रूखबाट पानी निस्केपछि हेर्नेको भीड – Janata Live
  • Sunday, February 5, 2023

रूखबाट पानी निस्केपछि हेर्नेको भीड

  • जनता लाइभ
  • पुष २५, २०७५

रूखबाट पानी निस्केपछि हेर्नेको भीड

इटहरी । सुनसरी जिल्लाको सोनापुर–४ छाताबेलीमा रूखबाट पानी निस्किएको छ । यसरी पानी निस्कन थालेपछि सो रूख हेर्न अहिले सर्वसाधारण्ँको घुइँचो लाग्न थालेको छ ।

थारू आदिवासीको बाहुल्य रहेको सो बस्तीमा गएको शिवरात्रिका दिनदेखि रूखबाट पानी चुहिन थालेको हो । बाटोको छेउमा पूर्वतर्फ रोपिएको काप्रो (स्थानीय भाषामा काब्रा) जातको रूखबाट राति १२ बजेदेखि बिहान ८ बजेसम्म पानी चुहिने गरेको संरक्षणकर्ता शिवनरायण्ँ चौधरीले बताए ।

शिवरात्रिका दिन बिहान रूखमा गाई बाँध्न जाँदा रूखको फेदबाट तपतप पानी चुहिरहेको देखेपछि शिवनारायण्ँले गाउँलेलाई डाकेर जानकारी गराएका थिए । गाउँलेहरू भेला हुँदाहुँदै ८ बजिसकेकाले पानी रोकिएको थियो । गाउँलेले पहिले सो कुरा नपत्याएको चौधरीले बताए । अर्को दिन पुनः सोही स्थानबाट पानी चुहिन थालेपछि गाउँलेसमेत छक्क परेका थिए ।

गाउँलेले यो अनौठो कुरा थाहा पाएपछि सो स्थानमा घेराबेरा गरी दिनहुँ पूजापाठ गर्न थालिएको छ । शिवनारायणको नातिनीको दुखिरहेको कानमा सो पानी हालेपछि केहीबेरमा नै कान ठीक भएको उनले बताए । त्यस्तै घुँडा दुखेको र पेटको समस्यामा समेत सो पानी सेवन गर्दा केहीबेरमा नै बिसेक भएपछि स्थानीयबासी चकित परेका छन् । पानी अत्यन्त चिसो र चाख्दा टर्रो लाग्ने स्थानीयबासीले बताएका छन् । दैवी चमत्कार भन्दै त्यस आसपासका मानिस बिहानै दर्शन गर्न आउन थालेको स्थानीय सामाजिक कार्यकर्ता तथा नेपाली कांग्रेस खनार गाउँ कमिटीका अध्यक्ष श्याम आचार्यले बताए ।

यसैबीच रूख तथा अन्य बोटबिरुवाबाट पानी आउनु सामान्य कारण्ँमात्र भएको वनस्पतिशास्त्री सुरेन्द्र यादवले बताएका छन् । यादवले रूखले (ट्रस्पेसन) बढी पानी फ्याँक्ने वास्पीकरण गरेको हुनसक्ने बताए । रूखले जराबाट लिएको पानीमध्ये बढी भएको पानी पातबाट फ्याँक्ने गरेको उनको भनाइ रहेको छ । कुनै रूखले एकै स्थानबाट समेत पानीको वास्पीकरण गर्नसक्ने सम्भावना रहेको उनी बताउँछन् । प्रकाशितः २०६९ फागुन

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...