परम पुज्य वागिन्द्रं धर्ममतीको वाणी – Janata Live
  • Sunday, February 5, 2023

परम पुज्य वागिन्द्रं धर्ममतीको वाणी

  • जनता लाइभ
  • पुष २०, २०७५

परम पुज्य वागिन्द्रं धर्ममतीको वाणी

ऐमा पूर्व दिशामा अवस्थित मारातिका नामक तीर्थस्थानमा हिमवत्खण्डका नाथ आर्यलवलोकितेश्वर, चीनका पञ्चशिखर पर्वतमा मञ्जुश्रीनाथ र अलकावत् पर्वतमा साक्षात वज्रपाणि विराजमान हुनुहुन्छ ।

यी तीन कुलनाथले आशीष प्रदान गरेको स्थान मारातिका –हलेसी) गुफा हो । मारातिका वरिपरि उक्त तीन वोधिसत्वहरुको प्रतीक स्वरुपको पर्वत पनि रहेको छ । गुफाको भूमण्डल कमलको पत्रदल र आकाशपट्टि चक्रनेमीले घेरेको छ । गुफाको चारै दिशामा अष्टमंगल र अष्टद्रव्यले सुशोभित पारेको छ । चारऋतुमा चार प्रकारको फुलहरु फुलीरहेको हुन्छ । गुफाभित्र चौविसवटा तीर्थस्थानको विशेषताहरु पूर्णभएको हुँदा यो तीर्थस्थान दर्शन गरेमा चौविस तीर्थ दर्शन गरेको पुण्य प्राप्त हुनेछ ।

गुफाको आकार आयुप्रसादको रुपमा रहेको छ साथै गुफाको भित्री र बाहिर दृश्य प्रज्वलित मणिरत्न थुपारेका जस्तो तथा गुफाको समग्र आकार अपरिमिता आयुज्ञान बुद्धको स्वरुप जस्तो छ ।

आयु् सिद्धीको समुत्पाद हुने लक्षण स्वरुप गुफा परिक्रमा गर्नेबाटो बायाँपट्टिबाट दक्षिण दिशातिर बढेर गएको छ । गुफाको आकार अर्धचन्द्र र सूर्यचन्द्रको रुपमा रहेको छ । बुद्ध समुच्चायका स्वरुप गुरु पद्मसंभवले परापूर्वकालमा नै बुद्धत्व प्राप्त गरेको भएता पनि हामी जस्ता अशुद्ध अज्ञानी सत्वप्राणिहरुको दृष्टिमा वोधिज्ञान प्राप्त गर्नुभएको अभिनय गर्न, प्राणीकै कल्याणको निम्ति माता मन्दरावदेवीलाई महामुद्रामा समाहित गर्दा त्यसबाट विद्याधरमा वास पाउनुभइ जन्म र मृत्यु नहुने अमर रश्मिदेह अर्थात कुमार काय प्राप्त गरेको तीर्थस्थान हो । यस तीर्थस्थानमा पुगेको मात्रले पनि चारसय चवालिस प्रकारको रोग, दशाग्रह र एक हजार अस्सी प्रकारका विध्न वाधाहरु विनष्ट भई शान्त हुनेछ ।

यस जीवनमा अकाल मृत्युको युद्दबाट विजयहुने र साधरण मानिसको आयु कल्पवृक्ष झैँ दीर्घकालसम्म जीवित रहने गरेको हामीले प्रत्यक्ष रुपमा देखेको तथा सुनिरहेका छौं, भने ध्यान भावना गर्ने साधकहरुको विषयमा सायद भनि रहनु पर्दैन होला ।

अन्ततः हामी साधरण व्यक्तिले यो तीर्थस्थानको वर्णन गर्नु जीभ्रो दुखाउनु हो र यसको वास्तविकतालाई कसैले नकार्न सक्दैन । मेरो पुज्य गुरुवर दुई निधिपतिहरुको भविष्यवाणी अनुसार पूर्वजन्मको कर्मले गर्दा नाथ अपरिमिता आयुज्र्ञान र परम शरण्य शाक्यकेतु बुद्ध यस कलियुगका एकमात्र नाथ गुरु पद्मसंभव इत्यादि तपवोनको आलम्वन अति सुन्दर कार्यहरुमा अवलम्वित हुन पाउँदा यी आधारहरु सहजसिद्ध भएका हुन । यसबाट यो कलियुगमा बुद्धका शासन र शासनधरहरुको शिरोमणि हिमवतखण्डका नाथ तेन्जिन ग्याक्षो (दलाई लामा) र दुई निधिपति मुलगुरुहरु लगायत सम्पूर्ण महापुरुषहरुको काय क्षण भंगुर नभई वज्र झैँ अविनाश भइरहोस् ।

उहाँहरुको वाकबाट अविछिन्न धर्मवाणी भइरहुन । चित्तको सम्पूर्ण शुभेच्छा पूर्ण होउन् । सामान्यता विश्वमा शान्ति छाउन् र विषेश नेपाल, तिब्बत र भुटानआदि देशको राजा प्रजा र गरिव दुःखी सबै स्वतन्त्र भई धर्मनीति र राजनीतिका सुख शान्तिको श्रीमा उपभोग गर्न पाउन । प्राणीको धर्मकार्य तथा सुख शुक्लपक्षको चन्द्रमा झैँ दिनप्रतिदिन वृद्धि भइरहोस् । हामी समस्त सबै मानिसहरुको दुलर्भ मानवदेह दीर्घायुभई तत्काल धर्म अनुकुलको मनोकामना पूर्ण होउन र अन्तमा बुद्ध नाथ अपरिमितासँग अभिन्नभइ गुरु पद्मसंभवका मुखमण्डल दर्शन गर्न पाई चारै दिशातिर शुभ मंगलका ज्योतिले ढाकियोस् । साथै यस तीर्थस्थानमा शुभमंगल वृद्धि होउन ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...