संगीतमा लाक्पाका चार दशक – Janata Live
  • Wednesday, February 8, 2023

संगीतमा लाक्पाका चार दशक

  • जनता लाइभ
  • पुष २३, २०७५

संगीतमा लाक्पाका चार दशक

झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा…
आजभन्दा २२ वर्षअघि रेकर्ड भएको यो गीत अहिलेसम्म संगीतप्रेमीमाझ उत्तिकै लोकप्रिय छ । यसै गीतले प्रसिद्धिको शिखरमा पु¥याएको थियो, गायक लाक्पा शेर्पालाई, जो आजकल ओझेलमा परेका छन् । शेर्पा जातिकै पहिलो गायक हुनुको गर्व बोकेका छन् लाक्पाले ।

०२० सालमा पूर्वीपहाडी जिल्ला इलाममा पिता स्व. दावा शेर्पा र माता स्व. पासाङ फुट्टी शेर्पाको कोखबाट जन्मेका उनी ०३१ सालदेखि नै गायन क्षेत्रमा लागेका हुन् । लाक्पाले आफ्नो सांगीतिक क्षेत्रमा प्रवेश गर्नुको रहस्य यसरी खोले :

मेरो बाल्यकाल इलाममै बित्यो । इलामबाट अध्ययनको सिलसिलामा दार्जिलिङ गएँ । त्यहाँको नगरपालिका बाल उच्च विद्यालयमा ६–७ कक्षामा पढ्दा संगीतमा चासो राख्ने साथीहरूसित
संगत भयो । त्यही संगतको फलले मलाई गायक बनायो ।

रेडियो नेपालमा पहिलोचोटि नातिकाजीलाई भेट्दा अल इन्डिया रेडियोको सर्टिफिकेट देखाएपछि सिधै गीत रेकर्डिङको डेट दिनुभयो ।

दार्जिलिङमा हरेक वर्ष हुने गोर्खा दुक्क निवारक संघको संगीत प्रतियोगितामा ०३२ सालमा प्रथम भएपछि मेरो सांगीतिक क्षेत्रका लागि ढोका खुल्यो । सो प्रतियोगितामा त्यसअघि गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामा, शान्ति ठटाललगायत पुराना हस्तीहरूले पनि भाग लिएका थिए । उनीहरू पनि सोही प्रतियोगिताको उत्पादन हुन् ।

त्यस सांगीतिक प्रतियोगितामा अल इन्डिया रेडियोका प्रतिनिधिहरू आएर प्रथम हुनेलाई गीत रेकर्डको अवसर प्रदान गर्ने व्यवस्था थियो । मैले यस्तो अवसर पाएँ । अल इन्डिया रेडियोमा भ्वाइस टेस्ट पास गरेपछि मेरो गीत रेकर्डिङ हुन थाल्यो । अल इन्डिया रेडियोमा मैले पहिलोपटक रेकर्डिङ गरेको गीत थियो, चन्दन लोम्जेलको शब्द र संगीतमा निरास भएर जाँदै छु । ०४० सालसम्ममा अल इन्डिया रेडियोमा मैले ६० भन्दा बढी गीत रेकर्ड गराएँ । ती गीतमध्ये केही यादहरू आए नयनमा, खसालिदेऊ नयनमा आँसु सम्झेर बोलका गीत हिट भए । दार्जिलिङमा मैले दिनमा ६ वटासम्म गीत पनि रेकर्ड गराएँ ।

अल इन्डिया रेडियोमा गीत रेकर्डिङ गराएबापत पहिलो पारिश्रमिक ०३३ सालमा २ सय ५० रुपैयाँ पाएको थिएँ । सो पारिश्रमिकले हार्मुनियम किनेँ । पारिवारको आर्थिक स्थिति त्यति राम्रो नभएकाले सांगीतिक समूहसँग गीत गाएर दैनिकी चलाउँदै आफ्नो अध्ययन पनि अघि बढाएँ ।

