म पूर्णकालीन सामाजिक कार्यकर्ता – Janata Live
  • Sunday, February 5, 2023

म पूर्णकालीन सामाजिक कार्यकर्ता

  • जनता लाइभ
  • पुष २५, २०७५

म पूर्णकालीन सामाजिक कार्यकर्ता

नुवाकोटमा जन्मिएँ, चितवनमा हुर्किएँ अनि कर्म प्राप्तिको लागि रहरको सहर काठमाडौंलाई आजसम्म छोड्न सकेको छैन । कक्षा नौसम्मको पढाइ सकेर काठमाडौं आएको थिएँ, राम्रो शिक्षाको आकांक्षा बोकेर । विज्ञान पढेर इन्जिनियर बन्ने चाहना थियो । तर, देशमा तिनैताका परिवर्तनको जनलहर चल्न थाल्यो । २०३६ सालको जनआन्दोलनले मेरो पढाइ पनि प्रभावित ग¥यो । केही समय काठमाडौं छोडेर चितवन फर्किएँ । जनआन्दोलन मत्थर भएपछि नेपालमा प्रजातन्त्र आयो । देशमा बहुदलीय व्यवस्थाको पुनर्उदय भएसँगै मेरो पढाइको क्षेत्र फेरियो । विज्ञानको पढाइ छोडेर कमर्स पढ्न थालें ।

आफ्नो चाहनाअनुसार जीवनको गोरेटो अगाडि बढ्न मुस्किल पर्छ । तर, निरन्तरको संघर्षले लक्षित योजना परिपूर्तिको सम्भावनाद्वार पनि खुल्दै जान्छ । मेरो पनि लक्षितभन्दा विपरीत दिशामा जीवनको गोरेटो तय हुँदै थियो । मध्यमवर्गीय परिवारमा जन्मिएकाले हुर्कँदै गएपछि आफ्नो खर्च अनि परिवारको केही खर्च जुटाउने व्यवस्थाको जिम्मेवारी बोध पनि गर्नुप¥यो मैले । दोस्रोपटक कलेज भर्ना भएलगत्तै जागिर खान सुरु गरें । उद्योग विकास परियोजना नामको एउटा प्रोजेक्टमा स्टोरकिपर र लेखापालको काम थालें । ६ सय रुपियाँ तलबमा काम सुरु गरेको थिएँ । घरमा आमालाई मासिक दुई सय रुपियाँ घर खर्च दिन्थें । अनि, कलेजको फी, आफ्नो लागि खाजा–खाना गर्दा ठिक्क हुन्थ्यो कमाइ । बिहान कलेज, दिउँसो कलेज गरेर मैले साढे पाँच वर्षसम्म त्यही काम निरन्तर गरें ।

भनिन्छ नि, ठूलाको दासी बन्नुभन्दा सानोको भए पनि मालिकै बन्नु बेस । मलाई पनि आफैं व्यवसाय गर्ने चाहना भयो । लगानी अनि प्रतिफलको हिस्सेदारी स्वयं बन्ने चाहनाले साढे चार वर्षको अनुभव उपयोग गर्दै ऊन व्यवसाय थालें । यद्यपि, यो व्यवसायमा आएको मन्दीसँगै चार वर्षपछि व्यवसायबाटै हात झिक्नुप¥यो ।

काम गर्दै पढ्दै गरेर मैले स्नातकसम्मको पढाइ पूरा गरें । त्यसपछि भने पढाइ अघि बढ्न सकेन । विवाह भयो, छोराछोरी जन्मिए । आफ्नो आवश्यकताभन्दा परिवारमा बढेको जिम्मेवारी महत्वपूर्ण हुँदै गयो मेरो जीवनमा । उद्योग विकास परियोजनाको काम छोडेपछि ऊन कम्पनीमा काम गर्न थालें । त्यस समयमा लामाहरूको ह्योल्मो समुदायमा शिक्षित व्यक्तिहरूको संख्या निकै न्यून थियो । स्नातक गर्ने त हातमा नै गन्न सकिने थिए होलान् । त्यसैले पनि बिस्तारै आफ्नो समुदायको विकासको लागि पनि मेरो जिम्मेवारी थपिँदै गयो । म आफ्नो जागिरे जीवनसँगै सामाजिक काममा पनि सक्रिय हुन थालिसकेको थिएँ ।

ऊन कम्पनीमा साढे चार वर्षसम्म प्रशासकीय जिम्मेवारी निभाइसकेपछि मलाई आफ्नै काम गर्नुपर्छ भन्ने महसुस भइरहेको थियो । भनिन्छ नि, ठूलाको दासी बन्नुभन्दा सानोको भए पनि मालिकै बन्नु बेस । मलाई पनि आफैं व्यवसाय गर्ने चाहना भयो । लगानी अनि प्रतिफलको हिस्सेदारी स्वयं बन्ने चाहनाले साढे चार वर्षको अनुभव उपयोग गर्दै ऊन व्यवसाय थालें । यद्यपि, यो व्यवसायमा आएको मन्दीसँगै चार वर्षपछि व्यवसायबाटै हात झिक्नुप¥यो ।

