शिक्षण छोडेर व्यवसायिक कफी खेतीमा – Janata Live
  • Sunday, February 5, 2023

शिक्षण छोडेर व्यवसायिक कफी खेतीमा

  • पुष १९, २०७५

शिक्षण छोडेर व्यवसायिक कफी खेतीमा

ललितपुर घर भएका ४५ वर्षीय राजकुमार दुलाल शैक्षिक पेसा छोडेर कफी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनी ललितपुर जिल्लाको बालभैरव प्रावि स्कुलमा कक्षा ५ सम्मका बालबालिकालाई पढाउँदै आएका थिए । उनले १७ वर्षदेखि पढाउँदै आएको शैक्षिक पेसा छोडेर २०५२ सालदेखि कफी खेती व्यवसाय गर्न थालेका हुन् ।

सुरुमा उनलाई कफी के हो भन्ने नै थाहा थिएन । २०३८ सालमा सिडिएचपी नामक संस्थाले नर्सरीबाट ललितपुर जिल्लाको गाउँमै आएर कफीका बिरुवा वितरण गरेको उनले बताए । उनले भने, ‘२०३८ सालमा उक्त संस्थाले कफीका बिरुवा गाउँलेलाई बिरुवा रोप्न वितरण त ग¥यो तर कफीलाई के गर्ने र कसरी खाने हो भन्ने कसैलाई थाहा भएन । धेरै वर्षसम्म संस्थाले दिएका बिरुवाबाट कफी त उत्पादन भए तर कफी खाने तरिका थाहा नपाएर त्यत्तिकै गयो । थाहा नै नपाएर हामी त कफीका राता धान मुखले चुसेर फाल्थ्यौँ ।

नेपालमा कफी उत्पादन गर्न सक्ने उपयुक्त जमिन भएकाले नेपाल सरकारले कफी क्षेत्रीलाई राम्रो व्यवस्थापन गरेर कफी खेतीलाई मात्र अघि बढाउने हो भने वर्षमा हजारौं नेपाली युवा युवतीहरुले खाडी मुलकमा जानुनपर्ने उनको भनाइ रहेको छ ।

यस्तै २०५० सालतिरको कुरा हो एउटा बद्री चौलागाईं नाम भएका व्यक्ति गाउँमै १० रुपैयाँ पाथी कफी किन्न आएपछि यसको त पैसा पो पर्ने रहेछ भन्ने थाहा पाए । आपूmले २०५२ सालमा सिडिएचपी संस्थाले वितरण गरेको कफीको बिरुवाबाट ३० रोपनी जमिनमा ३ हजार कफीका बिरुवा रोपे । यसरी गाउँमा आफूले कफी खेती गर्दा गाउँलेले उनलाई पागलसमेत भन्न छोडेनन् । मकै कोदो फल्ने बारीमा कफी रोपेको भन्दै गाउँले उडाए । दाजुभाइले राजकुमार बौलायोसमेत भने ।

राजकुमारले यति बेलासम्ममा बाहिरी बजारमा कफीको बारेमा केही थाहा पाइसकेका थिए । त्यस कारण राजकुमारलाई गाउँले दाजुभाइले पागलै भनेपनि मानेनन् । खेर जाने कफीको दुई चार पैसा आउने थालेपछि उनी बिस्तारै व्यवसाय बढाउँदै जान थाले ।

अहिले उनले ३० रोपनीबाट बढाएर १ सय ५० रोपनीमा कफी खेती गर्दै आएका छन् । ललितपुर जिल्लामा कफी खेतीलाई व्यवसायिक खेतीको रूपमा गर्ने उनी पहिलो व्यक्ति पनि हुन् । उनले भने, “कफी रोपेको ३ वर्षमा उत्पादन हुन थाल्छ र एक बिरुवामा ३ देखि ५ केजीसम्ममा कफी उत्पादन हुन्छ । मैले २०५२ सालमा ३० रोपनीमा ३ हजार बिरुवा रोपेर २०५५ सालमा २ देखि ४ टन कफी उत्पादन गरेको थिएँ ।’ करिब १० वर्षसम्ममा आफूले उत्पादन गरेको कफी १० रुपैयाँ पाथीबाट केजीमा बद्री चौलागाईंलाई बेच्न थाले । सुरुमा उनले १० रुपैयाँ पाथीबाट सुरु गरेर २०,३०,४०,५० रुपैयाँ गर्दै प्रतिकेजी १ सय रुपैयाँसम्ममा बिक्री गरे । त्यस समयमा उनको वार्षिक आम्दानी २० देखि २५ हजारसम्म हुन्थ्यो । कफीबाट आफ्नो आम्दानी हुन थालेको देखेपछि कफी खेती गर्दा राजकुमार पागल हो भन्नेहरुले पनि बिस्तारै कफी खेती सुरु गरेको उनले बताए ।

