‘नादिङ’को सम्झना – Janata Live
  • Friday, February 3, 2023

‘नादिङ’को सम्झना

  • जनता लाइभ
  • पुष २७, २०७५

‘नादिङ’को सम्झना

दोमेछिरिङ शेर्पा(अविरल), कलाकार

हामी मानिस । मानिसकै दुनियाँमा । यो संसारमा ‘सात अरव मानिसको सात अरव संसार’ ।
त्यस्तै संसारको एउटा सुन्दर श्रृंखलाको लहरभित्रको लहर हिमालयको लहरतिरको दुनियाँको आवाजको कला र साहित्यको चर्चा छ यो पंक्तिकारको बहसमा । विशेष गरि आज आवाजको दुनियाँमा हिमाली बासिन्दा, समाज र संस्कृतिको जीवन दर्शन झल्काउने आवाजको चर्चा हो बहसको केन्द्रमा ।

भूगोलको उकाली–ओराली, लेक–वेशी, गाउँ वस्ती, नगर–सहर सबैको रहरभित्र कसैको चौतारिमा रोधी घरमा वा जात्रा–तीर्थ आदि ईत्यादिको कथा व्याथा नै किन नहोस् । आखिरी कला र साहित्यमा जीवन्त भई आइदिन्छ गीत संगीतमा कोहिलीले झैं गुन्जाई दिन्छ कलाकारको अनुभव र साधनाबाट । हो आज हामी शेर्पा भाषा, संस्कृति र भेष–भूषालगायत गीत संगीतका एउटा युवा सम्पादक कलाकारसँग बहसमा छौं ।

‘ए होक’, ‘नादिङ’, ‘दि ह्यम्बी खाला’, ‘ङे खाङबला सोलु’ र ‘सोलुकी युलकी आइल्यमू’ लगायत थुप्रै गीत गाएर युवा कलाकारको छवि बनाइसकेको शेर्पा कलाकार दोमेछिरिङ शेर्पा अभिरल साहित्यकार पनि हुन् ।

गीति लेखनबाट साहित्यमा आएको अविरल कवि मञ्जुलबाट प्रभावित भएर अगाडि बढेका हुन् उनी । यो पंक्तिकारसँग कलाकार अविरल आफ्नो गीत संगीत तथा एल्वमहरुलाई आज पछाडि फर्केर टिप्पणी गर्छन् ।

‘शेर्पा आदिवासीको वैवाहिक परम्परालाई मनोरञ्जन दिने गीत ‘ए होक’ तत्कालीन अवस्थामा शेर्पा भाषाको एल्वमहरुको समस्या थियो । अहिलेको जस्तो ‘युटुयुव’ थिएन् त्यो बेला । लेखन यात्रासँगै गीतकार छिरिङ ओङमू लामाको गीतमा स्वर दिन पाएँ । त्यस्तै नादिङ गीतले सामुहिक नृत्य तथा जुहारीलाई जीवन दिने काम बढो रमाइलो पूर्वक दर्शक र स्रोतालाई एक आपसमा आत्मीयता र समीपमा ल्याउने काम गर्यो ।

मेरो अर्को गीत ‘दि ह्यम्बी खाला’ युवा युवती बीचको वैशे जुहारी हो । त्यस्तै ‘दि खाङबा सोलु’ पनि जुहारी नै हो । सामुहिक रुपमा एल्वममा स्वार दिएको छ । मेरो दृष्टि र बुझाइँमा अन्य शेर्पाको विवाह, पिकनिकलगायत मनोरञ्जनात्मक कार्यक्रममा सुनेको, नाचेको, यात्रामा बसमा गुन्जेको पाउँछु । यसको अर्थ मेरो अनुभवमा आवाजको दुनियाँमा हाम्रो सामुहिक उपस्थिति केवल औपचारिताको उपस्थितिको गायन नभएर एउटा रिकततालाई पुरा गर्न आएको रहेछ ।

