जो संसारमै धनी कहलिए – Janata Live
  • Sunday, February 5, 2023

जो संसारमै धनी कहलिए

  • एजेन्सी
  • पुष २२, २०७५

जो संसारमै धनी कहलिए

विश्व इतिहासमा अनेकथरी धनी व्यक्तिहरूबारे पढ्न पाइन्छ । सयौं वर्ष अघिदेखि यस्ता व्यक्तिहरूको चर्चा भइरहेको छ ।

इतिहासदेखि वर्तामानसम्म सबैभन्दा चर्चित धनीहरूको विवरण यस्तो छ :

१०) मन्सा मुसा :

जीवन अवधि : (१२८०–१३३७)

देश : माली

धनसम्पत्ति : अकल्पनीय

११ औं शताब्दीका माली देशको सहर टिम्बुक्टुका राजा मन्सा मुसा संसारभरकै सबैभन्दा धनी व्यक्तिको रूपमा मानिन्छन् । उनको धनसम्पत्तिको लेखाजोखा अझै पनि हुनसकेको छैन । अमेरिकाको एक निजी विद्यालयका इतिहासका प्रोफेसर रिर्चाड स्मिथका अनुसार उनी दक्षिणी अफ्रिका मालीका सबैभन्दा बढी सुन उत्पादन गर्ने व्यक्ति थिए ।

मिशिगन युनिर्भसिटीमा इतिहास प्रोफेसर रुडोल्फ वेयरका अनुसार उनको धनसम्पत्ति यति थियो कि कसैलाई वर्णन गर्न पनि धेरै संर्घष गर्नुपथ्र्यो ।


९) सम्राट अगस्तस

जीवन अवधि : ६३ बि.सी. १४ ए.डी.

देश : रोम

धनसम्पत्ति : ४ दशमलव ६ ट्रिलियन

सम्राट अगस्तस सम्पूर्ण इजिप्ट नै उनको प्रभुत्वमा रहेको थियो । जसबाट उनको मनग्य धनसम्पत्ति केही अनुमान लगाउन सक्छौँ । स्टैनफोर्ड युनिर्भसिटीका इतिहासका प्रोफेसर इयान मोरिसका अनुसार अगस्तसको त्यस समयमा देशको पाँच भागमा एक भाग उनको सम्पत्तिको थियो । जुन अहिलेको समयमा ४.६ ट्रिलियन हो ।

८) सम्राट शेनजोङ

जीवन अवधि : १०४८–१०८५

देश : चीन

धनसम्पत्ति : २५ प्रतिशत देखि ३ं० प्रतिशत विश्वको

चीनको सङ वंशका यी सम्राट चीनकै आर्थिकरूपले सबैभन्दा शक्तिशाली सम्राटका रूपमा चिनिन्छन् । उनको सम्पत्तिको मुख्य स्रोत कर संकलन र प्राविधिक आविष्कार थियो । सङ वंशकै अध्ययन गरेका इतिहासविद् तथा ट्याम्के विश्व विद्यालयका प्रोफेसर रोनाल्ड ए एडर्वाडका अनुसार त्यस समयमा सङ वंशीहरूले चीनको आर्थिक क्षेत्रलाई निकै जोड दिएका थिए ।

यसै कारण उनले मनग्य धनसम्पत्ति जोगाउन सकेका हुन् ।


७) अकबर

जीवन अवधि : १५४२ १६०५

देश : भारत

धनसम्पत्ति : विश्व अर्थको २५ प्रतिशत हिस्सा

मुगल साम्राज्यका शक्तिशाली राजा अकबर र विरबलको हामीले बच्चा बेलादेखि कथा सुन्दै आएका हौँ । हामीलाई उनीहरूको वुद्धिमताको परिचय त दिएकै छ ।

यसका साथै, राजा अकबरको धनसम्पत्ति पनि यथेष्टरूपमा रहेको हामीलाई थाहा नै छ । त्यस समयमा राजा अकबरको धनसम्पत्ति बेलायतकी रानी एलीजावेथसँग तुलनायोग्य रहेको त्यस बेलाको अर्थविद् एंगस म्याडिसनले उल्लेख गरेको फर्चुन म्यागजिनले लेखेको छ ।