जीवनमा धेरै फरक क्षेत्रको अनुभव लिएको छु मैले । जागिरे जीवनका क्रममा फरक फरक क्षेत्रमा काम गर्दै आएँ । ऊन व्यवसाय छोडेपछि पनि केही समय ट्रेकिङ एजेन्सीमा काम गरें । तर, छ महिनाभन्दा बढी त्यसमा रहिनँ ।

म जागिरे जीवनसँगै सामाजिक क्षेत्रमा लागिसकेको थिएँ । युवा बेलादेखि नै ह्योल्मो समुदायको विकासको लागि काम गर्नुपर्छ भन्ने लागिसकेको थियो, मलाई । पढेलेखेको हुनाले मेरो जिम्मेवारी विभिन्न संस्थामार्फत सामाजिक क्षेत्रमा पनि बढ्दै गयो । २०४६ सालको आन्दोलनपछि विभिन्न समुदायका व्यक्तिहरूमा जातीय चेतना पनि बिस्तारै बढ्दै गएको थियो । जातीय रूपमा विभेदमा परेका समुदायको मुद्दा मुखरित हुन थालिसकेको थियो । हामीले पनि सुरुआतमा अखिल नेपाल बौद्ध संघमार्फत ह्योल्मो समुदायको सामाजिक तथा सांस्कृतिक, आर्थिकलगायतका मुद्दा उठाउन थाल्यौं । म त्यतिबेला संघको सचिव थिएँ । त्यसअघि नै धर्मोदय सभामा सहसचिवको जिम्मेवारी निभाइसकेको थिएँ मैले ।

२०४७ सालमा ह्योल्मो समुदायको उत्थानको लागि हामीले नेपाल ह्याल्मो समाज सेवा संघ पनि गठन ग¥यौं । म संस्थापक सचिवको रूपमा संघमा क्रियाशील रहें । जनजाति महासंघमा पनि हाम्रो संघ आवद्ध छ । म पनि महासंघको संघीय परिषद्को सदस्य भएर पनि काम गरें । हामीले त्यतिबेला अखिल नेपाल हिमाली बौद्ध संघमार्फत विद्यालय पनि सञ्चालन गरेका थियौं । विद्यालयमा अनाथ, अर्धअनाथ तथा पढाउने आर्थिक क्षमता नभएका परिवारका बालबालिकालाई शिक्षा दिने व्यवस्था मिलायौं । सञ्चालक समितिको सदस्य रहेर काम गरें मैले । हामीले सानो पहलमा थालेको विद्यालयमा पाँच सय ५० जना विद्यार्थी अटाउन सक्ने भवन, आर्थिक कोष तथा विद्यालयको आफ्नै जग्गासमेत खरिद गरेर अनाथ बालबालिकाको क्षेत्रमा पनि काम गरें ।

२०५३ सालमा नियुक्ति हातमा लिएर सिंगो नेपालको प्रतिनिधि बनेर तिब्बततर्फ लागें म । ३८ वर्षको युवा थिएँ त्यतिबेला । तिब्बतमा बस्ने नेपालीको हकहित प्रमुख जिम्मेवारी थियो । त्यसपछि, व्यापार विस्तारमा पहल, सडक विस्तार, चरन क्षेत्रको सम्झौता नवीकरणलगायतका काम गरें मैले तिब्बतको महावाणिज्य दूत भएको दुईवर्षे अवधिमा ।