एकचोटि दार्जिलिङबाट साथीहरूसँग घर फर्कने क्रममा आमाले ज्यामी काम गरिरहेको देख्दा मन भरिएर आयो । आमाको दुःख सम्झेर जीवनमा केही गर्ने अठोट पलायो । दार्जिलिङमा वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि म ०४१ सालमा काठमाडौं आएँ । काठमाडौंमा पहिलोचोटि पाइला टेक्दा खल्तीमा जम्मा ५० रुपैयाँ मात्र थियो । रत्न संस्थानले गरेको प्रतिभा खोजीमा भाग लिएर प्रथम भएपछि नेपाली सांगीतिक क्षेत्रमा पनि मेरो बाटो खुल्यो । त्यसपछि रेडियो नेपालमा छिरेँ । अल इन्डियामा गीत रेकर्ड गराएका हुनाले खासै गाह्रो पनि परेन ।

रेडियो नेपालमा पहिलोचोटि नातिकाजीलाई भेट्दा अल इन्डिया रेडियोको सर्टिफिकेट देखाएपछि सिधै गीत रेकर्डिङको डेट दिनुभयो । आर्थिक स्थिति कमजोर भएका कारणले दिनमा एउटा अफिस र बेलुकी सोल्टी होटलमा गाउने काम गरिरहेको थिएँ । सोल्टी होटलमा करिब २४ वर्षजति लगातार गीत गाएँ । होटलमा सुरु गर्दाताका ०४२ सालतिर १५ सय पारिश्रमिक थियो ।

काठमाडौंमा आएपछि शिलाबहादुर मोक्तानको शब्द तथा शम्भु थापाको संगीतमा ०४१ सालमा पाएको जिन्दगी व्यर्थमा फाली बोलको गीत रेकर्ड गराएँ । मलाई यो स्थानमा आइपुग्न रेडियो नेपालको ठूलो साथ रहेको थियो । ०४६ सालतिर पहिलोपटक सुभेक्षा एल्बम म्युजिक नेपालबाट रेकर्ड गराउन सफल भएँ ।

०४६ सालतिरै झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा बोलको गीत रेकर्ड गराएको हुँ । सोल्टी होटलमा बेलुकी गीत गाउन जाने क्रममा एक दिन सेक्युरिटीकी महिलाले गीत लेख्ने गरेको बताइन् । उनले आºनो गीत गाइदिन आग्रह गरिन् । तर, सरसर्ती हेर्दा कुनै राम्रो थिएन । तैपनि, किन निरुत्साहित गर्नु भनेर ४० गीत लेखेर दिन अनुरोध गरेँ । दुई महिनामा भनेजति नै गीत दिइन् । ती गीतमध्ये झस्केर दुख्छ यो कुटु मेरो उसैको यादमा बोलको गीतलाई छानेर निकाली छन्द मिलाएर गाएँ । यो गीतबाट मैले त्यति धेरै आस गरेको थिइनँ । तर, श्रोताले यति मन पराइदिनुभयो कि यो गीत कालजयी बन्न सफल भयो । बरु अपेक्षा गरेका गीतहरूले चाहिँ उति चर्चा पाएनन् । त्यो समयमा झस्केर दुख्छ बोलको गीत दिनमा झन्डै ६-७ चोटि बज्थ्यो । रमण घिमिरेले लेखेको र मदन दीपबिमद्वारा संगीतबद्धए नि लै लै बुढापाकाहरू बोलको गीतले पनि मलाई सांगीतिक क्षेत्रमा टिकाइराख्न मद्दत गरेको थियो । यसैगरी, नमरी बाँचे दैवले साँचे कहीँ त भेट होला बोलको गीतले सफलता पायो ।

०४१ सालदेखि अनवरत रूपमा सांगीतिक क्षेत्रमा लागिरहँदा मैले रेडियो नेपालमा ४० गीत रेकर्ड गराएँ । यसैगरी शुभेच्छा, झस्केर दुख्छ, लाक्पा, सुपर हिट्स अफ लाक्पा नामका एल्बम पनि बजारमा ल्याएको छु । ०६६ सालमा मुड अफ लाक्पा एल्बमबाट आर्जित रकमले मिर्गौलापीडित सूर्यबहादुर कुमालको उपचारका लागि पाँच लाख रुपैयाँ प्रदान गरेँ ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...