मानिसको आवाज निकाल्ने ह्वेल माछा – Janata Live
  • Wednesday, February 8, 2023

मानिसको आवाज निकाल्ने ह्वेल माछा

  • एजेन्सी
  • पुष १७, २०७५

मानिसको आवाज निकाल्ने ह्वेल माछा

फ्रान्समा डल्फिन प्रजातिको किलर ह्वेल माछाले मानिसले बोल्ने भाषाको सिको गर्ने गरेको पाइएको छ । पोथी किलर ह्वेलले मराइन पार्कमा ‘हेलो, बाइबाइ’ जस्ता शब्द उच्चारण गरेर पर्यटकलाई चकित पार्ने गरेको छ । त्यस माछा आफ्नो प्रजातिको पहिलो मानव आवाज निकाल्ने प्राणी भएको बुझिएको छ ।

पर्यटकका लागि मनोरन्जन दिलाउन मानव प्रशिक्षकले डल्फिनहरूलाई तालिम दिने गर्छन । तर मराइन पार्कमा त्यस माछाले प्रशिक्षकले तालिम दिँदा प्रयोग गर्ने शब्दहरू ‘वान, टु, थ्री’ समेत उच्चारण गरी प्रशिक्षकलाई जिस्काउने गरेको छ । सेन्ट एण्ड्रीउज विश्व विद्यालयका अनुसन्धाकर्ता डा. जोसेफले माछाले मानव आवाजको सिको गर्ने कार्य अचम्म र अद्भूत भएको बताए । उनले मानिसले मात्र अरूको सिको गर्नसक्ने क्षमता राख्ने बताउँदै सो माछा विषेश रहेको धारणा राखेका छन् ।

किलर ह्वेलहरू विशेषगरी समुहमा बस्दछन् । यस प्रजातिको एउटा माछाले मात्र मानव आवाज निकालेको विषयले खोजकर्तालाई उनीहरूपति अनुसन्धान गर्न प्रेरित गरेको छ । डा. जोसेफले त्यस विषयमा अनुसन्धान थालिने बताएका छन् ।

यो पनि पढ्नुहोस्
डाक्टरले अब प्रेसरका बिरामीलाई पुर्जामै लेखिदिनेछन् ‘औषधि होइन आलस खानु’
हामी आवश्यकताभन्दा दश गुणाबढी नुन सेवन गरिरहेका हुन्छौं । चाहिने भन्दा बढी नुनको सेवनकै कारण वर्षमा चालीस लाख मानिसले जीवन गुमाउँछन् । रक्तचाप बढाउने एक कारक नुन पनि हो ।

उच्च रक्तचापका कारण मानिसको ज्यान जान्छ । मानिसलाई जति नुन आवश्यक पर्छ त्यो मात्रा त तरकारी र अन्य प्राकृतिक खाद्यवस्तुबाट प्राप्त भइरहेको हुन्छ । बाँकी हामीले तरकारीमा हाल्ने नुन त जीब्रोको स्वादका लागि मात्रै हो । एक अध्ययनअनुसार यदि हामीले नुनको अनावश्यक मात्रालाई नियन्त्रण गर्न सक्यौं भने हृदयघातबाट ज्यान जाने जोखिम २२ प्रतिशत कम हुन्छ भने हृदयघात हुने सम्भावना १५ प्रतिशतले कम हुन्छ ।

हामी दैनिक आवश्यकताभन्दा १० गुणा बढी नुन प्रयोग गरिरहेका हुन्छौं । नुन सोडियम र क्लोराइडबाट बनेको हुन्छ । यी दुई तत्वमध्ये सोडियमको काम शरीर बिगार्ने मात्रै हो भन्दा पनि फरक पर्दैन ।

जब तपाई नुन बढी प्रयोग गर्नुहुन्छ, तब शरीरले त्यो अनावश्यक नुनलाई आफ्नो प्रणालीबाट बाहिरी निकाल्न जोर लगाउन थाल्छ । त्यो जोर लगाउने क्रममा शरीरले ब्लड प्रेसर पनि बढाउँछ । अन्ततः त्यही जोर नै ब्लड प्रेसर भन्ने बिमारी बनिदिन्छ ।

