ल्हाबब दुछेनको महत्त्व – Janata Live
  • Friday, February 3, 2023

ल्हाबब दुछेनको महत्त्व

  • आचार्य सार्की शेर्पा
  • पुष २३, २०७५

ल्हाबब दुछेनको महत्त्व

शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव २०७६ मंसिर ३ गते मंगलबारको दिन परेको छ ।

नेपालको तराई भेग भारत र नेपालको सिमान सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा तत्कालीन महाराजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थ गौतमको जन्म भएको सातौँ दिनमा महारानी मायादेवीको देहान्त भई तुषित देवलोकमा जन्मनुभएको थियो । माता मायादेवीको देहान्तपश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नुभएको थियो ।

राजकुमार सिद्धार्थ गौतमलाई राजदरबारमा विभिन्न भौतिक सुख-सम्पन्न रहेको स्थान उपलब्ध गराईदिँदा पनि सबै भौतिक सुख परित्याग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनुभएको थियो । तत्पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भारतको विहार प्रदेशको उरुवेल गाउँको नैरन्जन नदीको किनार (बोधगया) मा ६ वर्षको कठोर ध्यान साधनापछि ३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गर्नुभएको थियो ।

बोधिज्ञान प्राप्तपश्चात् सर्व प्राणी हितार्थ विभिन्न नगरको भ्रमण गर्नुभई व्यक्तिको क्षमताअनुसार उपदेश प्रदान गर्नुभएको थियो । सोही क्रममा शाक्यमुनि बुद्ध ४१ वर्षको उमेरमा तुषित देवलोकमा आफ्नो माता मायादेवीलाई धर्म प्रवर्चन गर्न पाल्नुभएको थियो । उहाँले देवलोकमा आफ्नो माता र देवताहरूलाई तीन महिना प्रवचन दिनुभएको थियो । त्यस बेला श्रावस्तीका भिक्षुहरू सबै एकै साथ वर्षाबासमा बसेको थियो । मगधका राजा बिम्बिसार र श्रावस्तीका राजा प्रसेनजितलाई शाक्यमुनि बुद्ध कहाँ रहनुभएको थाहा नभएपछि भिक्षुहरूलाई सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो मातालाई धर्म प्रवचन दिईरहनुभएको छ भन्नुभएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रण गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्यहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोकमा आमन्त्रण गर्नुभएको थियो ।

शाक्यमुनि बुद्धले उहाँहरूको आमन्त्रणलाई स्वीकार गरी कार्तिक कृष्णपक्षको सप्तमीका दिन देव, मनुष्य स-परिवार चमत्कार सिढीँबाट मनुष्य लोकमा पाल्नुभएकोले यस दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव दिवसको रूपमा मान्ने गर्दछ । यसै उपलक्ष्यमा शिष्यहरूले एक चैत्य स्थापना गर्नुभएको थियो । सो चैत्यलाई देव अवतरण चैत्य (ल्हाबब छ्योर्तेन) भनिन्छ ।

विशेषगरी यस दिन बौद्धमार्गीहरूले साक्षात् बुद्धको रूपमा विश्वास गरिने चैत्य, मणिहरूलाई सरसफाई गरी रङ्गाउने र पञ्चरंगी ध्वाजा(पताका लगाई पाठपूजा प्राण(प्रतिष्ठान (राब्ने) गर्ने प्रचलन रहेको छ । साथै गोन्पा, चैत्य जस्ता पवित्र स्थानहरूमा पाठपूजा, धार्मिक प्रवचन आदि कार्यक्रमको पनि आयोजना गर्ने गरिएको पाइन्छ । –आचार्य सार्की शेर्पा

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...