सेलिब्रेटीका अनौठा बानी – Janata Live
  • Friday, February 3, 2023

सेलिब्रेटीका अनौठा बानी

  • एजेन्सी
  • पुष २०, २०७५

सेलिब्रेटीका अनौठा बानी

अमिताभ बच्चन
अमिताभ बच्चन घडी लगाउन निकै मन पराउँछन् । उनका छोरा अभिषेक बच्चन पढ्नका लागि विदेश गएका बेला भारत र त्यहाँको टाइमजोनका कारण अमिताभले दुईवटा घडी लगाउन थालेका थिए । त्यसबेला देखि उनले आजसम्म दुबै हातमा घडी लगाउने गरेका छन् । अहिले यो उनको स्टाइल नै बनेको छ ।

शाहरुख खान
बलिउडमा ‘किङ खान’ भनेर चिनिने शाहरुख खान जुत्ता खोल्न जाँगर चलाउँदैनन् । उनी दिनमा एकपटक मात्र जुत्ता खोल्छन् । कहिलेकाहीं त उनी जुत्ता लगाएरै ओछ्यानमा पुग्छन् ।

करिना कपूर
अभिनेत्री करिना कपूरको बानी बच्चाको जस्तै छ । उनी नङ टोकीरहेकी हुन्छिन् । यो बानीबाट उनले अफै पनि छुटकारा पाउन सकेकी छैनन् ।

सैफअली खान
अभिनेता सैफअली खानको नराम्रो बानी छ, बाथरुममा समय बिताउने । उनी बाथरुम पसेपछि धेरै समय लगाउँछन् । त्यही कारण उनको बाथरुममा पुस्तकालय र टेलिफोन एक्सटेन्सन पनि राखिएको छ ।

सन्नी लियोनी
सन्नी लियोनीको पनि बानी अनौठो खालको छ । उनी पटकपटक खुट्टा धोइरहन्छिन् । जिस्म–२ को सुटिङमा उनको यही बानीले ‘क्रु मेम्बर्स’ हैरान भएका थिए ।

सुष्मिता सेन
सुष्मिता सेन खुला आकासमुनी नुहाउन रुचाउँछिन् । उनलाई बाथरुममा भन्दा खुला स्थानमा नुहाउन बढी आनन्द लाग्छ । उनले घरको छतमा बाथटब नै राखेकी छन् । त्यस्तै उनको अर्को पनि अनौठो बानी छ, सर्प पाल्ने । सुष्मिताले घरमा ‘पाइथन’ नामक सर्प पालेकी छन् ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...