ।

फ्रान्स त पुगियो । तर भाषाले गर्दा केही समय समस्या पा-यो । हात र मुखको इसाराले काम गरेँ । फ्रान्समा मलाई बच्चा हेर्ने काममा लगाइयो । मैले फ्रान्सका बच्चासँग खेल्दै–खेल्दै भाषा सिक्न सफल भएँ । भाषा नआउँदा मनमा सम्झन्थेँ, ‘कहिले नेपाली भाषाजस्तै खरर बोल्ने होला ।’ अनि आफ्नै देशमा फर्किने सोच आउँथ्यो । फ्रान्सकै नागरिकको सहयोगमा ३–३ महिनाको अवधिमा १६ देश गुम्न पाएँ । ट्रेकिङमा विभिन्न ठाउँमा जाने गर्थेँ । विभिन्न किसिमका व्यक्तिहरू भेट हुन्थे । कोही गरिब, कोही असहाय, टुहुरा, उत्पीडनमा परेका बच्चाहरू । मनले सोच्यो म पनि कुनै समय यस्तै थिएँ । आखिर संघर्ष गरेर यो अवस्थामा पुगें ।

मेरो औपचारिक शिक्षा नभए पनि मैले पढ्न जानेको थिएँ । नेपाली लेखक कर्ण शाक्यको किताब किनेर पढ्ने गर्थेँ । उहाँको किताबको शिक्षाबाट मैले समाज सेवा गर्नुपर्छ भन्ने भावना जाग्यो मभित्र । त्यसैले त अहिले मैले समाजमा उत्पीडनमा परेका बच्चा, अनाथ, अपाङ्ग, असहायजस्ता बच्चाहरूको बाबु बन्न पुगेको हुँ ।

ट्रेकिङ जाने बेलामा गोरखा गाउँबाट ३ जना टुहुरा बच्चालाई लिएर आएँ । बाल अपाङ्ग टेवा नामक एनजीओ दर्ता गरेँ २००६ सालमा । मैले विदेशी साथीहरूसँग संस्थामा बच्चाहरूलाई पढाउन र पाल्नका लागि सहयोग मागेँ । नेपाली ट्रेकिङ व्यवसाय गर्ने साथीहरूसँग पनि सहयोगहरू मागेर संस्था चलाएँ । २०१० मा फ्रान्समा पनि ‘पिटित लुफ दु काठमाण्डु’ नामक संस्था दर्ता गरेँ । फ्रान्सको कानुनअनुसार नेपालमा रहेको अनाथ, असहाय र टुहुरा बच्चाहरूलाई सहयोग गर्ने उद्देश्यले खोलें । त्यहाँबाट आएको सहयोगले नेपालका अपाङ्ग बालबच्चालाई उपचार गरी सहयोग गर्ने गरेको छ ।
संस्थाले ५ देखि १६ वर्षसम्मका बच्चाहरूलाई हेर्ने गर्छ । यस संस्थाले बनेपामा रहेको एचआरडीसी हस्पिटलमा उपचार गर्ने गर्छ । हामीलाई हस्पिटलले उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने गर्छ । यी आमाबाबु नभएका टुहुरा बच्चा अनि अशक्त, अपाङ्गजस्ता बच्चाहरूको जीवन नै परिवर्तन गरिदिन पाउँदा मनमा सन्तुष्टि मिल्ने गर्छ । अहिले १६ जना बच्चाको बाबु भएर बच्चाहरूलाई शिक्षा र अपाङ्गलाई सबलाङ्ग बनाइदिँदा मनमा गदगद खुसी छाउने गर्छ ।

अहिले विभिन्न विकट ठाउँहरूमा बच्चाहरूको अपाङ्गता न्यूनीकरण गर्नका लागि संस्थाबाट चुलो निर्माण गरिदिने अभियान चालिरहेको छ । संस्थामा ७० प्रतिशत आगोले पोलेर अपाङ्ग भएका बच्चाहरू छन् । त्यसैले गाउँमा ‘सुधारिएको चुलो राम्रो, स्वस्थ जीवन हाम्रो’ भन्ने नारालाई लिई अिभियान सुरु गरेका हौं । गाउँघरमा चुलो अव्यवस्थित भएकोले आमाले बच्चालाई छोडेर काम जाने र आगोमा पसेर बच्चालाई पोल्ने गरेको हुनाले यस्तो अभियानको परिकल्पना गरिएको हो । यसले वातावरणसमेत प्रदूषित हुनबाट रोक्ने र दाउराको खपत कम हुने, वन जंगलको कम फँडानी हुने, आगलागीको जोखिम घट्ने र ग्रामीण भेगमा स्वरोजगारको अवसर सिर्जना गर्ने गरिरहेको छ ।

संस्थामार्फत् २५० जना अशिक्षित महिलालाई प्रोढ शिक्षासमेत प्रदान गरिएको छ । महिलालाई शिक्षा दिएमा बाल अपाङ्गत्व कम हुने मेरोको बुझाइ छ । अन्त्यमा, नेपालमा रहेको युवाहरूले आफ्नै गाउँठाउँमा बसेर आफ्नै देशको विकास गर्नुपर्छ । समाजमा युवाको ठूलो भूमिका हुनाले समाजप्रति युवाको ध्यान केन्द्रित हुनु अत्यावश्यक छ । -देण्डी शेर्पा, अध्यक्ष, अपाङ्ग टेवा संस्था

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...