त्यसपछि उनले आप्mनो कफीलाई बजार खोजी रहेको बेला टंकप्रसादसँग भेट भयो । उनी ललितपुर जिल्लाकै जनप्रतिनिधि थिए । एङ्कप्रसादसँग सम्पर्क र कफी किसानलाई प्रसोधन गर्ने एनसिसिए नामक संस्थालगायतको माध्यमबाट उनी २०६२ सालमा हाइल्यान्ट कफी कम्पनीसम्म आइपुगे । उक्त कम्पनीले नेपालमा उत्पादन हुने कफी संकलन गर्दै बिक्री गर्ने काम गर्ने गथ्र्यो । उनले सुरुमा हाइल्यान्ट कम्पनीलाई पाँच मेन्ट कफीलाई प्रतिकेजी १ सय ५० रुपैयाँमा बेच्न थालेको बताए । हाइल्यान्ट कफीसँग केही वर्षसम्म बेचे । तर पछि राम्रो कारोबार नभएपछि उनले हाइल्यान्टलाई छोडेर २०६३ देखि एभरेस्ट कफी कम्पनीलाई बिक्री गर्ने थालेको उनले बताए । एभरेस्टलाई उनले प्रतिकेजी २ सय रुपैँयाका दरले बिक्री गरे । त्यस बेला उनको वार्षिक आम्दानी २ देखि ३ लाख हुन थालिसकेको थियो । तर उनलाई कफी खान भने हाइल्यान्ट कफी कम्पनीले नै सिकाएको बताउँछन् । नभए उनले कफी उत्पादन गरे पनि कफी खान भने सिकेका थिएनन् । उनले उत्पादन गर्ने थालको करिब १० वर्षपछि २०६२ हाइल्यान्ट कफी कम्पनीसँग भेटपछि बल्ल उनले कफी खाएको बताए ।
बिस्तारै अन्य गाउँलेहरुले पनि खान थालेपछि गाउँमै कफी बिक्री हुने थाल्यो । तर नेपालमा कफी उत्पादन जति गरेपनि कफीका बजार थाहा पाएपछि बजारमा बिक्री गर्ने समस्या भने नभएको उनी बताउँछन् । अहिले धेरैजसो घरमै कफी लिने गरेको बताए ।

उनीहरुले जति उत्पादन गर्न सक्छन् त्यसबेलासम्मको सबै कफी गेपाले लिन सम्झौता भएको बताए । अन्य ठाउँमा बिक्री गर्नुभन्दा गेपालाई दिन फाइदा भएको बताए । गेपा कम्पनीले एक कफ कफीबाट १० पैसा किसानलाई प्रिमियर दिने गरेको बताए । अहिले ललितपुर जिल्लाबाट १६ देखि १८ टन कफी जर्मनको गेपा कम्पनीमा जाने गरेको समेत जानकारी गराएका छन् ।

२०६३ सालतिरको कुरा हो, अन्य गाउँलेले पनि कफी खेती गर्न थालेपछि उनले गाउँमै सहकारी बनाएको बताए । बिस्तारै कफी खेती किसान बढ्न थालेपछि उनले ४५ सदस्य भएको पहाडी कफी सहकारी संस्था दर्ता गरेको बताए । उनले भने कफीको बजार खेती गर्ने संख्या बढ्दै गएपछि २०६६ साल आइपुग्दा आठवटा सहकारी संस्था स्थापना भएको बताए । उक्त सहकारीले गाउँमा किसानहरुले उत्पादन गरेको कफी संकलन गरेर बजारमा पु¥याइदिने काम गर्ने बताए । यस्तै गरी बिस्तारै कफी उत्पादन बढ्दै गयो र उनको बिस्तारै अन्य व्यवसायीहरुसँग सम्बन्ध बढ्दै गयो ।
व्यापारकै सिलसिलामा उनको हेल्पेटास नेपाल सिओपिओ प्लान्टको सहयोगमा जर्मनको गेपा भन्ने कम्पनीसँग सम्बन्ध बन्यो । गेपाले ललितपुर जिल्लामा आएर कफीको अध्यायन गरेर २०६८ सालदेखि ललितपुर जिल्लामा उत्पादन भएको ८० प्रतिशत कफी जर्मन गेपाले लिँदै आएको बताए । उनले भने जर्मनको गेपा कम्पनी यस्तो हो जसले विश्वभरका अर्गानिक खेती उत्पादन गर्ने किसानबाट खाद्य वस्तु संकलन गर्दै आएको बताए ।

