दीप (छ्योइमे) प्रज्ज्वलन र लाभ – Janata Live
  • Saturday, February 4, 2023

दीप (छ्योइमे) प्रज्ज्वलन र लाभ

  • जनता लाइभ
  • पुष २४, २०७५

दीप (छ्योइमे) प्रज्ज्वलन र लाभ

दियो बत्ती बाल्दा स्मरण गर्नुपर्ने कुराहरू

यो दीप (छ्योमे) त्रिसहस्रलोक समान र त्यहाँको वातावरण जस्तै महान् र व्यापक होस् । यस दियोको सलेदो पर्वतको राजा सुमेरु पर्वतजस्तै होस् । यो दियोको तेल वा घिउ प्रशान्त महासागरजस्तै होस् ।

प्रत्येक बुद्धको उपस्थितिसँगै अर्बाैं खर्बाैं धर्म दीप होउन् । यस दियोको प्रकाशले सम्पूर्ण सत्व प्राणीहरूको अज्ञानतारूपी अन्धकार हटेर जाउन् । माथि सुखानन्दमय ब्रह्मलोकदेखि तल अत्यन्त यातना सहेर बस्नुपर्ने नर्कलोकसम्मको सबै प्राणीहरूले दसै दिशाहरूमा रहनुभएका सबै बुद्ध तथा बोधिसत्वहरूको प्रत्यक्ष दर्शन गर्न पाउन् भन्दै दियो प्रज्ज्वलन गर्ने ।

त्यपछि ॐ बज्र अलोके आहुँः मन्त्रोचारण गर्ने र यसरी भावना गर्ने । मैले चढाएको यस शुद्ध र उज्यालो दियो बत्तीहरू भद्र कल्पका हजारौं बुद्धहरूसामु चढाउँदैछु । त्यसैगरी दसै दिशामा निहित सबै बुद्ध तथा बोधिसत्वहरूलाई चढाउँदछु । आफ्नो गुरुवर, इष्टदेवलगायत सबै डाक, डाकिनीहरू, धर्मपालहरू अनि अनेक मण्डलाका सबै देव गणहरूमा समेत म यो छ्योमे चढाउँछु । मैले यो दियो बत्ती बालेको पुण्यले आफ्नै यो जन्मको आमाबाबुलगायत सम्पूर्ण सत्वप्राणीहरूले प्रत्यक्ष रूपमा सम्यक सम्बुद्धको परिशुद्ध भूमिको दर्शन पाउन सकुन् । भन्दै यसरी मन्त्रोचारण गर्नुपर्दछ । तद्याथा ॐ पञ्चग्रियअवबोधनी स्वाहा । यसपछि सबै बत्तीहरू पञ्चरंगको एकै रश्मी पुञ्जमा परिणत भयो भनी कल्पना गर्नुपर्दछ ।

पद्म र चन्द्रमाको आसनमाथि ॐ र द्यीः दुई अक्षर उत्पन्न भएको भावना गर्ने र त्यसबाट १०८ जना ज्यादै सुन्दर आभूषण अनि सौम्य वस्त्रमा सजिएका दीप चढाउने अत्यन्त मनमोहक पूजादेवीहरू (मार्मेमा) उत्पत्ति भएको र प्रत्येक देवीहरूको हातमा दियो बत्ती बोकी दसौं दिशाका बुद्धहरूलाई चढाइरहेको कल्पना गर्नुपर्दछ र सबै देवीहरूबाट पुनः एकबाट अर्को गर्दै अर्बाैं खर्बौं दीप चढाउने देवीहरू उत्पन्न भएर उनीहरू सबैले बुद्ध भूमिमा खुल्ला आकाश समान व्याप्त भएर शान्त र क्रोधी स्वरूपी देवदेवीहरूलाई चढाइरहेको भावना गर्नुपर्दछ ।

छ्योइमे बाल्नुभन्दा अगाडि के सोच्ने ?