६) जोसेफ स्टालिन :

जीवन अवधि : १८७८ १९५३

देश : सोभियत युनियन

धनसम्पत्ति : सम्पूर्ण सोभियत युनियन साथसाथै, विश्वको अर्थमा त्यस ताका ९.६ प्रतिशतको हिस्सा
विश्वभर चिरपरिचित तानाशाह जोसेफ स्टालिन आधुनिक अर्थ इतिहासको असामान्य व्यक्तिको रूपमा देखिन्छन् ।

उनको सम्पत्तिको लेखाजोखा गर्दा त्यस समयको करिब ९.५ प्रतिशतको विश्व अर्थ हिस्सा उनको थियो । जुन अहिले ७.५ ट्रिलियन अमेरिकी डलर हो ।


५) एन्ड्री कार्नेगीः

जीवन अवधि : १८३५–१९१९

देश : संयुक्त राज्य अमेरिका

धनसम्पत्ति : ३७२ विलियन अमेरिकी डलर

एन्ड्री कार्नेगीलाई अमेरिकी धनीहरूमध्येकै सबैभन्दा धनी मानिन्छ । सन् १९०१ मा उनको कम्पनीलाई स्र्कटिस्ट आप्रवासीले ४ सय ८० मिलियन अमेरिकी डलरमा बेचेका थिए । त्यस समयमा उक्त मूल्य अमेरिकी कुल ग्राहस्थ उत्पादनको २.१ प्रतिशत थियो ।

सन् २०१४ सम्ममा उक्त रकम ३ सय ७२ विलियन रहेको छ । यस कारण पनि उनी सदाकालका धनी व्यक्तिमध्ये पर्छन् ।

४) जोन डि रकफेलर :

वर्ष : १८३९ १९३७

देश : अमेरिका

धनसम्पत्ति : ३ सय ४१ विलियन

पेट्रोल पदार्थ व्यवसायमा लागि अमेरिकाको ९० प्रतिशत अमेरिकी आयल उत्पादन आफ्नो नियन्त्रणमा भएका रकफेलर पनि धनी व्यक्तिहरूमध्ये पर्दछन् ।

कार्नेगी .पछिका अर्को अमेरिकी धनी व्यक्तिमा उनी पनि पर्दछन् ।

३) एलन रूफुस

वर्ष : १०४०–१०९३

देश : बेलायत

धनसम्पत्ति : १ सय ९४ विलियन

‘द रिचेस्ट अफ द रिच’ किताबका लेखब फिलिप बेर्सफोर्ड र बिल रुविनटिनका अनुसार, बेलायतको आर्थिक क्षेत्रमा उनको ७ प्रतिशतको हिस्सा थियो ।

जुन सन् २०१४ सम्ममा १ सय ९४ विलियन डलर हुन पुगेको छ ।

२) बिल गेट्स

जीवन अवधि : सन् १९५५ देखि अहिले सम्म

देश : संयुक्त राज्य अमेरिका

धनसम्पत्ति : ७८.९ विलियन

अहिलेसम्म जीवित धनी व्यक्तिमा पर्छन्, बिल गेट्स । माइक्रोसफ्टका संस्थापक बिल गेट्स ७८.९ विलियनको धन रहेको फोर्बस् म्यागेजिनले उल्लेख गरेको छ ।

उनलाई पच्छ्याउँदै जाराको सहसंस्थापक अमानिको ओर्टजा ८ विलियनले बिल गेट्स न्दा पछि छन् ।

१) जेङ्गिज खान :

जीवन अवधि : सन् ११६२ १२२७

देश : मंगोलियन सम्राट

धनसम्पत्ति : प्रशस्त जग्गा, जमिन

जेङगिज खान धनसम्पत्तिभन्दा पनि उनले जितेका भूगोलले सदैव धनीमा पर्दछन् । उनले आफ्नो देशको सिमाना चीनदेखि युरोपसम्म पु¥याएका थिए ।

यसका बाबजुद पनि उनी धनसम्पत्ति एकत्रित गर्न भने कहिले लागेनन् । योद्धा भएर पनि उनको धनदौलतप्रतिको वितृष्णा र दयालु स्वभावले उनलाई सबैको प्रिय बनाएको थियो ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...