मिङमालाई पहिचानको चिन्ता – Janata Live
  • Sunday, February 5, 2023

मिङमालाई पहिचानको चिन्ता

  • जनता लाइभ
  • पुष २३, २०७५

मिङमालाई पहिचानको चिन्ता

कहिलेकाहीं प्रश्न पनि उठ्छ, ‘किन होला हगि हाम्रा युवा पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति माया ममता नभएको ? हाम्रो पहिचान भन्नु नै हाम्रो भाषा, कला र संस्कृति त हुन् नि । शेर्पा डान्स सिकाउने सेन्टरहरू त खुलेका छन्, शेर्पा भाषा सिकाउने ठाउँ खोइ ?’

संसारमा असम्भव भन्ने चीज केही छैन भनेर नेपोलियन बोनापार्टले त्यसै भनेका पक्कै होइनन् । उनले आफ्नै अनुभवका आधारमा भने, ‘असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्रै हुन्छ ।’

मिस शेर्पा प्रतियोगितामा भाग लिएको बखत मिङ्मा दिकी शेर्पाको मनमा एउटै डर थियो, पराजित भएँ भने त कसरी मुख देखाउनु ! तर हातमा उपाधि मिल्यो, लाज ट¥यो । उपाधि जितेपछि आफूलाई अरूले चिनेकामा गर्व लाग्छ । बाटाघाटामा र सवारी साधनमा हिँड्दै गर्दा कतिले मिस शेर्पा भन्छन्, त्यो पल गर्वको महसुस हुन्छ । मिस शेर्पा प्रतियोगिता निष्पक्ष नभएको गुनासोको सम्बन्धमा उनले भनिन्, ‘घूस खुवाएको कुरा पत्रिकामा छापियो, बजारमा हल्ला फैलियो । तर त्यो असत्य थियो । यो हार्नेहरूले लगाएको आरोप मात्रै हो ।’

शेर्पा ड्रेस मोडिफाई गरिएको विषयमा उनले बचाउ गर्दै भनिन्, ‘फस्र्ट राउन्डमा त हामीले शेर्पा ड्रेस नै लगाएका हौं । जेनेरेसन र क्लाइमेट नैै चेन्ज भइसकेको अवस्थामा त्यही हिमालमा लगाउने बख्खु लगाएर सहरमा हिँड्न त सकिँदैन नि ।’ मिस शेर्पाको ताज पहिरिएर शेर्पा संस्कृतिको प्रवद्र्धन गर्नका लागि उनीहरूले अवसर नपाएको उनको बुझाइ छ । भनिन्छ नि, अवसर पाएन भने योग्यताको मोल घटेर जान्छ । अवसर नै नपाएपछि के गर्नु ? एक्लै त के गर्ने ? शेर्पा संस्कृति संरक्षणमा उनको प्रतिबद्धता छ । शेर्पाहरूको लोप नै हुन लागेको कला र संस्कृतिप्रति अहिलेका युवा पुस्तालाई चासो र चिन्ता छैन । स्याब्रु नृत्यमा विशेष दख्खल राख्ने उनी यसैमार्फत शेर्पा संस्कृतिको प्रवद्र्धन र प्रचार गर्ने धुनमा छिन् ।

विषयगत ज्ञानको अलावा बाहिरी ज्ञानमा समेत पोख्त यी शेर्पा सुन्दरीले हाजिरीजवाफ प्रतियोगितामा अन्य समूहलाई हराएका उदाहरण प्रशस्तै छन् । ट्रिनिटी कलेजमा व्यवस्थापन संकायमा १२ कक्षामा अध्ययनरत यी षोडषीका पनि केही सपनाहरू छन् । सीए बन्ने सपना बोकेर जीवनको रथ हाँकिरहेकी छन् । ‘बीबीए सकाएपछि सीए बन्ने वा बैंकिङ क्षेत्रमा लाग्छु,’ हिमगाथाको कार्यालयमा गफिँदै सुनाइन् । शेर्पा समुदायका युवा पिँढीलाई नै शेर्पा भाषा नआएको प्रति उनको ठूलो चिन्ता छ । सुनाउँछिन्, ‘यस्तै अवस्था रह्यो भने त अबको दुई तीन पुस्तामै हाम्रो शेर्पा भाषा लोप हुने त्रास छ ।’

‘शेर्पा भाषा र संस्कृति जोगाउन शेर्पा इन्स्टिच्युट अहिलेसम्म कतै छैन । त्यस प्रकारको इन्स्टिच्युटको स्थापना गरेको खण्डमा केही हदसम्म हाम्रो कला भाषा र संस्कृतिको जगेर्ना पो हुन्थ्यो कि ?’ उनको प्रश्नसूचक नजर मतिर प¥यो । मिस शेर्पाको फस्र्ट रनर अप र सेकेन्ड रनर अपबीच यो विषयमा छलफल पनि भएको हो । तर युवा पुस्तालाई नै यसप्रति चासो र चिन्ता नभएकोमा उनको कोमल मन दुखेको छ । कहिलेकाहीं प्रश्न पनि उठ्छ, ‘किन होला हगि हाम्रा युवा पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति माया ममता नभएको ? हाम्रो पहिचान भन्नु नै हाम्रो भाषा, कला र संस्कृति त हुन् नि । शेर्पा डान्स सिकाउने सेन्टरहरू त खुलेका छन्, शेर्पा भाषा सिकाउने ठाउँ खोइ ?’

सत्र वर्षको उमेरमा आफूले पाएको प्लेफर्मलाई अब कसरी सदुपयोग गर्ने भन्ने ध्याउन्नमा लागिरहेकी छन् । जीवनलाई त्यति गाह्रो रूपमा नभोगेको भए पनि उनलाई लाग्छ सानोमा सानो कुरा प्राप्त गर्नका लागि पनि ठूलो संघर्ष गर्नुपर्ने रहेछ । त्यसैले त होला जीवनलाई संघर्ष भनिएको । उनका पिता लक्पा युला शेर्पा सोच्छन्, ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ ।’

पेसाले ट्रेकिङ व्यवसाय गर्ने शेर्पाको एक मात्र सन्तान हुन् मिङ्मा दिकी शेर्पा । युवाहरूको मुख्य डिप्रेसन हुने पिरियड नै यही सोह्र–सत्रको भएको भन्दै आफ्नो समस्या आफ्ना बुवा आमा र आफन्तलाई सेयर गरेको खण्डमा हलुका हुने धारणा उनले राखिन् ।-प्रकाशितः २०६९ चैत १९

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...