जागिरे जीवन, आफ्नै व्यवसायपछि सामाजिक क्षेत्रमा क्रियाशील भइरहेको थिएँ म । त्यतिबेला नेपालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार थियो । नेकपा एमालेको सरकार अल्पमतमा थियो । मनमोहन अधिकारीले संसद् भंग गरेर चुनावको घोषणा गरेका थिए । त्यसअघि गिरिजाबाबुले भंग गर्दा संसद् पुनस्र्थापना भएको थिएन । तर, मनमोहनले संसद् भंग गरेपछि सर्वोच्चमा परेको रिटले संसद् पुनस्र्थापना गर्ने आदेश दियो । त्यसपछि, मेरो पनि जीवनको अर्को नयाँ अध्याय सुरु भयो ।
संसद् पुनस्र्थापना भएपछि राप्रपा पनि सरकारमा आयो । विभिन्न स्थानमा राजनीतिक नियुक्तिको क्रम सुरु भयो । म पनि त्यही नियुक्तिअन्तर्गत तिब्बतको महावाणिज्य दूतमा नियुक्त भएँ, राप्रपामार्फत । २०५३ सालमा नियुक्ति हातमा लिएर सिंगो नेपालको प्रतिनिधि बनेर तिब्बततर्फ लागें म । त्यसअघि जातीय हकहितको लागि क्रियाशील म आफ्नो देशकै गहन जिम्मेवारी बोकेर तिब्बत गएको थिएँ । ३८ वर्षको युवा थिएँ त्यतिबेला । मसँग जोश थियो, देशको विकासको लागि केही गर्छु भन्ने उत्साह पनि थियो । तिब्बतमा बस्ने नेपालीको हकहित प्रमुख जिम्मेवारी थियो । त्यसपछि, व्यापार विस्तारमा पहल, सडक विस्तार, चरन क्षेत्रको सम्झौता नवीकरणलगायतका काम गरें मैले तिब्बतको महावाणिज्य दुत भएको दुईवर्षे अवधिमा ।

हामीले तिब्बत र नेपालको सम्बन्धका बारेमा हरेक तीन महिनामा सरकारलाई प्रतिवेदन बुझाउने गर्छौं । त्यो सिस्टम सधैं रहन्छ । प्रतिवेदनमा नेपालका तर्फबाट देशको विकासको लागि गर्नुपर्ने थुप्रै कुराहरू उल्लेख हुन्छ । तर, सरकारबाट सुनुवाइ एकदमै न्यून । त्यसैले तिब्बतसँगको व्यापार विस्तारलगायतका आर्थिक लाभ हुने काम गर्न सकिने थुप्रै सम्भावना भएर पनि ध्यान दिन नसक्दा व्यापार विस्तारमा सरकार चुकिरहेको छ ।

तिब्बतले नेपाललाई तटस्थ रूपमा हेरेको मेरो अनुभवले बताउँछ । ऊ नेपालबाट तिब्बतविरोधी कुनै गतिविधि नहोस् र नेपाल आर्थिक विकास अघि बढोस् भन्ने चाहन्छ । यद्यपि, सीमा क्षेत्रमा नेपालले चासो नदिँदा नेपाली भूभाग मिचिएको अवस्था पनि छ । कहिलेकाहीं तिब्बती सैनिकले नेपाली क्षेत्रमा आएर नेपाली बस्तीका सर्वसााधारणलाई दुःख दिने घटना पनि हुन्छन् बेलाबेला । यस्ता विषयमा सरकारले चासो दिन उपयुक्त हुन्छ । मैले दुईवर्षे कार्यकालको समयमा नेपाल र चीनको सम्बन्धमा बुझेका यिनै कुराहरू हुन् ।

सरकारको प्रतिनिधि भएर तिब्बतको कार्यकाल पूरा गरिसकेपछि म पुनः सामाजिक काममा फर्किएको छु । नेपाल आएपछि अनाथ बालबालिकाहरूको शिक्षाकै क्षेत्रमा क्रियाशील रहें । मातातीर्थमा अनाथ बालबालिकाहरूको लागि विद्यालय खोलेर निर्देशकको रूपमा काम पनि गरें आठ वर्षसम्म । त्यसपछि भने अहिले अपाङ्ग बालबालिकाको लागि काम गरिरहेको छु ।

मेरो जीवनको बितेका दिनहरू सम्झिरहन्छु हिजोआज । म अहिले पूर्णकालीन सामाजिक कार्यकर्ता हुँ । जीवनका तोकिएको ड्युटीको जागिरे अनुभव पनि बटुलें । यस्तो अनुभव धेरै व्यक्तिको हुन्छन् । तोकिएको भूमिका मात्रै गर्नु, जागिरेको ड्युटी हो । सामाजिक क्षेत्रमा पनि स्वेच्छाले काम गरिन्छ । जबरजस्ती हुँदैन । आफूलाई महसुस भएको जिम्मेवारी पूरा गरे हुन्छ । तर, कुनै देशको प्रतिनिधि भएर जाँदा भने धेरै जिम्मेवारीको बोध हुने रहेछ । आफ्नो व्यक्तिगत आचरणले सिंगो राज्यको चरित्र झल्काउने रहेछ । एक व्यक्तिले गरेको क्रियाकलापमा करोडौं जनतालाई विश्व समुदायले हेर्ने दृष्टिकोण बन्ने रहेछ । त्यसैले, एउटा पात्रले आफ्नो भूमिकाअनुसार चरित्रलाई पनि असल बनाउनुपर्ने मेरो फरक अनुभूतिले दिएको एकमुष्ट सिकाइ हो । विनोद लामा ह्योल्मो, तिब्बतका लागि पूर्वमहावाणिज्य दूत

 

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...