नुन भएको खानेकुरा खाएको ३० मिनेटपछि यसले शरीरमा हानी पुर्‍याउन थाल्छ । नुनले नशामा हानी पुर्याउँछ । शरीरमा नुन नहुँदा के हुँदो रहेछ भन्ने अध्ययन गर्न वैज्ञानिकहरु नुन सेवन नगर्ने मानिसहरुको वस्तीमा पुगे । नुन नखाने अमेजनको बुढा रेड इन्डियनहरु प्रेसर जाँच्दा उनीहरुमा १००र६० पाइयो । जुन त्यहाँका वयस्कहरु बराबर नै थियो । हामी १२०र८० ठीक हो भन्ने ठान्छौं । खानपानमा मात्रै परिवर्तन गर्दा धेरै बिरामीहरुको प्रेसर १०५र८० मा अडिएको छ ।

पोल्ट्री सञ्चालकहरुले कुखुराको वजन कृत्रिम रुपमा बढाउँन सोडियम मिसिएको पानी कुखुरामा हाल्छन् । जसका कारण कुखुराको मासुमा आवश्यक भन्दा बढी सोडियम बस्छ । सेतो मासु भए पनि कतिपय अवस्थामा कुखुराको मासु पनि हानिकारक हुन्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुमा हृदयघातको सम्भावना १५ प्रतिशतले कम हुन्छ । ज्यानै गुमाउने जोखिम यसले २५ प्रतिशतले कम गर्छ । विज्ञहरुले गरेको एक परिक्षणमा बिरामीहरुले खाने अन्नको मात्रा १० बाट घटाएर ३ मा ल्याइयो । जसले अनौठौ परिणाम दियो । अन्नको मात्रा घटाएपछि उनीहरुमा गरिएको परीक्षणमा के देखियो भने औषधि सेवन गरे बराबरको न्यून जोखिममा ती बिरामीहरु थिए । अर्थात यसले हृदयघातको सम्भावना औषधि सेवन गर्दा जति नै घट्यो ।

माछामासु
माछामासुको धेरै सेवनले उच्चरक्तचापको समस्या आउँछ । यसको मतलव माछा मासु खानै नहुने भन्न होइन । क्यानिफोर्नियामा ८९ हजार मानिसहरुमा गरिएको अध्ययनले एक अनौठो नतिजा बाहिर ल्याएको छ । ती मध्ये हप्तामा एक भन्दा बढी पटक मासु खाने मानिस भन्दा २३ प्रतिशत कम जोखिम महिनामा एक दुई पटक खानेमा देखियो । माछा मात्रै खाने मानिसमा उच्च रक्तचापको जोखिम ३८ प्रतिशत कम देखियो ।

माछा र मासु दु्वै नखानेमा यस्तो जोखिम ५५ प्रतिशतले कम भयो । माछामासु, अण्डा र डेरी उत्पादन छाडन् मानिसमा रक्तचापको जोखिम ७५ प्रतिशतले कम भयो । यसबाट के देखिन्छ भने जनावर वा पशुपंक्षीबाट प्राप्त हुने खाद्यवस्तुले उच्च रक्तचापको जोखिम बढाउँछ ।

चमत्कारी आलस
तपाईको रक्तचाप माथि १४७ र तल ११५ छ भने तपाईले औषधि खानै पर्छ । एक बृहद अध्ययनका क्रममा के देखियो भने केही चम्चा आलस वा आलसको धुलो नियमित सेवन गर्ने हो भने तल १५ पोइन्ट र माथि ७ पोइन्ट रक्तचाप आफै कम हुन्छ । अर्थात माथिक १४७ र तल ११५ हुनेले नियमित आलस सेवन गर्दा औषधि खान नपर्ने लेभलमा ब्लड प्रेसर आउन सक्छ । १४० र ९० भनेको प्रेसरको सीमा हो । यो भन्दा माथि भयो भने मात्रै औषधि सेवन गर्नुपर्छ । यो मात्रा भनेको दिनहुँ एरोविक गर्नुभन्दा दुई गुणा बढी प्रभावकारी देखियो ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...