छ्योइमे (दियो) प्रज्ज्वलन गर्नुअघि के सोच्नुपर्छ भने, यो मेरो जीवन आफ्नै सुख शान्तिको निम्ति मात्र नभई आकाश समान व्याप्त प्राणीहरूको दुःख हटाई सदैव सुख शान्तिको निम्ति म जे जस्तो परिस्थितिमा पनि लागि नै पर्नेछु भनी प्रण गर्नुपर्दछ । अझ भनौ खास रूपमा सबै सत्वप्राणीहरूलाई बुद्धत्वसम्म पु¥याउने ठूलो संकल्प राख्नुपर्दछ । त्यसको निम्ति सर्वप्रथम हामी जो कोहीले पनि दुई प्रकारका पुण्य संभार (सञ्चय) गर्नु जरुरी हुन्छ भनी सोच्नुपर्दछ । पुण्य सम्भार र ज्ञान सम्भार अर्थात् उपाय र प्रज्ञालाई परिपूर्ण गर्ने प्रयास गरिरहनुपर्दछ । त्यसैको अभ्यास स्वरूप आज म दीप प्रज्ज्वलन गर्दैछु भनी सोच्नु अत्यावश्यक हुन्छ ।

छ्योइमे कतिप्रकारका हुन्छन् ?

सामान्यतया दियो बत्ती होस् या कुनै पनि पूजनका सामानहरू प्रत्यक्ष र मनोकल्पित गरी दुई प्रकारका हुन्छन् । प्रत्यक्ष भन्नाले घिउ, सलेदो आदि आफ्नै हातले तयार पारेर बनाएको र कल्पित भन्नाले साँच्चिकै पूजनका सामग्री नभए पनि मनले कल्पेर सुन चाँदीको प्यालामा घिउ तेल भरेर चढाइरहेको सम्झनुलाई बुझ्नुपर्दछ । आजभोलि विकसित देश जापान, सिङापुर र ताइवानजस्ता देशहरूमा कमलको फूल आकारमा बनाइएका बिजुली बत्तीहरूको प्रचलन ज्यादै बढेर गएको देखिन्छ ।

वातावरणीय दृष्टिले बिजुली बत्ती ज्यादै सरल, सुरक्षित, आकर्षक अनि धूवाँरहित हुन्छन् खाने तेल प्रयोग गरेर बनाइएका दियो बत्तीहरू बढी धूवाँ लाग्ने, कोठा कालो हुने र खाता वा अन्य कपडामा सल्किने खतर रहन्छ । तर बनस्पति डाल्डा घिउबाट तयार पारेको (छ्योइमे) बत्ती भने कम धूवाँ लाग्ने हुन्छन् ।

अचेल डाल्डाकै बत्तीहरू बढी प्रचलनमा आएको देखिन्छ । बत्ती जेसुकैबाट बनेको भए पनि बत्ती बालिसकेपछि ॐ बज्र अलोके आः हूँ भनी मन्त्रोचारण गर्ने यदि यो मन्त्रोच्चारण गर्न गाह्रोजस्तो लागेमा सबैभन्दा सरल ॐ आः हूँ भन्दै बत्ती सल्काउने ।

दियो प्रज्ज्वलन गर्दा मुख छोप्ने र अनावश्यक गफ गर्नु हुँदैन किनकि यसरी गफ गर्दा थुक उछिट्टिएर पूजा सामग्रीहरू शुद्ध रहन पाउँदैनन् । ॐ आः हूँको अर्थ कायवाक र चित्तमा रहेका यी हाम्रा तीनै प्रकारका दोषहरू नाश भई बत्ती वा जुनसुकै पूजनका सामग्रीहरू विशुद्ध हुनेछन् ।

दियो बत्ती प्रज्ज्वलन गरिसकेपछि तुरुन्त कलश (बुम्पा) को पानी छर्कंदै ॐ रं यं खं ॐ आः हूँ भनी एकपल्ट वा तीनपल्टसम्म मन्त्रोचारण गर्दै कलशको कुसुम जल बालेको दियो बत्तीतिर पारेर छर्किनुपर्दछ । यसरी मन्त्रोचारण गर्नाले अग्नि, वायु र जलमा रहेका सबै अशुद्ध तरूव वा विकारहरू शुद्ध भएर जानेछन् ।

त्यसपछि सो बत्ती कसलाई र कसको निम्ति बालेको हो उसैको नाम सम्झनुका साथै अरू पनि यस दुःखरूपी भवसागरमा आ–आफ्नै दुःखबाट तड्पिरहेका अर्बाैं खर्बौं प्राणीहरू समेत मैले यो छ्योइमे बालेको पुण्यले शिघ्र बुद्धत्व प्राप्तगर्नसकुन् भनी बुद्ध मूर्ति भए बुद्ध मूर्ति अगाडि, नभए बुद्ध तथा बोधिसत्वहरू आफ्नो अगाडिको खुला आकाशमा प्रत्यक्ष विराजमान हुनुभएको सम्झी तन, मन र वचनद्वारा गहिरो श्रद्धाभक्ति उत्पन्न गर्दै सबै सत्वप्राणीहरूआ–आफ्नै दुःखबाट तत्काल मुक्त होउन् र जसरी सूर्यले यस धर्तीको अन्धकारलाई नाश पारी न्यानो प्रकाशस्वरूप यस पृथ्वीमा सबै प्राणीहरूको जीवनयापनमा सहज तुल्याइदिन्छ त्यसरी नै यस बत्ती बालेको पुण्यले वा प्रकाशले मलगायत सबै सत्व प्राणीहरूको अन्धकाररूपी मनको दोष अविद्यालाई नाश गरी सदा सर्वदा प्रज्ञाको उदय भई मोक्ष वा सम्यक संबुद्धको दर्शन पाउन सकौं भन्दै परिणामना (ङोवा) पनि गरिहाल्नुपर्दछ ।

