संस्कृति जोगाउन सक्रिय पूर्वमिस शेर्पा – Janata Live
  • Friday, February 3, 2023

संस्कृति जोगाउन सक्रिय पूर्वमिस शेर्पा

  • जनता लाइभ
  • पुष १७, २०७५

संस्कृति जोगाउन सक्रिय पूर्वमिस शेर्पा

प्रत्येक वर्ष नयाँ मिस शेर्पा छानिएपछि पूर्व मिस शेर्पाहरु भने ओझेलमा पर्दै जाने गर्छन् । उनीहरुले मिस शेर्पा हुँदाका बखत गर्छु भनेका काम भए नभएको पनि अनुगमन भएको पाईंदैन । तर, मिस शेर्पा २०११ दावा याङ्जी शेर्पा भने आफू नहराएको दाबी गर्छिन् ।

‘शेर्पालाई अझै हिमालयको भरियाको रुपमा मात्रै व्याख्या गरिन्छ,’ पूर्व मिस शेर्पा थप्छिन्, ‘नेपालको पूर्वी भेगमा बस्ने हिमाली आदिवासी समुदाय हुन् शेर्पा, जसको विशेष प्रकारको भेषभुषा रहेको छ ।’

मिस शेर्पा भएपछि थालेको सामाजिक काममा उनी अहिले पनि उत्तिकै सक्रिय रहिछन् । होटल म्यानेजमेन्ट विषयमा स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहेकी उनी अहिले विभिन्न संस्थामार्फत आफ्नो संस्कृति जोगाउन सक्रिय छिन् । ‘नयाँ मिस शेर्पा चुनिएपछि हामी हराएका हुँदैनौं, शेर्पा समुदायको संस्कृति जोगाउने अभियान्ता थपिएका मात्रै हुन्छौं,’ नयाँ मिस शेर्पासँग पनि समन्वयात्मक सम्बन्ध राखेर काम गर्ने गरेको उनले बताइन् ।

‘शेर्पालाई अझैँ हिमालयको भरियाको रुपमा मात्रै व्याख्या गरिन्छ,’ पूर्व मिस शेर्पा थप्छिन्, ‘नेपालको पूर्वी भेगमा बस्ने हिमाली आदिवासी समुदाय हुन् शेर्पा, जसको विशेष प्रकारको भेषभुषा रहेको छ ।’ शेर्पा समुदायका व्यक्तिहरु देश, विदेशको बौद्धिक क्षेत्रमा समेत कार्यरत रहेको बताउँदै उनले पछिल्लो समय शेर्पा समुदायको संस्कृति भने लोप हुँदै गएको बताईन् ।

शेर्पाले लगाउने भेषभुषा तथा भाषाको संरक्षण गर्नु अहिले टड्कारो आबश्यकता रहेको उनको ठम्याइ छ । युवा वर्गलाई आफ्नो संस्कृतिको संरक्षण गर्नको लागि हौस्याउन शेर्पा पनि विभिन्न संघ संस्थामा आवद्ध भएर सक्रिय रुपमा लागिरहेको उनले बताइन् । युवासँग सम्बन्धित विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरिरहेको छु । ‘मैले धेरै युवा सामाजिक अभियान्ता जन्माएको छु,’ आफूले गरेको कामको मूल्याङ्कन गरिन् उनले । देशका विभिन्न क्षेत्रमा शेर्पा समुदायको साँस्कृतिक प्रदर्शनी लिएर जाने गरेको पनि उनले बताईन् । ‘हेटौंडा, पोखरा लगायत देशका विभिन्न क्षेत्रमा शेर्पा समुदायको प्रस्तुती लैंजाँदा जानकारी गराउन सहज भएको छ,’ उनले भनिन् ।

पछिल्लो समय शेर्पा समुदायका युवाहरुमा संस्कृती जोगाउन क्रियाशिल नहुँदा भने उनी दुःखी छिन् । भन्छिन्, ‘शेर्पा समुदायको संस्कृति जोगाउनका लागि अभिभावकले पनि आफ्ना बालबालिकालाई सचेत गराउन जरुरी छ ।’ संस्कृति हस्तान्तरण भए मात्रै पुस्तौं पुस्तासम्म हाम्रो संस्कृति बाँचिरहन्छ ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...