यो अनुभवले अब नेपाली गीति एल्वम पनि बारमा ल्याउने पूरानो अभियानलाई नयाँ जोस् र जागर प्राप्त भएको छ । कविता संग्रहलाई प्रकाशन गर्ने तयारी पनि भइरहेको छ । मैले पत्रकारिता पनि गरेको छु । माउनटेन शेर्पा टाइम्स २०५९/६० तिर रिपोर्टिङ र स्तम्ब लेखन लगायत शेर्पा समाजको सामाजिक संघसंस्थामा लामो समय काम गरेको छु । यो अभियानमा कलाकारिता र पत्रकारिता लिखित अनि जीवित छ मेरो अनुभवमा । कलाकारितामा पेसा र पारिवारिक जीवनको आयमभित्रको व्यवस्तताले श्रृंखलाहरुमा छुट्टि लिनुपर्यो । तर, अब जोडछु । एल्वम लिएर आउँछु । कविता संग्रह प्रकाशन लिएर पाठकसँग कविताको बहस गर्छु । गीत संगीतले पेट पाल्ने कुरा मेरो सन्दर्भमा टाढाको कुरा हो ।

सानो–सानो बस्तीमा रहेको शेर्पा समुदायमा जाने एल्वम हो । ठूलो जनसंख्या र अर्थतन्त्र भएको ठूला–ठूला समुदायको कलाकारहरु त थला परेका छन् । गीत सौखका लागि गाउँछु । जुन मेरो सौख र रहरले शेर्पा समुदायलाई लाभ र हित होस् भन्नु कामना सहित कर्म गर्छु । दुई दशक पो भएछु । भण्डै गीत गाउन थालेको आज अरु शेर्पा कलाकारको गीत सुनेर मुल्याङ्कन गर्छ । कलाकार नयाँ छन् । जोसिला दिने काम हो, उनीहरुलाई शुभकामना । सल्लाह दिनु पर्दा चाहिँ ‘दुःखमा साधना गर्नुस लाभमा होइन । दुःखको साधनाले कलाकारलाई तिखार्छ । विदेशी भूमिमा रहेका कलाकारहरुले पनि यो क्षेत्रमा थुप्रै योगदान पुर्याएका छन् । शेर्पा समुदायका कलाकार वरिष्ठ गायक लाक्पा शेर्पा, पेम्बाछोटी शेर्पा, र सोनाम लामा शेर्पा‘कोसिस’ लगायत छन् ।

राम्रो गरेका छन् । राम्रो रहोस् । शेर्पा समुदाय गुप्रै नयाँ विद्या र आयमहरु उदाउँदो छन् । तर, बजारमा टिक्न गाह्रो छ । टिकाउँनुपर्छ । आउनु ठूलो कुरा होइन्, टिकाउनु चाहिँ ठूलो रहेछ आज मेरो विश्लेषणमा । नयाँ गीत काटहरु थुप्रै आएका छन्, गेल्जे शेर्पा र केएन प्रयास सोल भाइहरु । भाइहरुको राम्रो छ । निरन्तरता पनि चाहन्छु । पर्यटन र निर्माण व्यवसायका छवि बनाएको हाम्रो शेर्पा समुदायको थुप्रै–थुप्रै विद्यागत छविहरु निर्माण भइरहेको छ । पर्यटन र निर्माण व्यवसायमा कस्तो किसिमको अनुभव छ ? मेरो विश्लेषणमा निर्माण व्यवसायमा आर्थिक क्रान्ति गरेकै हो । तर, आम शेर्पा समाजमा यसको प्रत्यक्ष प्रभाव परेको छैन । कृषि पेसामा, अध्यायन तथा अनुसन्धानमा लागेका साथीहरुलाई मद्दत पुगेका छैन् । त्यस्तै पर्यटन व्यवसायमा लागेका शेर्पाहरुले कस्तो आर्थिक क्रान्ति गर्यो होला भन्ने सवालमा मैले राम्रो देखेको छु । शेर्पाहरुको सहभागिता प्रशस्तै देख्छु । तर, आम शेर्पा समुदायलाई प्रत्यक्ष लाभ दिन कठिन छ । यो शेर्पा केन्द्रीत कार्यक्रम होइन् । नाफा पेसा । नाफाका लागि व्यक्तिगत वा सामुहिक प्रयासमा ‘रन’ भएको देख्छु । निर्माण व्यवसाय र पर्यटन व्यवसाय दुवै क्षेत्रले आंशिक सफलता र स्वरोजगारको प्रवद्र्धन भने गरेको छ ।

