अर्टिज्म पत्ता लगाउने नयाँ प्रविधि

अर्टिज्म विशेषतः साना बालबालिकाहरू देखिने रोग हो । यस रोगका लक्षणहरूमा बच्चा नबोल्ने, एकोहोरो हुने, एक्लै बस्न रुचाउने, साथीहरू नबनाउने तथा कोहीसँग पनि घुलमिल नहुनेजस्ता लक्षण देखा पर्छन् । अर्टिज्मले प्रायः बच्चाहरूको सामाजिक रहनसहनमा असर गर्छ । सुरुमा बच्चाहरूको बानी व्यवहारमा परिवर्तन गर्छ । टोलाउने, बोल्न नरुचाउने वा बोल्न भकभकिने, हडबडाउने, नहाँस्ने, नयाँ व्यक्तिहरूसँग डराउने, साथीहरू कम हुने वा हुँदै नहुने यस प्रकारका लक्षण देखा पर्छन् ।
नयाँ तथ्यअनुसार रगत र पिसाबको माध्यमबाट उक्त रोगको लक्षण पत्ता लाग्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । यस अघि कुनै प्रकारको प्रविधिबाट अर्टिज्मको पत्ता लाग्न सक्ने थिएन बच्चाको स्वभावका आधारमा मात्र उक्त रोगको ठहर हुन्थ्यो । बारबिक युनिर्भसिटीका अनुसन्धाताका अनुसार यो प्रविधि संसारमै पहिलो अन्वेषण हो । यसबाट संक्रमित बच्चाहरूलाई यस रोगबाट शुरुमै बचाउन सकिनेछ । अर्टिज्मको पहिचान शुरुमै हुन नसक्ने हुँदा यसको पहिचानको लागि यो प्रविधि उपयोगी रहेको छ ।
बारबिक विश्वविद्यालयका टोलीले इटालीको युनिर्भसिटीका अफ बोलोग्नासँगैले गरेको एक अध्ययनमा ३० जना बच्चाहरू जसलाई अर्टिज्म भएको थियो । उनीहरूको रगत र पिसाबको परीक्षण गर्दा यस्तो अवस्था भेटिएको हो । युकेमा अर्टिज्मबाट ग्रसित हुनेको संख्या केटीभन्दा बढी केटाको रहेको छ ।
उक्त अध्ययन टोलीका प्रमुख निला रब्बानीका अनुसार, यस अध्ययनले अर्टिज्मको निदानमा ठूलो सहयोग पु¥याउन सक्ने देखिएको छ । साथै, रगत तथा पिसाबको माध्यमबाट अझ नयाँ र यसबारे लुकेका तथ्यबारे जानकारी पाउने अपेक्षा गरिएको छ ।
उक्त रिसर्चबाट भेटिएको तथ्यले आर्टिजमका रोगीहरूमा हाम्रो रगतको प्लाज्मामा रहेको प्रोटिनको खराबीले हुने गरेको जानकारीमा आएको छ । अक्सिडेसन मार्कर डिटिरेजिनाको मात्रामा हुने वृद्धिले उक्त रोगको संक्रमण देखा पर्ने गरेको छ । जुन हाम्रो रगतको प्लाजमामा हुने गर्दछ । वंशाणुगत कारणले पनि अर्टिज्म हुन सक्छ । यसका साथै आफ्नो वरपरको वातावरणले पनि बच्चामा यस प्रकारको रोग लाग्ने देखिएको छ । यसै कारण उनीहरूलाई मैत्रीपूर्ण वातावरण सिर्जना गरिदिनुपर्छ । कडा निगरानी र डर धम्कीभन्दा पनि माया र सौहार्दपूर्ण व्यवहारप्रदर्शन गर्न सकेमा अर्टिज्मबाट पीडित बच्चाहरू केही खुलस्त हुन सक्छन् ।
गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ
बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...
अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु
यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...
राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...