गर्भाधान होइन : बच्चा बस्ने जालो – Janata Live
  • Wednesday, February 8, 2023

गर्भाधान होइन : बच्चा बस्ने जालो

  • जनता लाइभ
  • पुष २२, २०७५

गर्भाधान होइन : बच्चा बस्ने जालो

रमा चन्द (नाम परिवर्तन) को जीवनशैलीमा त्यस्तो कुनै उतारचढाव छैन् । सुदूरपश्चिम घर भए पनि उनी हाल काठमाडौँमा बस्छिन् । उनले गाउँघरमा जस्तो कठोर काम पनि गर्नुपर्दैन् । उमेरले २३/२४ टेकेकी रमालाई खानपानको पनि कमी छैन् । सन्तुलित आहार नै खान्छिन् ।

विवाह गरेको करिब दुई वर्षपछि पेटमा बसेको बच्चा जन्माउन सकिनन् रमाले । पेटमा ‘बच्चा बसेपछि उनको पाठेघरको आकार बढ्यो । महिनावारी रोकियो । अस्पताल गएर जँचाए । बच्चा बसेको पक्का भयो’, रमाले भनिन्, ‘आमा बन्ने कुराले खुसी लाग्यो ।’ तर त्यो खुसी उनका लागि क्षणिक मात्र भयो । उनले भनिन्, ‘मेरो पेटमा स्वस्थ बच्चा नभएर बच्चा बस्ने जालो मात्र बढिरहेको रहेछ । अट्रासाउन्ड गरेर २ पटक हेरँे । फेरि पनि नदेखिएपछि चिकित्सकको सल्लाहमा औषधिको सहायताले बच्चा फालेँ ।’

तर, उनी आमा बनेर खुसी हुन भने पाइनन् । किनकि उनको पेटमा बच्चा नभएर बच्चा बस्ने जालो मात्र बढिरहेको थियो । यस्तो समस्या महिलामा फोलिक एसिडको कमीले हुने गर्छ । कहिलेकाँही जेनेटिक कारणले हुन्छ भने धेरैजसो थाहा नहुने कारणले पनि हुनसक्छ । स्त्री रोग विषेशज्ञ डा. गेहनाथ बराल भन्छन्, ‘यस्तो अवस्था आएमा सुरक्षित तरिकाले गर्भपतन गराउँदा आमालाई अन्य समस्या देखिँदैन ।’

सामान्यतया महिलाको पेटमा शुक्रकिट र डिम्बको संयोजकत्वमा भ्रुण (फर्टिलाइजेसन) निर्माण हुन्छ । जुन प्रक्रिया निरन्तर भएको खण्डमा बीएचसीजी नामको हर्मोन बढ्न थाल्छ । यो रगतका साथै पिसाबमा देखा पर्न थाल्छ । जसका कारण प्रेग्नेन्सी टेस्ट पोजेटिभ भएको मानिन्छ । यो प्रक्रियाका लागि कम्तिमा १–२ हप्ताको समय लाग्ने डाक्टर बराल बताउँछन् ।

यस्तो प्रक्रिया सकिएपछि बच्चा बस्ने घरभित्र बच्चा भएको वा नभएको भिडियो–एक्सरेबाट देखिन्छ । दुई साताको अवधिमा पनि बच्चा नदेखिए ८ हप्तासम्म आत्तिन नहुने डाक्टरको भनाइ छ । किनकि अल्ट्रासाउन्ड गर्दा पनि स्याक डायमिटर १८ मिलिमिटरभन्दा माथि गएपछि मात्र बच्चा देखिन्छ ।

यसका लागि कम्तीमा फर्टिलाइजेसन भएको ५ हप्ता कुर्नुपर्ने डाक्टर बरालको सुझाव छ ।
कसैकसैको फर्टिलाइजेसन भएको सही दिन थाहा नहुने भएकाले ८ हप्ता कुर्नुपर्ने हुन्छ । यति भएपछि पनि बच्चा नदेखिएमा मेडिकल वा सर्जिकलको माध्यमले महिलाको सुरक्षित गर्भपतन गराउनु नै राम्रो हुने बताउँछन् डा. बराल ।

गर्भपतनपछि रमा अर्को बच्चा जन्माउने सोचमा छिन् । उनी भन्छिन्, ‘चिकित्सकको सल्लाहमा गर्भपतन गराए पनि गाउँमा आमा बुबाालाई सम्झाउन नसकेर हैरान भएको छु ।’ श्रीमान्ले सहयोग गरे पनि घरपरिवार गाउँमा बस्ने भएकाले उनीहरूबाट मानसिक तनाव हुने गरेको उनले बताइन् ।
डा. बराल कोहीकोहीमा मात्र यस्तो अवस्था हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘यस्तो भएपछि चिकित्सकको सल्लाहबमोजिम अर्को बच्चाको सुरसार गर्नु राम्रो हुन्छ ।’ पहिलो वा जुनै बच्चा यस्तो भए पनि पछिल्लो बच्चा नहुने भन्ने हुँदैन । महिलाले सुरक्षित गर्भपतन भने गराउनुपर्ने डाक्टरको भनाइ छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...