मार्क जुकरबर्ग र फेसबुक – Janata Live
  • Friday, February 3, 2023

मार्क जुकरबर्ग र फेसबुक

  • एजेन्सी
  • पुष १९, २०७५

मार्क जुकरबर्ग र फेसबुक

फेसबुकको कारण आज हामी विश्वको कुनै पनि कुनाबाट आफ्ना मित्रहरुसँग सम्पर्कमा छौं । केही समयअघि समाज यस्तो अवसरबाट बञ्चित थियो । अहिले फेसबुक सञ्चारमा मात्र सिमित छैन । त्यहाँ कैयौं रुचीका क्षेत्रहरु छन्, जसमा मानिसहरु एकआपसमा झुम्मिन सक्छन् । मासिक एक अर्ब प्रयोगकर्ता भएका फेसबुकको आविष्कार कुनै बुढा वैज्ञानिकले गरेको होइन । यसलाई २४ वर्षिया मार्कजुकरबर्गले बनाएका थिए । उनी संसारका युवा अर्बपति मध्ये पर्छन् ।

सन् १९८४ को मे १४ मा जन्मिएका उनी शिक्षित परिवारका दोस्रा सन्तान हुन् । माध्यमिक तहको अध्ययनमा उनलाई प्रोग्रामिङमा त्यति रुची थिएन । १० वर्षको उमेरमा मार्कले इन्टेल ४८६ प्रोसेसरको पहिलो कम्प्युटर पिसि क्वान्टेक्स ४८६ डिएक्स पाए । त्यसपछि उनले संसारमा दुई फरक भागमा विभाजन गरेर हेर्न थाले स् प्रोग्रामर र प्रयोगकर्ता । १२ वर्षको उमेरमा उनका पिता एडवार्ड जुकरवर्गले उनलाई प्रोग्रामिङ सम्बन्धी आधारभूत ज्ञान दिए । त्यसको आधारमा उनले अटारी बेसिक प्रोग्राम मार्फत मेसेन्जरको विकास गरे, जसलाई ’जुकनेट’ नाम दिइयो । यसले कम्प्युटरहरुलाई एक अर्कासँग सूचना आदानप्रदान गर्न मद्दत गर्योब । यसले उनको दन्त चिकित्सक पितालाई पनि फाइदा पुग्यो । जुकनेट मार्फत एडवार्ड आफ्नो डेन्टल क्लिनिकबाट घरसम्म सम्पर्क गर्न सक्थे ।

तीक्ष्ण बुद्धि भएका मार्कले गेम र सञ्चार समग्री निर्माण गर्न थाले । उनले यसलाई मनोरञ्जनका लागि मात्र निर्माण गरेको बताउछन् । छोराको प्रतिभालाई बुझेका एडवर्डले घरमै निजी शिक्षाका लागि कम्प्युटर शिक्षक समेत राखे ।

क्याम्पसमा उनले सिन्याप्स नामको मिडिया प्लेयर बनाए । यसमा प्रयोगकर्ताले आफुलाई मनपर्ने श्रव्य सामग्री सुन्न सक्थे । उनको यो प्रतिभाले माइक्रोसफ्टको पनि ध्यान तान्यो । तर मार्कले माइक्रोसफ्टको त्यो प्रस्तावलाई अस्विकार गरे ।

उनी न्यू ह्याम्पसाइरस्थित एकेडेमी अफ फिलिप्स एक्सटरमा भर्ना भए । उनले विज्ञान र साहित्यमा राम्रो नतिजा हासिल गरे । त्यसबखत पनि मार्क कोडिङमा निकै रुची राख्थे । उनी नयाँ सफ्टवेयरमा काम गर्न चाहन्थे ।

सन् २००२ मा स्नातक गरेपछि उनी हार्वड विश्वविद्यालय भर्ना भए । क्याम्पसको दोस्रो वर्षमा नै उनले सफ्टवेयर निर्माताको चर्चा बटुलेका थिए । उनले कोर्सम्याच नामक प्रोग्राम बनाएका थिए, यसबाट विद्यार्थीले आफूलाई मनपरेको विषयहरुको पढ्न सक्थे ।

सन् २००३ को ग्रिष्म ऋतुको एक साझ इनसोमेनिया नामको रोगबाट ग्रस्त मार्क हार्बर्डको शयन कक्षमा थिए । त्यसैबखत उनलाई दिमागमा एउटा गज्जबको जुक्ती आयो । मार्कले एउटा साइटको कल्पना गरेका थिए । उनले हार्वडका सम्पूर्ण डाटाबेसहरु ह्याक गर्ने निर्णय गरे । जसमा विद्यार्थीहरुले आ(आफ्ना प्रफाइल पिक्चरहरु अपलोड गर्थे । उनले तत्काल एउटा प्रोग्राम लेखे ( फेसम्यास । त्यो प्रोग्राममा दुईजना छात्राको तस्वीर अपलोड गरे । ’को सबैभन्दा बढी आकर्षक ?’ भन्ने प्रश्नसहित मतदान गर्ने अप्सन राखे ।

