स्वामी विवेकानन्दका अनमोल वचन – Janata Live
  • Wednesday, February 8, 2023

स्वामी विवेकानन्दका अनमोल वचन

  • नीतिशास्त्र
  • पुष २३, २०७५

स्वामी विवेकानन्दका अनमोल वचन

युवाहरूको हृदयलाई स्वामी विवेकानन्दले जति आह्लादित बनाए, सायद त्यति अरू कसैले सकेनन् । रामकृष्ण परमहंसका चेला विवेकानन्द एक यस्ता सन्त थिए, जसको रौं–रौं राष्ट्रभक्तिले ओतप्रोत थियो । देशका दीनदुःखीको सेवा नै उनी ईश्वरको पूजा सम्झन्थे ।

युवा सन्यासी विवेकानन्दले व्यक्तिगत मुक्तिलाई जीवनको लक्ष कहिल्यै बनाएनन् । बरु करोडौं देशवासीको उत्थान नै आफ्नो जीवनको लक्ष बनाए । उनका केही अनमोल र जीवनोपयोगी वचन यहाँ प्रस्तुत गरिएको छ । जसले मानिसको जीवन नै बदल्न सक्ने विश्वास गरिन्छ :

० ब्रह्माण्डका सबै शक्ति पहिलादेखि नै हाम्रा हुन् । त्यो हामी नै हौं, जो आफ्नो आँखामा हात राख्छन्, उनीहरू मात्रै कति अन्धकार छ भनेर रुन्छन् ।

० उठ मेरा बाघहरू, यो भ्रमलाई मेटाइदेऊ कि तिमी निर्बल छौ । तिमी त अमर आत्मा हौ, स्वतन्त्र जीवन हौ, धन्य पनि छौ, सनातन छौ, तिमी तत्व पनि होइनौ र शरीर पनि होइनौ । तत्व त तिम्रो सेवक हो, तिमी तत्वको सेवक होइनौ ।

० उठ, जाग अनि त्यतिबेलासम्म नरोकिऊ, जबसम्म तिम्रो लक्ष प्राप्त हुँदैन । ० जसरी विभिन्न स्रोतबाट उत्पन्न भएको जलको धारा समुन्द्रमा मिसिन्छ, त्यसरी नै मान्छेद्वारा रोजिएको हरेक मार्ग चाहे त्यो असल होस् या खराब, भगवान्सम्म पुग्छ ।

० कसैको आलोचना नगर । यदि तिमी सहयोगको हात लम्काउन सक्छौ भने लम्काऊ, सक्दैनौ भने हात जोडेर नमस्कार गरिदेऊ र आफ्ना ती आफन्तहरू (मानिस) लाई आशीर्वाद लिएर उनीहरूको बाटोमा स्वतन्त्र छोडिदेऊ । ० आत्मका लागि कुनै पनि कुरा असम्भव छैन । असम्भव सोच्नु सबैभन्दा अधर्म हो । यदि कुनै पाप छ भने त्यो यही कि ‘तिमी दुर्बल छौ’ भन्नु ।

० यदि धन कसैको भलो गर्न काम आउँछ भने त्यसको मूल्य छ, होइन भने यो अपराधको थुप्रो मात्रै हो । त्यसैले यसबाट जति चाँडो मुक्त भइन्छ, त्यति नै राम्रो । ० जुन समयमा तिमीले जुन कामका लागि प्रतिबद्धता गरेका छौ, त्यसलाई त्यहीबेला गर्नुपर्छ । होइन भने तिमीलाई मान्छेले विश्वास गर्ने छैनन् ।

० त्यो व्यक्तिले मात्रै अमरत्व प्राप्त गर्छ, जसलाई सांसारिक वस्तुमा मोह हुँदैन । व्याकुल हुँदैन । ० हामी त्यो हौं, जसलाई हाम्रो सोचले बनाएको हुन्छ । त्यसैले यस कुराको ध्यान राख्नुस् कि तपाईं के सोच्नुहुन्छ । शब्द गौण हो, विचार जीवित रहन्छ, त्यसले लामो यात्रासम्म लैजान्छ ।

० जबसम्म मानिस आफैंमा विश्वास गर्दैन तबसम्म उसले भगवान्मा विश्वास गर्नै सक्दैन । ० सत्यलाई हजार तरिकाले बयान गरे पनि सत्य एकै हुन्छ । ० विश्व एक व्यायामशाला हो, जहाँ हामी आफूलाई बलियो बनाउन आउँछौं ।

० जुन दिन तिम्रो बाटोमा कुनै समस्या आउँदैन, यो सोच्नु कि तिमी गलत बाटोमा यात्रारत छौ । ० यो जीवन अल्पकालीन छ, संसारका विलासिता क्षणिक छन्, तर जो अर्काका लागि बाँच्छन् उनीहरू साँच्चै बाँचेका छन् । ० एकै शब्दमा यो आदर्श अटाएको हुन्छ कि ‘तिमी परमात्मा हौ ।’

० भगवान्को पूजा एक परमप्रियका रूपमा गरिनुपर्छ, यो र अर्को जीवका सबै थोकभन्दा एक कदम अगाडि बढेर । ० यदि आफैंलाई विश्वास गर्न गहन तरिकाले पढाइएको र अभ्यास गराइएको भए, मलाई विश्वास छ कि दुःख र नराम्रो पक्षको ठूलो अंश गायब भएको हुन्थ्यो ।

० बाहिरी स्वभाव मानिसको भित्री स्वभावको ठूलो रूप हो । ० हामीले जति बाहिर गएर अरूको भलो ग¥यौं, हाम्रो हृदय उती नै शुद्ध हुन्छ र परमात्मा आएर त्यसमा बस्छन् । -स्वामी विवेकानन्द

 

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...