राति डराउने मनोविज्ञान ! – Janata Live
  • Friday, February 3, 2023

राति डराउने मनोविज्ञान !

  • एजेन्सी
  • पुष १९, २०७५

राति डराउने मनोविज्ञान !

कालो रङका विभिन्न आयामहरू छन् । यसले शोक संकेत गर्छ । तर, कहिलेकाहीँ यसले सुखद जीवनशैली पनि जनाउँछ ।

रङ विशेषज्ञ तथा पेन्टोन कलर इन्टिच्युटका कार्यकारी प्रमुख लिटरेस आइसम्यानले एक सय वर्षयता कालो रङको परिभाषा परिवर्तन हुँदै गएको बताइन् । उनका अनुसार कालो रङ दुःख, पीडा र अन्धकार हुँदै यतिबेला फेसनमा परिवर्तन भएको छ । ‘अब कालो रङ मनोवैज्ञानिक ढंगले बलियो र शक्तिको रूपमा लिन थालिएको छ । पहिलेजस्तो यस रङलाई दुःखको प्रतिक मानिन छाडिएको छ’, आइसम्यानले भनिन् । आज संसारमा कालो रङले महंगा कपडा, ग्याजेट र आत्मविश्वासलाई जनाउन थालेको उनको भनाई छ ।

तर, कालो रङबारेमा विभिन्न संस्कृतिमा आ–आफ्नै पौराणिक कथन छन् । अमेरिका र युरोपेली समाजमा कालो रङले शोकलाई संकेत गर्छ । उनीहरू कसैप्रति शोक प्रकट गर्दा कालो कपडा लगाउँछन् । नकारात्मक शक्ति, भूतप्रेतलाई उल्लेख गर्दा उनीहरू कालो रङसँग जोडिएका अँध्यारोपन, रातलाई संकेत गर्छन् । तर, यस विषयमा रङ विश्लेषक आइसम्यानको भने भिन्न धारणा छ । उनी भन्छिन्, ‘कालो रङले रातको संकेत गर्छ । रातले दिनलाइ नै जितिदिन्छ ।’ त्यसैले उनी कालो रङ शक्तिको प्रतिक भएको बताउँछिन् ।

कालो रङले अन्धकार र रातको समय सोच्न बाध्य बनाउँदै मनमा डर सृजना गर्छ ।

अँध्यारोसँग डर
जब हामी राती एक्लै घरमा चलचित्र हेरिरहेका हुन्छाँै । हामी सुरक्षित छौँ । त्यसमा कुनै शंका छैन । तर, जब अनौठा आवाज हाम्रो कानमा गुञ्जन्छ, हावाको झोंक्का झ्यालबाट सुनिन्छ, तब हामीमा मनोवैज्ञानिक भय सृजना हुन्छ । अदृश्य कुरासँग हामी किन डराउने ? ‘डर दुखाईजस्तै हो । डरले नै हामीलाई हानी हुनबाट रोक्दछ’, ‘द एन्टी एन्जाइटी वर्कबुक’का लेखक तथा रियर्सन विश्वविद्यालयमा मनोविज्ञान विषयका प्राध्यापक रहेका मार्टिन एन्टोनीले भने । डरले मानिसमा आउँदो खतराप्रति सजग गराउने उनको भनाई छ । इतिहासलाई हेर्दा मानिस अँध्यारोमा निस्कन डराउँथे । त्यसबेला जनावरको खतरा भएका कारण रातलाई डरको संज्ञा दिइन्थ्यो । त्यही स्थापित संस्कारलाई पछ्याएका कारण मानिसहरू अध्यारोदेखि वर्तमान अवस्थामा पनि डराउने एन्टोनीको बुझाई छ । ‘अँध्यारोमा हामी दृश्य देख्न सक्दैनौं । त्यसले हामीमा भय उत्पन्न हुन्छ । त्यसपछि हामी बत्तीको सहारा लिन्छौँ । भनेपछि हामीमा उत्पन्न डरले सम्भावित खतराप्रति सजग गराउँछ’, उनले भने । तर, २१ औँ शताब्दीको डिजिटल जमानामा नयाँ आविष्कारले रातको समयलाई पनि उज्यालो बनाउँदै गएको छ । –डेनिल्ला ईम्यानुअल

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...