यसो गर्न सके भने मात्र बत्ती बालेको पुण्य क्षय भएर जान पाउँदैन । स्मरण रहोस् महायान बौद्धधर्म परम्परालाई परापूर्वकालदेखि अँगाल्दै आइरहेका हामी सम्पूर्ण तामाङ, शेर्पा, गुरुङ, मुगुमलगायत अन्य बौद्ध धर्ममा आस्था राख्ने हरेक जनजातिहरूले जुनसुकै पूजनका सामग्री चढाउँदा वा प्रणिधान गर्दा आफू र आफ्नो परिवारको सुख शान्तिको निम्ति मात्र नभई सबै सत्वप्राणीहरूको सुखानन्द र मोक्ष अर्थ गरिने परम्परा रहेको छ । अरूलाई आफूभन्दा बढी महत्व दिने भएकै कारण यस धर्म वा परम्परालाई महायान परम्परा भनिएको हो ।

परिणामना (ङोवा) गर्ने विधि

यस दियो प्रजवलन गरेको पुण्यले सुगति र दुर्गतिका सम्पूर्ण प्राणीहरू दुःखबाट मुक्त होउन् । सबै सत्व प्राणीको दोष शुद्ध भई अन्धविश्वास हटेर जाउन् । सत्व प्राणीहरूद्वारा संचितयी सबै अकुशल कर्म, नकरात्मक दोषहरू सबै शुद्ध भएर जाउन् । मनका सबै विकारहरू शीघ्र हटेर जाउन् । तसर्थ, हे भगवान् मलाई संयम्, शक्ति र मोक्ष प्रदान गर्नुहोस् ।

छ्योइमे बत्ती बालेको फाइदा (अनुशंसा) बारे महायान बौद्ध शास्त्रहरूमा यस प्रकारको उल्लेख पाइन्छ :

१) बत्ती बाल्ने व्यक्ति यस संसारमा दियोजस्तै चम्किलो भई तीक्ष्ण दिमागसमेत प्राप्त गर्नेछ ।

२) छ्योइमे चढाउने व्यक्तिले शुद्ध र सफामांस चक्षु प्राप्त गर्नेछ ।

३) उसले ज्यादै आकर्षक देव नयन नै प्राप्त गर्न सक्नेछ ।

४) उसले यस्तो ज्ञान प्राप्त गर्नेछ जसले पाप र धर्मलाई सहीरूपले छुट्याउन सकिनेछ ।

५) उसले अविद्याको अन्धकार (सबै वस्तु नित्य हुन् भन्ने गलत बुझाई) लाई सदाका लागि हटाउन सक्षम हुनेछ ।

६) उसले यस्तो ज्ञान प्राप्त गर्नेछ जसले यसै जुनीमा समेत कहिले पनि अन्धकार वा अज्ञानताको पीडा खेप्नु पर्दैन ।

७) ज–जसले शुद्ध मनले छ्योइमे चढाउँदछन् उसले सुख वैभव र ऐश्वर्य प्राप्त गर्नका साथै अपार सम्पत्तिको उपभोग गर्न पाउनेछ ।

८) जसले दीप प्रज्वलन गर्दछ उसले पनि दुर्गतिमा पतन हुनुपर्दैन र देव मनुष्यलोकमा वर्णवान र मतिवान भएर जन्मने सुअवसर प्राप्त गर्नेछ ।

९) उसले शीघ्र दुःखमय दुर्गतिका द्वारहरू बन्द गरी मोक्ष प्राप्त गर्नेछ ।

१०) र अन्ततोगत्वा उसले बुद्धत्व प्राप्त गर्न सक्नेछ ।भवतु सर्वमंगलम् । – अतिशादीपंकर श्री ज्ञानद्वारा विरचित – टीका शेर्पा लामाद्वारा नेपालीमा अनुवादित

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...