हार्वडमा त्यो साइटले चर्चा पाउन थाल्यो । धेरै मानिसहरुले त्यो साइट हेरेपछि सर्भरनै बग्रियो । उनी समाजमा ह्याकरको नाम कामाउन थाले । अपशोच ! उनले कसैको ’वाह(वाही’ पाएनन् ।
फेसम्यासभन्दा करिब दश महिनाअघि हार्वर्डका एक दिव्य नरेन्द्र नाम गरेका विद्यार्थीले यस्तै सामाजिक सञ्जालको परिकल्पना गरेका थिए । मार्कसँगको गफमा उनले त्यो प्रोग्रामको नाम हार्वड कनेक्सन राख्न सुझाव दिएका थिए । गोप्य बैठकपछि मार्क उनीसँग काम गर्न तयार भए । हार्वर्ड कनेक्सनमाथि काम गर्दा उनलाई नयाँ नयाँ उपायहरु फुर्न थाल्यो ।

सन् २००४ मा उनले साथीहरुको सहयोगमा द फेसबुक नामको वेबसाइट निर्माण गरे । तर यो साइटले हार्वडभित्र मात्र काम गर्थ्यो ।

४ हजार प्रयोगकर्ता पुगेपछि उनलाई यो साइटलाई विस्तार गर्दै लैजाने सोच आयो । यसमा उनलाई आफ्नो छिमेकी डारेन मस्कोविजको साथ मिल्यो । डारेनले द फेसबुकलाई कोलम्बिया, स्ट्यानफोर्ड र याले युनिभर्सिटीमा विस्तार गरे ।

उनले यसका लागि क्याम्पस पनि छोडे । उनी र उनको टिमले पालो अल्टोस्थित सानो घरमा गए । सन् २००५ मा ’द फेसबुकल’ले ’फेसबुक’को पहिचान पायो । एक वर्षपछि यो साइट सबैका लागि खुल्ला गरियो । सन् २००७ देखि यसले एक लाखभन्दा बढीको व्यापार गर्न थाल्यो । सन् २०११ मा यसले विश्वकै ठुलो फोटोग्राफ होस्टको रुपमा प्रसिद्धि कामाउन थाल्यो । मोबाइल फोनमार्फत यसले ३५ करोड भन्दाबढी प्रयोगकर्ता बनायो ।

त्यसपछि लगत्तै फेसबुकले आफ्नो सिमा फराकिलो बनाउन थाल्यो । फेसबुक अझ लोकप्रिय बन्दै गयो । जुनसुकै ठाँउका साथीहरुसँगको सञ्चार फेसबुकको मूख्य आकर्षण थियो ।

अब मार्कले लगानीकर्ताहरु खोज्न थाले । सन् २०१२ मा फेसबुकले आफ्नो आइपिओ जारी गर्योो । यसले करिब ४२ करोडको सेयर निजी लगानीकर्ताहरुमा ३८ अमेरिकी डलरको भाउमा दिने निर्णय गर्योय । अहिले यसको मूल्य ४१ अमेरिकी डलर पुगेको छ ।

फेसबुकले विज्ञापनबाट आधारभुत आम्दानी गर्छ । प्रयोगकर्ताको संख्या र तिनीहरुले साइटमा बिताउने समयले नै फेसबुकको राजश्व निर्धारण गर्छ । गत वर्षको तथ्यांक अनुसार फेसबुकको कमाईको ८५ प्रतिशत विज्ञापनबाट उठेको थियो । १५ प्रतिशत चाँही फेसबुक पेमेन्ट सिस्टमबाट उठेको थियो । पछिल्लो समय फेसबुकले इन्स्टाग्राम, अक्युलस रिफ्ट र ह्वाट्सएप जस्ता सफ्टवेयरलाई स्वामित्वमा लिएको छ ।

सन् २०१०को टाइम म्यागजिनले जुकरबर्गलाई विश्वका १ सय अधिक धनी व्यक्तीको नाममा सूचीकृत गरेको थियो । उनलाई विश्वकै शक्तीशाली यहुदीको रुपमा चिनिन्छ । सन् २०१६ को तथ्यांक अनुसार उनको कुल सम्पती करिब ५५ अर्ब अमेरिकी डलर रहेको छ । हाल उनी फेसबुकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...