सुरुमा गेपा कफीले प्रतिकेजी ६ डरलमा बिक्री गरेको बताए । अहिले प्रतिकेजी ८ डलरमा बिक्री गरिरहेको बताए । सुरुमा ललितपुरका कफी किसानहरूलाई कफीको बजार नपाउँदा केही समस्या भएपनि २०६८ साल यस्ता जर्मनको गेपा कम्पनीले सबै कफी किन्न थालेपछि कुनै कफी बजारको लागि कुनै समस्या नभएको बताए । उनीहरुले जति उत्पादन गर्न सक्छन् त्यसबेलासम्मको सबै कफी गेपाले लिन सम्झौता भएको बताए । अन्य ठाउँमा बिक्री गर्नुभन्दा गेपालाई दिन फाइदा भएको बताए । गेपा कम्पनीले एक कफ कफीबाट १० पैसा किसानलाई प्रिमियर दिने गरेको बताए । अहिले ललितपुर जिल्लाबाट १६ देखि १८ टन कफी जर्मनको गेपा कम्पनीमा जाने गरेको समेत जानकारी गराएका छन् ।

पछिल्लो समयमा राजकुमार कफी खेतीसँगै विभिन्न जिल्लाबाट कफी संकलन गरेर काठमाडौं विभिन्न कफी क्याफेमा सप्लाई गरिरहेका छन् । उनले ललितपुरका केही ठाउँ र गोर्खा, काभ्रे लमजुमलगायतका जिल्लाबाट कफी संकलन गरी बिक्री गर्ने गरेका छन् । उनी अहिले अमेरिका, जर्मन कोरियामा र काठमाडौंको बजारमा कफी संकलन गरेर सप्लाई गरिरहेका छन् ।
उनले काठमाडौंका कफी क्याफेहरुमा सप्लाई गर्न थालेको २ वर्ष भएको बताए । बिस्तारै नेपालीहरूमा पनि कफी खाने प्रवृत्ति बढ्दै गएकाले नेपाली बजारमा कफी बजार बढेको बताउँछन् । काठमाडौंमा वार्षिक १० टन कफी सप्लाई गर्ने गरेको गरेको बताउँछन् । १० टनबाट वार्षिक १५ देखि २० लाखसम्मको व्यापार काठमाडौंमै हुने गरेको बताउँछन् । यस्तै काठमाडौं प्रतिकेजी १२ सयदेखि २२ सयसम्ममा बिक्री गर्ने गरेको बताए । सस्तोमा १२ सय रुपैयाँ हुन्छ भने महँगोमा २२ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनी बताउँछन् । यस्तै अमेरिकामा वार्षिक १२ देखि १३ टन कफी सप्लाई गरिरहेका छन् । अमेरिका र कोरियाको ९ रुपैयाँ डलरका दरले बिक्री गरिरहेको बताए । कफी उत्पादन सुरु गरेको समयमा उनको वार्षिक आम्दानी २० हजार हुन्थ्यो भने त्यसबाट बढेर २ लाख र अहिले वार्षिक आम्दनी १० लाख हुने गरेको बताउँछन् । उनीसँग अहिले ६ जना कर्मचारीसमेत रहेका छन् । उनले कर्मचारीलाई ७ हजारदेखि १० हजारसम्मको मासिक तलब दिइरहेका छन् ।

कफी खेती खुल्ला ठाउँमा नभएर बिरुवाको छहारीमा हुने भएकाले राजकुमारले कफी खेतीको बारीमा फलफूल बिरुवा रोपेर आम्दानी गरिरहेका छन् । बारीमा सुन्तला नास्पतीका बिरुवाबाट वार्षिक २० हजार छुट्टै आम्दानी गरिरहेका छन् । उनी भन्छन्, ‘नेपाल कफीको ठूलो सम्भावना रहेको छ तर नेपाल सरकारले राम्रोसँग व्यवस्थापन गर्ने सकेको छैन ।’ ८० प्रतिशत किसान समस्यामा रहेको उनको बुझाइ छ । किसानले उत्पादन गर्ने तर राम्रो मूल्य नपाउने बीचका बिचौलियाले बढी नाफा लिन गरेको उनको बुझाइ छ । यति मात्र नभएर उनले नेपालको नाममा नेपालकै बजार ८० प्रतिशत भारतीय कफी बेचिरहेको उनको भनाइ छ । यसमा कुनै पनि सरकारको ध्यान जान सकेको छैन । नेपालमा कफी उत्पादन गर्न सक्ने उपयुक्त जमिन भएकाले नेपाल सरकारले कफी क्षेत्रीलाई राम्रो व्यवस्थापन गरेर कफी खेतीलाई मात्र अघि बढाउने हो भने वर्षमा हजारौं नेपाली युवा युवतीहरुले खाडी मुलकमा जानुनपर्ने उनको भनाइ रहेको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...