मैले शेर्पा विद्यार्थी मञ्चमा लामो समय काम गरेको छु । नेपाल शेर्पा संघमा केन्द्रीय समितिको विभागमा रहेर काम गरेको छु । यो काम गरेको इतिहासको चुरोबाट विश्लेषण प्रारम्भ गर्न मन लाग्छ । पहिला संघसंस्था समाजसेवाको सिद्धान्तमा आधारित भएर शेर्पा आदिवासीको हकहितमा एक थियो । तर, आज फेरिएको छ । राजनीति भएको छ । सडकमा छन् । उपलब्धी छैन । जातीय राज्य भनेका छन् । यसले संघसंस्थाको छविलाई ध्वस्त बनाएको छ । शेर्पा समुदायलाई विभाजित बनाइएको छ । यो दुःखद छ । एक शेर्पाको अनेकलाई राम्रो मान्नु पर्ने थियो । तर, आफ्नो पछाडि लागेन भनेर झोले, कुनै जातवादी आरोप लगाउने काम भइरहेको छ, मलाइ लाग्छ । जातीय मुद्दा गृहयुद्दको बाटो हो । सानो देशको बहुसंख्याक अनुहारमा एक जातको हाली मुहाली सकेको ठान्छु तर, फेरी एक जातको जातीय राज्य भाग्छन् बा ! संघसंस्थाको काम यस्तो भएपछि शेर्पा समुदायको कसरी हातमा संभव छैन् । त्यसैले संघसंस्थाले साझा र विबाद रहति क्षोत्रमा बलशाली प्रयास गर्नु राम्रो हुनेछ ।

अब लेखनका केही प्रसंग उठाउन चाहन्छु, पंक्तिकारसँग । शेर्पा समुदायभित्र लेखक र लेखिका पनि देखेँ । अनुसन्धान मुलक लेखक अनुसन्धान कर्ता थोरै छन् । साहित्यकार छन् । त्यस्तै लेखिका पनि नगन्य छन् । हिमालका काखमा जन्मेर संघर्षको कथा लेख्ने लेखिका लाक्पा फुटी शेर्पाको पुस्तक ‘हिमालमा चालिस वर्ष’ पढ्न पाएँ । खुबै रमाइलो रहेछ । बास्तविक्ताले भरिएको एउटा संघर्षशील नारीको कथा व्यथाले भरिएको जीवन दर्शन । पर्यटन व्यवसायलाई उजागर गर्दै शेर्पा महिलाको त्यो लेख्नेले अपिल गर्छ जस्तो लाग्छ मलाई, उठ्नुस जागेर अगाडि बढनुस पढेर लेख्नुस आर्थिक क्रान्तिका दर्शन । युवा महिलाहरुले सम्झनु राष्ट्रिय विभूति पासाङल्हामू झैं गौरवशाली हुने दर्शन र संघर्ष । हास्य व्यङ्ग्य कलाकार साम्दे शेर्पा दम दे भन्दा–भन्दै अस्ताएका छन् । उनको पथ समात्नेहरु कता छन् ? एउटा कलाकारले कलाकारलाई उठाउन उचित नहुने मेरो ठम्याइ छ ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...